उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर कतिपय उमेर पुगीसकेकाहरुको पनि अनुहार कलिलै र चाउरी रहित हुन्छ । उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।

यसका लागि फलफुलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफुलले तपाईको छालामा चमक ल्याउछन् ।

सुन्तला

सुन्तलामा पर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ । सुन्तलाको जुसले वृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउँछ । सुन्तलाको जुस अनुहारमा दल्नाले अनुहारका विबिरा, धर्सा हटाउँछ र अनुहारमा चमक आउँछ ।

स्याउ

स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ । स्याउमा हुने कपर र भिटामिन सीले छालालाई चम्किलो बनाउन मद्दत गर्छ । त्यस्तै छालाका लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ ।

मेवा

पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छनै । मेवाले तौल घटाउन र मुटुको रक्षासमेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ । मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ । मेवाको बियाँले शरीरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाइदिन्छ।

खरबुजा

खरबुजाले छालालाई चिसो र नरम मात्र बनाउँदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउँछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरबुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

अनार

अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ । ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ । यसले रेड ब्लड कर्पुस्केल्स (आरबीसी) हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ । यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिज हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।

के हो चाउरी, कसरी बच्ने ?

प्रायः बुढ्यौली लागेपछि छालामा चाउरी पर्न थाल्छ । तर, कतिपय व्यक्तिको युवावस्थामै पनि चाउरी पर्न थाल्छ । चाउरी परेपछि बाहिरी सौन्दर्यमा ह्रास आउँछ । यसको तनावमा युवा नै बढी हुन्छन् । किनभने युवावस्थामै सौन्दर्य गुमेको स्वीकार्न गाह्रो पर्छ । आखिर के कारणले छाला चाउरी पर्छ ? युवावस्था र बुढ्यौलीमा छाला चाउरिने कारण एउटै हो ? चाउरी नियन्त्रण गर्न के गर्ने ? स्किन प्रोफेसनल पभी गुरुङले सबै जिज्ञासाको जवाफ दिएकी छिन्ः –

युवाको छाला चाउरिने कारण

छालाको बाहिरी तहमा हुने डिहाइड्रेड (पानीको भागको कमी)ले युवाको छालामा मसिना धर्काहरू देखिने गर्छ । चिसो हावाले हानेको वेला, चर्को घाममा निस्किएको वेला, अप्राकृतिक तरिकाले छोटो समयमा धेरै तौल घटाउँदा यस्तो समस्या निम्तिने गर्छ । यस्ता धर्का अर्थात् चाउरीका कारण कैयौँ युवा–युवती तनावमा भएको पाइन्छ । तर, यो अवस्थामा तनावभन्दा केही सजगता अपनाए समस्याबाट मुक्ति मिल्छ । –

समस्याको समाधान गर्ने तरिका

युवाअवस्थामा देखिएको चाउरी हटाउन छालाको बाहिरी तहमा आवश्यक पानीको मात्रा पूर्ति गर्नु नै उत्तम उपाय हो । यो कुनै जटिल काम पनि होइन । चिसो हावा र चर्को घाम दुवैबाट छालालाई जोगाउनुपर्छ । तौल घटाउँदा प्राकृतिक तरिका अपनाउनुपर्छ । खानामा पनि कन्ट्रोल गर्दै कसरतबाट विस्तारै–विस्तारै घटाउनुपर्छ ।

छालामा पानीको ब्यालेन्स मिलाउन विशेष ट्रिटमेन्ट गर्न सकिन्छ । तातोपानी तथा साबुनपानीले मुख धुनु हुँदैन । फेसवास गर्न सकिन्छ तर धेरै नगर्ने । क्लिन्जिङ या डिप क्लिन्जिङ गर्ने । छालामा मोस्चराइजर लगाउने गर्नुपर्छ । छालाको भित्री भागसम्म हाइड्रेड र कोलाजिन कन्ट्रोल गर्ने अल्ट्रासाउन्ड मेसिन प्रयोग गर्न पनि सकिन्छ ।

