हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।

१, तौल घटाउन चाहने व्यक्ति

यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

२, प्रेसर लो हुने व्यक्ति

अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन।

३, मधुमेह रोगि

अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन।

४, कलेजोमा समस्या भएका व्यक्ति

अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुदैन।

५, कब्जियत

अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार खानु हुदैन।

६, औषधि लिइरहेको व्यक्ति

यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भा छ भने अनार खानु हुदैन। अनार खादा औषधिले काम गर्दैन।

७, दम रोगी

दम रोगीले अनार खादा दम झन् बढ्ने हुँदा दम रोगीले अनार खानु हुदैन।

अनार महँगो छ !

अनार एउटा यस्तो फल हो जो महँगो पनि छ र उपयोगी पनि छ । अनार खान पनि समस्या हुन्छ । यसलाई छोडाएर खान धेरै हैरानी हुन्छ ।

एक अनुसन्धानका अनुसार महिला र पुरुषले दिनमा एक गिलास अनारको जूस नियमित पिउने गर्दाले बीर्य अर्थात स्फार्ममा बृद्धि हुनेगर्छ । सेक्स लाईफमा सुधार हुने बताइएको छ ।

अनारको जूसमा टेस्टास्टेरान नामक तत्वलाई रफ्तारमा वृद्धि गराउने गर्छ । अनारका जूसले मस्तिष्कको क्षमता पनि बढाउने गर्छ । साथै अनारको जूसले दिमागमा आउने नकारात्मक विचारलाई पनि हटाउने विश्वास गरिन्छ ।

अनारको जूसले मुटुलाई पनि स्वास्थ्य राख्न मद्दत गर्छ । ब्लड सर्कुलेशनलाई नियन्त्रित गर्न पनि अनारको जूसले भूमिका खेल्न रिपोर्टमा उल्लेख छ ।

अनारका फाइदा

– अनारको १०० ग्राम जूसमा थोरै सिधे नुन र मह मिलाकर पिउनाले भोक बढाउँछ । पाचनशक्ति पनि मजबूत हुन्छ ।

– अनारको जूस नियमित सेवन गर्नाले मुटुसँग जोडिएर आउने विभिन्न बिमारामीसँग बच्न पनि सकिन्छ ।

– प्रत्येक दिन एउटा दाना अनार खाने गर्दा क्यान्सर हुने सम्भावनाबाट पनि जोगाउँछ ।

– अनारको जूस पिउँदा स्ट्रेस लेवल घट्छ ।

– अनार खाने वा जूस पिउँदा निगेटिव इमोशनलाई कम गर्छ ।

– अनारको जूस नियमित पिउँदा इम्यून सिस्टमलाई बूस्ट गर्छ । साथै त्यसले गर्दा सेक्स लाइफमा खुसी ल्याउने विश्वास छ । अनारको जूसले अनुहारको चमकता र निखार ल्याउनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

– गर्भवती महिलाले नियमित रुपमा अनारका जूस पिउनाले बच्च हेल्दी र फिट जन्मिन्छ ।

– डाक्टरहरूले गर्भवती महिलालाई रगतको कमी हुन नदिन पनि नियमित अनारको जूस पिउन सल्लाह दिने गर्छन् । यसो गर्दा गर्भवती महिलाहरूको शरीरमा रगतको कमी हुँदैन ।

अनार खानुका १० फाइदा :

१. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ ।

२.अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।

३. अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।

४. अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।

५. अनारको नियमित सेवन गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

६. अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ ।

७. अनारको नियमित सेवन गर्ने व्यक्तिलाई दाँतसम्बन्धी समस्या बाट छुटकारा मिल्छ ।

८. गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।

९. बुढ्यौलीमा बिर्सिने समस्या भएका ब्यक्तिहरुले अनारको सेवन गर्नाले फाइदाजनक हुन्छ ।

१०. अनारको नियमित सेवनले यौनशक्ति बढाउन मद्दत गर्छ ।

अनार कसरी प्रयोग गर्ने ?

यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसँग तमाम रोगको औषधी छ । अनारको यही उपयोगिता कारण ‘एक अनार सय बिमार’ भन्ने भनाइ प्रचलनमा छ ।

स्वास्थ्यका दृष्टिले यो निकै महत्त्वपूर्ण फल हो । स्वास्थ्यवर्धक गुणकै कारण यो हरेक रोगमा सेवन गरिन्छ । यसको नियमित सेवनले बुढो हुने प्रक्रिया पर सर्ने विश्वास गरिन्छ ।

अनारमा प्रचुर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खाँदा हाम्रो शरीरलाई करिब ६५ किलो क्यालोरी ऊर्जा प्राप्त हुन्छ । यसको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउन समेत गरिन्छ ।

