महामानव गौतम बुद्धको जीवन र जगतलाई हेर्ने नजर आज पनि निकै सटीक र सुझबुझपूर्ण लाग्छन् । उनी हरेक कुरालाई निकै साधारण उदाहरणबाट हल गर्दथे ।

बुद्धलाई एक शिष्यले सोधेछन्- ‘मृत्युपछि के हुन्छ, तपाईंले आजसम्म यसबारे किन केही बताउनुभएन ?’

शिष्यको कुरा सुनेपछि मुस्कुराउँदै बुद्ध बोलेछन्- ‘पहिले मेरो एउटा प्रश्नको जवाफ देऊ, त्यसपछि म बताउने छु मृत्युपछि के हुन्छ भनेर ।’

शिष्यले ‘हवस् !’ भनेपछि बुद्धले सोधेछन्- मानौं तिमी कतै जाँदैछौ । विषले भरिएको एउटा तीर तिम्रो शरीरमा आएर लाग्यो । अब भन, पहिला त्यो तीर निकालेर फाल्छौ कि यो कताबाट आयो, कसलाई निशाना बनाइएको थियो, यो यहाँबाट पार गरेको भए कसलाई लाग्थ्यो, के हुन्थ्यो भन्ने प्रश्नको जवाफ खोज्नतिर लाग्थ्यौ ?’

शिष्यले जवाफ दिए- ‘म पहिला विषले भरिएको तीर नै शरीरबाट निकालेर फाल्थें, नत्र सबै विष मेरो शरीरमा फैलिहाल्छ नि !’

बुद्ध बोले- बिल्कुल ठीक भन्यौ तिमीले । अब तिमी आफैं भन पहिले यो जीवनलाई कसरी साकार पार्ने, दु:ख निवारण कसरी गर्ने भनेर सोच्ने कि मृत्युपछि के हुन्छ भनेर जीवन बर्बाद पार्ने ? जुन कुरा हाम्रो हातमा नै छैन, त्यसबारे सोचेर किन समय बर्बाद पार्छौ ? हाम्रो हातमा सिर्फ कर्म छ । त्यसबारे मात्र सोच्नुपर्छ, जुन कुरा हाम्रो हातमा छ ।

यति भनेपछि शिष्यले बुझिहाले, उनको जिज्ञासा शान्त भयो ।

गौतम बुद्दको १० महान भनाईहरु :

१) सुख चाहानेले सधैँ आफूलाई सन्तुष्ट राख्नु पर्दछ, सन्तोष नै सबैभन्दा ठुलो सुख हो।

२) जसले आफ्नो चित्नलाई जित्न सक्दछ, उसलाई कसैले पनि जित्न सक्दैन सक्दैन।

३) जागरुकताका साथै संयक जानकारी युक्त पनि हुनुपर्दछ, अगाडि बढ्दै र पछाडि हट्दै स्वयलाई संयममा राख्नुपर्दछ।

४) घर आपसी सदभावना र प्रेम, बृद्द श्रद्दा र किशोरलाई सम्मान भएको ठाउँ हुनुपर्दछ। परिवारमा सदस्यहरुमा कुनै स्वार्थ हुनुहुदैन।

५) मानसिक दु:ख बराबर अर्को दु:खदायी घाउ हुदैन।

६) घृणा मनुष्यका लागि हानिकारक छ,आफूभित्र घृणालाई स्थान दिने मानिस आफ्नो नियन्त्रण छोड्छ।

७) एकाग्र भएको चित्तले नै पूर्ण स्थिरतालाई प्राप्त गर्दछ, कुशल चित्तको एकाग्रता नै समाधि हो।

८) जागरुकताको अभ्यास गर्नुपर्छ, जागरुकतायुक्त हुनुपर्छ।

९अन्यबात होइन कर्मबाट मानिस शुद्र वा व्रामहान जातिका हुन्छन।

१०) जसले तृष्णालाई बढाउँदछ, जसले उपाधिलाई बधाउँद्छ, जसले उपाधिलाई बढाउँदछ, उसले दु:खलाई बढाउँदछ।

मृत्युपछि के हुन्छ ?

हुन त म मृत्युपछि के हुन्छ भन्ने प्रश्नको कुनै अखण्डनीय कुराको दाबी गर्न सक्छु । तर, हुने चाहिँ यस्तो हो : तपाईं बाँचुन्जेल खाना खानुहुन्छ । हामीले खाने खानामा क्यालोरी हुन्छ । क्यालोरी भनेको ऊर्जा मापन गर्ने एकाइ हो । तपाईं खाना खानुहुन्छ, र तपाईंको शरीरमा ऊर्जा उत्पादन हुन्छ । त्यो ऊर्जालाई तपाईं प्रयोग गर्न सक्नुहुन्छ । आधारभूत रुपमा भन्नुपर्दा हाम्रो शरीरको तापक्रम स्थीर रहनुको कारण नै यही हो । हाम्रो शरीरको तापक्रम हरेक समय ९८.६ डिग्री फरेन्हाइट हुन्छ ।

कुनै पनि चीजको तापक्रम वायुमण्डलको तापक्रमभन्दा माथिको तापक्रममा कसरी स्थीर राख्न सकिन्छ ? पक्कै पनि तपाईंको शरीरले ऊर्जा उत्पादन गरिरहेको हुन्छ र त्यही ऊर्जाले शरीरको तापक्रम स्थीर हुन मद्दत गर्ने हो । स्थीर किन राख्नुपर्यो त ? किनभने, जैविक रुपमा हाम्रो शरीरलाई आफ्ना कार्यहरु गर्नको लागि त्यति तापक्रमको आवश्यकता पर्छ । त्यति मात्र होइन, तपाईंलाई हिँड्नको लागि, यताउता चल्नको लागि पनि ऊर्जाको खाँचो पर्छ । त्यसैले हामी खाना खान्छौँ ।

