जिममा गएर तपाई घण्टौं पसिना बगाउनुहुन्छ । तर यदि तपाई यी ५ खानेकुरा खानुहुन्न भने त्यो सबै बेकार हुन जान्छ । यदि तपाई स्वस्थ्य रहन चाहनुहुन्छ भने जिम जानुका साथ साथै नियमित यी ५ खानेकुरा पनि खाने गर्नुहोस् ।

जौं

फिट र हेल्दी रहनु छ भने फाइबर आवश्यक पर्छ । यस्तोमा जिम जानुका साथै ब्रेकफास्टमा अन्य खानेकुराको ठाउँमा जौंबाट बनेका खानेकुरा खानुहोस् । जौंमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, खनिज तथा भिटामिन प्रचुर मात्रामा हुन्छन् । यसले शरीरलाई पर्याप्त मात्रामा फाइबर पनि पाइन्छ । जौंबाट अतिरिक्त फ्याट पनि मिल्दैन्, जो शरीरमा मोटोपन बढाउन मद्दत गर्छ ।

केरा

जिम जानेबेला धेरै इनार्जी आवश्यक पर्छ । यस्तोमा मात्र अन्न खानाले शरीरलाई आवश्यक पर्ने उर्जा प्राप्त हुन सक्दैन । तपाईले केरा खानु जरुरी छ । किनकी केरामा थाइमिन, नियासिन फोलिक एसिडको रुपमा भिटामिन ए र बी पर्याप्त मात्रामा हुन्छ । यसका अतिरिक्त केरा उर्जाको लागि राम्रो स्रोत पनि मानिन्छ । जसले तपाईको शरीरलाई उर्जावान बनाउन मद्दत गर्नेछ ।

माछा पनि खानुहोस्

जिममा वर्कआउट गर्दा मांसपेशीमा दबाव पर्छ । यस्तोमा यदि हामीले मांसपेशीलाई बलियो बनाउन कुनै विशेष खानेकुरा खाएनौं भने कमजोरी बढ्ने डर हुन्छ । यसकारण जिम जाने व्यक्तिले माछा खानु जरुरी हुन्छ । माछाले मांसपेशी निर्माण गर्न तथा बोसो कम गर्न मद्दत गर्छ ।

ब्रोकाउली

हड्डीलाई बलियो बनाइराख्न आइरनको धेरै आवश्यकता हुन्छ । यस्तोमा ब्रोकाउली खाने गर्नुहोस् । ब्रोकाउलीमा प्रचुर मात्रामा आइरन, प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, क्रोमियम, भिटामिन ए र सी पाइन्छ । जो शरीरका लागि धेरै लाभदायक हुन्छ ।

अण्डा

अण्डा नखाएर बडि बनाउनु अपूरो मानिन्छ । मशल्स बनाउन तथा फिट रहनका लागि प्रोटीन धेरै आवश्यक हुन्छ । एक अण्डामा ६ देखि ८ ग्राम प्रोटीन पाइन्छ । यसकारण जिम जाँदा तपाईले दैनिक ५–६ ओटा अण्डा खानु जरुरी हुन्छ ।

दैनिकरूपमा यी पाँच खानेकुरा अवश्य खानुहाेस्

भनिन्छ स्वास्थ्य नै ठुलाे धन हाे । स्वास्थ रह्याे भने न धन पनि अाउँछ । अाजभाेलीकाे बीजि दैनिकिमा कतिलार्इ खान फुर्सद समेत हुँदैन् ।

हामीले अाफ्नाे शरीरमा शक्ति सन्चय गर्न र पाेषण तत्वका लागि कम्तीमा पनि यी पाँच खानेकुरा खानुर्पछ ।

१. ठुलाे बदाम : यसले हाम्राे शरीरमा प्राेटिन, भिटामि इ, फाइबर अादि प्रदान गर्छ । यसले मुटुका बिरामी, सुगर, कफ जस्ता बिरामीका लागि पनि फाइदा पुर्याउँछ ।

२. अण्डा : हाम्राे शरीरमा यसले प्राेटिन अाइरन भिटामिन बि अादि प्रदान गर्छ । साथै कपाललार्इ पनि फाइदा पुर्याउँछ । यसले मुटुका बिरामीलार्इ पनि फाइदा पुर्याउाछ ।