अनारमा रक्त सञ्चारसम्बन्धी रोगसँग जुध्ने क्षमता हुन्छ । यसले रक्तचाप घटाउँछ, सुन्निएको वा पोलेको अंगलाई बिसेक गर्छ, बाथ रोगको सम्भावना कम गर्छ । क्यान्सर रोकथाममा समेत यो फल सहयोगी मानिन्छ ।

अनारले महिलामा मातृत्वको सम्भावना र पुरुषमा पुरुषत्व बढाउँछ । यो गुणकारी फलबारे दुई सयभन्दा बढी अध्ययन/अनुसन्धान भएका छन् । इजराइलस्थित हाइफा विश्वविद्यालयका प्रा. लास्कीले यो फलमा पाइने उपयोगी तत्त्वले शरीरको रोग प्रतिरोधी प्रणाली रक्षा गर्छ भनेर प्रमाणित गरेका छन् । उक्त अध्ययन अनुसार यसमा पाइने भिटामिन, खनिज तत्त्व र एन्टिअक्सिडेन्टले रुघाखोकी आदिमा प्रत्यक्ष अनुभव गर्न सकिने किसिमले आराम पुर्‍याउँछ ।

अनारले छाला, स्तन र प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा समेत कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूले उल्लेख गरेअनुसार यसको रसको सेवनले वृद्घावस्थामा हुने रोग अल्झाइमरको जोखिमसमेत कम पार्छ ।

वैज्ञानिकहरूले अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तीनदेखि चार गुणा बढी पालिफेलोन जस्तो एन्टिअक्सिडेन्ट पाएका छन् जसले र्‍याडिकल्सलाई बाँध्ने काम गर्छ ।

प्रयोगहरूअनुसार एक वर्षसम्म अनार सेवनपछि ‘आर्टेरियोस्क्लेरासिस’ अर्थात् धमनीसम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशतसम्म घट्यो । यस्तै उच्च रक्तचाप २१ प्रतिशतसम्म तल आयो र हृदयनजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाहमा तीन महिनामै १७ प्रतिशतसम्म सुधार देखियो ।

माथिका फाइदाहरु अनारको दानाका मात्रै हुन् । अनारको दाना जस्तै अनारको बोक्रा र अनारको पातमा पनि औषधिय गुणहरु हुन्छन् ।

अनारको बोक्राले यी रोगबाट बचाउँछ

बलियो हड्डिका लागि –

कमजोर हड्डीका लागि अनारको दाना निक्कै लाभदायी हुन्छ । यसमा एन्टिब्याक्टेरियल गुण हुन्छन्, जसले हड्डीलाई बलियो बनाउँछ । एक गिलास मनतातो पानीमा २ चम्चा अनारको बोक्राको धुलो मिलाएर सुत्नुअघि पिउनुहोस् ।

घाँटी दुख्दा –

यदि घाँटीमा टन्सिल वा कुनै दुखाई भएमा अनारको बोक्राको धुलो पानीमा उमालेर लिनुहोस् । अथवा, बोक्रालाई पानीमा उमालेर घाँटी कुल्ला गर्नुहोस् । दिनमा धेरै पटक गर्नुहोस् ।

मुटु रोगबाट बचाउँछ –

अनारको बोक्रामा धेरै एन्टिओक्सिडेन्ट हुन्छ, जसले मुटुको रोगबाट बचाउँछ । साथै यसले कोलेस्ट्रोलको मात्रालाई पनि कम गर्छ । १ चम्चा अनारको बोक्राको दुई चम्चा पाउडरलाई मनतातो पानीमा मिलाएर दैनिक पिउँनुहोस् ।

अनारको हरियो पत्ताले हामीलाई कसरी फाइदा दिने गर्छ

१. अनुहारमा भएका कोषहरुलाई दुरुस्त बनाउछ

अनारले अनुहारको छालामा रहेका स साना कोषहरुलाई बाचइ राख्न मद्धत गर्छ । जसले तपाई सधै युवा जस्तो देखिन सक्नुहुन्छ । अनारको तेलले त्वचालाई पौष्टिकता प्रदान गरेर अनुहारमा चमक ल्याउछ ।

यदि तपाईले सक्नुभयो भने अनारको हरियो पत्ता चपाएर पनि खान सक्नुहुन्छ । चपाएर खानाले अनारको हरियो पत्ताले हाम्रो शरिरको भित्रबाट कोषहरुलाई स्वस्थ्य र दुरुस्त राख्ने कार्य गर्दछ ।

