व्यस्त जीवनशैलीका कारण मानिसमा अनेक प्रकारका रोगले आक्रमण गर्न थालेको कुरा प्रायः सबैलाई थाहा छ । भागदौडले भरिएको जीवनमा तपाईं आफ्नो स्वास्थ्यलाई नै सबैभन्दा बढि वेवास्ता गरेर बस्नुहुन्छ जसको प्रत्यक्ष असर तपाईंको मुटु र अन्य अंगमा पर्न जान्छ ।

एक नयाँ अध्ययनका अनुसार जो मानिस बिहान खाना नखाने र राति ढिलो गरि खाना खाने गर्छन् उनमा हृदयघातको सम्भावना बढि हुन्छ । भोजन सम्बन्धी यी दुई बानीका लागि मानिसमा हृदयघात हुनुका साथै मृत्यु हुने खतरा वा मुटु दुख्ने सम्भावना अत्यधिक हुने गरेको अध्ययनको क्रममा पाइयो । अध्ययनमा सहभागिहरुले मानिसलाई रातिको खाना खाने र सुत्न समयको अन्तराल कम्तिमा पनि दुई घन्टाको राख्न सल्लाह दिएका छन् ।

मुटुरोग विशेषज्ञ डा.कमल लम्सालले नेपालीको जीवनशैलीका कारण इन्सुलिन बढ्ने खतरा पछिल्लो समय बोसोयुक्त खानाको सेवनले गर्दा बढ्दै गएको छ । जसको एक प्रमुख कारण हो अहिलेको जीवनशैली ।

उनका अनुसार व्यस्त जीवनशैलीको अर्थ बिहान खाजा नै नखाई हिड्ने र दिउँसो फास्टफूडको अत्यधिक सेवनले गर्दा मानिसमा इन्सुलिनको मात्रा बढि उत्पन्न हुने गरेको छ । मानिसको लागि यो बुझ्नु महत्वपूर्ण हुन्छ कि नियमित रूपले मध्यम तीव्रता किसिमको व्यायामका साथै सम्पूर्ण शरीरको तौल ५ प्रतिशतको कमीले पनि टाइप २ डायबिटीजको जोखिमलाई ५० प्रतिशत भन्दा बढि कम गर्न सक्छ ।

डा.लम्सालका अनुसार आहारले एक व्यक्तिको तौलका कारण स्वतन्त्र डायबिटीजको जोखिमलाई प्रभावित गर्छ । टाइप २ डायबिटीजको एक ‘साइलेन्ट किलर’ को रूपमा चिनिन्छ । जबसम्म यसको निदान हुन्छ तबसम्म अन्य सम्बन्धीत स्वास्थ्य समस्या उत्पन्न भइसक्छ ।

उनका अनुसार जो व्यक्ति मोटो हुन्छ उसले कार्बोहाइड्रेटको सेवन गर्नबाट टाँढा बस्नुपर्छ । किनकी यसले रगतको मात्रा र इन्सुलिन उत्पादनलाई बढाउँछ । इन्सुलिन प्रतिरोध भएका व्यक्तिमा यसको वृद्धिले तौल बढ्न सक्ने सम्भावन बढि हुन्छ । त्यसबाहेक प्रत्येक दिन लगभग ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्नुपर्छ ।

स्वस्थ रहनका लागि अपनाउनुस् यी उपाय

प्रत्येक दिन नियमित व्यायाम गर्नुका साथै स्वस्थ र सन्तुलित भोजन सेवन गर्नुपर्छ ।

नियमित रुपमा आफ्नो शरीरमा रगतको स्तरलाई जाँच गराउनुपर्छ ।

अनावश्यक तनाव लिनबाट जोगिनुका साथै ध्यान र योग जस्ता क्रियाकलापको माध्यमबाट तनाव कम गर्नुपर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हामीले कुन समयमा कति खाना खाने ? यसरी मिलाएर खाएमा न रोग लाग्छ न भोक !

