बेकिङ सोडा

सफा पानीमा एक चम्चा बेकिङ सोडा हालेर तताउनुस् । पानी अलिकति बाँकी रहँदा आँखा धुनुस् । आराम पाउनुहुनेछ ।

चिसो दूध

कपासको डल्लोलाई दूधमा चोपेर आँखावरिपरि रगड्नुस् । दिनभरि चिसो दूधमा कपासको डल्लो भिजाएर राख्नुस् अनि बेलुका आँखावरिपरि दल्नुस् ।

घिउकुमारी

घिउकुमारीको जेलमा एक चम्चा मह र आधी कप एल्डरबेरी चिया मिसाउनुस् । दिनको दुईचोटि यस मिश्रणले आँखा धुनुस् । तपाईंको समस्या केही समयमै हट्नेछ ।

काँचो आलु

काँचो आलुको पातलो स्लाइस बनाएर केही समय फ्रिजमा राख्नुस् । त्यसपछि यो चिसो स्लाइसलाई २० मिनेट आँखामाथि राख्नुस् । दुईतीन दिनसम्म यसो गर्दा यो समस्याबाट मुक्ति पाउनुहुनेछ ।

हर्बल टी

केमोमाइल वा पेपरमिन्ट चियाका पातहरू केही बेर पानीमा भिजाउनुस् । त्यसपछि तिनलाई अलिअलि गरी आँखा सेकाउनुस् । पानी धेरै तातो चाहिँ हुनुहुँदैन ।

नून

आँखा पोल्दा वा चिलाउँदा पनि पानी बग्न थाल्छ । एक गिलास तातो पानीमा अलिकति नून हालेर आँखा सेक्नुस् । दिनमा चारचोटि यसको उपयोग गर्दा चिलाउने र पोल्ने समस्या हट्छ ।

नरिवलको तेल

नरिवलको तेलमा भएका गुणले आँखाको फोहोर सफा गर्छन् । दिनदिनै आँखामुनि र वरिपरि नरिवलको तेलले मालिश गर्नुस् । समस्याबाट छुटकारा पाउनुहुनेछ ।

गिलो कपडा

आँखालाई हातबाट संक्रमणको खतरा बढ्छ । आँखा पोल्दा, पीडा हुँदा वा चिलाउँदा सफा पानीमा कपडा भिजाएर आँखा पखाल्नुस् । यसले सबै किसिमका रोगको जोखिम घटाउँछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

आँखामा देखिने सातातिना कमजोरीले ठूला रोगको संकेत दिइरहेका हुन्छन् । तर, हामीले कतिपय आँखाका कमजोरीहरुलाई बेवास्ता गर्छौं। यी समस्याअरु पछि गएर ठूलो समस्या बन्न सक्ने कुरामा डाक्टरहरुले सचेत गराएका छन् । यदि हामीले आँखामा देखिएका यी संकेतहरुलाई बुझेर समयमै उपचार गर्न सक्यौं भने ठूला रोगबाट बच्न सकिन्छ।

१. ब्रेन ट्युमर

आँखाने धमिलो देख्न, आँखाको रङ बदलिँदै जानु साथै टाउको दुख्नु, थकान र कमजोरी ब्रेन ट्युमरको लक्षण हुन सक्छ ।

२. मोतियाविन्दु

आँखाको नानीको रङ सेतो हुनु मोतियाविन्दुको लक्षण हुन सक्छ । यो रोगले आँखाको लेन्स बिग्रिने खतरा हुन्छ ।

३. कमलपित्त

आँखाको पहेंलोपना बढ्नु कमलपित्त (जण्डिस)को संकेत हो । यसले कलेजो बिगार्छ, रगत पहेंलो हुनुका साथै पाचनशक्ति कमजोर हुन्छ ।

४. मुटुरोग

शरीरमा कोलेस्टेरोलको मात्रा बढ्दा आँखाको ढकनीको दाग बस्न थाल्छन् । यो मुटुरोगको संकेत हुन सक्छ ।

५. एनिमिया

पूरै आँखा सेतो हुनु एनिमिया वा रगतको कमीको संकेत हुन सक्छ । यसो हुँदा थकान, कमजोरी, सास लिन मुस्किल हुने समस्या हुन्छ ।

६. कन्जंटिभाइटिस

आँखा रातो कुनु कन्जंटिभाइटिस नामको रोगको संकेत हुन सक्छ । यसले शरीरमा विभिन्न गिर्खा आउने इन्फेक्सन र एलर्जीजस्ता समस्या हुन्छ ।

७. थाइराइड

आँखा सुन्निनु वा बाहिर उठ्नु थाइराइडको लक्षण हुन सक्छ । यसले आँखामा तनाव पनि गराउन सक्छ ।

आँखामा आँसु आइरहने समस्या छ ?

