मान्छे तनाबमुक्त हुन सक्दैन । तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ । स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन् ।

राम्रासँग नसुत्नु

करिव ६ देखि ७ घण्टा नियमित निदाउँदा शरीरलाई पूर्ण आराम मिल्छ । शरीरको रिपेयर र मेन्टिनेन्सका लागि निदाउनु जरुरी हुन्छ । निद्रा पुगेन भने पनि शरीरमा केही रसायनहरु सिर्जना हुन्छन् । जसले बढी भोक जगाउने, गुलियो बढी खान मन लाग्ने र मोटाउन सम्भावना त हुन्छ नै स्मरणशक्तिमा समेत असर गर्छ ।

धुम्रपानको प्रयोग

सुर्तीमा निकोटिन लगायत अन्य धेरै तत्वहरु हुन्छन् । यसको प्रयोगले रक्त संचारमा बाधा पु¥याउछ र शरीर तथा दिमागमा चाहिने मात्रामा रक्तसंचार हुन पाउँदैन । जसले स्मरणशक्तिलाई समेत प्रभावित पार्छ ।

कफिको अधिकतम प्रयोग

धेरै कफिले पनि दिमागकको रक्त प्रवाह कम गर्छ जसले शरीर र दिमागलाई सुख्खा बनाउँछ । यसकारण राम्रो निद्रा लाग्दैन । राम्रो निद्रा नपर्दा पनि स्मरण शक्तिमा ह्रास आउँछ ।
बढी टेलिभिजन हेर्दा

दिनको २र३ घण्टा भन्दा बढी टेलिभिजन हेर्नु पनि दिमागका लागि हानिकारक मान्छि । किनभने टेलिभिजन अत्याधिक हेर्दा सम्पूर्ण स्वास्थ्यलाई पार्ने नकरात्मक असर दिमागसम्म पुग्छन् ।

बढी भिडियो गेम खेल्नाले

आजकल केटाकेटीहरुमा भिडियो गेम खेल्ने चलन निकै बढेको छ । भिडियो गेम खेल्दा त्यसैको लत लाग्छ । जसले दिमागको चौतर्फी विकासमा अवरोध पु¥याउँछ । नकरात्मक दिमाग बनाएर अपराधिक क्रियााकलापमा लाग्न सक्ने समेत अध्ययनहरुले देखाएका छन् ।

पानी कम पिउनाले

हाम्रो शरीरमा करिव ७० प्रतिशत पानीको मात्रा छ । मस्तिष्कमा त पानीको प्रतिशत करिब ८० प्रतिशत छ । दिनमा करिब तीन लिटर पानी शरीरको लागि आवश्यक पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा दिमागको काममा समेत बाधा पुग्छ ।

व्यायमको कमी

व्यायामले शरीर तथा मस्तिष्कमा रक्त संचार राम्रो गराउँछ । व्यायम नगर्नेमा मानसिक तनावको मात्रा बढी हुन्छ । जसले गर्दा स्मरण शक्तिलाई कमजोर पार्छ । नकारात्मक सोचाइः नकारात्मक सोचाई राख्नाले तनावका हर्मोन पैदा हुन्छन् । जसले दिमागलाई सिधा असर गर्छन् र स्मरण शक्ति कमजोर हुन्छ ।

जीवन उपयोगी भनाइ हरु :

एक प्रतिशत सफलता उनान्सय प्रतिशत असफलताको परिणाम हो ( सोइचिरो होन्डा )

– कडा परिश्रम गर्नु ठुलो कुरा होइन , केका लागी गर्दै हुनुहुन्छ त्यो ठुलो कुरा हो ( बिल गेट्स )

– जीवन यात निडरता पुर्वक साहस हो या केहि पनि होइन ( हेलेन केलर )

– यदि कुनै तपाई सित महान सपना छ भने आधा जितिसक्नु भयो अब आधा बाकि छ( अज्ञात)

– तपाइलाई पछाडी धकेल्ने अरु कोहि होइन तपाइको विचार हो ( हेनरी फोर्ड )

