बिशेस गरेर हामीले गर्मीमा हाम्रो खानाको धेरै ख्याल गर्नु पर्छ । कुन कुरा खादा शरीरमा खादा फाईदा गर्छ त्यहि खानेकुरा मात्र खानु पर्छ नत्र बिरामी पर्न सकिन्छ । यहाँ तल हामीले गर्मीमा खानु नहुने खानेकुरा छौ ।

फ्रिजमा भण्डारण

कुनैपनि खानेकुरा सड्नबाट बचाउन, कुहिनबाट बचाउन फ्रिजमा राखिन्छ । हामी धेरैजसोको प्रवृत्ति के छ भने, बाँकी रहेको खानेकुरा फ्रिजमा राखेर पुन प्रयोग गर्ने ।

फ्रिजमा कृतिम चिसोपन हुन्छ, जसले खानेकुरालाई चाडै सड्न, गल्नबाट बचाउँछ । हामी के पनि गर्छौं भने, दाल वा तरकारी छाकैपिच्छे पकाउने झन्झटले एकै पटक पकाउँछौं ।

त्यसरी पकाएको खानेकुरा बाँकी राखेर अर्को छाकको लागि जगेर्ना गर्छौ । फ्रिजमा राख्छौं । वास्तवमा यसरी कृतिम रुपमा भण्डारण गरिएको खानेकुरा पनि स्वास्थ्यका लागि राम्रो मानिदैन ।

बासी खानाको पुनः प्रयोग

अक्सर भात बाँकी रहेमा त्यसलाई हामी पुन भुटेर अर्थात फ्राइ गरेर खान्छौं । फ्राई गरेपछि त्यसको जिवाणु नष्ट हुन्छ भन्ने लाग्छ ।

तर, जब एक पटक पकाइसकेको भात पुन तेल÷घिउमा भुट्छौं, त्यसमा रहेको पोषक तत्व नष्ट हुन्छ । भुटेको खानेकुरा त्यसैपनि पेटमैत्री मानिदैन ।

अर्कोतिर यस्ता खानाबाट शरीरलाई आवश्यक पोषक तत्व पनि आपूर्ति हुँदैन । जबकी यसले पेटमा कब्जा जमाउँछ । यस्तो खानाले स्वास्थ्यमा नकारत्मक असर गर्छ ।

मैदाजन्य खानेकुरा

हाम्रो खानपानमा मम, चाउमिन, चाउचाउ आदि सामेल छन् । यस्ता खानेकुरा छिटो, छरितो र मिठो लाग्छ । बाहिर हिँडडुल गर्दा होस् वा घरमै बसेको बेला मम, चाउमिन खाने गरिन्छ ।

जबकी यस्ता खानेकुरा मैदाजन्य हुन्, जसले पाचन प्रणालीमा असर गर्छ । रेष्टुरेन्टमा पाइने मम, चाउमिनमा चिप्लोको मात्रा पनि उत्तिनै बढी हुन्छ । अर्कोतिर मैदा राम्ररी पाकेको पनि हुँदैन । यस्ता खानेकुराले पेटमा समस्या निम्त्याउँछ ।

बासी खानाको चक्कर

हाम्रो बानी के हुन्छ भने, घरमा बाँकी रहेको खाना राखेर अर्को छाकमा त्यसलाई खाने । आज पकाएको खाना भोलिसम्म राख्दा त्यो कुहिने प्रक्रियामा गइसकेको हुन्छ ।

त्यो दुषित हुन थालेको हुन्छ । यस्तो खाना खानाले पेट त भरिन्छ, तर शरीरलाई भने हानी गर्छ । न पोषक तत्व प्राप्त हुन्छ, न पचाउन सजिलो नै ।

चटपटे/पानीपुरी

घरबाहिर पाइने चटपटे/पानीपुरी स्वस्थ्यवर्द्धक हुँदैन भन्ने सबैलाई थाहै छ । त्यस्ता खानेकुरा बनाउने प्रक्रिया नै अशुद्ध हुनेगर्छ । त्यसमा कतिपय अखाद्य तत्व पनि मिश्रण गरिन्छ । यस्ता खानेकुरा गर्मीको बेला थप दुषित हुन्छ ।

