हामीले च्याउलाई अधिकतम तरकारीका रुपमा प्रयोग गरिने गर्छौं । च्याउले हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्ने गर्दछ । च्याउले हामीलाई खानपानले लाग्ने विभिन्न रोगहरु लाग्न नदिन र हाम्रो शरीरको निराकरणमा मद्दत गर्छ । सबै च्याउ खानयोग्य भने हुँदैनन् ।

कतिपय च्याउमा मानव शरीरलाई हानी पुर्‍याउने विषालु तत्व पनि पाइन्छ । विशेषगरी, जंगली च्याउ खाँदा वा टिप्दा ध्यान पुर्‍याउनुपर्छ । अन्य तरकारीमा जस्तै च्याउमा पाउने एन्टिअक्सिडेन्टले हामीलाई क्यान्सर लाग्न दिँदैन ।

हामीले खाने च्याउमा प्रसस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले कलेजोको काममा सहयोग पुर्याएर क्यान्सर पैदा गर्ने पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । सेलेनियमले रोगप्रतिरोगी क्षमता पनि वृद्धि गर्छ ।

च्याउमा पाइने ‘फोलेट’ नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गरी क्यान्सर लाग्ने प्रक्रियामा वाधा पुर्‍याउने गर्छ । च्याउमा प्राकृतिक रुपमै ‘इन्सुलिन’ पाइन्छ । च्याउमा निकै थोरै मात्रामा क्यालोरी र चिल्लो पदार्थ हुन्छ । थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रसस्त पोषक तत्व पाइने च्याउलाई चिनीरोगीका लागि उपयुक्त हुनुका साथै स्वास्थ्यका हिसाबले निकै उपयुक्त तरकारी मान्न सकिन्छ ।

च्याउमा केही मात्रामा ‘आइरन’ पाइने हुदा यसको सेवनबाट रक्तअल्पता भएका व्यक्तिलाई फाइदा पुग्छ । च्याउमा हाम्रो शरीरमा आवश्यक पर्ने ‘फाइबर’ प्रसस्त मात्रामा पाइने भएकोले फाइबरले पाचन प्रकियालाई सक्रिय बनाएर हामीलाई भोक कम लगाउने गर्छ ।

च्याउ एक यस्तो अचम्मको वनस्पति हो, जसमा ‘भिटामिन डी’ पनि पाइन्छ, जसकारण शरीरका विभिन्न हड्डीमा भएको समस्यामा फाइदा पुर्‍याउँछ । ‘भिटामिन डी’ले च्याउमै पाइने फस्फोरस र क्याल्सियमको पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ । यसै गरि च्याउको सेवनले हाम्रो शरीरमा विभिन्न कारणले लाग्ने रोग लाग्नबाट बच्न सकिन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

च्याउको सेवनल‍े डिप्रेसनबाट बच्न सकिन्छ

बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको यो अनुसन्धान ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित छ । सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्छ ।

सिलोकाइबिन च्याउ डिप्रेसनले प्रभावित व्यक्तिको मस्तिष्कको मुख्य तन्त्रको कार्य प्रणालीलाई पुन: सक्रिय तुल्याउन सक्षम हुने उक्त अनुसन्धानमा उल्लेख छ ।

अध्ययनअन्तर्गत डिप्रेसनग्रस्त केही बिरामीको उपचार सिलोकाइबिन (एउटा मनोसक्रिय पदार्थ, जुन च्याउमा पाइन्छ) बाट गरे । अनुसन्धानमा ती बिरामी सामेल थिए जसको रोग पारम्पारिक उपचारका माध्यमले निको पार्न सम्भव भएको थिएन ।

अनुसन्धानअनुसार, उपचार गरिएको केही साता पछि सिलोकाइबिन लिने रोगीमा रोगको लक्षणमा कमी देखिन थाल्यो ।

बिषालु च्याउबाट कसरी जोगिने ? थाहा पाउँनुहोस्

च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक खाद्यवस्तुका रूपमा चिनिने गर्छ । बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरूमा समेत च्याउहरू प्रशस्त उम्रने गर्दछन् ।

प्राकृतिक रूपमा उम्रने च्याउहरू कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरूमा खानयोग्य र बिषालु छुट्याउँन गार्‍हो पनि हुन्छ ।

कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरू परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवश्थामा यो क्रम भंग हुन्छ र मानिसहरू अकालमा मृत्युको शिकार बन्छन् । अब बर्षा सुरु हुदैछ । बारीका डिलमा र जतासुकै च्याउ उम्रिन सुरु हुन्छ ।

फेरि पनि पहिलेका बर्षमा जस्तै च्याउ खाएर मृत्युवरण गरेका समाचार सुन्न नपरोस् । यसैले आँउनुहोस् च्याउको बारेमा केहि जानकारी साटासाट गरौं ।

