खान-पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ छाड्दैनन् ।

तर आफ्नो स्वास्थ्यको ख्याल राख्नेहरु हरेक समयमा हरेक खाद्य पदार्थको राम्रा तथा नराम्रा गुणबारे जानकारी हासिल गर्न इच्छुक हुन्छन् । यसकारण अब हामी हजुरहरुलाई भटमास अर्थात् सोयाबीनको बेफाइदाका बारेमा बताउन गइराखेका छौँ ।

भटमास, जसलाई प्रोटीनको स्रोत मानिन्छ । यसको अतिरिक्त भटमासमा भिटामिन–ए पनि भरपूर मात्रामा पाइन्छ । भटमास खाँदा शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ । जो शरीरलाई फिट राख्न धेरै आवश्यक हुन्छ ।

त्यस्ता व्यक्ति जो धेरै शारीरिक व्यायाम गर्छन् र शरीरका लागि प्रोटीन चाहन्छन्, उनीहरुका लागि भटमास धेरै फाइदाजनक हुन्छ । तर केही व्यक्तिका लागि भने भटमास विष बराबर नै हुन्छ ।

एक रिसर्चका अनुसार ६ प्रकारका रोगबाट ग्रस्त व्यक्तिले भुलेर पनि भटमास खानु हुँदैन । यस्ता व्यक्तिले भटमास खानु भनेको बिष सेवन गर्नुजस्तै हो । भटमासको सेवनबाट फाइदा मात्रै हुँदैन, यसले अनेक प्रकारका रोग निम्त्याउने खतरा पनि हुन्छ ।

मुटु रोग

भटमासमा ‘ट्रान्स फ्याट’ हुन्छ । जसले हाई कोलेस्ट्रोल तथा मुटुको रोग निम्त्याउँछ । यसकारण जुन व्यक्तिलाई मुटुको रोग छ, अथवा सामान्य आशंका पनि देखिन्छ भने उनीहरुले भटमास नखानु नै राम्रो हुन्छ ।

सुत्केरी महिला

गर्भवती महिला या स्तन पान गराइरहेकी महिलाले पनि भटमास खानु हानिकारक हुन्छ । भटमासमा पाइने एमिनो एसिडले गर्भवती महिलामा चक्कर आउँने, रिंगटा लाग्ने जस्ता समस्या हुन्छन् ।

यस्तै स्तनपान गराइरहेकी महिलाले पनि भटमास खाँदा दूध पिउने बच्चामा त्यसको नराम्रो असर पर्न जान्छ । आमाले धेरै भटमास खाँदा बच्चाहरुमा अपच हुने खतरा बढ्छ ।

छालाको रोग

यदि कुनै व्यक्तिलाई छाला सम्बन्धी कुनै रोग तथा छाला चिलाउने समस्या छ भने त्यस्ता व्यक्तिले पनि भटमास नखानु नै राम्रो हुन्छ ।

मिर्गौला सम्बन्धी रोग

भटमासमा फीटोएस्ट्रोजन नामक एक केमिकल पाइन्छ । सामान्य व्यक्तिलाई त यसले खासै असर पुर्याउँदैन । तर जो व्यक्ति मिर्गौला सम्बन्धी रोगबाट पीडित छन्, त्यस्ता व्यक्तिका लागि यो केमिकल जहर समान हुन्छ ।

मिर्गौलामा फीटोएस्ट्रोजन केमिकलको बृद्धि हुँदा गम्भीर असर निम्तिन सक्छ । यो केमिकलका कारण किड्नी फेल हुने खतरा समेत हुन्छ ।

क्यान्सर

सबै प्रकारको त हैन, तर जो व्यक्तिलाई मूत्राशय ९यूरिन० को कयान्सर छ, त्यस्ता व्यक्तिले भटमास नखाएकै राम्रो हुन्छ । यसको अतिरिक्त यदि परिवारिक इतिहासमा पनि कहिल्यै कुनै व्यक्तिलाई क्यान्सर लागेको थियो भने, अगाडिको पीढिले भटमास नखानु नै राम्रो हुन्छ ।

मधुमेह

यदि तपाईलाई चिनी रोग (मधुमेह) लागेको छ भने पनि भटमास नखानुहोस् । किनकी भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

टुसायुक्त खानेकुरा खानुका फाइदै फाइदा – यसमा पाइन्छ यो भिटामिनको भण्डार

टुसायुक्त खाना किन खाने ?

