गर्भावस्थामा उच्च रत्तचाप, मधुमेह भए के गर्ने ? गर्भावस्थामा पायल्स भए के गर्ने ? धेरैजसो गर्भवतीले झेल्ने प्रश्न हो यो । गर्भावस्था आफैमा एक जटिल शारीरिक अवस्था हो । यतिबेला गर्भवतीको शरीर यसैपनि संवेदनशिल हुन्छन् । उनीहरुको गर्भमा अर्को शरीर हुर्किरहेको हुन्छ । यसले गर्भवतीको शरीरमा अनेकन समस्या ल्याइरहेको हुन्छ ।

त्यसमाथि अन्य समस्या थपिए के गर्ने ?

खासगरी पायल्स ।

हुन त गर्भावस्थामा कब्जियत हुने संभावना अधिक हुन्छ । कब्जियतले पायल्स । यतिबेला महिलाको स्वास्थ्य फरक ढंगबाट गुजि्ररहेको हुन्छ । गर्भमा शिशुको विकासको कारण भइरहँदा महिलाको मासिक चक्र खण्डित हुन्छ । यही कारण कब्जियत हुन्छ । कब्जियत नै पायल्सको मूल कारण हो ।

यो समस्या विशेषगरी गर्भावस्थाको १७ औं र १८ औं सप्ताहममा हुन्छ ।

सुरुवाती दिनमा मल त्याग वा दिसा गर्न कठिनाई हुन्छ । मलद्वारको आसपासको भागमा दुखाई र चिलाउने समस्या हुन्छ । साथै दिसा गरेको बेला रगतको थोपा तप्किन थाल्छ । मलद्वारको आसपासमा मासुको स-सना दाना देखिन थाल्छ । कुनै कडा ठाउँमा बस्दा असजिलो महसुष हुन्छ ।

किन हुन्छ गर्भावस्थामा पयल्स ?

गर्भवतीको शरीरमा प्रवाहित भइरहेको रगतको मात्रा बढ्छ । र, प्रोजेस्टेरोन हर्मोनलाई हाइ लेभल ब्लड वेसलको भित्ता शिथिल बनाइदिन्छ । यसैले पायल्सको समस्या हुन्छ ।

गर्भावस्थामा पायल्सको समस्या हुनु आम हो । चाहे तपाईं गर्भवती हुनुअघि यस्तो समस्याबाट ग्रसित भएको होस् वा गर्भावस्थामा नै । कतिपय महिलाले प्रसुतीपछि यस समस्याको सामना गर्नुपर्ने पनि हुन्छ ।

तपाईंलाई थाहै छ, गर्भावस्थामा चिकित्सकले आयरन सेवन गर्नका लागि सुझाव दिन्छन् । कहिले काहीँ आइरन बढी हुँदा पनि पायल्सको समस्या हुनसक्छ ।

गर्भावस्थामा पाचनको समस्या हुन्छ, जसको कारण पनि यस्तो जटिलता थपिन सक्छ । शिशुको जन्मपछि पायल्स आफै ठिक हुनपनि सक्छ । कतिपय अवस्थामा भने पायल्स ठिक हुन बर्षदिन पनि लाग्न सक्छ ।

प्रसव व्यथा लागेको बेला

कतिपय महिलामा पायल्स हुने संभावना प्रसूती व्यथा लागेको बेला हुनसक्छ । किनभने त्यसबेला महिलाहरुको गर्भबाट बच्चा बाहिर निस्कनका लागि पुरा बल गरिरहेको हुन्छ । यही कारण मलद्वारको नसा आसपास सुन्निन थाल्छ ।

पायल्सको लक्षण

-दिसा अर्थात मलत्याग गर्दा रगत बग्नु

-म्यूकस निस्कनु

-मलद्वारमा दुख्नु, चिलाउनु ।

-पटक-पटक दिसा लागेजस्तै हुनु ।

गर्भावस्थामा पायल्सबाट कसरी बच्ने त ?

गर्भवस्थामा पायल्स हुने संभावना त धेरै हुन्छ । यद्यपी यसबाट बच्न नसिकने होइन । पायल्सको समस्याबाट छुटकारा पाउनु भनेको कब्जियतको अवस्था आउन नदिनु हो ।

-यसका लागि शरीरमा पानीको मात्रा धेरै हुनुपर्छ । नियमित मात्रामा दिनमा १० गिलास जति पानी पिउने ।

