बजारमा पाईने हरेक बस्तुहरु चाहे त्यो कस्मेटिक उत्पादकसंग जोडिएको होस या खानेकुरासंग जोडिएका कुराहरु हुन्, हामी ती बस्तुहरुमा सजिलै विश्वास गरेर खरिद गर्ने गर्दछौँ । ती कुराहरु भरपर्दो र सुरक्षित हुन्छ भन्ने पूर्ण विश्वासमा त्यस्ता चिजहरु खरिद गरेका हुन्छौँ । यसका बाबजसद पनि बजारमा उत्पादन गरिएका कतिपय उत्पादकहरु हाम्रो स्वास्थ्यका लागि फाईदाजनक भएपनि कतिपय बस्तु यस्तो हुन्छन् जसले ज्यानै जान सक्छ । त्यस्ता उत्पादक मध्ये लामो समयसम्म सील प्याक गरिएको बस्तु ।

आफ्नो शरीरलाई सफा राख्नको लागि आमी दिनहुँ साबुन र श्याम्पुको प्रयोग गर्छौ । साबुनको प्रयोगले हामी स्वस्थ रहन्छौँ भन्ने हाम्रो सोचाई साबुनको प्रयोग गरिरहेका हुन्छौ । यी बस्तुहरुको दिनहुँको प्रयोगले हाम्रो शरीरमा कस्तो किसिमको हानी पुर्याईरहेको हुन्छ भन्ने कुराबाट हामी अनविज्ञ छौँ । चीनमा गरीएको एक अध्ययन अनुसार यस्ता उत्पादकहरुमा फेथलेट्स कर नामक केमिकलको प्रयोग गरिएको हुन्छ । कम गुणस्तरको केहि मिश्रणले लामो समयसम्म संपर्कमा रहनाले स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ ।

त्यसैगरी बट्टामा बन्द गरिएको खाद्य उत्पादक या कुनैपनि दैनिक जीवनमा प्रयोग हुने उत्पादकलाई लामो समयसम्म प्रयोग गर्नाले गर्भपन समेत हुन सक्छ । चीनको बेईजीङस्थित पेकिंग यूनिवर्सिटीमा ३०० भन्दा बढी महिलाहरुमा गरिएको नयाँ अध्ययन अनुसार अनुसन्धानकर्ताहरुले यसमा फैथलेट्स पाईएको र जसको प्रयोगले ५ देखि १३ हप्ता भित्र समयावधिको गर्भपतन हुने सम्भावना अत्याधिक रहेको पाईएको हो ।

चीनमा भर्खरै गरिएको अनुसन्धानका अनुसार बजारमा उत्पादन गरएको बस्तुको प्रयोगले १ सय ७२ जना महिलाको गर्भपतन भईसकेको छ । जसको एकमात्र कारण हो फैथलेट्स केमिकलको प्रयोग । त्यसैले बजारमा उत्पादन भएका र लामो समयसम्म प्याकिङ गरिएको बस्तुको प्रयोग अघि एक पटक सोच्नु उचित हुन्छ ।

खाना र निन्द्राको सम्बन्ध :

सुत्नमा कठिनाइँको समस्या देखिन्छ । न्यून कार्बोहाइडे«ड, भिटामिन डी, लाईकोफेनले पनि राम्रो निन्द्रा लाग्दैन । अर्कोतर्फ भिटामिन सी, क्याल्सियम र पानीको अभाव वा शरिरमा कोलेस्ट्रोल वा फ्याटको मात्रा बढी हुँदा जतिखेर पनि निद्रा लाग्ने गर्छ । अस्वस्थकर खानाले निन्द्रासँग सम्बन्धित अन्य समस्या ल्याउँछ ।

उपर्युक्त खानेकुराले शरिरलाई उर्जा दिन निकै मद्दत गर्छ । तर कुन खानेकुरा कतिखेर र के खानेकुरा खाने भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । हामीले खाने खानाको निन्द्रासँग पनि गहिरो सम्बन्ध हुन्छ । तसर्थ दिउसै निन्द्राले झुमाएको छ वा बिहान अबेसम्म पनि ब्युझिन सकिदैँन भने यसको दोष खानेकुरामा पनि हुन्छ । राम्रोसँग सुत्न नसक्ने तर सामान्य स्वास्थ्य भएका बयस्कले उच्च मात्रामा चिनी र चिल्लोचाप्लोयुक्त खाएमा मानिसहरु बारम्बार ब्युझिने गरेको एक अध्ययनले बताएको छ । चिनि र चिल्लोले रातको निन्द्रा कमजोर बनाउँछ ।

