हरेकको भान्सामा, हरेक छाक पाक्छ आलु । आलुको अनेक परिकार बन्छ । आलुलाई जसरी पनि खान सकिन्छ । उसिनेर खाए भयो । अरु तरकारीसँग मिसाउन सकियो । अचार बनाएर खान सकियो । तरकारी, खाजा सबै रुपमा आलु उपयोगी हुन्छ । पाचन यन्त्रमा सुधार, उच्च रक्तचाप नियन्त्रण, प्रतिरक्षा प्रणाली बलियो बनाउन आलु उपयोगी मानिन्छ ।

आलु स्वादिलो त हुन्छ नै, पौष्टिक पनि । आलुमा के पाइन्छ ?

– एउटा आलुमा १ सय १२ क्यालोरी उर्जा हुन्छ

– २ प्रतिशत प्रोटिन हुन्छ

– १ प्रतिशत खनिज हुन्छ

– ८० प्रतिशत पानी हुन्छ

– सय ग्राम आलुको खानयोग्य भागमा २२ दशमलव ९ प्रतिशत कार्वोहाइड्रेट हुन्छ

– ० दशमलव ६ ग्राम मिनरल्स हुन्छ

– आलु भिटामिन सिको राम्रो स्रोत हो तर, गल्ती गर्छौ

यद्यपी आलु पकाउने क्रममा हामी यस्तो गल्ती गर्छौ, जसले यसमा रहेको पौष्टिक तत्व नष्ट हुन्छ । र, आलुको पोषक तत्व त्यसको बोक्रामा बढी हुन्छ, जुन हामी ताछेर मिल्काउँछौ आलुको बोक्रा स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

१. बोक्रासहित आलुको तरकारी पकाउँदा यसको स्वाद त बढ्छ नै अतिरिक्त पोषण पनि प्राप्त हुन्छ । किनभने आलुको बोक्रा पोषक तत्वले भरिपूर्ण हुन्छ ।

२. बोक्रासहित आलुको सेवनले फाइबर पनि प्राप्त हुन्छ र पाचन सम्वन्धि समस्याहरुको सामना गर्नु पर्दैन ।

३. आलुको बोक्राको सेवनले तपाईंको मेटाबोलिज्म मात्र बढाउँदैन कि शरीरमा आइरनको कमी पनि पूरा गर्छ र एनीमियाबाट पनि बचाउँछ । आलुको बोक्रा आइरनबाट भरपुर हुन्छ ।

४. स्वास्थ्यका लागि मात्र नभएर सौन्दर्यका निम्ति पनि आलुको बोक्रा लाभदायक हुन्छ । आलुको बोक्रालाई छालामा रगड्दा छालाको चाउरीपन तथा दाग धब्बाबाट बच्न सकिन्छ ।

५. आलुको बोक्राले कपाललाई पनि मजबुत बनाउन सहयोग गर्छ । गर्मीमा त्वचालाई शीतलता प्रदान गर्न पनि आलुको बोक्रा काम आउँछ ।

आलुको बोक्रा नफाल्नुहोस्,

नेपालमा अधिकांशले आलुको बोक्रा नतासी पखालेर पकाउने गर्छन्, तर कतिपय भान्छामा सबैभन्दा पोषिलो आलुको बोक्रालाई नङ्ग्याएर त्यसको अस्तित्व लुटिने गरिन्छ। विशेष गरी, विवाह-व्रतबन्ध जस्ता पार्टीसमारोहमा यस्तो भूल गरिन्छ, जसको कारण आलुको स्वाद महत्वपूर्ण स्तरले गिरेको भेट्न सकिन्छ।

धेरैले बेवास्ता गर्ने आलुको बोक्रा किन फाल्नुहुँदैन त? यस्ता छन् कारणहरू:-

१. पौष्टिक तत्वले भरीपूर्ण

आलुमा हाम्रो शरीरलाई अत्यावश्यक पर्ने भिटामिन तथा खनीज पदार्थहरू पाइन्छन्।

२. अनुहारको चमकतामा आलुको बोक्रा

तपाईँको अनुहारमा जादु गर्न सक्छ आलुको बोक्राले! यसमा भएको एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुणले तपाईँको छालालाई स्वस्थ मात्रै होइन, त्यसमा चमकता पनि प्रदान गर्दछ।