बुढ्यौली छाला चाउरिने कारण बुढ्यौलीमा चाउरी पर्ने कारण छालामा पानीको भाग कम भएर होइन । कोलाजिन र इलास्टिसिटीले बनेको छालाभित्रको रेड्युकल्ली लेयरमा समस्या भएपछि चाउरी पर्छ । कोलाजिन र इलास्टिसिटी नै मर्दै गएपछि चाल्नोजस्तो रेड्युकल्ली लेयर लुज हुँदै गएर छाला झोलिएर चाउरी पर्ने गर्छ । रेड्युकल्ली लेयरमा समस्या देखिएपछि बाहिर चाउरी नदेखिँदै छाला झोलिएको महसुस हुन्छ । यस अवस्थामै ट्रिटमेन्ट गर्नु सबैभन्दा उत्तम हुन्छ ।

समस्याको समाधान गर्ने तरिका

बुढ्यौलीको चाउरीको उपचारका लागि कोलाजिन र इलास्टिसिटीलाई नै कन्ट्रोलमा राख्नुपर्छ । यसका लागि कोलाजिन सिरोम, कोलाजिन टोनर र मोस्चराइजरलगायत प्रोडक्ट पाइन्छन् । एनएमएफ (नेचुरल मोस्चराइजर फ्याक्टर) पनि प्रयोग गर्न सकिन्छ । यस्तै स्किन टोनिक प्रयोग गर्न सकिन्छ ।

अनुहारको मसाज गर्न सकिन्छ । हप्ताको एक–दुई पटक डिप क्लिजिङ गर्दा पनि फाइदा गर्छ । धेरै भने गर्नु हु“दैन । हप्ताको एक–दुईपटक कोलाजिन प्याक लगाउन पनि सकिन्छ । चाउरीको समस्या भोगिरहेको व्यक्तिले स्टिम बाथ लिनु हुँदैन । धेरै तातो र चिसो वातावरणबाट जोगिनु पर्छ । साबुनको प्रयोग बन्द गर्नुपर्छ ।

के हो चाउरी ?

छालामा धर्सा देखा पर्नु या झोलिनुलाई चाउरी पर्नु भनिन्छ । युवाअवस्था र बुढ्यौलीमा आउने दुई प्रकारका चाउरी हुन्छन् । युवाअवस्थामा मसिना धर्काहरू देखिन्छन् भने बुढ्यौलीमा मोटा धर्साहरू देखिने तथा छाला झोलिने हुन्छ । यी दुई उमेरअवस्थामा छाला चाउरिने कारण पनि फरक–फरक हुन्छ ।

अनुहार आकर्षण बनाउन के गर्ने ?

-सानो चम्चाको एक चम्चा बेसन ,एक चम्चा कागतीको रस ,एक चम्चा बदाम वा नरिवलको तेल र एक चम्चा नौनी घ्यु एकै ठाउमा राखी लेप तयार गर्ने | यो लेप तयार भएपछी अनुहारलाई अलिकति गाईको दुधले सफा गरेर पानीले मुख धुने | पानी सुकेपछि सो लेप अनुहारमा लगाउने | लेप सुकेको २० मिनेट पछि अनुहार मनतातो पानीले धुनु पर्छ | यसो गर्दा छाला चाउरिन थालेपनि बिस्तारै हटेर जान्छ |

-पुदिनाका पातहरुलाई पिसेर बनाएको लेदोलाई अनुहारमा लेप गर्नले घाउ खटीराका साथै अनुहारमा रहेको धाग लाई पनि हटाई दिन्छ |

-टमाटरको रस निकालेर अनुहार तथा गर्दनमा दल्ने | सो रस सुकेको २० मिनेट पछि चिसो पानीले अनुहार धुने गरे छालामा निखरो पन आउछ |

-अन्डाको सेतो भागमा एक दुई थोपा मह फिटेर तयार गरिएको फेस मेक हप्तामा एक पटक प्रयोग गरे तैलीय छालाका लागी अत्यन्तै लाभदायक हुन्छ |