२. चाउरियोको छालाको समाधान

वर्तमान समयमा दूषित र अनियमित खानपानले गर्दा मानिसलाई विभिन्न किसिमका छाला सम्बन्धि समस्या हुने गरेका छ । । जुन मानिसहरुलाई उमेर भन्दा पहिल्यै एन्टिएजिङको समस्या भोग्नु पर्छ वा चाउरियोको छालाले गर्दा लज्जित हुनुपर्छ ।

उनीहरुका लागि अनारको हरियो पत्ताको पेस्ट धेरै नै फाइदाजनक सावित भएको छ । हरियो पत्ताको पेस्ट नियमित रुपमा लगाउनाले चारियोको छालाको समस्या हराएर जान्छ ।

३. डन्डिफोरबाट मुक्ती

यदि तपाई आफनो अनुहारमा आएको डन्डिफोरले दुखित हुनुहुन्छ भने अनारको हरियो पत्ताको पेस्ट लगाउनाले यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यस बाहेक अनारको दानालाई मसिनो गरि पिधेर अनुहारमा लागउन सक्नुहुन्छ र अनारको जुस दैनिक सेवन गर्नाले पनि तपाईको अनुहार सफा र चम्कीलो हुन जान्छ ।

यौन समस्यासँग जुध्नका लागि अनार ठुलो औषधी

यदि तपार्इँको पार्टनरको यौन इच्छा हुन्न भने अनार ल्याउनुस्, त्यसको जुस बनाउनुस् र पाटनरलाई खुवाउनुस् । दिनको १ गिलासका दरले अनारको जुस १५ दिन सम्म खुवाउनु भयो भने पाटनरको यौन व्यवहार तपाईँले खोजे जस्तै पाउनुहुन्छ । हालै बेलायतमा गरिएको एक अनुसन्धानका अनुसार १५ दिनसम्म अनारको जुस खाने व्यक्तिको यौनच्छा भनेसम्मको हुन्छ । एडिनवर्गराज्यको क्वीन मारग्रेट विश्वविद्यालयका अनुसन्धानकर्ताले सेक्सपावर बढाउने बिषयमा गरेको अनुसन्धान गरेका थिए ।

सो क्रममा कमजोर भनिएका केही पुरुष तथा महिलालाई राखी १५ दिन सम्म दिनहु एक गिलास अनारको जुस खुवाएका थिए । १५ दिन खाएको जुसले उनीहरुमा टेस्टोस्टेरोन हार्मेनका स्तर निकै बढ्यो । जव टेस्टोस्टेरोन हार्मोन बढ्यो, कमजोर ठानिएका पुरुष तथा महिलाहरुले एकाएक उत्कृष्ठ ढंगले यौनव्यवहार देखाउन थाले ।

विश्वविद्यालयका अनुसार यो अनुसन्धानमा २१ देखी ६४ वर्षका पुरुष र महिलामा गरिएको थियो । टेस्टोस्टेरोन हार्मेनले नै किशोर अवस्थामा पुरुषहरुमा दाह्री जुगा उमार्ने, स्वर परिवर्तन हुने, काखीमुनी रौ उमार्ने, तथा महिलाहरुको स्तन बढाउने काम गर्छ । त्यो सँगै यौन इच्छा समेत बढाउदै लैजान्छ । अनुसन्धानकर्ताका अनुसार १५ दिन लगातार जुस खादा टेस्टोस्टेरोनको स्तर १६ प्रतिशत बाट बढेर ३० प्रतिशत सम्म पुगेको पाइएको थियो ।

अनारका अन्य फाइदाहरु बुँदागतरुपमा

१. रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ :

यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ ।

२. रक्त अल्पताबाट जोगाउँछ :

अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ ।

३. शरिरलाई शान्त बनाउँछ :

अनारमा शारिरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ । यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ ।

४. कलेजोको उपचार :

अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ ।

५. पेटलाई शान्त पार्छ :

अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ ।

६. छालालाई पनि फाईदा :

च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ ।

७. कपालको रक्षा :

नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।

८. यौन स्वास्थ्य मजबुत पार्छ :

अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ ।

९. धमनीको रक्षा :

अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ ।

१०. पखाला निको पार्छ :

ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ ।

११. किड्नी जोगाउँछ :

अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ । फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ ।

१२. गर्भवती महिलालाई फाइदा :

अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ ।

१३. कोलेस्टोल घटाउँछ :

अनार एन्टिअक्सिडियन्टयुक्त फल हो । यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ ।

१४. क्यान्सर बिरोधी :

अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ ।

१५. उच्च रक्तचाप नियन्त्रण गर्छ :

अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ ।

यति उपयोगी अनारको सेवन कतिको गर्नुहुन्छ ? अनि तपाईलाई हामीले दिएको जानकारी कस्तो लाग्यो ? कृपया हाम्रो जानकारी सेयर गरेर हामीलाई सहयोग गर्नुहोला ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।