३. ब्राेकाउली : यसले हाम्राे शरीरमा भिटामिन, मिनरल्स अादि प्रदान गर्छ । यसले क्यान्सर, लाे-प्रेसर, काेलेस्टाेरेल जस्ता बिरामीका लागि पनि फाइदा पुर्याउँछ ।

४. केरा : यसले हाम्राे शरीरमा भिटामिन, अाइरन अादि प्रदान गर्छ । दिनमा २ वटासम्म केरा खाँदा यसले स्वास्थ्यमा फाइदा पुग्छ ।

५. साल्माेन माछा : यसले मुटु, क्यान्सर, डिप्रेसनका बिरामीलार्इ फाइदा पुर्याउँछ ।

दैनिक रूपमा यी पाँच चीज खानुहुन्छ भने तपाइ स्वस्थ रहनुहुन्छ ।

यी हुन् हड्डी बलियो बनाउने पाँच खानेकुरा

क्याल्सियम तथा भिटामिन डी जस्ता पोषण तत्व स्वस्थ हड्डीका लागि अनिवार्य तत्व हुन् । भिटामिन डी ले क्याल्सियम सोस्ने क्षमतामा वृद्धि गर्नुका साथै हड्डीको वृद्धिमा मद्दत पुर्याउँछ ।

हड्डीको रोग ओस्टीयोपोरोसिसको मुख्य कारण भिटामिन डी को कमी हो । त्यसैले हड्डीलाई स्वस्थ र मजबुत बनाउन हाम्रो खानामा भिटामीन डी र क्याल्सियम प्रसस्त पाइने खानाहरु अनिवार्य रुपमा समावेश हुनुपर्छ ।

दुध :

दुधमा प्रसस्त मात्रामा क्याल्सियम पाइनुका साथै भिटामीन डी पनि पाइन्छ । दिनको एक गिलास दुध पिउनु हड्डीको मजबुतीका लागि महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् । दुधका साथै दही, तथा चिजको सेवन पनि नियमित गर्नु राम्रो हुन्छ ।

केरा :

हड्डीको स्वास्थ्यका लागि केरा निकै लाभदायी फल हो । केरामा प्रसस्त मात्रामा क्याल्सियमका साथै पोटासियम लवण पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै प्रोटिनको सस्लेषण बढाउने र शरीरबाट क्याल्सियम क्षय हुने दर घटाउँछ ।

हरियो सागपात :

हरियो सागपात तथा कोसे तरकारीहरुमा पर्याप्त क्याल्सियमका साथै भिटामिन समेत पाइन्छ । यस्ता सागपात र तरकारीले हड्डीमा लवणहरुको घनत्व बढाउँछ ।

बदाम :

बदाम, ओखर जस्ता खानेकुराहरुमा प्रसस्त मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ । साथै यस्ता खानेकुरामा उपयोगी फ्याट्टी एसिड पनि पाइन्छ जसले हड्डीको क्षयिकरण रोक्न मद्दत गर्छन् र हड्डीको निर्माणमा सघाउ पुर्याउँछ ।

माछा, मासु र अण्डा :

माछा, मासु र अण्डा पनि हड्डी स्वस्थ राख्न खानुपर्ने महत्वपूर्ण खानेकुराहरु हुन् । यसले हड्डीलाई मजबुत बनाउनुका साथै हड्डीको विकाशमा समेत सहयोग पुर्याउँछ ।

दुधसँग नखानुहोस् यी पाँच खानेकुरा

भिटामिन, मिनरल्सका पाइने भएकाले दुध पिइन्छ । तर आयुर्वेदको नियम अनुसार दुध सँथै केही खानेकुरा खानुहुँदैन ।

कागती, कटहरसँग दुध हानिकारकः

दुधसँग कागती, कटहर, करेला वा नुनको कहिले पनि सेवन गर्नुहुँदैन । दुधसँगै यी खानेकुराको सेवनले छालाको रोगजस्तै दाद, एलर्जी, सोराइसिसलगायत लाग्ने गर्दछ ।

