स्वास्थ्य एक अनिवार्य विषय हो र भ्रम जीवनको सत्य । हामी भ्रममा जीवन विताइरहेका हुन्छौं । चिकित्सालाई लिएर पनि हामीमा अनगिन्ती भ्रम हुन्छ । त्यसको निदान खोज्नमा पनि हामी उत्सुक हुँदैनौ । हामी यस्ता कति व्यक्ति भेट्छौ, जो केही न केही भ्रमबाट जेलिएका हुन्छन् । त, स्वास्थ्यका सम्बन्धमा के कस्ता भ्रम हुन्छ त ?

रोग हाम्रो सत्रु हो ?

चिकित्सा क्षेत्रको सबैभन्दा ठूलो भ्रम हो, रोग हाम्रो सत्रु भन्ने । यो भन्दा ठूलो भ्रम केही छै्रन । रोग त हाम्रो मित्र हो । ज्यान लिने रोग क्यान्सर, एड्स, हृदयघात जस्ता रोगको कुरा होइन यो । सामान्य रोग, जस्तो वान्ता, ज्वरो, झाडापखला, रुँघा आदि समस्या शरीरका लागि हानिकारक छैन । यस्ता समस्याले शरीरको विषाक्त तत्व बाहिर निकाल्छ ।

जस्तो हामी जब कुनै दुषित भोजन गर्छौं, तब शरीरले के गर्छ ?

वान्ता हुनसक्छ, झाडापखला लाग्न सक्छ । यो भनेको शरीरभित्र रहेको विषाक्त पदार्थ बाहिर निस्किएको हो । त्यसो भए वान्ता हुनु, झाडापखला लाग्नु शरीरले गल्ती गरेको हो ? यदि हामी खराब खानेकुरा खान्छौं, त्यसमा रहेको विषाक्त तत्व शरीरमा जम्मा हुन्छ । त्यसले भित्री अंगहरुको कार्य संचालनमा अवरोध पुर्‍याउँछ । त्यसैले यस्ता खानेकुरा खाएपछि शरीरले जुन किसिमको प्रतिक्रिया जनाउँछ, त्यो राम्रो हो ।

हामीलाई ज्वरो आउँछ । ज्वरो आउनसाथ हामी दबाई खाएर त्यसलाई दबाउने प्रयत्न गर्छौं । तर, शरीरमा कतिपय असन्तुलन भए, ज्वरो आउँछ । शरीरको तापमान बढ्छ । यसरी तापमान बढ्दा शरीरमा ब्याक्टेरिया वा भाइरसको बृद्धिदर कम हुन्छ । संक्रमणको संभावनालाई कम गर्ने प्राकृतिक उपाय हो । अब सोच्नुहोस् त, ज्वरो हाम्रो सत्रु हो ?

खोकी लाग्नु पनि राम्रै हो । यदि त्यसो नहुँदो हो त हामी हजारौं रुपैयाँ खर्च गरेर पनि फोक्सोको कफ निकाल्न सक्दैनौं । खोकी लाग्नु भनेको फोक्सोको रक्षा गर्नु हो ।

दर्द निर्दयी हुन्छ

अक्सर जब शरीरमा कुनै पीडा हुन्छ वा दुखाई अनुभव हुन्छ, त्यसलाई दबाउनका लागि घातक पेनकिलर सेवन गर्छन् । तर, शरीरका यस्ता दुखाई आफैमा समस्या होइन । बरु संकेत हो ।

यो संकेतले के भन्छ भने, तिम्रो शरीरमा केही गडबड छ । तुरुन्तै उपचार गर्नुपर्छ । हाम्रो शरीरमा रहेको हीलिङ पावरले कतिपय रोगको स्वत् उपचार गरिरहेकै हुन्छ । कतिपय समस्या ठिक गरिरहेकै हुन्छ ।

जब उक्त हिलिङ पावरलाई तपाईंको सक्रियता चाहिन्छ, तब त्यसले संकेत पठाउँछ । ताकि, तपाईं उक्त समस्यालाई ठिक गर्नका लागि सहयोग गर्नुहोस् ।

तर, हामी यस्ता संकेतलाई बुझ्दैनौ र दबाउने प्रयास गर्छौं । कुनैपनि रोग लाग्नुअघि त्यसले संकेत गर्छ । शरीरका अंगमा केही न केही पीडा अनुभूत हुन्छ । यस्ता पीडाले संकेत गर्छ कि हाम्रो शरीरमा केही खराबी हुँदैछ ।

रोगको लक्षण

धेरै चिकित्सक अक्सर रोगको लक्षणको उपचार गर्छन् । अहिलेको चिकित्सा पद्धती त रोगको लक्षणमाथि नै उपचार गर्नमा केन्दि्रत छ । अर्थात शरीरमा कुनै लक्षण देखापर्छ, हाम्रा चिकित्सक त्यसैको उपचार गर्छन् । जबकी लक्षण आफैमा रोग होइन, बरु त्यसले अरु नै रोगको संकेत गरिरहेको हुन्छ ।

हामी लक्षणलाई दबाउँछ । नतिजा, भयानक रोगको शिकार बन्छौं ।

सामान्य कुरालाई रोग ठान्ने

हरेक दिन चिकित्सककहाँ यस्ता रोगी आइरहेका हुन्छन्, जो सामान्य कुरालाई रोग सम्झेर उपचारका लागि भड्किइरहेका हुन्छन् ।

