कान पाक्ने समस्या वयस्कको दाँजोमा बालबालिकामा बढी देखिन्छ। बालबालिकाको भित्री घाँटीको माथिल्लो भाग र कानको मध्य भाग जोड्ने नली छोटो, सिधा र फराकिलो हुने हुनाले रुघाखोकी तथा श्वासनलीसम्बन्धी समस्याले संक्रमण गराउँछ।

बालबालिकामा नाक बन्द हुँदा, नाकभित्र र घाँटीको माथिल्लो भागमा मासु पलाउँदा र रुघाखोकी तथा पिनास हुँदा कान पाक्नसक्छ। त्यसमाथि नवजात शिशुलाई आमाले सुतेरै दूध खुवाँउदा सक्र्यो वा बच्चाले उल्टी गरेको दूध कानमा पर्‍यो भने पनि कान पाक्ने सम्भावना हुन्छ।

कानको मध्य भागमा संक्रमण हुँदा कान बन्द हुने, नसुन्ने, कान कराउने, दुख्ने भई ज्वरोसमेत आउने गर्छ। मध्य कानको काम शारीरिक सन्तुलन ठिक राख्ने हुनाले कान पाक्ने समस्या हुँदा शारीरिक असन्तुलन हुने तथा रिङ्गटा लाग्ने पनि हुन्छ।

कानको जाली फुटेर पिप बाहिर निस्क्यो भने दुखाइ अलि कम हुन्छ। त्यस्तो हुँदा विस्तारै भित्री कान र टाउकोको हड्डी तथा मस्तिष्कको झिल्लीसम्मलाई असर गर्नसक्छ। यस्तो हुँदा मस्तिष्कमा पिप भरिने डर पनि हुन्छ। कान पाक्ने समस्या जीर्ण प्रकारको भई लामो समयसम्म रहनसक्छ। अतः कानको समस्यालाई हेलचेक्रयाँई गर्नुहुँदैन।

कानको बाह्य भागमा संक्रमण हुनसक्छ। यस्तो बेला कानको लोती चलाउँदा वा थिच्दा अत्याधिक पीडा हुन्छ भने कानको बाह्य भागमा बालतोड जस्तै रातो हुने, सानो खटिरा आउन सक्छ। कान पाक्ने समस्या गराउने किटाणुहरु एच इन्फुएन्जा, न्युमोकोकस, स्टाफाइलोकोकस अरियस आदि हुन्।

कान पाक्ने समस्याबाट प्रभावित हुनसक्ने बालबालिकालाई नुहाइदिँदा कानमा कपास राखिदिने गर्नुपर्छ। रुघाखोकी वा श्वास प्रणालीको संक्रमण हुँदा तुरुन्तै उपचार गराउनुपर्छ। कान चिलायो भनेर कहिल्यै पनि प्वाँख, सिन्का, कानकुट्टीले कान कोट्याउनु हुँदैन।

कान पाक्ने वा दुख्ने गरेको छ ?

कानको समस्या धेरै व्यक्तिमा हुन्छ । अधिकांशमा कान पाक्ने वा दुख्ने समस्या हुन्छ । के कारणले कान पाक्छ र कसरी बच्ने भन्ने विषयमा वरिष्ठ नाक, घाँटी रोग विशेषज्ञ डा. सुमन थापाका सुझाव यस्ता छन्ः

कान शरिरको महत्वपूर्ण अंग हो । टाउको मुनी दुबै साइडमा रहेको कानले सुन्नका साथै सौन्दर्य पनि थपेको हुन्छ । कानमा लाग्ने रोग हेर्दा साधारण लागेपनि समयमै उपचार भएन भने अन्य अंगमा पनि असर पर्न सक्छ । कानमा देखिने समस्या मध्ये सबैभन्दा धेरै देखिने समस्या भनेकै कान पाक्ने समस्या हो । जुनसुकै लिङ्ग, उमेर समुहका मानिसमा यो समस्या देखिन सक्छ ।

कान पाक्ने रोग के हो ?

