लामो जीवन जीउन चाहनुहुन्छ र रोगबाट टाँढा रहन चाहनुहुन्छ भने स्वास्थ्यमा ध्यान दिनु निकै आवश्यक हुन्छ । व्यस्त जीवनशैलीका कारण आफ्नो स्वास्थ्यमा लापरवाही गर्ने प्रायःको बानी बनेको छ । जसको नतिजा स्वरुप मानिसमा अनेक प्रकारका रोग र संक्रमणले चपेटमा लिने गर्छ ।

कामकाजी व्यक्तिका लागि यसले झन् नराम्रो असर पार्छ । भागदौडको चक्करमा कामकाजी बानीले मानिसले राम्रो सँग खान पाउँदैन न त राम्रोेसँग व्यायाम गर्न पाउँछन् । यस अवस्थामा तपाईं कार्यालयमै कसरी आफ्नो स्वास्थ्यमा ध्यान दिन सक्नुहुन्छ भन्ने केहि टिप्स यहाँ छ ।

हेल्दी डायट

सबैभन्दा पहिले र आवश्यक कुरा हो हेल्दी खाना । यदि तपाईं आफ्नो घरबाट खाना लिएर र खाजा लिएर जान सक्नुुहुन्छ भने त्यो राम्रो हो । तर, यदि तपाईं त्यो सब लिएर जान सक्नुहुन्न भने अफिसमै पनि हेल्दी खाना र खाजा खान सक्नुहुनेछ ।

खाना र खाजा खाँदा तपाईंले सकेसम्म आफ्नो डायटमा दही, दाल, भात, २ वटा रोटी र हरियो तरकारी, मौसमी फलफूल, सलाद, जूस वा कुनैपनि हेल्दी र हलुको खानेकुरा समावेश गराउने । प्रायःजसो मानिसले कार्यालयमा खान अल्छी गर्दै तारेको, चटपटे खाना खाने गर्छन् जुन तपाईंको स्वास्थ्यको लागि राम्रो होइन ।

स्न्याक्सबाट टाँढा रहनुपर्छ

कार्यालय समयमा काम गर्दा कतिपयको बानी हुन्छ बसि बसि केहि न केहि स्न्याक्स खाने । व्यवस्तताको कारण खाना छोड्ने र कुर्सीमा बसेर चिप्स, कोल्ड ड्रिन्क जस्ता स्न्याक्स खानुले तपाईंलाई अस्वस्थ बनाउन सक्छ ।

कफी खानबाट जोगिनुपर्छ

अफिस समयमा कतिपय व्यक्तिको बानी हुन्छ कफी पिउने । एक कप कफी पिउनु सम्म ठिकै हुन्छ तर, पटक पटक धेरै कप कफी पिउनु तपाईंको स्वास्थ्यको लागि हानीकारक हुन सक्छ । किनकी कफीमा हुने कफिनले तपाईंलाई अनेक समस्याले सताउन सक्छ । यसले भोक मार्नुको साथै अन्य रोगलाई पनि निम्त्याउने काम गर्छ । त्यसकारण ध्यान दिनुपर्छ कि कुनैपनि चिज धेरै प्रयोग गर्नु खतरनाक हुन सक्छ ।

योग र एक्सर्साइज

हतार हतारमा कार्यालय जाने चक्करमा एक्सर्साइज गर्ने समय हुँदैन वा योग अथवा जिम जान पाइँदैन । यस अवस्थामा तपाईं अफिसमै कुर्सीमै बसेर पनि केहि सामान्य एक्सर्साइज गर्न सक्नुहुनेछ । बीचमा ५÷१० मिनटको समय निकालेर एक पटक योग वा ध्यान गर्ने बानी बसाल्नु पर्छ । यसले शरीर रिल्याक्स हुनुका साथै थकान र टेन्सन पनि कम हुन्छ ।

लगातार काम नगरौं

निरन्तर बसेर काम गर्ने बानीलाई त्यागग्नु पर्छ । बीचबीचमा आराम गर्दै उठ्ने घुमफिर गर्ने बानी बसाल्नु पर्छ । विशेषज्ञ चिकित्सकका अनुसार एकै स्थानमा लगातार बसेर काम गरिरहनाले पिठ्यूको हड्डीमा नराम्रो असर पर्न जान्छ । साथै ढाँडको दुखाई पनि हुन सक्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

अफिसमा गरिने यस्ता गल्ती, जसको कारण तपाईंको तौल बढ्छ

फिट रहनका लागि हामी दैनिक विभिन्न तरिका अपनाउने गर्छौं । तर यी सबै मेहनत त्यतिबेला बेकार हुन्छन् जब हामी अफिसमा केही गल्ती गर्छौं ।