सडक किनारमा खुला राखिएका ति खानेकुरामा झिँगा बस्ने, धुलो लाग्ने हुन्छ । अर्कोतिर फुटपाथमा सरसफाई गर्ने अनुकुलता हुँदैन ।फोहोर हातले पटक–पटक बनाएको चटपटे, पानीपुरी सेवन गर्दा पेट गडबडी हुन्छ । यस्ता खानेकुरा शरीरले सजिलै पचाउन सक्दैन ।

कोल्ड ड्रिंक

गर्मीको रापमा रापिएपछि हामीलाई चिसो पेय पिउन मन लाग्छ । चिसो पेय भन्नसाथ फेन्टा, पेप्सी, कोकाकोला, तयारी जुस आदि सम्झन्छौं ।

वास्तवमा प्यास मेटाउनका लागि पिइने यस्ता पेयले शरीरलाई निकै नोक्सान पुर्‍याउने विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । फ्रिजमा राखिएको चिसो पानी पनि स्वास्थ्यमैत्री मानिदैन । सामान्य एवं प्राकृतिक रुपमा चिस्याएको पानी, सर्वत वा ताजा फलफूलको जुस भने उपयोगी हुन्छ ।

चिया कफी

गर्मीमा पर्याप्त पेय पदार्थ पिउनुपर्छ । चाहे त्यो पानीको रुपमा होस् वा रसिलो फलफूलको रुपमा नै । झोलयुक्त खानेकुरा, फलफूल आदिको सेवनले शरीरमा पानीको मात्रा सन्तुलित बनाइराख्छ । तर, हाम्रो दैनिक पेय चिया र कफी भने गर्मीमा उपयुक्त हुन्न ।

प्रोसेस्ड फूड

गर्मीको मौसममा तयारी वा प्रशोधित खानेकुराले पनि स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ । यस्ता खानेकुरामा नुन, चिनी तथा बोसोको मात्रा बढी हुन्छ ।

प्रासेस्ड फूड सेवन गरेपछि धेरै पसीना आउँछ, जसले शरीरमा पानीमा मात्रा कम हुन जान्छ । यस्तो खानेकुराले पाचनयन्त्रलाई पनि हानी गर्छ ।

 स्ट्रिट फूड

चर्को गर्मीमा कतै हिँडिरहेका बेला तपाईलाई चटपटे वा पानीपुरीले लोभ्याउन सक्छ । यस्ता खानेकुराले जिब्रोलाई क्षणिक स्वाद पनि दिन्छ ।

तर, पेटमा पुगेपछि भने गडबड हुन्छ । गर्मी याममा फूटपाथमा राखिएका चटपटे, पानीपुरी, आलुचप जस्ता कुनै पनि खानेकुरा ताजा र सफा हुँदैन, जसले पाचन यन्त्रलाई हानी गर्छ ।

तारेको खानेकुरा

गर्मी मौसममा तारेको भुटेको खाने कुराहरु खानु हँदैन । गर्मीमा यस्तो खाने कुरा पच्दैन । अझ घर बाहिर त तारेको, भुटेको खानेकुरा खानै हुन्न ।

किनभने त्यसका लागि एकदमै कमसल तेलको प्रयोग गरिएको हुन्छ । एकपटक तारेको तेल पटक–पटक प्रयोग गरिन्छ, जुन विषाक्त हुनपुग्छ ।

जंग फूड

छिटो, छरितो र मीठो खान्कीको रुपमा खाने खानेकुरालाई नै जंक फूड भनिन्छ । यो बजारमा सजिलै पाईन्छ । यस किसिमको खानेकुराले जिब्रोलाई क्षणिक लोभ्याए पनि शरीरलाई हानी गर्छ ।

