मदिरा सेवनका कारण संसारमा प्रतिवर्ष २.५ देखि ३ लाखको ज्यान जाने गरेको तथ्यांकले देखाएका छन् । यो समस्या १५ देखि ६० वर्षसम्मका पुरुषमा धेरै पाइएको छ । मदिराले शरीरका सम्पूर्ण अंग र प्रणालीलाई असर गर्छ । विशेष गरी रक्तसञ्चार, स्नायु तथा पाचन प्रणालीमा यसको असर बढी हुन्छ । कलेजो शरीरको सबैभन्दा ठूलो ग्रन्थि हो । मदिराको मेटाबोलिज्म पनि यसैमा हुने गर्छ । अत्यधिक मात्रामा मदिरा सेवनले एसिटलडिहाइड जम्मा भएर कलेजोका कोषिकामा क्षति पुगेर अल्कोहोलिक लिभर डिजिज हुने गर्छ ।

नेपालमा कलेजो रोगको एक प्रमुख कारक मदिराको सेवन हो । कलेजोको रोग भएर अस्पताल पुगेको ६० प्रतिशत वयस्कले मदिरा सेवन गरेको देखिन्छ । एउटा अध्ययनले केसम्म देखाएको छ भने विकसित देशमा मदिराको प्रयोग र यसबाट हुने रोग घट्दो क्रममा छ भने विकासोन्मुख देशमा बढ्ने क्रममा । महिलामा मदिराको असर पुरुषमा भन्दा अझ गम्भीर हुने गर्छ । थोरै मात्राले पनि महिलामा छोटो समयमै मदिराका असर देखिन्छन् ।

मदिराबाट हुने कलेजो रोग

मदिराको सेवनबाट सुरुमा कलेजोको कोषमा चिल्लो जम्मा हुन थाल्छ । त्यसपछि अल्कोहोलिक हेपाटाइटिस, सिरोसिस र अन्त्यमा कलेजोको क्यान्सर हुने गर्छ ।

१. अल्कोहलले गर्दा हुने चिल्लो कलेजो

कलेजोको कोषिकामा बोसो दुई प्रकारले जम्मा हुने गर्छ– माइक्रोभास्कुलर स्टेटोसिस र म्याक्रो भास्कुलर स्टेटोसिस । यो समस्यामा कलेजोको एकदमै न्यून मात्रामा सुजन भएर आकारमा वृद्धि हुन्छ र बिरामीमा प्रायः कुनै लक्षण देखिँदैन । कलेजोमा रहेका इन्जाइमहरु अलिकति मात्रामा बढेका हुन सक्छन् । तर, बिलिरुबिन, प्रोथ्रोम्विन टाइम र एल्बुमिनको मात्रा सामान्य नै हुन्छ । मदिरा सेवन छोडेन भने अल्कोहोलिक हेपाटाइटिस र सिरोसिसमा परिणत हुने सम्भावना धेरै हुन्छ ।

२. मदिराबाट हुने अल्कोहोलिक हेपाटाइटिस

मदिराका कारण कलेजोको कोषहरु क्षय हुन्छन् । जन्डिस (कमलपित्त), ज्वरो आउने, वान्ता हुने, अस्वाभाविक रुपमा तौल घट्ने, कलेजोको आकार बढ्ने तथा छुँदा दुख्ने र कुपोषण हुनेजस्ता लक्षण देखा पर्छन् । साथै रगतमा एएलटी, एएसटी, जिजिटी र डब्लुबिसी काउन्ट बढ्ने हुन्छ एएसटीको मात्रा एएलटीभन्दा दुई गुणा बढी हुन्छ ।

प्रोथ्रोम्बिन टाइम बढी भएको र जन्डिस गाढा भएको बिरामीको उपचार सहज हँुदैन । तर, कहिलेकाहीँ अल्कोहोलिक हेपाटाइटिसमा कुनै लक्षण नदेखिन पनि सक्छन् । रगतमा जिजिटीको मात्रा बढ्दा पनि मदिराले कलेजोको क्षति गरेको बुभm्नुपर्ने हुन्छ ।