– नकारात्मक विचार सबै रोगको जड हो ( नेपोलियन हिल )

– महान मान्छे जस्तो गर्नुस या सामान्य मान्छे जस्तो नगर्नुस ( डा. योगी विकाशानन्द )

– मान्छेले के भन्लान ? भन्ने मानसिकता ले तपाइलाई अघि बढ्न दिदैन ( ओशो )

– घटना घट्नु तनाब होइन घटेको घटनालाई नबिर्सिनु तनाब हो ( अज्ञात )

– भविष्यको चिन्ताले वर्तमानको सुन्दरता लाई हरेर लान्छ

स्वस्थ जीवनका उपाय :

हरेक मानिस जीवनमा सफलता चाहन्छ । सुखी हुन चाहन्छ । सुखमय अनि आनन्दमय जीवन होस् भन्ने चाहन्छ । मानिस सुख र सफलताको खोज गर्दागर्दै दुःखमा पुग्छ । यसको मूलकारण जीवनको मर्मलाई पूर्णरूपमा जान्न नसक्नु हो । कसैले सुखको आधार धन, परिवार र सम्पत्तिलाई मानेको हुन सक्छ । कसैले स्वस्थ्य जीवनलाई मानेको हुन सक्छ । कसैले विद्या तथा सम्मान पाउनुलाई सफलता मान्दछन् ।

हरेक मानिस जीवनमा सफलता चाहन्छ । सुखी हुन चाहन्छ । सुखमय अनि आनन्दमय जीवन होस् भन्ने चाहन्छ । मानिस सुख र सफलताको खोज गर्दागर्दै दुःखमा पुग्छ । यसको मूलकारण जीवनको मर्मलाई पूर्णरूपमा जान्न नसक्नु हो । कसैले सुखको आधार धन, परिवार र सम्पत्तिलाई मानेको हुन सक्छ । कसैले स्वस्थ्य जीवनलाई मानेको हुन सक्छ । कसैले विद्या तथा सम्मान पाउनुलाई सफलता मान्दछन् ।

निरोगी शरीर, बुद्धिमान र आज्ञाकारी सन्तान, व्यवस्थित आवास आदि सफलताको आधार त बन्छ । तर सबै कुरा राम्रो भए पनि शरीर रोगी भइदियो भने सफलताको कुनै अर्थ हुँदैन । जीवनमा स्वास्थ्य चिन्तनको ज्यादै महत्वव छ । शरीर रक्षा र आरोग्यता प्राप्तिका लागि अनेक योगको अभ्यास र औषधिको विधि विधानलाई अपनाउनुपर्ने हुन्छ ।

आयुर्वेदले अनेक कामहरू छोडेर भए पनि शरीरलाई स्वस्थ राख्ने कार्यमा लाग्नुपर्छ भन्छ । शरीर ठीक छ भने नै सबै कुरा हुन्छ । शरीर कमजोर भयो भने सम्पूर्ण वस्तुको कुनै अर्थ रहन्न । शरीरबाट नै जीवनयापनको सुरुआत हुन्छ । शरीरको माध्यमबाट धर्मको साधना गर्न सकिन्छ । अनिमात्र सफलता र असफलता भन्ने कुरा आउँछ ।

जीवनमा सफलता र समृद्धि चाहने व्यक्तिले आफ्नो स्वास्थ्यप्रति गम्भीर हुनै पर्दछ । स्वास्थ्य भन्नाले सामान्य बुझाइमा निरोगी हुनुलाई लिइन्छ । तर स्वास्थ्यको व्यापक अर्थ छ । योग दर्शनअनुसार कुनै पनि व्यक्ति शारीरिक रूपमा सुस्वास्थ, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुलाई स्वास्थ्यको वास्तविक अर्थ मानिन्छ । रोगी र दुर्बल मानिसले महत्ववपूर्ण कार्य गर्न सक्दैन । सफल जीवनका लागि स्वस्थ जीवनको महत्वव छ ।