-चिया वा क्याफिनको सेवन नगर्ने ।

-फाइबरयुक्त खानेकुरा सेवन गर्ने ।

-पर्याप्त मात्रामा फल र सब्जी खाने ।

-तरल वा झोलपदार्थ बढी सेवन गर्ने ।

-नियमित व्यायाम गर्ने ।

-जब दिसा लाग्छ, तब ट्वाइलेट जाने ।

-दिसा गर्दा जबरजस्ती वा बल नगर्ने ।

यी प्राकृतिक उपाय हुन् । यदि यी सबै विधी अपनाउँदा पनि कब्जियत भइरहेमा वा पायल्सको संभावना भएमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

धेरै आराम पनि नगरौं

अक्सर महिलाहरु गर्भवती भएपछि आरम गर्छन् । गर्भको बच्चालाई केही होला कि भनेर शारीरिक रुपमा सक्रिय हुँदैनन् ।

यद्यपी गर्भावस्थामा पनि शारीरिक सक्रियता जरुरी हुन्छ । यदि पेटमा बच्चाको स्थिती सही छ भने कब्जियतको समस्या हुँदैन ।

पाइल्सका लागि खानुपर्ने

पानी प्रशस्त पिउने, हरियो सागपात काँचै खाने, फलफुल खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने ।खानासंग मुला, काँक्रो, गाँजर खाने, नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौका खानु राम्रो हुन्छ ।

कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने, आफ्नो पिसाबले गद्द्वार धुने, एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् । नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।

कसैलाई मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउँदा निको हुन्छ । कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ । नियमित रुपमा योग गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ ।

औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।

पायल्सका बिरामीले के नगर्ने के नखाने ?

पिरो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, भन्टा, आलु, बोतलबन्द कुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ । भइसकेपछि पनि छिटो निको हुन्छ ।

विशेष गर्नुपर्ने कुराहरु

पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रों विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।

हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा बिस्तारै सुक्दै जान्छ ।

थप जानकारी :

पायल्स रोग यो एक मलद्वार सबन्धी रोग हो । अरु जस्तै यो रोगका विभिन्न चरणहरु हुन्छन् । मानिसहरुको भिन्न जिवन शैली र खानपनले गर्दा आजकाल धेरैलाई विभिन्न प्रकारको रोग लाग्ने गरेको छ । यस मध्ये पायल्स रोग धेरै मान्छेको समस्याको रुपमा रहेको छ । लाजका कारण धेरै मान्छेले खुलेर परिवर संग कुरा गर्दैनन् । अझ कतिलाई त पाईल्स रोग के हो भन्ने सहित थाहा हुदैन ।

पहिलो र दोश्रो चरणमा निर्धक्क भएर रोगीले यो रोग बारे खुलस्त चिकित्सक संग सल्लाह तथ सुझाव लिई उपचार गरेमा यो रोग पुर्ण रुपले ठिक हुन्छ । तर धेरै मानिसहरु लाज-सरम मानेर आफुले रोग छुपाउनाले जटिल समस्या समेत भई पछि क्यान्सर भएको छ । नेपाली जन-समाजमा परिवार, साथि-भाई ईत्यादि नजिकका मान्छेलाई पनि रोग बारे लुकाएर बस्ने बानी हुन्छ ।

पायल्सका चरणहरु

१) पहिलो चरणस् दिशा गर्दा अप्ठ्यारो हुने,पेट फुले जस्तो हुने, दिशा धुँदा हल्का मासुको डल्लो हातले भेट्ने ।

२) दोस्रो चरणस् दिशा गर्दा मासु हल्का बाहिर आउने तर पछि आफै जाने । कसैकसैमा दिशामा रगत आउँन पनि सक्छ ।

३) तेस्रो चरणस् मलद्धारको वरीपरी तीन ठाउँबाट मासुको डल्ला देखिन्छ । दिशा गरेर उठेपछि त्यो मासुका डल्लालाई ठेलेर भित्र पठाउनु पर्छ । रगत आउँछ।

४) चौथो चरण स् मासु बाहिर आएपछि घचाटेर पनि भित्र लान गाह्रो पर्छ । रगत आउँछ । दिशा गर्न धेरै अप्ठ्यारो पर्छ । गर्भवती महिलामा पायल्सको संभावना बढी हुन्छ । पायल्सबाट बच्ने उपाय स्वस्थ खाना खाने । हरियो सागपात, सिजन अनुसारका फलफुल खाने । माथिका कुनै पनि लक्षण देखिए तुरुन्त विशेषज्ञकोमा उपचार गराउने । पायल्सलाई सामान्य रुपमा हुँदैन । यसको बेलैमा उपचार नगरे छाला,पेट लगायत अन्य अंगमा विभिन्न रोग लाग्न सक्छ । पछि गएर क्यान्सरको सम्भावना प्रबल रहन्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियो पनि हेर्नुहोस :