दुधसँग दालः

दुधसँग मुँग, चनालगायतका लगभग सबै दालको सेवन गर्नुहुँदैन । यस्तै, गाजर, आलू, तेल, गुँद, मह, दही, नरिवल, लसुन, सबै नुनिलो खानेकुरा खानुहँदैन । यसबीच कम्तीमा दुई घण्टाको अन्तर आवश्यक छ । दुधसँगै दालको सेवनले हृदयघातको खतरा बढ्ने गर्छ ।

दुधसँग मूलाः

दुधलाई कहिले पनि अमिलो र नुनिलो खानेकुरासँग खानुहुँदैन । यसका साथै यदि कुनै खाद्य पदार्थमा मूला प्रयोग गरिएको छ भने यसलगत्तै दुध खानुहुँदैन । यस्तो गर्दा दुध विषाक्ता हुन्छ साथै छाला सम्बन्धि रोगको आशंका हुन्छ । मूलाबाट बनेको खानेकुरा खाँदा कम्तिमा दुई घण्टापछि मात्र दुध पिउनुहोस् ।

माछासँग दुधः

दुधसँग माछा खानुहुँदैन । यसो गर्दा ग्याँस, एलर्जी र छालासम्बन्धि रोग लाग्न सक्छ ।

फलफूल र दुधः

दुधसँग सुन्तलाजस्ता अमिलो फलफूलको सेवन गर्नुहुँदैन । ब्रत बस्दा मानिसहरु केरासँग दुध खान्छन् जुन गलत हो । केराले कफ बढाउँछ भने दुधले पनि कफ बढाउन सहयोग गर्दछ । दुबै खाँदा कफको मात्रामा वृद्धि हुन्छ र पाचनमा पनि असर पर्दछ ।

खाना समयमै खाने कि भोक लागेपछि ?

हामी आजकाल शरिरको आवश्यकताका लागि भन्दा पनि समयका लागि खाना खाने भएका छौं । हामी यति ब्यस्त भएका छौं की खाना खानका लागि पनि कयौंले समय तालिका बनाएका हुन्छौं । तर समय ब्यवस्थापनको यो तरिका सबै तरिकाले हानी नै गर्ने भने अवश्य छैन ।

विहान १० बजे घडि हेर्दै भन्छौं, ‘अहो दश बजिसकेछ अब त खाना खानुपर्छ ।’ अनि अलि विहानको समयमा भन्छौं, ‘बल्ल सात बजेको छ के खाना खानु यत्ति छिटो ?’

अब विचार गर्नुहोस् । हामी आफ्नो आवश्यकता अनुसार चलेका छौं त ? खानाको कुरामा पनि हामीलाई घडिले कजाईरहेको छ । हरेक सेकेण्ड उत्तिकै महत्वपूर्ण ठान्ने हामी आफ्नो शरिरलाई महत्व दिएकै हुँदैनौं । फलस्वरुप आजकाल मानिसहरुलाई लाग्ने रोगका प्रकृतिहरु पनि बदलिएका छन् । मानिसलाई लाग्ने अधिकांश रोगहरु खानपानकै कारण लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

त्यसो भए समयअनुसार खाने कि भोक लागेपछि मात्र ? जानौं केहि फईदा–बेफाईदाः

भोक लागेपछि खाना खानुका फाइदा

१. शरीरको आवश्यकता पुरा हुन्छ

२. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ

३. थकान कम हुन्छ

४. काममा ध्यान केन्द्रित गर्न सकिन्छ

५. खाना खानकै लागि समय कुरिरहनु पर्दैन

भोक लागेपछि मात्र खाना खाँदाका बेफाइदा

१. सही पोषकतत्व प्राप्त गर्न सकिन्न

२. आवश्यकताभन्दा बढि खाइन्छ

३. समय व्यवस्थापन गर्न गाह्रो हुन्छ

समयअनुसार खाना खाँदाका फाइदा

१. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ

२. एसिडिटी र थकान हुँदैन

३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ

४. समय व्यवस्थापन गर्न सजिलो हुन्छ

टाइमअनुसार खाना खाँदाका बेफाइदा

१. भोक मर्छ

२. खाना नाश हुन्छ

३. पेटमा विभिन्न किसिमका समस्या हुन सक्छ

४.जबरजस्ती खाँदा खाना रुच्दैन

५. चाँडै थकान हुन्छ

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।