हाम्रो शरीरमा सामान्यभन्दा कम शक्ति हुनुलाई थकान भनिन्छ । भिटामिन बी को कमि ले गर्दा हामीलाई थकाई लाग्ने हुन्छ । धेरै शारीरिक परिश्रम गर्दा थकाइ लाग्छ । कहिलेकाहीँ क्षणभरका लागि मात्र थकाइ लाग्न सक्छ भने कहिले लामै समयसम्म त्यसको अनुभूति हुन्छ । थकाइ लागेका बेला भोजनमा ध्यान पुर्या उनुपर्छ ।

–प्रशस्त फलफूल तथा तरकारी समावेश गरिएको भोजनले शरीरमा शक्ति बढाउँछ । त्यसैले बढी मात्रामा फलफूल, तरकारी एवं सलाद सेवन मा जोड दिनु पर्छ ।

–अंकुरित भोजन, फर्सीको बिया, सूर्यमुखीको बियाँ, पेस्ता, काजु, अन्जिर, काजी बदाम आदिको सेवन फाइदाजनक हुन्छ।

–दूधमा मह मिसाएर पिउनुपर्छ ।

–फलफूलमा आँप, अनार, स्याउ, अंगुर, जुनार, तरकारीमा पालुंगोको साग, गोलभेंडा, कुरिलो, च्याउ, हरिया सागपात तथा आलु खानु उपयोगी हुन्छ । ।

–दूधमा मह मिसाएर पिउनुपर्छ ।

–भिटामिन बीको अभावमा थकान महसुस हुने हुँदा दैनिक भोजनमा भिटामिन बीयुक्त भोजन समावेश गर्नुपर्छ । चोकरसहितको गहुको परिकार, ब्राउन राइस, हरिया सागपात, दाल, गेडागुडी, केराउ, दूध, अण्डा, केरा, अन्जिर, पेस्ता तथा काजुमा भिटामिन बी पाइन्छ ।

–माछा–मासुको सेवन पनि लाभदायक मानिन्छ ।

–५ सय मिलिलिटर गाजरको जुस, ३ सय मिलिलिटर चुकन्दरको जुस तथा १ सय मिलिलिटर काँक्राको जुस मिसाएर पिए शक्ति प्राप्त हुन्छ ।

–१ गिलास अनारको जुस पिउनु शक्तिबद्र्धक मानिन्छ ।

–दिनहुँ २ लिटर पानी पिए शरीरका कोषहरू ताजा तथा स्फुर्त हुनुका साथै बढी ऊर्जा प्राप्त हुन्छ

–थकाइको उपचारमा पोटासियमको विशेष महत्व हुन्छ । यसका लागि हरिया सागपात तथा दिनमा दुईवटा केरा खानुपर्छ । त्यस्तै क्याल्सियम, सोडियम, जिंक आदिले पनि थकान निवारण गर्न विशेष भूमिका निर्वाह गर्छ ।

फुर्तिलो बनाउने र थकाइ मेटाउँने खानाहरु

हामी जे–जस्तो खानेकुरा खान्छौं, त्यसैको ऊर्जाबाट शरीरले काम गर्छ । त्यसैले हाम्रो शरीरले शारीरिक तथा मानसिक काम गर्न आवश्यक पर्याप्त ऊर्जा प्राप्त गर्ने किसिमका खानेकुरा वा भोजन गर्नुपर्छ । पर्याप्त ऊर्जा नपाए अलिकति काम गर्नासाथ हाम्रो शरीर र मस्तिष्क दुवै थाक्छन् ।

कहिलेकाहीँ त हामीले धेरै परिकार टन्न खाँदा पनि एकैछिनमा थाकेको महसुस गर्छौं । यस्तो किन हुन्छ भने हाम्रो शरीरले आफ्नो ऊर्जा विभिन्न अंगलाई दिनुको साटो भर्खर खाएको भारी भोजन पचाउन खर्च गरिरहेको हुन्छ ।

त्यसैले दिनभरि नै ऊर्जाशील हुन वा फुर्तिलो रहन एकैपल्ट धेरै मात्रामा भोजन गर्नुको साटो दिनभरि थोरै–थोरै खानेकुरा धेरैपल्ट खानु उपयुक्त हुने पोषणविदहरू सुझाउँछन् । यसले शरीर फुर्तिलो बनाउका साथै वजन पनि बढ्न नदिने उनीहरूको भनाइ छ । थकाइ मेटाउने केही भोजन यस्ता छन्ः