३. अल्कोहोलिक सिरोसिस

धेरै लामो समयसम्म मदिराको सेवनबाट कलेजोका कोषहरुको क्षति भई उक्त ठाउँमा खत बन्ने तथा कलेजोमा स–साना गिर्खा पैदा हुन्छन् । कलेजोको आकार पनि अनियमित भई भद्दा र खुम्चिने गर्छन् । आठ वर्षसम्म दैनिक १ सय ६० ग्राम मदिरा पिउनेमा सिरोसिस भएको पाइएको छ ।

कलेजोभित्रको रगतको प्रवाहमा अवरोध भएर कलेजोभित्र जाने रगतको चाप बढेर जान्छ, जसलाई पोर्टल हाइपर टेन्सन भनिन्छ । पोर्टल हाइपर टेन्सन भएको बिरामीमा स्पेलिनको साइज बढ्ने हुन्छ ।

खाने नलीको तल्लो भागको भित्री धमनीहरु फुटेर आउँछन् । यसलाई ओसो फ्यागेल भ्यारिसेस भनिन्छ । यिनीहरु फुट्न गएमा आन्द्रामा रक्तस्राव भई रक्तवमन वा कालो दिंसा हुने गर्छ ।

सिरोसिसमा देखिने अन्य चिह्नमा कमलपित्त, पेटमा पानी भरिने, खुट्टा सुन्निने, छालामा नीलडाम आउने, टेस्टेस सुक्ने, यौनेच्छामा कमी आउने हुन्छ । लोग्ने मानिसमा स्तन बढ्ने हुन्छ । पछि गएर बिरामीको मस्तिष्कमा पनि असर देखिन सक्छ, जसलाई हेपाटिक इन्सेफालोप्याथी भनिन्छ ।

४. कलेजोको क्यान्सर

लामो समयसम्म सिरोसिस भएको बिरामीमा कलेजोको क्यान्सर हुन सक्छ । क्यान्सर सुरु भएपछि बिरामीको अवस्था एकाएक बिग्रिन्छ । तर, कुनै अवस्थामा क्यान्सरको लक्षण नदेखिन पनि सक्छ । अल्ट्रासाउन्डबाट र रगतको परीक्षण पनि सिरोसिसका बिरामीमा क्यान्सर भएको यकिन गर्न सकिन्छ । सिरोसिस भएका बिरामीमा हेपाटाइटिस बी र सी पनि छ भने कलेजोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

मदिराबाट हुने कलेजोको रोगको शृंखला

बढी मात्राका जाँडरक्सीको प्रयोग बोसोयुक्त कलेजो अल्कोहोलिक हेपाटाइटिस सिरोसिस क्यान्सर
निको हुने /निको नहुने

उपचार र व्यवस्थापन जान्नुहोस्

प्रमुख उपचार मदिरा छोड्नु नै हो । यो नै उपचारको मुख्य आधार पनि हो । व्यवस्थापनको क्रममा निम्न कुरालाई विशेष ध्यान दिनु आवश्यक छ ः

१. मदिरा छोड्नका लागि प्रेरित गर्ने ।

२. पोषणयुक्त खानेकुरा खानका लागि प्रोत्साहित गर्ने ।

३. रोगको जटिलता आउन नदिने र जटिलता आएमा तुरुन्त उपचार गर्ने ।

४. कलेजोलाई हानि गर्ने औषधिको प्रयोग नगर्ने ।

पोषक तत्वको उचित प्रयोग एवं खानपानबाट पनि यसको व्यवस्थापन गर्न सकिन्छ । लामो समयसम्म मदिरा सेवन गर्ने व्यक्तिहरुमा भोक नलाग्ने समस्या हुन्छ र यिनीहरु कुपोषणको सिकार हुन सक्छन् । प्रत्येक व्यक्तिलाई उनीहरुलाई प्रशस्त पोषक तत्व खुवाउनुपर्छ । जसले गर्दा शरीरमा सन्तुलित पौष्टिक तत्वको मात्रा पुग्न गई मांसपेशीको क्षतिलाई नियन्त्रण गर्न सकिन्छ ।