३. कपालको सुन्दरताको लागि आलुको बोक्रा

कपाल झर्ने, नबढ्ने अनि फुस्रो हुने समस्याले सताएको छ भने आलुको बोक्रा लगा उनुहोस निकै फाईदा गर्छ ।

४. भाँडा चम्काउन आलुको बोक्रा

चाँदी तथा आल्मुनियमको भाँडाकुँडा, तामाले बनेको पुजाको सामग्रीमा कडा जिद्दी दाग लागेको छ भने आलुको बोक्रा प्रयोग गर्नुहोस्। अलि बाक्लो बोक्रा निस्कने गरी आलु तास्नुहोस् र त्यसैले भाँडा मस्काउनुहोस्। यसमा पाइने हलुका किसिमको एसिडले भाँडामा लागेको दागलाई हटाउन मद्दत गर्दछ।

५. गमलामा आलुको बोक्रा

अनेकौँ पौष्टिक तत्वले भरिएको आलुको बोक्रा खान मन पर्दै भने त्यसलाई अर्कै कामको लागि सदुपयोग गर्न सक्नुहुन्छ। घरभित्र राख्नुभएको फूलको गमलामा आलुको बोक्रा राख्नुहोस्। यो कम्पोस्ट मल बनेर फूलको डाँठलाई चाहिने पौष्टिक तत्व प्रदान गरी बिरुवाको वृद्धिमा टेवा पुर्याउँदछ।

आलुको बोक्रामा यति धेरै औषधीय गुण ?

तपाईँलाई थाह छ कि छैन ? फलफुल, तरकारीका बोक्रामा भरिपूर्ण पोषण हुने हुँदा बोक्रा सहित खानु लाभदायी हुने विज्ञहरु बताउछन् । यो कुरा हाम्रो भान्छामा सबैभन्दा बढी प्रयोग हुने चीज आलुमा पनि प्रयोग हुन्छ । अत आलुमा के के फाइदा हुँदा रहेछन् हेरौँ है त :

१. यदि तपाईँ उच्च रक्तचापबाट पिडीत हुनुहुन्छ भने आजैबाट आलुको बोक्रा ताछ्न बन्द गर्नुस् । आलुको बोक्रामा हुने पोटासियमले रक्तनलीको भित्तालाई आराम दिइ रक्तचाप घटाउन मद्धत गर्छ ।

२. रक्तचापको लागि मात्रै नभइ यसमा पाइने पोटासियमले मेटाबोलिजम रेट राम्रो राख्न पनि मद्धत गर्छ । त्यसैगरी मांसपेशी खुम्चिने, तन्किने कार्य र स्नायु कोषको कामको लागि पनि पोटासियम महत्वपूर्ण हुन्छ ।

३. आइरनको कमीले हुने एनिमिया ( रक्तअल्पता) ठिक गर्न पनि आलुको बोक्रा नताछि खाने गर्नुस्, किनभने आलुको बोक्रामा प्रसस्त मात्रामा आइरन पाइन्छ ।

४. आलुको बोक्रामा पाइने अर्को महत्वपूर्ण तत्व नियासिन(भिटामिन B3) हो । नियासिनले शरीरको कार्बोहाइड्रेटलाई शक्तिमा परिणत गर्न मद्धत गर्छ । यतिमात्र नभई नयाँ कोष बन्न र सुरक्ष गर्न पनि नियासिन जरुरी हुन्छ ।

५. आलुको बोक्रामा प्रसस्त मात्रामा फाइबर हुन्छ । यसले कोलेस्टेरोल घटाउन मद्धत गर्छ । कब्जियत दुर गर्न, कोलोन क्यान्सर हुन नदिन मद्धत गर्छ ।

६. खानुको अलावा आलुको बोक्रालाई अन्य रुपमा पनि प्रयोग गर्न सकिन्छ । आलुको बोक्राबाट रस निकाली त्यसलाई शरीरको कालो धब्बाहरुमा लगाउनाले छालामा चमक ल्याउन मद्धत गर्छ ।