च्याउबारे गलत धारणा

१. किराहरूले बिषालु च्याउ खादैनन् वा किराले खाएको च्याउ बिषालु हुदैन बुझ्नु पर्ने कुरा के हो भने सबै जीवजनावारका लागि बिषहरू एउटै हुँदैनन् । कुनै कुनै यस्ता बिषहरू हुन्छन्, जुन निश्चित जीवजन्तुलाईमात्र हानी गर्न सक्छन् । यसैले किराहरूका लागि बिषालु नहुने च्याउहरू मानिसहरूका लागि बिषालु हुनसक्छन् । एमानिटा फालोइड्स प्रजातीको च्याउमा किरा लाग्छन् तर यो मानिसका लागि बिषालु हुन्छ ।

२. बिषालु च्याउले चाँदीलाई कालो बनाउँछ धेरै मानिसहरू पकाएको बिषालु च्याउमा चाँदी डुबाउँदा कालो हुने विश्वास गर्छन् । तर हालसम्म कुनै पनि बिषालु च्याउमा चाँदीसँग प्रतिक्रिया गर्ने तत्व भेटिएको छैन । यसको मतलब, च्याउलाई चाँदीसँग कुनै लिनुदिनु छैन र च्याउमा चाँदी डुबाउँदा चाँदीको रंगमा परिवर्तन हुदैन ।

३. बिषालु च्याउहरू स्वादिला हुँदैनन् धेरै मानिसहरू खानयोग्य च्याउहरूमात्र स्वादिला हुने र बिषालुहरू च्याउ तीतो या टर्रो या वेस्वादिलो हुने ठान्छन् । तर यो सत्य होइन । एमानिटा च्याउ पकाएर स्वाद मानी मानी खाएकाहरू मृत्युको मुखमा पुगेर धन्न फर्किएका छन् । तिनलाई सोध्दा च्याउ खाँदा स्वादिलो भएको बताएका थिए ।

४. राम्ररी पकाएमा सबै च्याउ खान योग्य हुन्छन् कुखुराको मासु राम्ररी पकाएर (६० से. भन्दा माथि) खाँदा बर्डफ्लू लाग्दैन भने जस्तो हैन । कतिपय च्याउमा भएका बिष जति पकाएपनि बिषालु नै रहन्छ । अल्फा एमानाइटिन जस्ता च्याउमा पाइने बिषहरूले तापक्रमसँग कुनै सम्बन्ध राख्दैनन् । यस्ता च्याउहरू जति पकाएर खाएपनि खतरनाक हुन्छन् ।

५. बिषालु च्याउले भातलाई रातो बनाउँछ यो गलत सोचाईले पनि मानिसहरू मृत्युको शिकार बनेका छन् । नेपालमा च्याउ खाएर बिरामी भएकाहरूले पनि च्याउसँग सेतो भात नै खाएका थिए । अहिलेसम्म कसैले पनि च्याउलाई भातमा मिसाउँदा रातो भएको देखेको बताएका छैनन् ।

६. बिषालु च्याउको टुप्पो तिखो हुन्छ एमानिटा फालोइड्स प्रजातीको च्याउको टुप्पो वयश्क अवश्थामा सतह मिलेको, टुप्पो तिखो नभएको हुन्छ । धेरै बिषालु च्याउहरूमा पनि टुप्पो तिखो हुदैन । त्यस्तै खानयोग्य च्याउहरूमा पनि टुप्पो तिखो हुन सक्छ ।

बिषालु च्याउ खाँदा कस्तो लक्षण देखिन्छ

बिषालु च्याउ खाँदा देखापर्ने प्रारम्भिक लक्षणहरू बान्ता, पखाला, टाउको दुख्ने तथा रिंगटा लाग्ने हुन्छ । यसपछि बिरामीले केही सञ्चो भएको अनुभव गर्नसक्छ । तर बिषको असर केही क्षण पछाडी पुनः देखिन थाल्छ ।

कुनै कुनै च्याउले केही समयमा नै मृत्यु गराउँछ भने कुनै च्याउ खाएर प्रारम्भिक लक्षण देखिएको दुई तिन दिन पछि मात्र कलेजो तथा मृगौलामा असर देखाउँन थाल्छ । जसको दुई हप्ता भित्र मृत्यु हुन सक्छ । यसैले च्याउ खाएको केही समय भित्र माथि उल्लेख गरिए अनुसारका लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस् ।

बिषालु च्याउबाट कसरी जोगिने

सबैभन्दा पहिले बिषालु च्याउबाट जोगिनु यस्ता च्याउ नखानु नै हो । व्यवसायिकरूपमा खेती गरिएका च्याउहरू सुरक्षित हुन्छन् । भरसक जतासुकैको वा केटाकेटीले ल्याएको च्याउ खाँदै नखानुहोस् । होस् गर्नुहोस्, च्याउ खान अनुभव र आँट होइन, ज्ञान चाहिन्छ ।