-अलिकति बेसन र काचो दुधमा एक दुई थोपा मह फिटेर बनाएको फेस मेक को प्रयोगले जुन सुकै छालालाई पनि फाईदा हुन्छ |

-महलाई पानी अथवा कागती संग मिलाएर अनुहारमा लगाउदा अनुहार सुन्दर देखिन्छ |

-काक्रो काटेका बेलामा निस्केको पानीलाई कुनै भाडामा राखेर सो पानी अनुहारमा दल्ने गर्नुस् | पानी सुकेको १०-१५ मिनेट पछि चिसो पानीले मुख धुने गर्यो भने अनुहारको छालामा प्रकृति सौन्दर्य आउछ |

-स्याउ तथा सुन्तलाको रस अनुहारमा लगाई १०-१५ मिनेट पछि मुख धुने गरे अनुहारमा चमक र नरम पना आउछ |

-अलिकति गाईको दुधमा जैतुनको तेल मिसाएर दिनै पिच्छे सुत्नु भन्दा अगाडी अनुहारमा तलतिर बाट माथि तिर मालिस गर्ने | मालिस सकेको १५ मिनेट पछि चिसो पानीले मुख धुने गर्दा असमयेमै छाला चाऊरिन पाउदैन | यदि चाउरी परेको छ भने पनि सो चाउरिएको छालामा समेत सुधार हुदै आउछ |

-रातो या सेतो चन्दन घोटेर निस्केको लेप या मुसुरोको दाल पिसेर बनाएको लेपलाई अनुहारमा दल्ने | लेप सुकेको १०-१५ मिनेट पछि चिसो पानीले मुख धुने | यसो गर्दा अनुहारमा देखिएका दागहरु बिस्तारै हटेर गई अनुहारमा चमक बढ्छ |

-अनुहारको चाउरीलाई हटाउन अलिकति कागती को रसमा त्यतिनै मह मिसाएर लेप बनाई सो लेप अनुहारमा दल्ने गर्नुस् | १५ मिनेट पछि चिसो पानी मुख धोए पछि जैतुनको तेल ले मालिस गर्नु होस् | यो क्रम हप्तामा २-३ पल्ट गर्दै गया छिटै अनुहारमा चाउरी परेको छालामा धेरै सुदार हुन्छ |

-१-२ चम्चा मकैको पिठोमा एक चिम्टी फिटकिरीको धुलो मिसाएर मुछ्ने र अनुहारमा लगाउने | १०-१५ मिनेट सम्म सुक्न दिने र एक दुई लिटर पानीमा दुई तिन थोपा डेटल घोलेर धोएमा अनुहार सफा हुन्छ |

-राति सुत्ने बेलामा मुख धोएर फिटकिरी रगडेर सुत्ने र बिहान उठेर कागतीको रस पुन मुखमा लगाउने र ५-७ मिनेट सम्म सुक्नदी सफा पानीले मुख धुने |

अनुहारको दागमा-

-बरको पातको बीचको टुसा र मुसुरीको दाल दुवै दुधमा पिसेर लगाउनाले अनुहारको चाया हराउछ |

-जाइफल पानीमा धोटेर लगाउनले चाया हराउछ |

-मुसुरीको दाल पिसेर तेसमा दुध घ्यु र अलिकति कपूर लगाएर लेप लगाउने गरे दाग र निलो चाया हराउछ |

-सुकेको तुलसीको पात पानीमा पिसेर लगाए कालो दाग हराउछ |

-बेसार कालो तील भैसीको दुधमा पिसेर लगाउने गरे अनुहारमा छिटा छिटा परेको हराउछ |

अनुहार चिल्लो बनाउन :

-सुन्तलाको बोक्रालाई सुकाएर धुलो पारि राति राति मुखमा लेप लगाई बिहान तातो पानीले मुख धोएर अनुहार चिल्लो र आकर्षक बन्छ |

अनुहारमा कत्ला भएमा :

अनुहारमा कत्ला कत्ली छन् भने निएमित रुपमा जिरा हालेर उमालेको पानीले मुख धुनु होस् अनुहार सफा हुदै जान्छ |

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।