आँखा मानवको महत्वपूर्ण अंग हो । त्यसैले आँखाको स्वास्थ्यमा निकै ध्यान दिनुपर्छ । आँखा हेर्दा सानो हुन्छ तर त्यसभित्र समुद्रजस्तै विशाल हुन्छ ।

बच्चाहरू ४÷५ वर्षको हुनेबित्तिकै आँखा चेक गर्नुपर्छ । आफ्नो बच्चालाई स्याहार गर्दा आँखामा विशेष ख्याल गर्नुपर्छ । चस्मा लगाउनुपर्ने छ भने लगाइदिनुपर्छ ।

बच्चाको दिमाग विकास हुने बेलामा के हुन्छ भने बच्चाले टाढा–टाढाको नदेखेपछि दिमागको विकास कम हुन्छ, त्यसैले चस्मा पनि लगाउनुपर्छ । मधुमेहको बिरामीले बर्सेनि आँखा चेक गर्नुपर्छ । जलबिन्दु जेनेटिक हुन्छ, परिवारमा कसैको छ भने ४० वर्ष उमेर नाघेपछि आँखा सबैले चेक गर्नुपर्छ ।

गर्मी समयमा आँखा चिलाउने एलर्जी हुन्छ । योे समयमा मोतिबिन्दु हुने बिरामी आउने गरेका छन् । मोति बिन्दु उपचार गरेर निर्मूल हुन्छ । सुगरको कारण पनि धेरै आँखाको समस्या आएको छ । यस्तो समस्या उपचार गरेर पूरै समस्या समाधान हुँदैन, कममात्र गराउँछ । मधुमेहको उपचार र आँखाको उपचार सँगसँगै गर्नुपर्छ । चिलाउने, पोल्ने सधैं नै हुन्छ ।

के हो मोतिबिन्दु ?

आँखाको भित्र लेन्स हुन्छ, उमेर बढ्दै जाँदा हाम्रो कपालको रौं फुलेको जस्तै लेन्स पनि सेतो भएर फुल्छ । लेन्सबाट देख्नुुपर्ने हो तर सेतो भएपछि हेर्नलाई असर गर्छ । क्यामराको लेन्स बिग्रियो भने अर्को लेन्स हाल्नुपर्छ, त्यस्तै आँखाको पनि अर्को हाल्नुपर्ने हुन्छ ।

लक्षण

आँखा हेर्न गाह्रो हुने,

धमिलो हुने,

रातिको समयमा गाडीहरुको हेडलाइट हेर्न नसकिने,

घाममा वा कडा प्रकाश भएको ठाउँमा हेर्न नसकिने लक्षण हो ।

रोकथाम

उमेरको कारणले धेरै हुन्छ,

यसलाई हामीले रोक्न मिल्दैन ।

खासै यसको रोकथाम गर्न उपचारबाहेक अरु केही छैन ।

आँखा पाक्ने

अरुबाट सर्ने, आफ्नै फोहोर हातले आँखा छुने गर्दा आँखा पाक्ने हुन्छ । कति मान्छेको आँखाभरि चाया हुन्छ, धेरैले राम्ररी मुख धुँदैनन् । यसले गर्दा आँखा पाक्छ । सधैं सफा रहने गर्नाले यसबाट बच्न सकिन्छ ।

आँखा किन चिलाउँछ ?

एलर्जी भएर आँखा चिलाउँछ । बाहिरको वातावरणबाट आउने धुलो, धुवाँ र अन्य कारणले यस्तो हुन्छ । हावाको माध्यमबाट पनि धेरै रोग आउँछ, आँखा पनि चिलाउँछ । आँखाको डिलमा आँसुको ग्रन्थीहरु हुन्छ, त्यो बन्द हुँदा आँशु आउँदैन, चिप्रा निस्किने गर्छ र त्यसले गर्दा चिलाउँछ ।

चिप्रा किन आउँछ ?