यी गल्तीका कारण् तौल बढ्ने गर्दछ । आज हामी तपाईंलाई यिनै गल्तीबारे जानकारी दिँदैछौं ।

१. ब्रेकफास्ट नखानु

अफिस चाँडै जाने चक्करमा ब्रेकफास्ट नखाँदा दिनभरी भोक लागिरहन्छ । यस्तोमा हामी लञ्च गर्दा आवश्यक भन्दा बढि खान थाल्छौं जसले तौल बढ्न सक्छ ।

२. धेरै बेरसम्म बसिरहनु

अफिसमा लगातार थुप्रै घण्टासम्म बसिरहँदा क्यालोरी राम्रोसँग बर्न हुन पाउँदैन । यसले तौल बढाउन सहयोग पुर्याउँछ । प्रत्येक घण्टा थोरैबेर टहल्नुहोस् ।

३. कम पानी पिउनु

अफिसमा लगातार काम गर्ने चक्करमा थुप्रैले पानी पिउनसमेत बिर्सन्छन् । यसले टक्सिन बाहिर निस्कन पाउँदैछ जसका कारण पाचन क्रिया खराब हुनथाल्छ ।

४. स्न्याक्स खानु

अफिस समयमा भोक लाग्दा हाइ क्यालोरीयुक्त खाना खाँदा शरिरले अतिरिक्त क्यालोरी पाउन थाल्छ । यस्तोमा तौल बढ्न सक्छ ।

५. धेरै बेरसम्म भोको रहनु

अफिसमा हुँदा समयमा नै खाना नखाँदा र धेरै बेरसम्म भोको रहँदा मेटाबोलिजम स्लो हुने गर्दछ । लामो समयपछि तपाईंले जे खानुहुन्छ त्यो राम्रो तरिकाले पच्न सक्दैन ।

६. तनावमा रहँदा

अफिसमा काम गरिरहेका बेला तनावमा रहँदा भोक बढाउने हर्मोनको स्तरमा वृद्धि हुन्छ । यस्तोमा हामी अत्यधिक खाने गर्दछौं जसका कारण तौल बढ्छ ।

७. डेस्कमा नै खाँदा

यदि हामी डेस्कमा काम गर्दै खान्छौं भने हाम्रो ध्यान खानामा रहँदैन जसका कारण हामी धेरै खाने गर्दछौं । यस्तोमा शरिरमा बोसो जम्मा हुन्छ ।

८. अबेर राती फ्रि हुनु

अफिसमा अबेरसम्म बस्नुपर्ने वा ढिला खाना खाँदा राम्रोसँग पच्न पाउँदैन । यस्तोमा यो बोसोमा परिणत हुने गर्दछ ।

के निद्राले सताउँछ अफिसमा ?

आजभोलि जमाना नै इन्टरनेटको भनिन्छ । विश्व बुझ्न अन्त कहीँ जानु पर्दैन । निद्रा भगाउने नै हो भने इन्टरनेट खोल्नुहोस् र युट्युबमा रमाइला फन्नी भिडियोहरू खोज्नुहोस् । एकैछिन हेर्नुभयो भने तपाईंको निद्रा गायब भइसकेको हुन्छ ।

जाडोभन्दा गर्मी मौसममा अफिसमा काम गर्नेहरूलाई निद्राले सताउँछ । निद्राले सताएपछि काम गर्न मन लाग्दैन । बिहानको खाना खाएपछि अफिस पुगिसकेपछि निद्रा लाग्नु कुनै अनौठो कुरा होइन । तर, अफिसमा काम गरिरहेका वेलामा निद्रा कसरी भगाउन सकिन्छ त ?

काम लाग्न सक्छन् यी टिप्स

१. काम गरिरहेका वेला निद्रा लाग्न थाल्यो भने कुनै मन पर्ने गीत मोबाइलमा बजाउनुहोस् । अरूलाई डिस्टर्ब हुन्छ भने कानमा हेडफोन लगाएर गीत सुन्दै काम गर्न सक्नुहुन्छ । निद्रा भगाउने सजिलो उपाय यो पनि हुन सक्छ ।

२. निरन्तर काम गरिरहेका वेला निद्राले सतायो भने कम्तीमा १५ देखि २० मिनेट बाहिरको वातावरणमा जानुहोस् । अफिसभन्दा थोरै बाहिरको वातावरण अवलोकन गर्नुभयो भने केही हदसम्म निद्रा भाग्न सक्छ ।

३. निद्राले हदैसम्म सतायो भने एक गिलास चिसो पानी खानुस् । बजारमा अमिलो स्वादका चकलेट पाइन्छ । अफिस जानुपूर्व नै केही चकलेट किनेर लैजानुभयो भने निद्रा लागेको वेलामा प्रयोग गर्न सक्नुहुन्छ ।