शरीर, मन र आत्मा ठीक छ भने मात्र स्वस्थ जीवनको कल्पना गर्न सकिन्छ । शरीर स्वस्थ छ भने मन पनि ठीक हुन्छ । मन ठीक छैन भने शरीरमा भारीपन आउँछ । मन ठीक छ भने शरीर पनि स्वस्थ भएको अनुभव गर्न सकिन्छ । शरीर, मन, बुद्धि र चित्त एकआपसमा परिपूरक छन् । एकको अस्वस्थताले अरूलाई पनि असर गर्दछ । यी चार चिज स्वस्थ हुन सकेमात्र मानिस पूर्णरूपमा स्वस्थता प्राप्त भएको भन्न सकिन्छ ।

शरीर, मन र बुद्धि सन्तुलित तथा विकसित र स्वस्थ हुनका लागि शरीरस्थित स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार, पाचन, हड्डी आदि सबै प्रणालीहरू स्वस्थ र सबल हुनु आवश्यक छ । शरीर स्वस्थ्य हुन शरीरमा स्तफुर्त आउनुपर्‍यो, मन स्वस्थ हुन मानसिकता ठीक हुनुपर्‍यो, बुद्धि प्रखर हुन बौद्धिकता चाहियो र आत्मा जागरणका लागि एकाग्रता चाहियो ।

स्वास्थ्य भन्ने कुरा जीवनसँग मात्र सीमित छैन । स्वस्थ जीवन भए पनि समाजसँगको व्यवहार र सामाजिक सहभागितामा कमी भयो भने पनि पूर्ण स्वास्थ्यको कल्पना हुन सक्दैन । जीवन भनेको शरीर, मन, बुद्धि, आत्मा, समाज, देश र विश्वसँग गाँसिएको हुन्छ ।

मानिसले पूर्ण स्वस्थता प्राप्त गर्न नियमित व्यायाम अर्थात् योगाभ्यास, उचित आहारविहार, व्यवहार, सत्संग, यज्ञ र प्रार्थनाको जरुरी हुन्छ । आरोग्य जीवनका प्रमुख आधार सन्तुलित भोजन, स्वस्थप्रद आहार र विहार, यथोचित निद्रा र वि श्राम, भगवत् कथा श्रवण, प्राकृतिक दृश्यावलोकन, शुभविचार वा चिन्तन, दान, दया र त्याग हुन् आवश्यक छ ।

सन्तुलित वा शुद्ध भोजनले शरीरलाई प्रफुल्लित, ऊर्जामय तथा ओजपूर्ण बनाउँदछ । त्यही ऊर्जा तत्वव नै जीवनको इन्धन हो । इन्धन राम्रो भयो भने त्यसबाट निस्कने ओजतेज पनि राम्रो हुन्छ । भोजन भन्ने कुरा अघाउनका लागि मात्र खाने होइन ।

जुन भोजनले जीवन स्वस्थ, ऊर्जावान्, प्रफुल्ल र निरोगी बनाउँछ त्यो उचित भोजन हो । जस्तो अन्न त्यस्तै मन जस्तो मन त्यस्तै बुद्धि अनि सोहीअनुसार कर्म हुन्छ भनिएको छ । भोजन पोषणतत्ववसँगै शुद्ध, सात्विक र गुणयुक्त हुनु अति जरुरी छ । सन्तुलिन भोजनभित्र प्रोटिन, भिटामिन, कार्बोहाइडेर्ट, खनिज तथा रसादीपूर्ण हुनुपर्दछ ।

हुन त आजकल माछा, मासु, फुललाई सन्तुलित भोजन भन्ने गरिन्छ । मांसहारमा प्रोटिन त प्रशस्त होला, तर पर्याप्त भिटामिन, मिनरल तथा प्राकृतिक वनस्पतीय तत्वव हुँदैन । प्रोटिन शरीरको वृद्धि गर्ने तत्वव हो यसमा रोगसँग लड्ने सक्ने क्षमता हुँदैन । मांसाहारी मानिसहरू बढी रोगी हुने गर्दछन् ।