परापूर्वकालदेखि नै चल्दै आइरहेको आयुर्वेद उपचार पद्धति अल्कोहलिक लिभर डिजिजमा ज्यादै प्रभावकारी भएको पाइन्छ । चिराइतो, भुइँ अमला, पुननर्वा, कुट्की, गुडुची आदि जडीबुटीले कलेजोको कोषलाई रक्षा गर्छन् । चिकित्सकको सल्लाहबिना जथाभावी औषधि प्रयोग गर्नु अहितकर हुन सक्छ । तसर्थ बिरामीहरुले चिकित्सकको सल्लाहबमोजिम नै औषधि प्रयोग गर्नु राम्रो हुन्छ ।

मदिरा पिउनुहुन्छ ? त्यसो भए तपाईले जान्नैपर्छ यी कुरा

यतिबेला नेपाली समाजले राम्रैसँग मदिरा खपत गर्छ । मदिरा आफैमा अस्वस्थ्यकर पेय हो । यद्यपी हामी रमाइलोको बाहनामा मदिरा पिउँछौं, अनियन्त्रित रुपमा ।

मदिरा पिएपछि त्यसको असर तुरुन्तै देखिन्छ । कतिसम्म भने, मदिरा पिएको भोलिपल्ट मानसिक र शारीरिक रुपमा अस्वस्थ्य अनुभव हुन्छ । काम गर्ने जाँगर चल्दैन । टाउको दुख्छ, चक्कर लाग्छ, वान्ता हुन्छ, दिसापिसाबमा समस्या हुन्छ ।

यहि हो, मदिराको ह्याङओभर ।

पियक्कडसँग मदिराको ह्याङओभर हटाउने आ-आफ्नै काइदा हुन्छ । कोहि हुयाङओभर हटाउन मदिरा नै सेवन गर्छन् । कोहि कागति पानी पिउँछन् । कोहि चिसो पानीले नुहाउँछन् ।

ह्याङओभर के हो ? किन हुन्छ ? यसबारे भने बुझ्नैपर्छ ।

भ्रम : ह्याङओभर सामान्य

यर्थाथ अत्याधिक मात्रामा मदिराको सेवनले ह्याङ्ग हुने गर्छ । मदिराको सेवनले हाम्रो केन्दि्रय स्नायु प्रणाली तथा दिमागमा असर गर्छ, जसले टाउको दुख्ने, चक्क्कर लाग्ने, वाकवाकी लाग्ने समस्या उत्पन्न हुन्छ, जसले गर्दा हाम्रो शरीरमा पानीको कमी हुन पुग्छ ।

अझ भोलिपल्ट टाउको दुख्नुका साथै, खान मन नलाग्ने मुख सुक्ने, रिङ्गटा लाग्ने, जीउ दुख्ने लगायतको समस्या देखिन थाल्छ । सन् २०००मा छापिएको एक शोध अनुसार डिहाइड्रेसन, एल्डोस्टेराँन, कार्टिसोल लगायतका हर्मोनको स्तरमा बद्लाव आउनु नै ह्याङ्गओभरको मुख्य कारण हो ।

हुन त केही मानिसह्याङ्गओभरको असर कम गर्न आफ उपाय लाउने गर्छन् । तर ती उपाय कुनैै कुनै बेला उल्टो असर गर्नसक्छ ।

भ्रम : हयाङ्गओभरको प्रभाव महिलामा बढी

ह्याङ्गओभरको प्रभाव महिलामा बढी हुन्छ । यदि महिला र पुरुषले उत्तिकै मदिरा सेवन गर्छ भने पनि त्यसको प्रभाव पुरुषको तुलनामा बढी हुने गर्छ । कारण सामान्य छ । महिलाको तुलनामा पुरुषको शरीरमा पानीका मात्रा बढी हुन्छ ।