अझ गर्मीको समयमा त जंक फूड विषलाई विष जस्तै मानिन्छ । यसको सेवनले फूड प्वाइजनिङ समेत हुनसक्छ ।

स्पाइसी फूड

हामी अक्सर चिल्लो, चाप्लो, मसलेदार खानेकुरा खान्छौँ । यस्तै खानेकुराको सेवनले हामीलाई रोग लाग्छ । मसलेदार खानेकुराले जिब्रोलाई स्वाद दिए पनि त्यसले पाचन यन्त्रलाई सास्ती दिन्छ ।

त्यस्ता खानेकुरा पचाउन निकै गाह्रो हुन्छ । अझ गर्मीको मौसममा त मसलेदार खाना नखाएकै वेश । किनभने, यसले शरीरको तापक्रम बढाइदिन्छ । पसिना बढी आउँछ र शरीरमा पानीको अभाव हुन्छ ।

ननभेज

गर्मीका लागि मासुजन्य खानेकुरा उपयुक्त मानिँदैन । यसमा रहेको प्रोटिन चाँडै पच्दैन । यही कारण पाचन प्रक्रियामा असर पुर्‍याउँछ ।

त्यसैले गर्मीमा ननभेज खानेकुरामा जोड दिनु हुँदैन । हरियो सागपात एवं मौसमी तरकारी सेवन गर्नुपर्छ, जसले पाचन यन्त्रलाई चुस्त र तन्दुरुस्त राख्छ ।

ड्राइ फ्रूट्स

शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न सन्तुलित भोजनको आवश्यकता हुन्छ । यसको नियमित खानामा ड्राई फ्रूट्स पनि सामेल गर्नुपर्छ । स्वास्थ्यका लागि यो फाइदाजनक छ ।

तर, गर्मी मौसममा भने होइन । किनभने यसले शरीरको तापक्रम वृद्धि गर्छ । यदि खाने नै हो भने, किसमिश जस्ता रसयुक्त ड्राइ फुड्स ठीक हुन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

गर्मी मौसममा के खाने स्वस्थ रहन जान्नै पर्ने कुराहरु

गर्मी महिना शुरु भएको छ । गर्मी महिनामा आफ्नो हात र शरिरका विभिन्न अंगको सफाईमा ध्यान दिनु पर्छ । गर्मी मौसममा डिहाइड्रेसन, भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनै पर्छ । यो स्थितीबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।

गर्मी मौसममा खानुहोस् यी खानेकुरा, जसले तपाईलाई शरिरमा पानीको कमी हुनदिने छैन र स्वास्त राख्ने छ ।

के खाने ?

पानी

गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरिरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोत्तलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ ।

मकै

गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ। तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । यसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । यसर्थ, मकै खाने सिजन शुरु भएपछि भने टन्नै हरिया मकै खान पाठकलाई सुझाव दिइन्छ। साथै, यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ। मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ।

गोल्भेडा

त्यस्तै गर्मी महिनामा गोल्भेडालाई पनि अत्यधिक उपभोगमा ल्याउनु श्रेयस्कर हुन्छ। गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ । तर ख्याल गर्नुहोस्, कतिपय ठुला जातका गोल्भेडाहरुमा बढि विसादी प्रयोग भएका हुनाले केही घण्टा गोल्भेडालाई पानीमा भिजाएर या डुबाएरपछि मात्र जुस, पेष्ट या अचार बनाएर खानुहोला।

गाजर

त्यस्तै एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्याउने जोखिम ५० प्रतिशत कम भएको पत्ता लगाएको थियो। सिधै गाजर खाँदा त झनै राम्रो। तर ख्याल गर्नुहोस्, गाजरमा विभिन्न चिरा परेका ठाउँमा फोहरहरु रहने भएकाले तीनलाई राम्रोसँग खुर्केर र पखालेर मात्र खानु होला।

खरबुजा

खरबुजा पनि गर्मीको मौशममा प्रशस्त पाइन्छ । शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफुलको प्रयोग आवश्यक छ । गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खाँदा पनि मोटाइएला भन्ने चिन्ता पनि हुँदैन ।