सात्विक भोजनमा पोषक तत्वव हुन्छन् जसमा ताजापन, सुपाच्य, हल्कापन, शुद्ध र रोगसँग लड्न सक्ने क्षमता भएको प्रचुर मात्रामा भिटामिन हुन्छ । यसैले स्वस्थ जीवनको लागि सात्विक भोजन नै लाभकारी हुन्छ । सात्विक भोजनमा चामल, मकै, गहुँ, करेला, फर्सी, काँक्रो, आलु, मूला, सिमी, बोडी, भटमास, केराउ, हरियो सागपात, फलफूल, दूध, दही, घिउ आदि पर्दछन् ।

शारीरिक रूपमा सुस्वास्थ्य, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुलाई स्वास्थ्यको वास्तविक अर्थ मानिन्छ ।

चिल्लो, अमिलो, पिरो, मिसावट, मसाला आदि उत्तेजना मिल्ने खालका भोजनलाई राजसिक भनिन्छ भने माछा, मासु, फूल, बासी, सडेगलेको, दुर्गन्धयुक्त, नशालु पदार्थ, भारी भोजन आदिलाई तामसिक भोजन भनिन्छ ।

सात्विक भोजनले ताजापन, हल्का एवं ऊर्जामय जीवन बनाउँछ भने राजसिक भोजनले उत्तेजना, राग, द्वेष र काम-क्रोध बढाउँछ । तामसिक भोजनले अल्छीपन, निद्रा, मादकता, आलस्य, रोग, अविद्या तथा मोह पैदा गर्दछ । त्यसैले सात्विक भोजन नै स्वस्थ जीवनको लागि अति लाभकारी सिद्ध हुन्छ ।

भोजनको प्राकृतिक गुण नष्ट भयो भने त्यही खाना राजसिक वा तामसिक बन्न सक्छ । शुद्ध, भिटामिनयुक्त र ताजा भोजन नै सात्विक भोजन हो । भोजनमा अतिवाद हुनु हुन्न । विधिपूर्वक पकाइएको, गुणयुक्त, ठीक मात्रामा लिइएको भोजन नै सुपाच्य हुन्छ र स्वस्थता मिल्दछ ।

स्वास्थ्य रक्षाको लागि उचित दिनचर्या पनि हुनुपर्छ । दिनचर्या ठीक भएन भने पनि शरीर चुस्त, दुरुस्त र ऊर्जावान् हुँदैन । नियमित व्यायाम, ध्यान, योग, सत्संग, सत्विचार, सद्भाव भएन भने पनि भोजन राम्रोसँग पच्दैन र शरीरलाई चाहिने पौष्टिकताको कमी भै उल्टो मलको मात्रा बढ्दछ । जसले शरीर र मनलाई बोधो बनाइदिन्छ ।

खानपिन ठीक भयो, मन पनि ठीक हुँदै जान्छ, बुद्धिमा प्रखरता भए पनि यदि निद्रा अर्थात् वि श्राम ठीक भएन भने पनि मानिस स्वस्थ हुन सक्दैन । जीवनमा यथोचित वि श्राम र रातमा गहिरो निद्राको अति महत्व छ ।

शरीर र मनको वि श्रामको लागि गहिरो निद्रा जरुरी छ । निद्रा ठीक भएन भने जीवन समाप्त हुन्छ । निद्राले शरीरलाई मात्र वि श्राम दिँदैन कि मन, बुद्धि र चित्तलाई समेत पूर्ण वि श्राम दिन्छ । ताजगी र स्फूर्ति प्रदान गर्दछ । निद्राले शरीरका अंग, प्रत्यंग, मन, बुद्धि, चित्त र इन्द्रियहरूलाई रिचार्ज गर्छ ।