धेरै कचेरा आउन आँखा पाक्नुपर्छ । आँखा बाहिरी अंग हो, त्यसैले सबै धुलोको कणहरु पसेको हुन्छ, त्यसले कचेरा आउँछ । कसैको आँखा सुख्खा हुन्छ, त्यसले आसु आउँदैन, त्यो समयमा अर्कै खालको चिप्रा आउँछ । कुनै चिप्रा लामो तन्किने पनि हुन्छ । कति मान्छेहरुको आइरहने हुन्छ, यसो हुँदा आँखा सुख्खा भयो कि भनेर चेकअप गर्न जरुरी छ ।

अन्धोपनको सम्भावना

अन्धोपन मोतिविन्दुको समयमा उपचार भएन भने हुन्छ । मोतिविन्दु धेरै दिनसम्म राखिरह्यो भने कहिलेकाहीँ त्यो फुट्छ र आँखामा गएर आँखा दुख्ने, पाक्ने हुन्छ । जलविन्दुले पनि अन्धोपन निम्त्याउन सक्छ । शरीरमा ब्लड प्रेसर भनेजस्तै आँखामा आँखाको प्रेसर हुन्छ, त्यो हामीलाई चाहिने भन्दा बढी भयो भने आँखाको नसालाई विस्तारै–विस्तारै सुकाउँदै जान्छ । त्यो नै जलविन्दु हो ।

अहिलेको परिप्रेक्ष्यमा भन्दा मधुमेहले गर्दा पर्दामा खराब गर्छ, पर्दामा सुनिने, रगत आउने गर्दा पर्दाको भित्रि अंग जहाँबाट हो हेर्नुपर्ने, त्यो ठाउँमा आक्रमण गर्छ । त्यसले पनि अन्धोपन हुन्छ । कुपोषणको कारण पनि अन्धोपन हुन्छ ।

९ महिना नपुग्दै जन्मेको बच्चामा आँखाको समस्या देखिन सक्छ । गर्भावस्थामा आमाले खाने औषधिको असरले पनि बच्चाको आँखामा समस्या आउन सक्छ ।

आँसु आइरहने समस्या

हाम्रो आँखाको साइडमा नली हुन्छ, त्यसको माथिल्लो भागबाट आँशु आउँछ । परेलाहरुको साइड साइडबाट बग्दै गएर नाकको डाँडीपट्टि सानो प्वाल हुन्छ, त्यो नली खुलेर नाकमा जान्छ अनि बन्द भयो भने ब्लक हुन्छ । त्यसपछि आँसु आइरहने समस्या हुन्छ । कसैलाई जन्मिँदै हुन्छ भने ठूलो व्यक्तिलाई पनि हुन्छ ।

कम्प्युटर भिजन सिन्ड्रोम

यस्तो समस्याले अहिलेका बच्चाहरु सबैमा चस्मा लगाउनुपर्ने भएको छ । मोबाइल धेरै हेर्ने, फेसबुक चलाउने गर्दा आँखा सुख्खा हुने, टाउको दुख्ने, मसल्सहरु थाकेर टाउको दुख्ने हुन्छ । यसको लागि कम्प्युटर कम चलाउने, टिभी र मोबाइल पनि कम हेर्ने गर्नुपर्छ । यदि हेरिरहनुपर्ने छ भने पनि बेलाबेलामा चिम्म–चिम्म गर्नुपर्छ र कम्प्युटर चलाउँदा आफ्नो आँखाको तल्लो भागमा राखेर चलाउनुपर्छ । एन्टिरिफ्लेक्सन चस्मा लगायो भने पनि कम गर्न सकिन्छ । सकेसम्म १ मिटरको दुरीमा राखेर काम गर्दा राम्रो हुन्छ ।

के कारणले आउँछ आँखामा समस्या ?