त्यसैगरि सन्तुलित खाना, बढी प्रोटिन खाने मानिस निकै चाँडो निदाउँछन् । नियन्त्रित खानेकुरा खादा १७ मिनेटमा निदाउने मानिस आफ्नो इच्छा अनुसारको खानेकुरा खाँदा भने २९ मिनेटमा माात्र निदाउँने कुरा विज्ञहरुले बताउदैँ आएका छन् । पर्याप्त डाइटको अभाव र सोडियमको मात्रा बढीले पनि राम्रोसँग सुत्न यस्तो खानेकुरा खानुहोस् स्वस्थ्य खानेकुरा खानुले नै शरिरलाई स्फूर्ति दिन्छ । कतिपय यस्ता खानेकुरा छन जसको उपभोगले तपाईलाई मस्त निन्द्रा लाग्छ । कहिलेकाहिँ फ्याटी खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हो तर नियमित रुपमा यस्ता खानेकुरा खाँदा तपाईको निन्द्रा भने भगाइदिन्छन् ।

अस्ट्रेलियामा गरिएको एक अध्ययन अनुसार उच्च चिल्लोयुक्त पोषण खाने मानिसलाई दिउसोको समयमा बढी उँघ्छ । कफी कफी आफैमा शक्तिबद्र्धक पदार्थ हो । कफी पिउदा प्राय मानिस रातमा पनि जाग्राम बस्छन् । तर, दिउसोको समयमा एक पटक कफी खाँदा निन्द्राबाट मुक्ती हुन्छ र हाम्रो दैनिकी सहज हुन्छ । गर्भवती र बालबालिकालाई कफीले फाइदा गर्दैन । दिउसोमा दुई तीन पटक वा राती सुत्नुअगाडि कफी खाँदा इन्सोमेनिया वा निन्द्रामा असन्तुलन हुन्छ । गुलियो खानेकुरा गुलियो खानेकुराले हाम्रो निन्द्रालाई नकरात्मक अशर गर्छ ।

त्यही भएर प्राय महिलाले आफ्ना नानी बाबुलाई सुत्नु अगाडि गुलियो खानेकुरा, क्यान्डी तथा चकलेट खान दिँदैनन् । चिनिलाई शरिरले सजिलै गलाइदिन्छ जसका कारण ब्लड ग्लुकोजको तहमा उतारचढाब ल्याइदिन्छ । फस्वरुप तपाईलाई निन्द्राबाट बञ्चित गर्छ । मरिच, खुर्सानी र अत्यधिक मसलायुक्त खानाले पनि कतिपय मानिसको पाचन प्रणालीमा असर गर्छ । जसका कारण निन्द्राको सन्तुलन विग्रन्छ । अझ सुत्ने समयमा मसलादार खानेकुरा खाँदा त रातभर जाग्राम बनाइदिन्छ । फास्ट फुड प्रायजसो प्याकेटमा उपलब्ध हुने फास्ट फुड तपाईको निन्द्राका शत्रु नै हुन् ।

चिल्लाा, कार्बोहाइड्रेडयुक्त, सन्तृप्त फ्याट र सोडियमको मात्रा उच्च भएका खानेकुराले रातको निदलाई नकरात्मक असर गर्छ । मदिरा मदिराले गहिरो निन्द्रा लाग्नुका साथै घुर्ने सम्भावना पनि उत्तिकै हुन्छ । नशाको सुरुमा केही समय गहिरो निन्द्रा लागे पनि केही समयपछि अनिन्द्रा बढ्नुका साथै दिउसभर आँखा झुल्छ ।

मध्यान्नमा नसुत्ने बिहानको खानापछि लाग्ने निन्द्राकै कारण धेरै मानिस समस्यामा पर्ने गरेका छन् । अलि दहे लन्च गर्दा निन्द्राले बढी झुम्ने र काम गर्दा ध्यान भंग हुन सक्छ । लन्चको समयमा बढी कार्बोहाईड्रेडयुक्त खाना खाँदा दिउसो उम्ने समस्या कमि हुन्छ ।

दिउसो हैन राती सुत्नुहोस कतिपय मानिस मध्य रातसम्म नसुत्ने तर दिउसोको समयमा सुत्ने बानी हुन्छ । व्याबासायिक वा पेशागत बाध्यता बाहेक दिउसो सुत्नु राम्रो होइन । सन्तुलित खानाले निन्द्रामा सुधार ल्याउने र दिउसभर फूर्तिलो बनाउछ । निन्द्रालाई अशर गर्ने खानेकुरा छोड्नुको अतिरिक्त निश्चत प्रकारका खानेकुरा खाएर पनि सुत्न सकिन्छ । ट्राइपटोफान एटा स्वभाविक रसायन हो यसले दिमागलाई शान्त र निन्द्रा प्रदान गर्ने सेरोटोनिन उत्पादन गर्न सहयोग गर्छ । बदामको दुध, अन्डा, चकलेट ट्राइपटोफानका महत्वपूर्ण स्रोत हुन् ।

जंक फूडले कसरी शरीरमा असर गर्छ ?