जसले गर्दा उनीहरुले सेवन गरेको मदिरा शरीरमा छिटै घोलिन्छ । जबकी महिलाहरुले सेवन गर्ने मदिरा रगतमा गएर मिसिन्छ ।

भ्रम: अत्याधिक मदिरा सेवन, ह्याङ्गओभरका कारण

यर्थाथः ह्याओभरको लागि अत्याधिक मदिरा सेवन गर्नु पर्दैन । कसैकसैलाई थोरै रक्सी पिउँदा नै ह्याङ्ग ओभर हुनसक्छ । मान्छेले आफूले खाएको रक्सी कति पचाउन सक्छ भन्ने कुराले त्यसलाई निर्धारण गर्छ ।

वियर, वा अन्य कुनै हार्ड डि्रक्सको साथमा पानी वा अन्य पदार्थको सेवनले तपाईलाई हाइड्रेटेड रहन तथा तपाईको शरीरबाट रक्सीको मात्रा घटाउन मद्धत गर्छ ।

भ्रम: वियरको भन्दा वाइन ठीक

भनिन्छ, वियनको सट्टा वाइन खानु स्वास्थ्यको लागि फाइदाजनक छ । जबकी वियरको तुलनामा वाइनमा अल्कोहलको मात्रा अधिक हुन्छ ।

विशेषगरी, रेड वाइनमा ट्यानिन्स नामक तत्व हुन्छ, जसले केही मानिसहरुलाई टाउको दुख्ने समस्या निम्त्याउन सक्छ । हि्वस्की लगायतका माल्ट लिक्वयरले पनि केही व्यक्तिलाई बढी हयाङ्गओभर हुने गर्छ । यदी तपाईलाई पनि ह्याङ्गओभरको समस्या छ भने कम अल्कोल भएको जीन, भोड्का लगायतका पेय पदार्थ सेवन गर्न उचित हुन्छ ।

भ्रम: डाइड ककटेलको सेवन

यर्थाथ: क्यालोरीका कम गर्नका लागि डाइड कोक राम्रो मानिन्छ । तर त्यसले हयाङ्गओभर भने कम गर्दैन । अनुसन्धानहरु बताए अनुसार फलफुल, फलफुलको जुस लगायतका अन्य चिनीयुक्त पदार्थको सेवनले ह्याङ्गओभर कम हुने गर्छ ।

भ्रम: वियर अघि रक्सीको सेवन

यर्थाथ : कुनै पनि मदिरा सेवन गर्दा कतिपटक पिइयो भन्दा पनि कति परिमाणमा मादक पदार्थको सेवन गरियो भन्ने मुख्य कुरा हो । अनुसन्धानहरुले देखाए अनुसार कुनै पनि मानिसको लागि १२ औन्स वियरको एक गिलास, ५ आउन्सको एक गिलास वाइन, १.५ आउन्स एक गिलास तकिलाको सट वा अन्य सट, डि्रक्सको स्ट्याण्र्डड मापदण्ड हो । त्यसैले पेय पदार्थको साइजले नभई तपाईले सेवन गर्नु भएको परिणामले यसकेा निर्धारण गर्छ ।

भ्रम : सुत्नु अगाडी पास्ताको सेवन

यर्थाथ: सुत्नु अगाडी खानु यसै पनि राम्रो मानिदैन । त्यसमा पनि मादक पदार्थ सेवन गरेपछि खानुको खासै औचित्य छैन । खाना भनेको समयमा खानुपर्छ ।

फेरी, खानाले तपाईले खाएको मादक पदार्थलाई स्लो बनाइदिन्छ । त्यसैले, सुत्नु अघि पिज्जा वा अनय कुराको सेवन गर्नउचित हुन्छ, जसले ह्याङ्गओभर हुन दिदैन ।