कानको बनावट हेरेर तीन भाग (बाहिरी, मध्य र भित्री) मा विभाजन गरिएको हुन्छ । जसमध्ये मध्य भागमा विभिन्न कारण संक्रमण हुँदा पिप जम्छ । जमेको पिपले कानको जाली प्वाल पारेर बाहिर निस्कन्छ जसलाई कान पाकेको भनिन्छ ।

बच्चाहरुमा बढी कान पाक्ने कारणः

घाँटी र कान जोड्ने नसा एउटै हुन्छ । यस्तो नसा वा नली बच्चाहरुमा सिधा हुन्छ भने उमेर बढेसँगै प्रौढहरुमा यस्तो नसा टेडो हुन्छ । जसका कारण बच्चाहरुमा घाँटीको संक्रमण हुनेबित्तिकै सिधै कानमा असर पर्दछ र छिट्टै पाक्छ । प्रौढहरुमा रोग प्रतिरोधात्मक क्षमता बढी र नसा टेडो हुने भएकाले संक्रमण कम हुन्छ ।

कान पाक्ने कारणः

१. बच्चालाई सुतेर वा असजिलो तरिकाले दुध खुवाउँदा कानमा पर्दा ।

२. फोहोर पानीमा पौडी खेल्दा वा नुहाउँदा ।

३. दुर्घटना, झगडा वा कानमा असर पुग्ने गरी कानको जाली फुट्दा ।

४. टंसिलको समस्या हुँदा ।

५. लामो समय रुघा–खोकी लाग्दा कानमा प्रेसर पर्ने गरी सिँ सिँ गर्दा ।

६. कानेगुजी झिक्न वा फोहोर सफा गर्न भन्दै धेरैले सिन्का, प्वाँख, सलाईको काँटी जस्ता सामानले कान कोट्याउने गर्छन् । यसले कानको जालीमा असर गर्नुका साथै विभिन्न संक्रमण देखापर्छ जसले गर्दा कान पाक्छ ।

कान पाक्दा कसरी श्रवण शक्ति कम हुन्छ ?

लगातार कान पाक्दा कान डम्म हुनुका साथै दुख्ने गर्दछ । कानमा पिप बगिरहँदा कानको भित्री भागमासमेत संक्रमण हुन्छ । कानको जाली नै प्वाल पर्ने भएकाले कम सुन्ने वा सुन्दै नसुन्ने पनि हुनसक्छ ।

कान पाक्ने समस्याको बेलैमा उपचार नगर्दा यस्ता असर देखा पर्नसक्छः

१. ज्वारो आउने ।

२. कानको पछाडी पट्टीको भागबाट आवज सुनेको जस्तो हुने ।

३. रिंगटा लाग्ने ।

४. कसैमा कान पाकेको लामो समय भए, मुख बाङ्गो पनि हुन्छ ।

कान पाक्नबाट बच्ने तरिकाः

१. दुध चुसाउँदा बच्चाको कानमा दुध परेको छ कि भनेर होस गर्ने ।

२. रुघा लाग्दा बेस्सरी सिँ सिँ नगर्ने ।

३. कानमा तेल नहाल्ने ।

४. नुहाउँदा वा पौडी खेल्दा कपासमा भ्यासलिन लगाएर कानमा राख्ने, ताकी कानमा पानी नछिरोस् ।

५. जथाभावी कान नकोट्याउने ।

६. चिसोको समयमा कान छोप्ने वा न्यानो राख्ने ।

७. सवारी साधानमा यात्रा गर्दा वा कुनै पनि समयमा कानमा किरा वा अन्य कुरा पस्नबाट जोगाउने ।

८. जथाभावी औषधीको प्रयोग नगर्ने ।

कानमा कुनै समस्या आइहाले तत्काल चिकित्सकको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्छ ।

यो पनि जान्नुहोस :

के तपाइको कान कराउछ ?

