शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार । यसका फाइदा अनगिन्ती छन् । खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ । त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ ।

पश्चिमी मुलुकमा बेसारको प्रयोग कम हुँदा रोगहरुसँग लड्न आवश्यक पर्ने अन्टिबायोटिकका लागि बेसार मिश्रित औषधि महँगो मूल्य तिरेर खाइन्छ । तर नेपालमा भने सजिलै खेती हुने र सस्तोमा पाइने हुँदा पनि बेसारको महत्व बुझ्न सकिएको छैन ।

भनिन्छ, बेसारले मानव शरीरमा लाग्ने ६ सयभन्दा बढी रोगको निदान गरेको हुन्छ। वनस्पती वैज्ञानिकहरुका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ ।

विभिन्न संक्रमणबाट बँच्न सकिने हुँदा विशेषज्ञहरु नियमित बेसार सेवन गर्ने सल्लाह दिन्छन् । एक अध्ययनले प्रमाणित गरेअनुसार टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई बेसारमा पाइने सर्कुमिन नामक मुख्य तत्वले रोक्छ ।

मध्यपूर्व र दक्षिणपूर्वी एसियामा हजारौं वर्षदेखि प्रयोगमा आएको बेसार विभिन्न रोग तथा चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ। आयुर्वेदमा त यसलाई सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ।

बेसरलाई नेचुलर पेन किलरले पनि चिनिन्छ किनकि यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रुपमा निदान गर्छ । बेसार नियमित रुपमा भन्सामा प्रयोग हुन्छ तर धेरैले यसका मह्त्वपूर्ण औषधीय गुण बुझ्न सकेका छैनन् । बेसार सेवनबाट पाइने अनगिन्ती फाइदामध्ये केहीको यहाँ चर्चा गरिएको छ ।

१) लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्‍याउँछ।

२) बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्‍याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।

३) बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

४) विभिन्न मेटलबाट शरीरमा फैलिने विषादिबाट बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।

५) पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत पु¥याउँछ। हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।

६) मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्‍याउँछ।

७) बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।

८) कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पुर्याउँछ। बेसारको प्रयोगले आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउन मद्दत गर्छ ।

९) दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या हल हुन्छ।

१०) बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र बेसार पिउँदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।

११) यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।

१२) बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ। कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्‍याउँछ।

१३) धेरै पटक पिसाब गरिरहनुपर्ने, पानी तिर्खा बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा बिहान–बेलुका १÷१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्‍याउँछ।

१४) १ चिम्टी खाने खयर र १ चिम्टी बेसार तातोपानीसँग बिहान–बेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकी ठिक हुन्छ।

१५) ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आराम हुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।

१६) डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

१७) दिसा–पिसाबमा हुने सन्क्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।

१८) छालाको लागि त बेसार अमृत नै मानिन्छ। सौन्दर्यका समान उत्पादन गर्दा पनि बेसार पर्याप्त प्रयोग गरिन्छ।

१९) नियमित बेसार सेवन गर्नाले बुढोपन देखिँदैन। साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ।

२०) हिन्दु धर्ममा बेसारको प्रयोगलाई पवित्र मानिन्छ।जनै पूर्णीमामा होस् वा अन्य कुनै पूजामा हातमा बाँध्ने डोरोमा बेसारको प्रयोग गरिएको हुन्छ। यसले नकारात्मक शक्ति र विचारबाट बचाउँछ।

२१) बेसारलाई शुभ सन्देश पनि मानिन्छ। विवाहको निमन्त्रणा कार्डमा बेसार लगाउनाले सम्बन्धमा थप प्रगाढता ल्याउने विश्वास गरिन्छ। साथै विवाहमा दुलाहा तथा दुलाहीलाई बेसार लगाइन्छ। जसले छालामा चमक ल्याउँछ र नकारात्मक शक्ति र अरूको नजर नलाग्ने विश्वास गरिन्छ।

२२‍‌‌‍‍) सौन्दर्यमा निखार ल्याउन नुहाउनुभन्दा अघि शरीरमा बेसार लगाइन्छ। यसले शरीरको मांसपेशी बलियो हुने बताइन्छ ।

२३) औषधिको रुपमा आयुर्वेदमा बेसारको धेरै स्थानमा प्रयोग गरिन्छ र कतिपय जडिबुटीमा बेसार मिसाएर औषधि बनाइन्छ ।

थप जानकारी :

धेरै पिसाब लागेमा

धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान\बेलुका १\१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने गरेमा १\२ हप्तामै ठिक हुन्छ ।

आँखाको कमजोरीमा

राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १\२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।

सुख्खा खोकिमा

१ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहान/वेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकि ठिक हुन्छ ।

कुनैपनि घाउ, खटिरा वा काटेकोमा

राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

वायुगोला\गानो गएमा

१ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।

शरीर सुनिएमा मर्केमा

५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।

गलगाँड भएमा

बिहान\बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन ।

पेट फुल्ने रोग भएमा

हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।

कफ जमेर दम हुनेमा

आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ ।

रुघा लागेमा, सर्दि भएमा

ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

मूख, घाँटीमा घाउ आएमा

२ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल\कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ ।

खोकी लागेमा

१ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ। बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।