महिलाहरुमा हर्मोन परिवर्तन हुँदा आँखा सुख्खा हुन्छ भने बच्चाहरुमा बढी चोटपटकको कारण हुन्छ । ४० नाघेपछि जलविन्दु र ५०÷६० वर्ष नाघेपछि मोतिविन्दु हुने बढी छन् । महिलाहरुमा थाइराइडको कारण पनि आँखामा समस्या आउँछ ।
आँखाको चोटपटक, मोतिविन्दु, जलविन्दु, सुगरले पनि आँखाको पर्दामा असर गर्छ । कारखानाहरुमा सेफ्टी गगल्स नहुँदा धेरै समस्या लिएर आउँछन् । काठको कारखानामा काम गर्नेहरुको किलाहरु नै छिरेको समस्या लिएर समेत आउँछन् । बच्चाहरु खेल्छन्, यसले धेरै चोटपटक लागेर आँखामा समस्या हुन्छ ।

आँखा प्रत्यारोपण

आँखाको डल्लो निकालेर डल्लो नै राख्ने हैन । आँखाको नानी, पर्दामा घाउ भयो वा चोटपटक लागेर आँखाको अगाडिको भाग फुट्यो भने त्यो भाग निकालेर दान गरेको आँखा राख्ने हो । यसको लागि पैसा लाग्दैन । प्रोसेसको लागि मात्रै हो ।

दृष्टिविहीनहरुको लागि नेपालमा लो भिजन क्लिनिक छ, जहाँ आँखाको विशेष उपचार गरेर विशेष किसिमको चश्मा दिइन्छ ।

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा :

१. नियमित जाँच

कतिपय व्यक्ति यस्ता पनि भेटिन्छन्, जसले कहिल्यै पनि आँखाको जाँच गराएका हुँदैनन् । जब समस्या आर्इपर्छ अनि मात्र उनीहरु आँखा अस्पताल पुग्ने गरेको पाइन्छ । तर बाल्यकालदेखि नै नियमित आँखा जँचाउनु जरुरी हुन्छ ।

पाँच वर्षुनिका बच्चाहरुमा देखा पर्ने रोगहरु जस्तै- क्रियाशील नभएको आँखा, डेढो आँखालाई उपचार गरेर निको पार्न सकिन्छ । आँखामा पर्ने प्रभाव हेरेर सोहीअनुसार आँखा जँचाइरहनुपर्छ । भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि आँखामा केही नभए पनि २० देखि ३० वर्षम्म कम्तीमा एक पटक र ३० देखि ४० वर्षम्ममा दुइ पटक आँखाको जाँच गराउनुपर्छ ।

आँखाको देख्ने शक्ति पनि उमेरसँगै परिवर्तन भइरहेको हुन्छ । जति उमेर बढ्दै जान्छ त्यति आँखामा समस्या थपिंदै जान्छ । बेलैमा सचेत भए मस्कुलर डिजेनरेसन, ग्लुकोमा जस्ता आँखामा लाग्ने खतरनाक रोग बेलैमा जँचाएर निको पार्न सकिन्छ । ग्लुकोमा भएका व्यक्तिले नियमित जँचाउनुपर्ने हुन्छ ।

किनभने यो रोग धेरै खतरनाक हुन्छ । जब हामी ४० वर्षकाट्छौं तब मधुमेह, रक्तचाप, मुटुको रोगजस्ता धेरै किसिमका रोग लाग्ने सम्भावना हुन्छ । मधुमेह वंशाणुगत पनि हुन सक्छ । यो रोगले आँखामा धेरै प्रभाव पार्न सक्ने भएकाले ४० वर्षछि नियमित आँखा जँचाइरहनुपर्छ ।

२. उचित चस्माको प्रयोग

चस्माले आँखालाई धूलो, धूवाँ, कीटाणु आदिबाट बचाउने मात्र होइन, यसले आँखामा चोटपटक लाग्न तथा विकिरणबाट पनि जोगाउँछ । घाममा लगाउने चस्मा सत प्रतिशत अल्ट्रा भायोलेट विकिरणबाट सुरक्षा दिने खालको हुनुपर्छ । म्याक्युलर डिजेनरेसन नामक पुस्तकका सह-लेखक डा. लाइलाज मोगका अनुसार नीलो तर·अर्न्तर्गत भायोलेट -रातो र नीलो मिसिएको) र नीलो विकिरणले आँखाको रेटिनालाई असर गर्छ ।