अब कुरा आउँछ हाम्रो मृत्युपछि के हुन्छ त ? हाम्रो मृत्यु हुँदा हाम्रो शरीरले ऊर्जा उत्पादन गर्न सक्दैन (किनभने, ऊर्जा उत्पादनको लागि हाम्रो शरीरले खाना खाएको हुँदैन, खानाबाट ऊर्जा उत्पादन गर्नको लागि खानासँग प्रतिक्रिया गर्नको लागि अक्सिजन शरीरभित्र छिरेको हुँदैन र अक्सिजन हरेक कोष–कोषमा पुर्याउनको लागि रक्तसंचार क्रियाशील हुँदैन) ।

त्यसैले शरीरको तापक्रम घट्न थाल्छ । कतिसम्म घट्छ त ? वायुमण्डलको तापक्रम जति छ, त्यतिसम्म । यदि तपाईंले मृत्यु भइसकेको व्यक्तिको हात छुनुभयो भने तपाईंको पहिलो प्रतिक्रिया हुन्छ, ‘शरीर त चिसो छ !’ होइन ! शरीर चिसो हुँदैन ! शरीरको तापक्रम त वायुमण्डलको तापक्रम जति छ, त्यति नै हुन्छ । तर, तपाईंको आफ्नो हात त ९८.६ डिग्री फरेन्हाइटसम्म तातो छ नि त !

मृत शरीरमा ऊर्जा उत्पादन हुने कार्य भइरहेको हुँदैन । शरीरका हरेक अणुहरुमा ऊर्जा सञ्चित भएर बसेको हुन्छ । मृत शरीरलाई जलाइयो भने उक्त सञ्चित ऊर्जा तापमा परिणत हुन्छ र उक्त तापले हावालाई तताउने काम गर्छ । सो तातो हावा अन्तरिक्षमा जान्छ । तर, मेरो मृत्युपछि म चाहन्छु कि मेरो मृत शरीरलाई गाडियोस् ।

मेरो शरीरलाई गाडियो भने मेरो शरीरका अणुहरुले जीवनभर सञ्चित गरेको ऊर्जा सूक्ष्म किटाणुहरुले प्रयोग गर्छन्; ब्याक्टेरिया तथा अन्य किटाणुहरुले मेरो मृत शरीरको ऊर्जा आफ्नो जीविका चलाउन प्रयोग गर्छन् । त्यसैले मेरो शरीर पृथ्वीकै जीवजन्तुमा फर्कन्छ । र, जीवनको एक चक्र समाप्त हुन्छ । मलाई थाहा छ कि त्यस्तो हुनेवाला छ, किनकि मेरो शरीरमा सञ्चित ऊर्जा कहाँ जान्छ भन्ने कुरा हामी मापन गर्न सक्छौँ ।

तर, मेरो चेतनालाई के हुन्छ त ? अब मेरो चेतना कहिल्यै फर्किनेवाला छैन । चेतना फर्किन्छ भन्ने कुराको कुनै प्रमाण छैन । वास्तवमा अब ‘म’ नै हुन्नँ । तर, के त्यो त्यति अनौठो छ र ? आफू जन्मिनुभन्दा अगाडि तपाईंको केही चेतना थियो र ? मेरो मतलब, जन्मिनुभन्दा अगाडि के तपाईं ‘म अहिलेसम्म पृथ्वीमा किन जन्मिनँ ? मलाई पृथ्वीमा जन्म लिनु छ ! म कहाँ छु ?’ भनेर कतै बसेर चिच्याइरहनुभएको थियो र ? पक्कै थिएन । त्यो त सिर्फ गैरअस्तित्वको अवस्था थियो ।

तर, अब म जन्मिसकेको छु र मलाई आफ्नो अस्तित्वको आभाष भइसकेको छ । यो स्थितिमा पक्कै पनि मलाई आफ्नो गैरअस्तित्वको अवस्थाको बारेमा विचार गर्दा केही अनौठो पक्कै लाग्छ । हामी सबैलाई मृत्युदेखि डर हुन्छ, किनकि हामीले आफू जन्मिएको पलदेखि जीवनभर अनुभव गर्ने भनेको जीवन हो । तर यसमा म अलि भिन्न तरिकाले हेर्न चाहन्छु । यदि सम्भव हुने भए के म अमरत्व चाहन्थेँ त ?

पक्कै पनि अमरत्वको बारेमा सोच्नु निकै रमाइलो हुन्छ । तर, म यसलाई यसरी हेर्छु : मेरो मृत्यु निश्चित छ भन्ने कुराको ज्ञानले नै म बाँच्नमा केन्द्रित हुन्छु, जीवनमा केही उपलब्धि पाउनुपर्छ भन्ने कुराको मलाई महसुस हुन्छ, माया व्यक्त गर्नुपर्छ भन्ने महसुस हुन्छ; त्यो पनि अहिले नै, पछि होइन ! यदि हामी सधैं बाँचिरहने भए बिहान ओछ्यानबाट किन उठ्नुपर्यो र ? किनकि, भोलि त सधैं आउँछ नि ! म त्यस्तो जीवन बाँच्न चाहन्न । मलाई मृत्युको डर छैन; डर छ त त्यस्तो जीवन बाँच्ने जहाँ मैले केही उपलब्धि हासिल गर्न सक्थेँ, तर गरिनँ । मलाई मृत्युको डर छैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।