अप्रशोधित खानेकुरा

बर्गर वा तारेका खानेकुरा हेर्दै खाउँखाउँ लाग्ने लोभलाग्दा भए पनि पोषणका दृष्टिले भने उपयोगी हुँदैनन् । प्याकेट, डिब्बा वा क्यानमा आउने खानेकुरा, विभिन्न क्यान्डी र पकाइएको मासुजस्ता प्रशोधित खानेकुरामा विभिन्न प्रेजर्भेटिभ, एडिटिभ, नुन, ट्रान्स फ्याट लगायत विभिन्न किसिमका रसायन मिसाइएको हुन्छ । यस्ता खानेकुरा पचाउन धेरै ऊर्जा खर्चनुपर्ने भएकाले अप्रशोधित खानेकुरा जस्तै चिउरा, ओट्स खाँदा हाम्रो शरीरले छिटै ऊर्जा पाउँछ ।

मौसमी फलफूल र सागसब्जी

हामी जति ताजा खानेकुरा खान्छौं, त्यति नै बढी पोषण पाउँछौं । प्रशोधित खानेकुरामा पोषणको मात्रा न्यून हुन्छ भने ताजा खानेकुरामा उच्च हुन्छ । त्यसैले मौसमअनुसारका फलफूल र सागसब्जी खाए शरीरले चाँडै ऊर्जा पाउँछ र थकाइ छिटै मेटिन्छ । तर, विभिन्न रसायन र औषधि हालेर पकाइएका फलफूलको साटो प्राकृतिक रुपमै पाकेका फलफूल खानुपर्छ ।

क्याफिनरहित बेभरेज

छोटो समयका लागि अलर्ट राखे पनि, स्वास्थ्य सम्बन्धी केही फाइदा भए पनि क्याफिनयुक्त खानेकुराले शरीरलाई कुनै पनि ऊर्जा दिँदैन । त्यसैले धेरै कफी र चिया पिउनेहरूले पर्याप्त मात्रामा पोषणयुक्त भोजन वा खानेकुरा खानमा ध्यान दिनु आवश्यक छ । क्याफिनयुक्त पेय धेरै सेवन गर्ने व्यक्ति चाँडै थाक्छ ।

त्यसैले कालो कफी वा गुलियो नहालेको कालो चिया पिउनु वेश । त्यस्तै, सोडा पानी, कोल्ड ड्रिंक्स, एनर्जी ड्रिंक्स लगायत पेयमा अत्याधिक चिनी (सुगर) सँगै कृत्रिम रङ र स्वाद मिसाइएको हुन्छ, जुन धेरै खाए हामीलाई ऊर्जा दिनुको साटो अझ थकाउने वा साइड इफेक्ट हुनसक्छ।

थोरै फ्याटयुक्त प्रोटिन

टोटल, स्याचुरेटेड फ्याट र कोलेस्टेरोलको मात्रा थोरै हुने मासु वा प्रोटिनले पर्याप्त ऊर्जा दिन्छ । कुखुराको मासु, टर्की र माछा यस्तो प्रोटिनमा पर्छन् । माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ । यी खानेकुराले हामीलाई छिटै थाक्न दिँदैन ।

होलग्रेन र कार्बोहाइड्रेट

चिनी र मैदाजस्ता प्रशोधित कार्बोहाइड्रेटले हामीलाई न्यून ऊर्जा दिन्छ । त्यसैले दिनभर सक्रिय रहन र नथाक्न होलग्रेन (चामल, पिठो, गहुँ, मकै, बाजरा, जुनेलो, कोदो आदि) बाट पकाइएका भोजन गर्नु आवश्यक छ । यसले पर्याप्त ऊर्जा दिनुका साथै भोजनमा रेशा (फाइबर) पनि समावेश हुन्छ ।

सुक्खा फलफूल (बदाम र बीउहरू)

भोक मेटाउन र थकाइ मेटेर फुर्तिलो हुन पोषण र ऊर्जायुक्त विभिन्न बदाम र बीउ खानु पनि एउटा राम्रो उपाय हो । कागजी (हाडे) बदाम, बदाम, ओखर, काजु, किसमिस, ब्राजिली बदाम (ह्याजल नट्स), पेकन्स, पेस्ता, छोगडाका साथै सूर्यमुखी र फर्सीका बीउ खानु बेस हुन्छ । तर, यी सुख्खा फलफूल वा बीउ प्रशोधन नगरिएका र नुन नहालिएका खानु उत्तम हो ।