 याे पनि, लौकाका फाइदाहरु

लौकालाई भोजनमा सामेल गराउनाले शरीरमा भएको हानीकारक कोलेस्टोल विस्तारै कम हुदैजान्छ । जसले मुटु सम्बन्धि या कोलेस्टोलले हुने अन्य समस्या हुदैन । यसका लागि लौकाको जुस आर्दस पेय पदार्थ मानिन्छ ।

तपाईलाई लौकाको तरकारी खान कत्तिको मन पर्छ ? कति मानिस तरकारीमा लौका खान मन पराउँदैनन् । यो खानुपर्ने बाध्यताबाट बचेर नै रहने गर्दछन् । तर के तपाईलाई थाहा छ लौकाले तपाइको आलश्यपन हटाउने देखि लिएर शरीरको तौल पनि कम गर्दछ ।

जान्नुस लौकाका गुण यस्ता छन्

लौका खानाले पेटमा भारीपन रहदैन् । प्रतिदिन ताजा महसुस गर्नेको लागि मसला या नुन मिसाएर लौकाको जुस पिउन सकिन्छ । लौका शरीरको तौललाई छिटो कम गर्नमा सहयोग छ ।

त्यसैले यसलाई जुस बनाएर वा नुनका साथमा खान सकिन्छ । लौकाले पाचन सम्बन्धी समस्याको पनि उत्तम समाधान गर्छ । साथै यो एसिडिटीमा पनि लाभदायी छ ।

लौकालाई भोजनमा सामेल गर्नाले पाचन क्रिया राम्रो हुँदै जाने गर्दछ । डाइबिटिजका रोगीका लागि लौका सेवन एक प्रभावकारी उपाए हो । डाइविटिजमा खाली पेट लौका सेवन गर्नु राम्रो हुन्छ ।

मुत्र सम्बन्धि समस्याको लागि पनि लौका खानु राम्रो उपाय हो। यसले शरीरमा सोडियमको मात्रालाई कम गर्न सहयोग गर्छ । लौकाको नियमित सेवनले छालामा प्राकृतिक चमक आउछ । जसले गर्दा शरीर आकर्षक देखिन्छ । कतिपय महिला वा युवती यसको लागि लौकाको प्रयोग गर्दछन् ।

गर्भाशयसम्बन्धी समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक–पटक गर्भपतन हुने महिलाले लौकाको रस तथा तरकारी खाँदा गर्भपात हुने समस्याबाट छुटकारा मिल्न सक्छ ।

लौकाको तरकारी र जुस मुटु रोगीका लागि निकै फाइदाजनक मानिन्छ । शरीरको कुनै भागमा रगत बगिरहेको छ भने लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न बन्द हुन्छ ।

लौका शक्तिबद्र्धक र वीर्यवर्धक मानिन्छ । मानसिक तनाव, उच्च रक्तचाप, पिसाबसम्बन्धी समस्या, जण्डिस, पाइल्स र यौनजन्य समस्यामा लौका अचुक औषधि मानिन्छ ।

यस्ता छन् लौकाको जुसको फाइदाहरु

मानिसहरुले लौका भन्ने बितिकै तरकारी मात्र हुन्छ भन्ने सम्झिन्छन् तर लौकाको तरकारी मात्र नभई जुस बनाएर पनि खान सकिन्छ । जसले गर्मि मौसममा शरीरलाई धेरै फाईदा पुर्याउछ ।

१. शरीर भित्रको फोहोर सफा गर्ने

लौकाको रसमा ९८ ५ पानि र बाँकि एन्टीअक्सिडेन्ट हुन्छ । त्यसैले लौकाको जुस पिउदा यसले शरीर भित्रको टक्शीनलाइ बाहिर निकाल्ने काम गर्छ र शरीरको भित्री भाग सफा राख्ने काम गर्छ ।

२. कब्जियतलाइ आराम

लौकाको जुसमा पाउने फाइबरले पाचन प्रणालीलाइ दुरुस्त बनाउने काम गर्दछ । यसको नियमित सेवनले कब्जियतका बिरामीलाई आराम दिने गर्दछ ।

३. शक्तिको लागी

यदी तपाई बिहानै उठेर काम गर्नु हुन्छ भने लौकाको जुस खाने गर्नुहोस् यसले फाइदा पुर्याउँछ । लौकामा कार्बोहाइड्रेट बडी मात्रामा पाइने गर्दछ जसले मांसपेसीहरुको काम गर्ने क्षमता बडाउँछ ।

४. पिसाब इन्फेक्सनका लागि

यदी तपाइलाई पिसाब फेर्दा पोल्ने वा दुख्ने हुने गर्दछ भने लौकाको जुस सेवन गर्नुहोस् । पिसाबमा एसिडको मात्रा बडी भएकाले पिसाब फेर्दा समस्या आउने गर्दछ ।

लौकाको जुसले एसिडको मात्रा कम गर्छ र निरन्तर लौकाको जुसको प्रयोगले यो रोग निको हुन्छ ।

५. ओजन घटाउन मद्धत

लौकाको जुसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।