काँक्रो

काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।

दही

यो समयमा संक्रमणको जोखिम उच्च हुने तथा त्यसबाट पाचन क्रियासम्बन्धी समस्याहरु निम्तिने डर हुन्छ । गर्मी याममा खानपानको विषयमा अपनाउनुपर्ने सावधानी सँगै खानामा दही समावेश गराउनु निकै फाइदाजनक हुन्छ । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पूराउँछ ।

पुदिना

पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ ।

गर्मी मौसममा बेलको जुस खादा हुने फाईदाहरु

यस गर्मि मौसममा आफूलाई ताजा र स्वास्थ्य राख्नका लागि धेरै प्रकारका जुस र चिसो पेय पदार्थको सेवन गरिन्छ । यस्तोमा तपाई बेलको जुस पिउन सक्नुहुन्छ, तपाईको शरीरलाई अचुक फाइदा मिल्छ । बेलले स्वास्थ्यका साथै सौन्दर्यलाई निखारर्ने पनि काम गर्छ । आयुर्वेदमा बेललाई गुणको खानी बताएइन्छ । बेलबाट पाइने प्रोटिन, बिटा–क्यारोटिन, थायमिन, राइबोफ्लेभिन र भिटामिन सी निक्कै गुणकारी हुन्छ ।

जान्नुहोस् यसको फाइदाहरु

१. मुटुलाई स्वस्थ राख्दछ

बेलको रस तयार गरेपछि त्यसमा थोरै घ्यु मिसाएर दैनिक एक निश्चित मात्रामा पिउने गर्नाले मुटुलाई स्वस्थ राख्दछ । यसले मधुमेहलाई समेत नियन्त्रित गर्दछ ।

२. कब्जियतको समस्या समाधान गर्दछ

नियमित रुपमा बेलको जुस पिउने गर्नाले ग्यास, अपच र कब्जियतको समस्याबाट राहत मिल्छ ।

३. कोलस्ट्रोलको मात्रालाई नियन्त्रित राख्न मद्धत गर्दछ

४. पखाला नियन्त्रणमा लाभदायक हुन्छ

बेलको रसले पखालालाई रोक्ने काम गर्दछ । बेलको रसलाई सख्खर वा चिनीसँग मिलाएर पिउने गर्नाले पखाला रोकिन्छ ।

५.शरीरलाई भित्रै देखि चिसो राख्दछ

बेलको जुस पिउने गर्नाले शरीरमा गर्मीको प्रभाव हुँदैन । साथै यसले एसिडिटीलाई पनि भगाउँदछ ।

६. सुत्केरी महिलाको लागि लाभदायक मानिन्छ

सुत्केरी अवस्थामा बेलको जुस पिउने गर्नाले दूध उत्पादनमा सहायकसिद्ध हुन्छ ।

७. क्यान्सरबाट बचाउँछ

नियमित रुपमा बेलको जुस पिउने गर्नाले स्तन क्यान्सर जस्ता जोखिमबाट बचाउँछ ।

८. रगतलाई सफा गर्दछ

बेलको जुसमा केही मनतातो पानी मिसाउने र त्यसमा थोरै मह राख्ने । यसरी तयार भएको जुस नियमित पिउनाले रगतलाई सफा गर्दछ ।

गर्मीमा उपयोगी ६ तरकारीहरु

गर्मीमा खास किसिमका तरकारीको सेवन गर्दा पनि शरिरलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ । यहाँ हामीले त्यस्तै केहि तरकारीहरुको सूचि तयार पारेका छौँ जसको सेवनले गर्मीमा फाइदा पुर्याउँछ ।

१. लौका

लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ ।

क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।

२. प्याज

गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ ।

यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा खान सकिन्छ ।

३. करेला

स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ ।

करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।

४. हरियो सिमी

हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ ।

पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ ।

५. फर्सी

फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।

६. गोलभेंडा

दिनुहँ एउटा गोलभेंडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।