कान कराऊनु वा बज्नु भनेको त्यस्ता ध्वनिहरु सुन्नु, जुन शब्द वस्तुतस् उत्पन्न नै भइरहेको छैन । यसलाई अंग्रेजीमा टाईनिटस भनिन्छ। जस्तै स् धन्टी बज्नु, छालऊर्लेको आवाज, स्याँ(स्याँको आवाज, सिठी बजेको, गित गुनगुनाएको वा अरु नै प्रकारका आवाजहरु कानमा निरन्तर वा बन्द हुँदै आउँदै गर्छन् । यस किसमको आवाज एक वा दुबै कानमा सुनिनसक्छ। जब आसपास सुनसान वातावरण हुन्छ वा एकदमै कम आवाज भइरहेको छ भने त्यसबेला कानमा हुने आवाज ९कानकराऊने० असैह्य रुपले बढ्न जान्छ। यहासम्म कि तपाईं कुनै शान्तकोठामा गहिरो निन्द्रामा सुतिरहनु भएको हुन्छ । त्यसबेला पनि तपाईं यस आवाजलाई सुन्नुहुन्छ।

कानको श्रवण शक्ति स् कान एउटा ईन्द्रिय हो। यसकारण यदि कसैको कान बज्दछ भने, स्वभाविक रुपले यो मानिन्छ कि, ऊसको सुन्ने शक्ति कमजोर हुँदैछ या भईसकेको छ। तर वास्तविकता यसको ठिक विपरित छ। कान कराउने र श्रवणशक्ति यि दुबै को परस्पर कुनै सम्बन्ध हुँदैन । कान काराउने टाईटिनिस बाट पीडित व्याक्तिहरुलाई सुन्नमा कुनै अप्ठ्यारो हुँदैन । कानबज्ने समस्याबाट ग्रस्त व्याक्तिहरु अन्य आवाजहरुको तुलनामा एकदमै चाँडै सुन्दछन। आवाज सुन्नाले कानबज्ने समस्या सुरु भयो यस्तो पनि होइन। तर कान कराउनु श्रवणशक्ति कम हुनुको पूर्व संकेत भने अवश्य हुनसक्छ ।

कान किन कराउँछ स् टाइनिटस अर्थात कान कराउनुको कारण हो, कानमा संक्रमण हुनु । कान भित्र रुकावट ९व्लोकेज० हुनु । प्राय यस्तो पनि देखिऐको छ कानको ईन्फेक्शन वा ब्लोकेज को राम्रोसित ऊपचार गरिएको छ भने कान कराउने समस्याबाट पनि व्याक्ति ले मुक्ति पाउँछ । यदि ऊपरोक्त चिकित्सा गराए पश्चात पनि कान कराउने समस्या भई नै रह्यो भने यसको थप उपचार आवश्यक हुन जान्छ।

कान कराउने कारण स् कान बज्ने यहि नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन किनभने यसका अनेकौं
कारणहरु हुनसक्छन् ।

-टाऊकोमा चोटपटक लाग्नु

-कानमा ईन्फेक्शन९संक्रमण हुनु

-कानमा जाम ब्लोकेज हुनु

-कानै निर ठुलोआवाज्धामाका या विस्फोट हुनु

-सर्दि(जुकाम, पिनास देखि मधुमेहसम्मको कुनैपनि रोगलाग्नु

– रक्ताल्पता एनिमिया हुनु

-मुटुको रोग

-ऊच्च रक्तचाप

-रगतमा थाइराईड हार्मोन्सको स्तर कम हुनु

-कानमा कानेगुजि वाक्स जम्मा हुनु आदी ।

कामको अत्यधिक चापको साथै मानसिक तनावले पनि कान बज्ने समस्या सुरु हुन सक्छ। यस बाहेक एन्टिबायोटिक औषधिहरुको प्रयोग, स्प्रिन टेबलेट, मुत्रबर्धक ९पिशावलागाउने० औषधि, एन्टिडिप्रेशनको औषधि तथा अत्यधिक रक्सिको सेवनले पनि व्याक्तिमा ुटाईटिनसु कान कराउने समस्या सुरु हुनसक्छ। यो सुचि यहि समाप्त हुँदैन। बृद्धा अवस्थामा कानको अनेक भागमा क्षय हुनुका साथै विकृति आऊनाले पनि कान कराउने हुनसक्छ । भित्रि कानको रोगकोकारण तथा मध्यकानको हड्डीमा क्षय रोग ९औस्टोसेक्लोरोसिस० पनि कान कराउने कारण बन्नसक्छ।