अहिलेका पुस्ताको मेनुमा के कस्ता खानेकुरा छन् ? चाउचाउ, चाउमिन, मम, पिज्जा, बर्गर, स्याडविच इत्यादी । घरमा पकाइने खाजामा उनीहरु त्यती अभ्यस्त छैनन्, जति बजारमा उपलब्ध तयारी खाजामा छन् ।

जब भोग लाग्छ, चाउचाउ खान्छन् । चाउमिन मगाउँछन् । पिज्जा खोज्छन् ।

यस्तो दिन हुँदैन, जुन दिन उनीहरुले यस्ता खानेकुरा नखाएका होस् । हरेक दिनजसो केही न केही यस्ता खानेकुरा खाइरेका हुन्छन्, जसले जिब्रो लोभ्याउँछ । पेट भरिन्छ । तर, स्वास्थ्यलाई हानी गर्छ । बजारमा उपलब्ध खानेकुरालाई स्वादिलो र टिकाउयुक्त बनाउनका लागि कतिपय अखाद्य पदार्थ मिश्रण गरिएको हुन्छ । त्यही तत्व हाम्रो पेटमा नपच्ने मात्र होइन, विषाक्त पनि हुन्छ । पछिल्लो पुस्तामा बढ्दो क्यान्सर, मधुमेह, उच्च रक्तचाप आदिको मूल कारण नै उनीहरुको खानपान बनिरहेको छ ।

अक्सर के देखिन्छ भने, जुन चिज खानमा स्वादिष्ट हुन्छ, त्यो हाम्रो स्वास्थ्यका लागि उत्तिनै हानिकारक हुन्छ । यस्ता खानेकुराले पेटमा समस्या निम्त्याउँछ ।

हामी सबैजसो बेखबर छैनौ कि, जंकफूड स्वास्थ्यका लागि हानिकारक छ । तर, अहिलेको पुस्ताको दैनिकीमा जंक फूड अभिन्न रुपमा जोडिएको छ । जंक फूडको स्वाद नलिएसम्म उनीहरुको तलतल मेटिदैन । किनभने जंक फूड तुलनात्मक रुपमा स्वादिलो हुन्छ । यही स्वादको चक्करमा अहिले जंकफूड सेवन गर्नेहरु बढ्दो छन् ।

किन स्वादिलो हुन्छ ?

जंक फूड बनाउने क्रममा त्यस्ता केही चिज प्रयोग गरिन्छ, जो खानामा एकदम स्वादिलो हुन्छ । तर, हामीले यो भुल्न हुँदैन कि, जुन चिज स्वादिलो बनाउनका लागि प्रयोग गरिन्छ, त्यो स्वस्थ्यवर्द्धक हुँदैन । हाम्रो शरीरको लागि अत्यान्तै हानिकारक हुन्छ ।

जस्तो कि, डबल ह्यामबर्गर खानमा सबैलाई स्वादिलो लाग्छ । तर, जब यसको सेवन गरिन्छ, साथसाथै ९४२ क्यालोरी पनि शरीरमा पुग्छ । अर्थात बर्गर खानमा त स्वादिलो होला, तर त्यसमा रहेको हानिकारक फ्याटले शरीरलाई उत्तिकै दुषित बनाइदिन्छ ।

कुनलाई भनिन्छ जंक फूड ?

जंक फूड त्यसलाई भनिन्छ, जसमा अत्याधिक मात्रामा खराब पोषणयुक्त चिज, ट्रान्स फ्याट, चिनी, सोडियम र अनेक किसिमको रसायन हुन्छ । खासगरी जंक फूडलाई स्वादिलो, आकर्षक बनाउनका लागि त्यसमा केही किसिमको खाद्य पदार्थ र रंग मिश्रण गरिन्छ ।

जंक फूडको जानकारी

चाउचाउ, कुरकुरे, आलु चिप्स, विस्कुट, लेज, कोल्ड डिं्रक, पिज्जा, बर्गर, मम, चाउमिन, डोनट, पपकर्न, प|mेन्च प|mाइज सबै जंक फूड हुन् । बजारमा पाइने तयारी अधिकांश खाद्य पदार्थ जंक फूड हो ।

जंक फूडले के असर गर्छ ?