७.आँखा फुल्ने तथा आँखामा हुने डार्क सर्कल ( कालो धब्बा) हटाउन आलुको बोक्रा फाइदा जनक हुन्छ । यसका लागिआलुको बोक्रा छिलेर त्यसलाई आँखाको वरीपरि लगाउन सकिन्छ ।

८. आलुको ब्रोक्राले टाउकोमा मालिस गर्नाले कपाल नभएको भागमा पनि रौ उमार्न मद्धत मिल्छ ।

आलु खानुका फाइदा :

सायद तपाई हामीमध्ये थोरैलाई मात्र थाहा होला की आलु पनि औषधिको रुपमा प्रयोगमा आउन सक्छ । सबैलाई थाहा भएकै कुरा हो की आलु जता पनि ठिक हुने एककिसिमको तरकारी हो ।

आलुको महिमा भैरब अर्यालले पनि आफ्नो निबन्ध आलुमा गरेकै छन् । अचेल कतिपयले आलुलाई मोटोपन बढाउने तत्वको रुपमा हेरेर आलुको प्रयोग कम गर्न वा नगर्न थालेका छन् । तर आलुको केहि यस्ता गुणहरु पनि छन् जसलाई थाहा पाउनु भयो भने तपाईले आलुको प्रयोग गर्न कहिल्यै छोड्नुहुने छैन । आउनुहोस् जानौं आलुका खास विशेषताहरु स्

आलुमा भिटामिन सी, भिटामिन बि कम्प्लेक्स तथा आइरनको साथमा क्याल्सियम, म्यग्निज, फस्फोरस लगायतका तत्वाहरु हुन्छन । प्रति १०० ग्राम आलुमा १।६ प्रतिशत प्रोटिन, २२।६ प्रतिशत कर्बोहाईड्रेत, ०।१ प्रतिशत बोशो, ०।४ प्रतिशत खनिज र ९७ प्रतिशत क्यालोरी उर्जा पाइन्छ ।

आलुलाई भुटेर खानाले यसले अनाबश्यक बोशो घटाएर मोटोपनलाई पनि सन्तुलित गराउँछ ।

आलुलाई उसिनेको पानीमा एउटा आलुलाई मिचेर कपाल धुनाले कपाल नरम र चम्किलो हुनुको साथै जरैदेखि बलियो हुन्छ । कपाल झर्ने समस्या र चाडै
फुल्ने समस्यालाई पनि यसले कम गराउँछ ।

उच्च रक्तचाप भएका व्यक्तिहरुको रक्तचापलाई सन्तुलनमा राख्न पनि आलुको नियमित सेवनले महत्वपुर्ण भूमिका निभाउँछ ।

भुटेको आलुको केहि दिनसम्मको दैनिक प्रयोगले पुरानो कब्जियतलाई पनि निको पर्न सक्छ ।

आलुको दैनिक प्रयोगले अम्लपित्तको सम्भावनालाई पनि घटाउँछ ।

आलुलाई धुलो बनाएर छालामा दल्नाले छालाको रंग गोरो हुन्छ ।

आलुको रसलाई कागतीको केहि थोपा रससंग मिलाएर दागहरुमा लगाउनाले दागहरु केहि हदसम्म हट्छन ।

चारओटा आलुलाई पोलेर त्यसको बोक्रा फालेर नुन खोर्सानी हालेर खाएमा ब्चतजचष्तष्क ठिक हुन्छ ।

आलुको रसलाई मुल्तानी माटोसंग मिलाएर चाउरी परेको भागमा लागेर २० मिनेटसम्म राख्नुहोस, अनि आफ्नो अनुहार धुनुहोस । यसो गर्नाले अनुहारको चाउरीपनाबाट छुटकारा मिल्छ ।

आलुको टुक्रालाई गर्दन, कुहिनोजस्ता भागहरुमा दल्नाले यी भागहरुको छाला नरम र सफा हुन्छन ।

आगोले पोलेको ठाउँमा आलुलाई काटेर दल्नाले केहि हदसम्म आराम मिल्दछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।