४. तपाईंको मोबाइलमा पक्कै पनि गेमहरू छन् होला । यदि छैन भने तपाईंको अफिसमा इन्टरनेट अवश्य पनि छ । इन्टरनेटमा विभिन्न खालका गेमहरू हेरेर निद्राबाट बच्न सक्नुहुन्छ ।

५. अफिसमा निद्रा लाग्यो भने काममा आफैँ बाधा पुगिहाल्छ । तर, निद्राले च्याप्यो भने कम्तीमा पाँचदेखि १० मिनेट फुर्सद निकाल्नुहोस् । आफ्नो नजिकको मिल्ने र धेरै कुरा सेयर गर्ने साथीभाइलाई फोन लगाएर रमाइला गफ गर्नुहोस् । तपाईंको निद्रा गायब हुन सक्छ ।

६. आजभोलि सामाजिक सञ्जाल फेसबुक नचलाउने सायदै कम छन् । अफिसमा कामले मारामार भएका वेलामा निद्रा लाग्यो भने फेसबुक खोल्नुहोस् । साथीभाइसँग हेल्लो हाई गर्नुहोस् । अरूका वाल हेर्दै समय गुजार्नुभयो भने पनि निद्राले छोड्न सक्छ ।

थकाइ लागेको समयमा यस्ता कार्यहरु फ्रेस बनाउन मद्धत गर्छ !

दिनभरी काम गर्दा हामीलाई थकाइ महसुस हुने गर्छ । थकाइको कारण हामीलाई काम गर्न मन लाग्दैन । कोहि मानिसलाई छिट्टै थकाइ लाग्छ त कसैलाई अलि ढिलो लाग्ने गर्छ ।

थकाइ लागेको समयमा के गर्ने त ? यो कुरा प्राय कसैलाई थाहा हुदैन । थकाइ लागेको समयमा आफुलाई कसरी फेरी फ्रेस बनाउने भन्ने कुरा जानी राख्नाले हामीलाई काम गर्न सजिलो हुने गर्छ ।

थकाइ लागेको समयमा फ्रेस हुन मद्धत गर्ने कार्यहरु यस्ता छन्

१) तालि बजाउनुहोस

तालि बजाउदा हत्केलामा एक प्रकारको चाप (प्रेसर) उत्पन्न हुन्छ । जसले शरीरमा नयाँ स्फुर्ती ल्याउँछ । हाम्रो शरीरमा स्टोर रहेको उर्जा रिलिज हुन्छ र शरीर मानौं रिचार्ज हुन्छ ।

२) यताउता डुल्नुस्

थकान महसुस भएमा बसेको ठाउँबाट उठेर यताउता डुल्नुहोस् । आफ्नो वरिपरि १० मिनेटमात्र डुल्ने हो भने पनि तपाईलाई दुई घण्टाका लागि उर्जा प्राप्त हुन्छ । किनकी एक छिन यताउता डुल्दा मात्र पनि दिमाग तथा मांसपेशीलाई अक्सिजन मिल्छ, जसले गर्दा शरीर उर्जवान हुन पुग्छ ।

३) पानी पिउनुहोस

शरीरमा पानीको मात्रा कम भएमा पनि थकान महसुस हुने गर्छ । शरीरमा पानीको कमी भएमा ‘डिहाईड्रेसन’ हुन्छ, जसले गर्दा थकान महसुस हुने गर्छ । शरीरमा थकान महसुस हुनासाथ पानी पिउनु जरुरी छ । शरीरमा पानी कम नहोस् भन्नका लागि भरपूर मात्रा पानी भएका फलफूलसमेत खान सकिन्छ ।

४) ब्रेकफास्ट गर्नुस्

दिनभर सक्रिय रहन विहानको खाना आवश्यक छ । विहानको खानाले शरीरलाई उर्जा प्रदान गर्छ , जसका कराण शरीर सकि्रय रहन्छ । त्यस्तै, विहानमा यस्तो खानेकुरा खाने गरौ जसमा प्रोटीन तथा फाइबरको मात्रा धेरै होस् र चिनी तथा बोसोको मात्रा कम होस् ।

५) कुराकानी गर्नुहोस्

यदी तपाई अफिसमा हुनुहुन्छ र बेलाबेलामा थकान महसुस हुन्छ भने सँगैको साथीसित केहीबेर कुरा गर्नुस् । घरमा एक्लै हुनुहुन्छ भने कसैलाई फोन गर्न सक्नुहुन्छ । कुराकानी गर्दा दिमाग सक्रिय रहन्छ र थकान महसुस हुन पाउदैन ।

६) गीत सुन्नुहोस्

थकान कम गराउने अर्को राम्रो माध्यम भनेको गीत, संगीत हो । आफूलाई मन परेको गीत, संगीत सुनेर पनि थकान कम गर्न सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।