१. जब हामी जंक फूड सेवन गर्न थाल्छौं, हामीलाई अघाएको अनुभव हुन्छ । पेट भरिन्छ । त्यही कारण हामी अन्य पोषिलो खानेकुरा खान सक्दैनौं । यसबाट के हुन्छ भने, शरीरमा पोषणको अभाव । किनभने जंकफूडमा पोषक तत्व हुँदैन । त्यही जंक फूडले पेटमा कब्जा जमाएपछि पोषणयुक्त खानेकुरा कहाँ अटाउने ?

२. जंक फूडमा उच्च क्यालोरी हुन्छ । यसले हाम्रो शरीरको तौल अनियन्त्रित रुपमा बढ्न थाल्छ । यदि हामीले प्रत्येक दिन पाँच सय क्यालोरी ग्रहण गर्‍यौं भने एक हप्तामै तौल बढ्छ । तपाईं/हामीलाई थाहै छ, तौल बढ्नु भनेको मोटोघाटो हुनु होइन । बरु, शरीरमा बोसोको मात्रा बढ्नु हो । यो अवस्थामा शरीरका भित्री अंगहरुलाई आफ्नो काममा अवरोध हुन्छ । नतिजा, हाम्रो शरीर रोगहरुको घर बन्न पुग्छ ।

३. अहिले मधुमेहका रोगी बढ्दो छ । मधुमेह युवा, किशोरदेखि बालबालिकालाई समेत हुन थालेको छ । यसको मूख्य कारण हो, जंक फूड । विभिन्न अध्ययनबाट के थाहा भइसकेको छ भने, जुन बच्चा अत्याधिक मात्रामा जंक फूड सेवन गर्छ, उनीहरु मधुमेहको चपेटामा पर्छन् । जब मधुमेहको समस्या हुन्छ, जीवनभर त्यसबाट छुटकारा पाउन सकिदैन ।

४. जंक फूडमा सोडियमको मात्रा उच्च हुन्छ । चिकित्सकहरु भन्छन्, अधिक सोडियम मुटुको लागि घातक छ । त्यती मात्र होइन, आवश्यक्ताभन्दा बढी सोडियमले उच्च रक्तचाप र स्ट्रोकको खतरा पनि निम्त्याउँछ ।

एक विश्वविद्यालयका शोधकर्ताद्वारा गरिएको एक अध्ययनमा पाइएको थियो कि, हरेक पाँच सय मिलिग्राम सोडियम सोडियम सेवन गर्दा स्ट्रोकको खतरा १७ प्रतिशतले बढ्छ ।

जुस पनि हानिकारक ?

हामीलाई स्वस्थ्य रहनका लागि जुस सेवन गर्नुपर्छ भनिन्छ । फलफूलबाट बन्ने जुस स्वास्थ्यका लागि फाइदजनक पनि हुन्छ । तर, बजारमा पाइने जुसले फाइदा होइन, बेफाइदा गर्छ ।

प्याकेटमा उपलब्ध यी जुसमा विभिन्न फल र फ्लेवर पाइन्छ । तर, त्यो विशुद्ध वा प्राकृतिक फलको जुस होइन । त्यसमा केवल फ्लेवर र स्वाद मिश्रण गरिएको हो । यस्ता परिकारमा रंग र स्वादका लागि अखाद्य पदार्थ पनि मिश्रण गरिएको हुन्छ ।

हानिकारक पेस्ट्री

अधिकांश पेस्ट्री, कुकी र केक स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । यसलाई तयार गर्नका लागि सामान्यत रिफाइन्ड चिनी, रिफाइन्ड गहुँको आटा र वोसो मिसाइएको हुन्छ । त्यसैले यस्ता खानेकुराको सेवनबाट बच्नुपर्छ ।

के बजारमा पाइने सबै कुरा अस्वस्थ्यकर हुन्छ ?

बजारमा पाइने सबै तयारी खानेकुरा जंकफूड हो ? होइन । बजारमा उपलब्ध खानेकुरामध्ये कतिपय स्वस्थ्यकर हुन्छ । जंक फूडमा जस्तो अखाद्य पदार्थ मिश्रण गरिएको हुँदैन । तर, त्यसको पहिचान भने गर्नुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।