बजारमा व्यापारिक हिसाबमा बिक्री भइरहेका खैरा-खैरा रंगका चश्माले नीलो भायोलेट विकिरण फिल्टर गरी आँखालाई रक्षा गर्छ । बढी चमक आउने स्थान जस्तै- हिउँ, पानीको सतह, घाम लागेको स्थानमा जाँदा यस्ता चस्माको प्रयोगका साथै ह्याटले पनि आँखा जोगाउन सकिन्छ । तर डाक्टरले सिफारिस गरेको चस्मा लगाउने गर्नुपर्छ ।

३. सुरक्षा

कलकारखानामा, मेसिनरी उपकरण चलाउने ठाउँमा, घर बनाउनेजस्ता निर्माणसम्बन्धी कार्य हुने ठाउँमा काम गर्दा साना-साना कणहरु उडेर आँखामा छिर्ने सम्भावना धेरै हुन्छ । त्यस्ता ठाउँमा काम गर्ने व्यक्तिले आँखाको विशेष ध्यान दिनु आवश्यक पर्छ । यस अवस्थामा साधारण किसिमको चस्माको प्रयोग गर्न सकिन्छ ।

जो व्यक्ति वायरिङ गर्ने काम गर्छ उसले चाहिँ बेग्लै किसिमको कालो चस्माको प्रयोग गर्न आवश्यक छ । सामान्य कार्य जस्तै- कीला ठोक्दा भित्ताको प्लास्टर उडेर आँखामा पर्न सक्छ र सोही कीला उछिट्टएिर पनि आँखामा पर्न सक्छ । त्यसैले सामान्य कुराबाट आँखालाई बचाउन पनि सधैँ सजग रहनुपर्छ ।

४. कन्ट्याक्ट लेन्स

चस्मा वा लेन्स प्रयोग गर्दा पसलेको परामर्शमा होइन कि सम्बन्धित डाक्टरलाई जँचाएर मात्र प्रयोग गर्नुपर्छ । लेन्स लगाउँदा झन् विशेष ध्यान दिनुपर्छ । यसमा लागेको धूलो राम्ररी सफा गरेर मात्र प्रयोग गर्नुपर्छ । कसैले त मुखमा हालेर थुकले लेन्स सफा गर्ने गरेको पाइन्छ ।

यसरी थुकले सफा गर्दा आँखामा संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले उचित सामान र उचित तरिकाले लेन्स सफा गर्नुपर्छ । चस्मा त आँखा बाहिर राख्ने भएकोले साधारण किसिमले सफा गरे हुन्छ तर लेन्स आँखाभित्र लगाउने हुनाले यसको सफाइ गर्दा तथा लगाउँदा निकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

५. आँखाको पोषण

आँखा स्वच्छ र निरोगी राख्न चाहिने पोषण तत्त्वमा भिटामिन ए महत्त्वपूर्ण मानिन्छ । जुन तत्त्व गाजरबाट पाउन सकिने हुनाले यसको सेवन आँखाका लागि लाभदायक हुन्छ । भिटामिन ँए’ रेटिनाका लागि अति आवश्यक तत्त्व हो । यस्तै बन्दाकोपी, तोरीको साग, पालुङ्गो आदिमा पाइने लुटियन तत्त्वले मस्कुलर डिजेनरेसन निको हुन्छ । आँखालाई ओमेगा-३ फ्याटी एसिडको पनि जरुरी पर्छ, जुन माछामा पाइन्छ । यसले आँखामा सुख्खापन हुनबाट बचाउँछ ।

६. नेत्ररस

पाको उमेर हुँदै जाँदा आँखा सुक्न सक्ने सम्भावना धेरै हुन्छ । आँसु बनाउने ग्रन्थिले ठीकसँग काम गर्न नसक्नु नै यसको मुख्य कारण हो । यसले आँसु मात्र नभएर आँखामा हुने श्लेष्मा र तेल लाई पनि प्रभाव पार्छ । तेल आँखाको माथिल्लो भागको सानो ग्रन्थिबाट रसाएर आउँछ ।