टंसिल भएमा

टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।

हात्ती पाइले रोगमा

गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।

आँखाको रोगमा

घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

वाथ भएमा

घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

दाँत बलियो बनाउन

रायोको तेलमा नून बेसार मिलाएर नित्य सुत्ने बेलामा औंलाले दाँत राम्ररी माझेर मनतातो पानीमा कुल्ला गर्ने गरेमा १/२ हप्तामा नै गिजा तथा दाँत जरैदेखि बलियो हुन्छ ।

अनुहार सुख्खा भएमा

मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहान/बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

मर्केको, चोट लागेको र सुनिएकोमा

घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

बेसारको प्रयोग र खाने बिधि 

दूधमा बेसार हालेर दैनिक खाँदा रुघा-खोकी तथा चिसोले सताउँदैन भने आन्तरिक घाउ पनि ठीक हुन्छ ।

ईएनटी अर्थात् नाक, कान, घाँटीको समस्या हुनेहरूका लागि ज्यादै उपयोगी छ बेसार । परम्परागत रूपमै हामीले यसको प्रयोग गर्दै आएका छौं ।

छातीमा कफ जमेको छ, खोकी लागेको छ भने दुई दाना मरिच, एक चिम्टी बेसार घिउमा मिसाएर बनाइएको लेपले छातीमा हल्का मालिस गर्दा फाइदा हुन्छ ।

पुरानो खोकी (सुख्खा होस वा अन्य) भने को टुक्रा चुस्ने । राति पनि बेसारको टुक्रा मुखमा राखेर सुत्ने ।

बेसारको सेवनले रगत शुद्ध बनाउँछ ।

पिलो तथा घाउमा बेसार लगाउँदा फाइदा हुन्छ ।

बेसार एन्टिबायोटिक पनि हो । आधुनिक चिकित्सा पद्धतिमा दिइने एन्टिबायोटिकले मित्र जीवहरूलाई पनि नष्ट गर्छ, तर बेसारले शत्रु जीवलाई मात्र नष्ट गर्छ ।

सौन्दर्य प्रशाधनमा पनि बेसार प्रयोग हुन्छ । बेसार, चनाको बेसन तथा तोरीको तेल एक साथ प्रयोग गर्ने हो भने अझ राम्रो हुन्छ ।

बेसारमा भएको तैलीय पदार्थ शरीरले सहजै ग्रहण गर्छ र शरीर सुन्दर देखिन्छ ।

जन्डिसमा २-३ ग्राम बेसार मोहीका साथ खाँदा फाइदा पुग्छ ।

बेसारमा मानव शरीरलाई स्वस्थ तथा सुदृढ बनाउन आवश्यक सबै गुण विद्यमान छ ।

दुधमा बेसार मिसाएर खादाको फाईदा 

१. दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ ।

२. बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । यसबाहेक बाथरोगका कारण हुने सुजनलाई पनि कम गर्दछ ।

३. दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ ।

४.  बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ । यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ ।

५. दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ ।

६. अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ ।

७. आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ ।

८. दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ ।

९. छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ ।

१०. दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन् । पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ ।

११. महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ । साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ । सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्द छ ।

१२. चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ ।

सबैले खानाका अधिकांश परिकारहरुमा बेसारको अनिवार्य प्रयोग गरेकै हुन्छन् । बेसार प्रयोग नगरिएको परिकार देख्दा नै खान मन लाग्ने पनि हुन्छन् । परिकारलाई राम्रो देखाउन मात्र नभएर बेसारका कैयौँ फाइदा छन् ।

कतिपय रोग त बेसारकै सेवनले पनि निको हुन्छन् । बेसारले एन्टिबायोटिकको काम गर्छ तर धेरै खाएमा र सधैं खाँदा यसले गम्भीर असर समेत पार्छ । बेसारको प्रयोग सधै र ठिक मात्रमा सेवन नभए निःसन्तानको खतरा बढाउँछन्। बेसार कस्तो अवस्थामा र कति प्रयोग गर्ने भन्नेबारे जान्न जरुरी छ ।

गर्भावस्था 

गर्भावस्था या शिशु जन्मिसकेपछिको अवस्थामा बेसारको प्रयोग महिलाका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा बेसार खाँदा महिनावरी रोकिने र प्रजनन् प्रणालीमा गडबढी निम्त्याउछ । बेसारले गर्भाशयलाई उत्तेजित या सक्रिय पार्न भूमिका खेल्छ । बेसारले टेस्टोस्टेरोन हर्मोन कम गर्न पनि सहायक भूमिका खेल्छ ।

शुक्रकिट 

खानामा अधिक बेसार प्रयोग गर्दा पुरुषको शुक्रकिटमा ह्रास आउँछ । परिवारको योजना बनाइरहेकाहरूले खानाका परिकारमा बेसारको प्रयोग धेरै नगर्नु नै राम्रो हुन्छ । खानामा बेसार बढी हुँदै गएमा पुरुषको शुक्रकिटमा ह्रास अाउँदा

अप्रेसनपछि 

शरीरमा कुनै प्रकारको अप्रेसन गरिएको अवस्था छ भने खानामा बेसारको मात्रा पूरै बन्द गरिदिए राम्रो हुन्छ । बेसारले रगत जम्न दिँदैन । अप्रेसनपछि पनि बेसार खाइरहे घाउबाट रगत बगिरहनसक्छ ।

पत्थरी 

पित्ताशयमा पत्थरी भएका वेला बेसार सेवन गर्दा पीडा हुन्छ । पित्ताशयको पत्थरी भएकाले खानामा बेसार कम गर्दा पीडा कम गर्न सकिन्छ ।

नोट : माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।