भ्रम : सुत्नु अगाडी पेनकिलरको प्रयोग

यर्थाथ : हामीमा के भ्रम छ भने, सुत्नु अघि पेनकिलरको सेवनले टाउको दुख्ने लगायतको समस्या तुरुन्तै कम हुन्छ । जबकी पेनकिलरलाई राम्ररी काम गर्न करिब ४ घण्टा समय लाग्छ । त्यसैले, सुत्नु अघि खानुभन्दा उठ्ना साथै औषधी खानु नै सबैभन्दा राम्रो उपाय हो ।

भ्रम: अल्कोहलले निद्रा लगाउँछ

यर्थाथः धेरै मानिसमा के भ्रम छ भने रक्सीको सेवनले चाडै निद्रा लगाउँछ । तर यर्थाथमा रक्सीले निद्रा लगाउदैन । बरु अत्याधिक मात्रामा रक्सीको सेवनले तपाईको शरीरमा यति अप्ठेरो महसुस हुन्छ, कि चाहेर पनि तपाई राम्ररी सुत्न सक्नु हुन्न ।

भ्रम : विहान अल्कोहलको सेवन

यर्थाथ : केही मानिस आफ्नो ह्याङ्गआभर हटाउनका लागि विहानदेखि नै अत्याधिक मात्रामा रक्सीको सेवन गर्न थाल्छन् । उनीहरुलाई लाग्छ कि, यसले उनीहरुको ह्याङ्गओभर कम गर्छ । ह्याङ्गओभर हटाउन वहानदेखि नै मदिराको सेवनले तपाईलाई केही समयकेा लागि त अवश्य नै राहत प्रदान गर्छ । तर त्यसले अन्तरमा टाउको दुख्ने समस्या बढ्ने गर्छ । त्यसैले ह्याङ्गओभरबाट बच्नको लागि मदिराको सेवन नगर्नु नै उचित हुन्छ ।

भ्रम : कफी उपचार हो

यर्थाथ : भनिनछ, ह्याङ्गओभर भएको बेलामा कफि पिउनु राम्रो हो । जबकी यर्थाथमा कफीले हयाङ्गओभरलाई क मगर्ने नभई यसलाई झन् थयानक बनाउँछ। कफीमा कैफिन हुन्छ, जले तपाईको रक्तनलीलाई साघुरो बनाई तपाईको ह्याङ्गओभरलाई झन् बढाउँछ । त्यसैले ह्याङ्गओभरबाट छुटकारा पाउन कफीको सट्टामा पानी वा अल्कोहलरहित डि्रक्स पिउनु उपयुक्त हुन्छ ।यसले तपाईको शरीरमा पानीको कमी हुन दिदैन र ताजा राख्दछ ।

भ्रमः हर्वल औषधीको प्रयोग

यर्थाथ : वि्रटिस अनुसन्धानकर्ताहरुको एक रिपोर्ट अनुसार , इस्ट, आर्टीचोक लगायतका औषधीहरुले ह्याङ्गओभरमा असर नगर्ने देखाईसकेको छ। त्यस्तै, अर्कोर् वि्रटिस अनुसन्धानकर्ताहरुो टोलीले पि्रक्ली पियर क्याक्टरको प्रयोगले वाकवाकी लाग्ने तथा मुख सुख्खा हुने समस्यालाई केही हदसम्म त कम गर्छ । तर टोउको दुखाई कम गर्नमा भने यसल खासै भूमिका खेल्दैन । यसको उपचारको एक मात्र विकल्प भनेको समय हो । समयले नै यसलाई ठीक हुन्छ ।

यर्थाथ : विषाक्त अल्कोहल

विषक्त अल्कोहलको सेवनले ज्यान जानसक्ने हुदाँ यसारे विशेष सावधानी अपनाउन जरुरी छ । अलमलिनु, निरन्तर वान्ता हुनु, सास फेर्नमा कठिनाई हुनु, रक्तचाप न्युन हुन, , अनुहार निलो हुनु विषाक्त अल्कोहल सेवनको लक्षण हो । यदी कसैमा यस्तो लक्षण देखिए उनीहरुमा डिहाइडे्रसन तथा मस्तिष्कघात हुने खतरा बढ्छ । यस्तोमा तुरुन्त चिकित्सकका जानुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।