जस्तो कतिलाई दिसा गर्नमा समस्या भइरहेको हुन्छ । हामी भन्छौं, हरेक दिन मल त्याग गर्नुपर्छ, नभए कब्जियत हुन्छ । यो भ्रम हो । जबकी दुई तीन दिनमा एक पटक मल त्याग गर्नु पनि त्यती असामान्य होइन । यो तथ्यलाई नबुझेर मान्छेहरु कब्जियत हटाउने चूर्ण सेवन गरिरहेका हुन्छन् । र, आफ्नो आन्द्रालाई खराब गरिरहेका हुन्छन् ।

कहिले काही सास बढ्न सक्छ, कहिले मांसपेशी दुख्न सक्छ, कहिले आँखा बिझाउन सक्छ । यी सामान्य कुरा हुन् । तर, हामी यसैलाई रोग पो होला कि भनेर डराउँछौं ।

दबाईको कुरा

चिकित्सा क्षेत्रमा एउटा ठूलो भ्रम के छ भने, रोग केवल दबाई अर्थात औषधीले मात्र ठिक हुन्छ । तर, दबाईले भन्दा बढी अन्य कुराले रोग ठिक हुन्छ । जस्तो सकारात्मक सोंच, यात्रा, धार्मिक कार्य, आरम, निद्रा, योगा, कसरत आदि रोगबाट मुक्ति पाउने सर्वोत्तम विकल्प हुन् ।

चिकित्सकले कुनैपनि रोगको लक्षण हेरर त्यसको औषधी दिन्छन् । उपचारको लागि सिफारिस गर्छन् । तर, शरीरको भाषा फरक हुन्छ । शरीरसँग यस्तो क्षमता हुन्छ, जसले प्राकृतिक रुपमै कतिपय रोग निर्मुल गर्न सक्छ । विभिन्न स्रोतबाट

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

यी रोगहरु भगाउनुहोस् ताली बजाएर

तालि बजाउनाले रगतको प्रवाहलाई सुचारू गर्न मद्दत गर्छ । तर, खाना खाएको एक घण्टापछि ताली बजाउनुपर्छ । हामी सामान्यतः खुशी हुँदा या कसैको खुशीमा सामेल हुँदा या कसैलाई प्रोत्साहित गर्दा ताली बजाउछौं ।

सही हो, ताली स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । तर, यसले मुटु, दम, फोक्सो, ग्याष्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्छ । राम्रो परिणाम पाउनुछ भने हातमा नरिवलको या तोरीको तेल लगाउनुपर्छ, ताकि शरीरले सोसोस् ।

फाइदाहरू

१. पाचन समस्यामा 

ताली पाचन समस्या भएकाहरूका लागि अचूक औषधि हो । तर, विधिसम्मत तरिकाले ताली बजाउनुपर्छ । ताली बजाउँदा दाहिने हातका चार औंलामा जोड पर्नुपर्छ । यो अभ्यास बिहान उठ्ने बित्तिकै कम्तीमा पनि १५ मिनेट गर्नुहोस् । जति बढी समय यो अभ्यास गर्नुहुन्छ, उति चाँडो तपाईंले परिणाम पाउनुहुन्छ ।

२. ढाड, घाँटी, जोर्नी दुख्नेहरुका लागि 

ढाड, घाँटी, जोर्नी दुख्नेहरुले दैनिक १५ देखि २० मिनेटसम्मको अभ्यास गरेमा समस्याबाट लाभ मिल्छ । यसका लागि औंलाले औंलामा जोड दिनुपर्छ । उपयुक्त विधिले चाँडो परिणाम दिन्छ । तर, गलत विधिले नराम्रो असर चाहिँ दिदैंन, ढुक्क पर्नुस् ।

३. गोलीगाँठाको समस्यामा

वृद्ध अवस्थाका व्यक्तिका लागि गोलीगाँठाको दुखाई बढी हुन्छ । यस्तो समस्यालाई तालीले दूर गरिदिन्छ । यसका लागि पनि दैनिक १५ मिनेटको अभ्यास आवश्यक पर्छ ।

४. न्युन रक्तचापमा 

यदि न्युन रक्तचापको समस्या छ भने सिधा भएर उभिनुहोस् र हात हावामा माथि उठाएर ताली बजाउनुहोस् समस्याबाट छुट्कारा मिल्छ ।

५. मुटु र फोक्सोका लागि

यदि कुनै व्यक्ति मुटु र फोक्सोसंबन्धी समस्याबाट पीडित छ भने ताली सही उपचार हुन सक्छ । तालीले मुख्य र सहायक धमनीहरुमा भएका अवरोध हटाई फिट र स्वस्थ पार्छ ।

६.बच्चाका लागि उपयुक्त अभ्यास

वैज्ञानिकहरुले ताली साना बच्चाका लागि प्रभावकारी अभ्यास हो भन्ने प्रमाणित गरिसकेका छन् । यसले बच्चाहरुको हस्तलेखन क्षमता र ज्ञानमा वृद्धि गर्छ । यसले बच्चाहरुलाई मिहिनेती पनि बनाउछ र बच्चाको दिमागको विकास गर्छ ।

७. रोग प्रतिरोधी क्षमतामा वृद्धि

तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र कुनै पनि रोगसंग लड्न सक्ने बनाउछ ।

नोट : ताली एक्युप्रेसरको एउटा रूप हो । कुनै गम्भीर रोग लागेको छ भने ताली बजाएर मात्र नबस्नुहोस्, तुरून्त चिकित्सकको सहयोग लिनुहोस् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।