प्राय मानिसले पटक पटक खाना खाएपनि छिनछिनमा भोक लागिरहेको हुन्छ । हामिले पेटको भोक निको पार्नलाई हलुका भोजन खानु पर्ने हुन्छ । तर पनि हामिलाई त्यो भोजन खाएको आधा घन्टामा फेरि पनि भाेक लागेको हुन्छ । त्यसो त भोक लाग्नु शरीरलाई राम्रो हो । आवश्यक भन्दा वढी भोक लाग्नु कुनै रोगको कारण पनि हुन सक्छ ।

खानामा प्रोटिन र फइबरको ,कमि भयो भने प्रतेक व्यक्तिको पेट खालि र जतिखेर पनि भोक लागे जस्तो हुन्छ । तसर्थ यि प्रोटिनय्क्त खाने कुरा खादा पेट भरिएजस्तो अनुभव हुन्छ । कम व्यालोरिको कमिले गर्दा छिटो भोक लाग्छ । यसले शरीरलाई काम गर्नका लागि सम्पूर्ण आहारा दिन्छ । त्यसैले भरपुर्ण खानेकुरा खानुपर्दछ र प्रत्येक व्यक्ति थोरैमा पनि कम्तिमा आठ घण्टा सुत्नुपर्न हुन्छ ।

यकारण पुरा निद्रा लिदा पेट ठिक हुने भोक नलाग्ने समस्या बाट बच्न सकिन्छ । अधिकाँश मानिस बिहानको खाना खादैनन यसले गर्दा समस्या आउँछ र जतिखेर पनि भोक लागेजस्तो हुन्छ । केहि मानिसहरु छिटो छिटो खाना खान्छन नचपाईकन खाँदा खानेकुरा पच्दैन अनि पेटसम्बन्धी समस्या आइलाग्छ । त्यसैले खानेकुरा जहिलेपनि चपाएर खानुस् । खाना जति राम्ररी पच्छ, त्यति कम भोक लाग्छ ।

भोजनको नियम बारे जानिराखाैँ, कुन सिजनमा के खाने ?

कृतिले मौसम अनुसार विभिन्न अन्न-उत्पादन दिएको छ । जाडो वा गर्मी उत्पादन हुने अन्न, फलफूल, सागसब्जीले हामीलाई त्यही मौसममा हुनसक्ने संभावित समस्याबाट बचाउँछ । बाषिर्क चक्र अनुसार नै विभिन्न फल, अन्न, सागसब्जी उत्पादन हुन्छ । यसरी मौसमी रुपमा प्राकृतिक रुपले उत्पादन भएका खानेकुराले शरीरमा आवश्यक पोषक तत्व प्रदान गर्छ ।

हरेक ऋतुका लागि सोहि अनुसारको खानेकुरा प्रकृतिले दिएको छ । यसरी प्राकृतिक रुपमा उत्पादन भएको मौसमी खानेकुराले हामीलाई संभावित रोगबाट बचाउँछ ।

शिशिर ऋतु

यस मौसममा मुँगको दालको खिचडी, अदुवा वा यस्तै गरम प्रकृतिको भोजन गर्नुपर्छ । चटपटे, चिसो खानेकुरा सेवन गर्नु हुँदैन ।

बसन्त ऋतु

यस मौसमा जौ, चना, गहुँ, मूँग, मसुरको दाल, वैगुन, मुला, परवल, करेलाको सब्जी खानुपर्छ । साथै केरा, सुन्तला, अवला सेवन गर्नुपर्छ । मेथी, जीरा, हिंग, काक्रा आदि पनि लाभदायक हुन्छ ।

ग्रीष्म ऋतु

पुरानो गहुँ, जौ आदि उपयोगी हुन्छ । दुधजन्य परिकार, आँप, करेला, परवल, तरबुजा सेवन गर्नुपर्छ ।

वर्षा ऋतु

खीर, दही, खिचडी एवं हल्का र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । यस सिजनमा पाचन शक्ति कमजोर हुन्छ । त्यसैले गरिष्ठ एवं मसलेदार, चिल्लो, पिरो खानेकुरा सेवन गर्नु हुँदैन ।

शरद ऋतु

शीत ऋतुमा खाएको कुरा सजिलै पच्छ । यतिबेला गरिष्ठ भोजन पनि पचाएर शरीरले शक्ति ग्रहण गर्छ । तातो दुध, घिउ, गुड, मिश्री, अमला, कागति, अनार, नरिवल, गोभी सेवन गर्नु राम्रो हुन्छ ।