पानी

स्वस्थ र फुर्तिलो रहन तथा नथाक्न हाम्रो शरीरमा पर्याप्त मात्रामा पानी हुनुपर्छ । पानीले हामीलाई कुनै ऊर्जा नदिने भए पनि यसले शरीरका सबै अंगमा ऊर्जा प्रवाह गर्न मद्दत गर्छ । त्यसैले दिनभरि छिनछिनमा पानी पिइरहनुपर्छ । कतिपय अवस्थामा शरीरमा पानीको मात्रा कम हुँदा पनि थकाइ लाग्छ । सोडा, कफी, चिया वा कोल्ड÷एनर्जी ड्रिंक्सको साटो पानी खानु सर्वोत्तम हुन्छ ।

भिटामिन

हामीले पर्याप्त मात्रामा पोषणयुक्त भोजन गरिरहेका छैनौं भने शरीरका लागि आवश्यक भिटामिन, खनिज लगायत पोषक तत्वको सप्लिमेन्ट (चक्की वा क्याप्सुल) खानुपर्ने हुन्छ । पोषण नपुग्दा पनि हामी चाँडै थाक्छौं । तर, यस्ता भिटामिनका चक्की वा क्याप्सुल डाक्टरको सल्लाहमा मात्र खानु उपयुक्त हुन्छ ।

केरा

एनर्जी ड्रिंक्सजस्तै केराले पनि धेरै ऊर्जा दिने पत्ता लागेकाले अनुसन्धानकर्ताहरूले केरालाई ‘कार्बोहाइड्रेट स्पोर्ट्स ड्रिंक’को उपमा दिएका छन् । किनभने खेलाडीलाई लामो समयसम्म आवश्यक ऊर्जा निरन्तर दिन केराजस्तो उपयोगी अर्को कुनै खानेकुरा वा फलफूल छैन । केरामा पोटासियम, फाइबर, भिटामिन र कार्बोहाइड्रेट पर्याप्त मात्रामा पाइने भएकाले थाकेका बेला केराले हामीलाई प्राकृतिक ऊर्जा र पोषणले तरोताजा बनाउँछ ।

ओट मिल (जौको चिउरा)

ओट (जौको चिउरा) बिहानको खाजा मात्र होइन । किनभने एउटा ठूलो कचौराभरि ओट खाँदा यसले प्रचुर मात्रामा फाइबर र केही प्रोटिन दिन्छ । त्यसमाथि ब्लड सुगर एक्कासी बढ्ने र खाजा खाएपछि ह्वात्तै घट्ने व्यक्तिका लागि ओट उपयुक्त खानेकुरा हो । चिनीरहित ओट खानु वेश हुन्छ । दूधमा हालेर थोरै मह र स्ट्रबेरी वा ब्ल्युबेरीजस्ता फलफूल हालेर खाए भोक र थकाइ दुवै मेटिन्छ ।

थकाइ लाग्दा के खाने ?

–प्रशस्त फलफूल तथा तरकारी समावेश गरिएको भोजनले शरीरमा शक्ति बढाउँछ । त्यसैले बढी मात्रामा फलफूल, तरकारी एवं सलाद सेवन गर्नुपर्छ ।

–फलफूलमा आँप, अनार, स्याउ, अंगुर, जुनार, तरकारीमा पालुंगोको साग, गोलभेंडा, कुरिलो, च्याउ, हरिया सागपात तथा आलु खानु उपयोगी हुन्छ ।

–अंकुरित भोजन, फर्सीको बियाँ, सूर्यमुखीको बियाँ, पेस्ता, काजु, अन्जिर, काजी बदाम आदिको सेवन फाइदाजनक हुन्छ ।

–दूधमा मह मिसाएर पिउनुपर्छ ।

–भिटामिन बीको अभावमा थकान महसुस हुने हुँदा दैनिक भोजनमा भिटामिन बीयुक्त भोजन समावेश गर्नुपर्छ । चोकरसहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, दाल, गेडागुडी, केराउ, दूध, अण्डा, केरा, अन्जिर, पेस्ता तथा काजुमा भिटामिन बी पाइन्छ ।