जोखिम स् कलकारखानामा कामगर्ने श्रमिकहरु, संगितकार तथा होहल्ला हुने वातावरणमा कामगर्ने मानिसहरु विषेशगरी जोखिमा हुनछन्। भने धुम्रपान गर्ने व्याक्तिहरुमा पनि ुटाइनिटसु कान कराउने समस्या विकशित हुने खतरा बढी रहन्छ ।

रोगको निदान स् ईएनटि ९नाक,कान,घाटी० रोग विषेशज्ञद्वारा यस रोगको परिक्षण हेतु एक किसिम को जाँच गराइन्छ। जसलाई अडियोमेट्री टेस्ट भनिन्छ । यो बहिरोपन नाप्ने तरिका हो। यसको रिपोर्ट हेरर चिकित्सकले के गर्ने भनि सल्लाह दिन्छन् ।

भाविफल प्रोग्नोसिसस् यसको कुनै औषधि छैन । यसको ऊपचार भनेको कानमा ९हेयरिङ एड० लगाउने हो । यसबाट प्रष्ट आवाज सुनिन्छ ।

होमियोप्याथिक उपचार स् होमियोप्थिक औषधिको विषेशता के हो भने यसको कुनै विनाशकारी प्रभाव हुँदैन । होमियोप्याथिक औषधिले सोझै हाम्रो शरिरको मुख्य नियन्त्रक अर्थात मस्तिष्क स्नायुहरुमा प्रभाव पारेर मस्तिष्कद्वारा पीडित अगं या ग्रन्थिलाइ दुरुस्त हुने प्रेरणा पठाउँछ। जुन एक स्वउपचारको सहि तरिका पानि हो। यि औषधिहरुलाई नियमानुसार प्रयोग गर्ने हो भने तपाईं यस टाईनिटस अर्थात कान बज्ने रोगबाट सदाका लागि सजिलै सित छुटकारा पाउन सक्नुहुनेछ।

औषधिहरु :

कालिआयोड : कानभित्र गीत बज्ने, टिस(टिसको आवाज वा नानाथरिका आवाज आउने लक्षण भएमा९यस औषधिको प्रयोले फाइदा हुन्छ।

चिनिनम सल्फ : कान भित्र मैरी काराएको जस्तो भूँ(भूँ को आवाज आउनु, घुर्नेको जस्तोआवाज आउनु, अत्यधिक ठूले आवाज सुनुका साथे रिगँटा पानि लाग्ने भएमा यसकफ प्रयोग गर्न सकिन्छ ।

बेराईटाकार्ब : बढी उमेर भएका बुढा(बुढीहरुमा चक्कर लाग्नु, कानभित्र आवाज गुन्जिनु आदि समस्या देखिएमा यस औषधिको प्रयोग लाभ दायक मानिन्छ।

नेटृर्म(सल्फ स: कान कराउनु, रिंगटा लाग्नुका साथे कान नसुन्नु बहिरोपन,कानमा टन(टन आवाज आईरहनु आदिमा यसको प्रयोग लाभदायक मानिन्छ।

लाईकोपोडियम स् यस औषधिको प्रयोग कान पाकेकादेखि बहिरोपन भएकाले पनि गर्न सक्छन् ।

यसबाहेक अन्य औषधिहरु पनि छन् जस्तै– चायना, लाईकोपोडियम, कार्बोभेज ,कल्केरियाकार्ब आदि ।
ऊपरोक्त होमियोप्यथिक औषधिहरुको प्रयोग आफ्नो निकटतम कुनै योग्य तथा अनुभवि होमियोप्याथिक डाक्टरसँग परामर्श लिई प्रयोग गरेमा अत्यन्त लाभदायक हुनेछ। कारण तपाईंको चिकित्सकले तपाईंको रोग को गतिबिधि हेरि आवश्यक परेमा केहि औषधिहरु हेरफेर गर्नसक्ने हुन्छन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।