जब हामीले आँखा झिम्क्याउँछौं तब ग्रन्थिबाट तेल रसाएर आउँछ । यो तेलले आँखामा आँसु सुक्नबाट बचाउँछ । यदि तेल राम्रोसँग निस्केन भने सबै आँसु बाफ भई उडेर जान्छ, जसले गर्दा आँखा सुक्खा हुन्छ । अनि आँखा खोल्न र बन्द गर्न पनि गाह्रो हुन्छ । ओमेगा-३ फ्याटी एसिडले आँखा रसिलो पारिराख्न मद्दत गर्छ ।

अधिक हिटर ताप्ने, आगो ताप्ने वा ताप आउने ठाउँमा काम गर्नेहरुको आँखा सुख्खा हुन सक्छ । त्यस्तै एयर कन्डिसनरले पनि आँखा सुख्खा बनाउँछ । तेज गतिको हावा, पंखा, गाडीको एयर कन्डिसनरले पनि आँखा सुख्खा पार्ने गर्छ । त्यसैले आँखा सुख्खा हुन नदिन ताप र हावाबाट सक्दो आँखालाई बचाउनुपर्छ ।

७. धूमपान

धूमपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बारम्बार सुने पनि यसका अम्मलीहरुले धूमपान गर्न छोडेको पाइँदैन । धूमपानले फोक्सोको क्यान्सर हुन सक्ने कुरा प्रायः सबैलाई थाहा भएकै कुरा हो तर डाक्टरहरुका अनुसार धूमपानले फोक्सोको क्यान्सर हुनुभन्दा अगाडि नै आँखाको दृष्टिलाई असर गरेको हुन्छ । त्यसैले आँखाका लागि धूमपान त्याग्नुपर्छ ।

८. आँखामा पर्ने दबाब

कम्प्युटरमा लामो समयसम्म काम गर्दा यसको विद्युतीय प्रभाव र एकनासको हेराइले आँखामा दबाब पर्छ । जसले गर्दा आँखाको हेराइ कमजोर हुने, आफैं आँसु झर्ने, आँखा पोल्नेजस्ता समस्या देखा पर्छ ।

यसबाट बच्न छिन्-छिन्मा कम्प्युटरको स्क्रीनबाट बाहिर हेरेर आँखालाई आराम दिनुपर्छ, समय-समयमा आँखा झिमझिम गर्नुपर्छ । सुख्खा भएमा आँखामा कृत्रिम आँसु पनि लगाउन सकिन्छ । यसले आँखा रसिलो बनाइराख्ने हुनाले सजिलै आँखालाई यताउता घुमाएर हेर्न सकिन्छ ।

९. परिवारबाट थाहा पाउनुपर्ने वंशाणुगत रोग

आँखाको रोग प्रायः वंशाणुगत हुन सक्छ । आफ्ना पूर्वजहरुलाई कुनै आँखाको रोग थियो कि भन्ने कुरा परिवारबाट थाहा पाइराख्नुपर्छ । यदि त्यस्तो रहेछ भने डाक्टरलाई जानकारी दिनुपर्छ ।

त्यस्तै आँखामा केही गडबड भएको महसुस भएमा आँखा ब्रि्रन नपाईकन डाक्टरसँग कुरा गरिहाल्नुपर्छ ।रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो । त्यसैले परिवारको सहयोगमा बेलैमा आँखा जँचाएर यसमा पुग्न जाने क्षतिलाई कम गर्नुपर्छ ।

१०. स्वस्थ रहने

हरियो तरकारी, माछा आदिबाट आँखालाई चाहिने तत्त्व प्राप्त गर्न सकिन्छ । साथै नियमित व्यायामले शारीरिक प्रणालीहरुको सञ्चालन सुचारु गर्राई आँखामा पर्ने चाप कम गर्न सकिन्छ । हरियो सागसब्जी तथा व्यायामले मधुमेहका रोगीहरुको आँखा र स्वास्थ्यमा पनि लाभ पुग्छ ।

समय-समयमा गरिने नियमित जाँचले शरीरमा लागेको रोग छिटो पत्ता लगाउन सकिन्छ । आँखामा केही असर भएको महसुस भएमा तुरुन्त डाक्टरबाट परामर्श लिई उपचारतर्फलागिहाल्नुपर्छ । सम्पूर्ण शरीर स्वस्थ भएमा आँखा पनि स्वस्थ हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।