– शरीरको माध्यमबाट धर्मको साधना गर्न सकिन्छ ।

– सफल जीवनका लागि स्वस्थ जीवनको निकै महत्वव छ ।

– शरीर, मन र आत्मा ठीक छ भने स्वस्थ जीवनको कल्पना गर्न सकिन्छ ।

– शरीर, मन, बुद्धि र चित्त एकआपसमा परिपूरक छन् ।

– आरोग्य जीवनका प्रमुख आधार सन्तुलित भोजन, स्वस्थप्रद आहार र विहार, यथोचित निद्रा र वि श्राम चाहिन्छ ।

– जीवन स्वस्थ, ऊर्जावान्, प्रफुल्ल र निरोगी बनाउँछ त्यो उचित भोजन हो ।

– मांसाहारी मानिसहरू बढी रोगी हुने गर्दछन् ।

– स्वस्थ जीवनको लागि सात्विक भोजन नै लाभकारी हुन्छ ।

– सात्विक भोजनले ताजापन, हल्का एवं ऊर्जामय जीवन बनाउँछ ।

– राजसिक भोजनले उत्तेजना, राग, द्वेष र काम-क्रोध बढाउँछ ।

– दिनचर्या ठीक भएन भने पनि शरीर चुस्त, दुरुस्त र ऊर्जावान् हुँदैन ।

– निद्रा ठीक भएन भने जीवन समाप्त हुन्छ ।

– मस्तिष्कशक्ति बढाउन प्रकृतिसँग रमाउनु पर्दछ ।

मस्तिष्कशक्ति बढाउन प्रकृतिसँग रमाउनु पर्दछ, स्वच्छ पानी र वायु ग्रहण गर्नुपर्दछ, निद्रा बिग्रन दिनुहुन्न, सधैं नियमित योगको अभ्यास गर्नु पर्दछ । शारीरिक र मानसिक श्रमको थकावटमा वि श्रामको जरुरी पर्दछ ।

संसारमा जति मानिसहरू सफल र समृद्ध भएका छन् तिनीहरूको शरीरमात्र बलिष्ठ थिएन, उनीहरू विचारले सुदृढ र बलवान् थिए । विचारशक्तिले पनि मनुष्य जीवन स्वस्थ, निरोगी र कर्मप्रति उच्चभावनाको कारण सफलता प्राप्त गर्दछन् । न्यून विचार रोगको घर हो भने उच्च विचार सर्व रोग निवारणको शक्ति हो ।

स्वस्थ जीवनको शुभविचारले पनि मानिसलाई निरोगी बनाउन सहयोग गर्दछ । औषधिले भन्दा कैयौं गुणा रोगको निदान गर्ने शक्ति शुभविचारमा हुन्छ । संसारमा धामी झाँक्रीहरूले उपचार गर्दा पनि कतिपय कठिन रोगहरू निको भएको उदाहरण हामीले पाउन सक्छौं । यसको मूलकारण उच्च विचार, सद्भावना र विश्वासको फल हो ।

कैयौं आयुर्वेदिक, होमियोप्याथिक, एलोप्याथिक औषधिहरू खाएर कठिन रोगहरू ठीक भएको हामीले थुप्रै उदाहरण पाउँछौं । औषधिले काम गरे पनि नगरे पनि रोगीको मनमा जति दृढ विश्वास जगाउनु सक्यो त्यत्ति रोगको निदान भएको पाइन्छ । दृढ विचार र आत्मविश्वास जति भयो त्यत्ति रोगबाट उन्मुक्ति पाउन सकिन्छ ।

राम्रो विचारले मन र मस्तिष्कलाई विशेष ऊर्जा प्रदान गर्दछ । त्यही ऊर्जा शक्तिको प्रादुर्भावले शुभसंकल्पको सिर्जना भई कमजोरी समाप्त हुन्छ । शुभ संकल्पले शुभकर्म हुन्छ र शुभकर्मको प्रतिफल सफलता हो । स्वस्थ विचार, स्वस्थ जीवन तथा स्वस्थ भावनाले मानिसलाई उन्नतितर्फ उन्मुख गराउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियो हेर्नुहोस :