–थकाइको उपचारमा पोटासियमको विशेष महत्व हुन्छ । यसका लागि हरिया सागपात तथा दिनमा दुईवटा केरा खानुपर्छ ।

–त्यस्तै क्याल्सियम, सोडियम, जिंक आदिले पनि थकान निवारण गर्न विशेष भूमिका निर्वाह गर्छ ।

–माछा–मासुको सेवन पनि लाभदायक मानिन्छ ।

–५ सय मिलिलिटर गाजरको जुस, ३ सय मिलिलिटर चुकन्दरको जुस तथा १ सय मिलिलिटर काँक्राको जुस मिसाएर पिए शक्ति प्राप्त हुन्छ ।

–१ गिलास अनारको जुस पिउनु शक्तिबद्र्धक मानिन्छ ।

–दिनहुँ २ लिटर पानी पिए शरीरका कोषहरू ताजा तथा स्फुर्त हुनुका साथै बढी ऊर्जा प्राप्त हुन्छ ।

अत्यधिक थकाइ लाग्नु राम्रो होइन

हरकोही मानिसलाई थकान महसुस हुन्छ । कडा मेहेनेत गर्नेलाई त थकान महसुुस हुने नै भयो तर मेहेनेत नगरी एकै स्थानमा बसिरहे पनि थकाई लाग्छ । जब शरीरमा उर्जा सकिन्छ तब शरीरले थकान महसुस गर्न थाल्छ ।

आराम गरेपछि या सुतेपछि थकान मेटिनुपर्छ । सामान्यतया अधिकांश मानिसहरुमा यसो हुन्छ । तर यद सुत्दा या आराम गर्दा पनि थकाई मेटिदैन भने यो कुनै बिमारको संकेत पनि हुन सक्छ । यसलाई मेडिकलको भाषमा ‘क्रोनिक फटिग’ भनिन्छ । यसले मानिसलाई जतिबेला पनि आलस्य महसुस गराउँछ ।

आलस्यताले उसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पर्छ । व्यस्त दिनचर्या, खराब जीवनशैली, बिरामी, अनियमित या असन्तुलित खानपान, भाइरल इन्फेक्सन अथवा बायो–साइकोलोजिकल कारणबाट यो रोग लाग्न सक्छ ।

विभिन्न समयमा अत्याधिक आलस्यताले केही घातक रोगहरुको पनि संकेत गरिरहेको हुन्छ ।

हृदयघात

अत्याधिक थकान महसुस हुने हृदयघातको पनि संकेत हुनसक्छ । हृदयाघातको ७० प्रतिशत मामिलामा केही हप्ता पहिलेदेखि नै असामान्य थकान अनुभव हुन थाल्ने एक अनुसन्धानले देखाएको छ ।

धूमपान र मदिराबाट टाढै रहने, सन्तुलित आहार लिने र ३० देखि ६० मिनेटसम्म एरोबिक एक्सरसाइज गर्ने गर्दा यसको जोखिमलाई न्युनिकरण गर्न सकिन्छ । यदि हाई कोलेस्टेरोल, ब्लड प्रेसर, सुगर, लिपिड प्रोफाइल, इसीजी, टीएमटी परीक्षण र एन्जिओग्राम पनि गराउँदा सम्भावित खतरालाई रोक्न सकिन्छ ।

कलेजोको समस्या

कलेजोमा समस्या हुँदा पनि केही व्यक्ति अत्याधिक थकान महसुुस हुनसक्छ । रगत लिँदा तथा लागूऔषध लिने मानिसमा हेपाटाइटिस सी हुने सम्भावना हुन्छ । यस्ता बिरामीलाई हल्का ज्वरो आउने, भोक नलाग्ने, शरीरमा पीडा हुने या रुघा लाग्नेजस्ता लक्षण देखिन्छन् ।

एनिमिया

शरीरमा आइरनको कमी हुँदा आलस्यपना आउन सक्छ । महिलाहरुमा महिनावारीमा, गर्भ रहेका बेला या स्तनपान गराएका बेला आइरनको कमी हुन्छ । यसबाट चिडचिडाहट र आलस्यता हुन्छ । यस्तो अवस्थामा हिमोग्राम, हेमोग्लोबिन टेष्ट, ब्लड काउन्ट, सेरम आइरन, आइरन बाइन्डिङजस्ता परीक्षण गराउन आवश्यक हुन्छ ।

नोट:

माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।