हेमन्त ऋतु

यो सिजनमा पौष्टिक एवं भिटामिनले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।

आवश्यक छ भोजनको नियम

भोजन गर्नुको उदेश्य केवल भोक मेट्नु मात्र होइन । यसको प्रभाव तन, मन एवं मस्तिष्कमा पर्छ । के भनिन्छ भने, गलत ढंगले आर्जन गरेको भोजनले मनलाई दुषित गर्छ ।

त्यस्तै, तारेको, भुटेको, मसलेदार, बासी, एवं गरिष्ठ भोजनले मस्तिष्कमा काम, क्रोध, तनाव आदि पैदा गर्छ । पाचन यन्त्रलाई पनि खराब गर्छ । भोक लागेको भन्दा धेरै कम र धेरै बढी खानेकुराले शरीरलाई रोगग्रस्त बनाउँछ ।

भोजनले उर्जाका साथै सप्त धातु -रगत, मासु, छाला, हड्डी आदि) पुष्ट हुन्छ । केवल खाना खाएर मात्र उर्जा मिल्दैन । खाना खाएपछि त्यसलाई पचाउने क्षमता पनि हुनुपर्छ । पाचन क्षमताका लागि सुपाच्य, स्वस्थ्य, पोषिलो खानेकुरा आवश्यक हुन्छ । त्यस्तै, शारीरिक सक्रियता पनि चाहिन्छ । नियमित व्यायामको खाँचो हुन्छ ।

खाना समय अनुसार खाने कि भोक लागेपछि मात्र ? जानौं फाईदा र बेफाईदा

हामी आजकाल शरिरको आवश्यकताका लागि भन्दा पनि समयका लागि खाना खाने भएका छौं । हामी यति ब्यस्त भएका छौं की खाना खानका लागि पनि कयौंले समय तालिका बनाएका हुन्छौं । तर समय ब्यवस्थापनको यो तरिका सबै तरिकाले हानी नै गर्ने भने अवश्य छैन ।

विहान १० बजे घडि हेर्दै भन्छौं, ‘अहो दश बजिसकेछ अब त खाना खानुपर्छ ।’ अनि अलि विहानको समयमा भन्छौं, ‘बल्ल सात बजेको छ के खाना खानु यत्ति छिटो ?’

अब विचार गर्नुहोस् । हामी आफ्नो आवश्यकता अनुसार चलेका छौं त ? खानाको कुरामा पनि हामीलाई घडिले कजाईरहेको छ । हरेक सेकेण्ड उत्तिकै महत्वपूर्ण ठान्ने हामी आफ्नो शरिरलाई महत्व दिएकै हुँदैनौं । फलस्वरुप आजकाल मानिसहरुलाई लाग्ने रोगका प्रकृतिहरु पनि बदलिएका छन् । मानिसलाई लाग्ने अधिकांश रोगहरु खानपानकै कारण लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

त्यसो भए समयमै खाने कि भोक लागेपछि ? थाहा पाउनुस् भोजनको नियम

भोक लागेपछि खाना खानुका फाइदा

१. शरीरको आवश्यकता पुरा हुन्छ

२. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ

३. थकान कम हुन्छ

४. काममा ध्यान केन्द्रित गर्न सकिन्छ

५. खाना खानकै लागि समय कुरिरहनु पर्दैन

भोक लागेपछि मात्र खाना खाँदाका बेफाइदा

१. सही पोषकतत्व प्राप्त गर्न सकिन्न

२. आवश्यकताभन्दा बढि खाइन्छ

३. समय व्यवस्थापन गर्न गाह्रो हुन्छ

समयअनुसार खाना खाँदाका फाइदा

१. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ

२. एसिडिटी र थकान हुँदैन

३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ

४. समय व्यवस्थापन गर्न सजिलो हुन्छ

समयअनुसार खाना खाँदाका बेफाइदा

१. भोक मर्छ

२. खाना नाश हुन्छ

३. पेटमा विभिन्न किसिमका समस्या हुन सक्छ

४.जबरजस्ती खाँदा खाना रुच्दैन

५. चाँडै थकान हुन्छ

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।