सस्तो, पोसिलो र विकारविहीन खाना सबैको इच्छाको विषय हो । तर, धेरैमा यस्तो खाना नपाउँदाको असन्तुष्टि हुन्छ । बजारमा तरकारी र फलफूलको भाउ चर्को हुन्छ । नबिग्रियोस् भनेर फलफूल र तरकारीमा राखिएका रासायनिक पदार्थ वा विषालु वस्तुले स्वास्थ्यलाई नराम्रो असर पार्र्छ भन्ने कुरा थाहा पाउँदा यस्ता कुराको विकल्प खोजिन्छ ।

स्वस्थ रहन सफा र सन्तुलित खाना खानुपर्ने हुन्छ, तर, पोसिलो मानिएका खानेकुरा कि महँगा हुन्छन्, कि त पाइँदैनन् । तर, प्रकृतिले हामीलाई सजिलो विकल्प प्रदान गरेको छ, ‘टुसा उमारेका खाना’ खद्यवस्तु पोसिलो, सस्तो र केही मिसिवटरहित हुन्छन् । साँच्चै नै टुसायुक्त खाना सामान्य मानिसका लागि वरदान नै हुन् । सस्तोमा यसले सन्तुलित खुराक प्रदान गर्दछ ।

टुसा उमार्नु भनेको

भिटामिन उद्योग नै घरमा खोल्न सकिने सजिलो उपाय हो ।

घरभित्रै करेसाबारी र फलफूल बगैँचा तयार गर्नुसरह हो ।

इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपादेयतामा वृद्धि गर्नु तथा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नु हो ।

सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ । राम्रोसँग भिज्न कति समय लाग्छ भन्ने कुरा भिजाइने कुरा र तापक्रममा भरपर्छ । गेडा वा दाना ठूलो छ भने भिज्न बढी समय लाग्छ । यसैगरी गर्मीयाममा चाँडै भिज्छ भने जाडोयाममा ढिलो ।

टुसा उमार्ने चरणहरू

अन्न तथा गेडागुडीमा टुसा निकाल्दा तीनवटा चरण हुन्छन् । यी तीन चरण पूरा गर्दागर्दै यसमा सकारात्मक परिवर्तन आउँछ ।

१. पहिलो चरण – भिजाउनु

सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ । राम्रोसँग भिज्न कति समय लाग्छ भन्ने कुरा भिजाइने कुरा र तापक्रममा भरपर्छ । गेडा वा दाना ठूलो छ भने भिज्न बढी समय लाग्छ । यसैगरी गर्मीयाममा चाँडै भिज्छ भने जाडोयाममा ढिलो । राम्ररी भिजेपछि पातलो कपडामा बेरेर झुन्ड्याँउँदा चाँडै टुसा निस्कन्छ वा भाँडामा राखेर छोपे पनि टुसा उम्रन्छ ।

२. दोस्रो चरण – अंकुरित हुनु

अन्न वा गेडागुडीको दाना फुटेर टुसा निस्कन्छ । यो टुसा आएपछि दानाको गुणहरूमा धेरै सकारात्मक परिर्वतन आउँछन् ।

३. तेस्रो चरण – टुसा

दोस्रो चरणमा अंकुराएको बिउबाट निस्केको टुसा बढ्दै जान्छ । बिउमा रहेको पोषकपदार्थ उपयोग गर्दै टुुसा बढ्छ र यसमा पोषण पनि बढ्दै जान्छ ।

टुसायुक्त खानाको उपयोगिता

टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषकतत्वमा पनि धेरै कुरा थपिन जाने भएकाले यसलाई प्रकृतिको वरदानका रूपमा लिन सकिन्छ ।

पूर्ण र बलवर्धक खाना

जुनसुकै उमेर, लिंग, जातिका मानिसले खाद्यान्नमा आफैँ टुसा उमार्न र प्रयोग गर्न सक्छन् । यसले हाम्रोे शरीरमा पोषण दिन्छ । यो पूर्ण, सस्तो र बलवर्धक खाना हो । साथै, तयार पार्न सजिलो खाना हो ।

टुसायुक्त खानाले 

पोषणयुक्त भोजन दिन्छ ।

यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त
बनाउँछ ।

तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई आवश्यक शक्ति दिन्छ ।

यो सजिलै पाच्य हुन्छ ।

अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियत हुनबाट रोक्छ ।

हरियो तरकारीजत्तिकै फाइदाजनक हुन्छ, तर हरियो तरकारीभन्दा धेरै सस्तो हुन्छ ।

रोगप्रतिरोधात्मक शक्ति बढाउँछ ।

विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ ।

रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन मद्दत गर्छ ।

टुसायुक्त खाना खाने प्रचलन नयाँ होइन, तर अझैसम्म पनि हामीमध्ये धेरैलाई यसको महत्वबारे थाहा छैन । हजारौँ वर्षदेखि टुसा उमारेर खाने र यस सम्बन्धमा परीक्षण गर्ने प्रचलन रहँदै आएको छ । हुन त क्वाँटी उमारेर खाने चलन हामीकहाँ छ, तर हामी यसको प्रयोग नियमित नभई विशेष पर्वमा मात्र गर्छौं ।

सुक्खा अन्न गेडागुडी वा टुसायुक्त गेडागुडीमा कुन रोज्ने ?

सुक्खा रूपका अन्न वा गेडागुडी हामीले सधैँ खाने गरेका छौँ । यहाँ वर्णन गरिएको टुसा उमारिएको र सुक्खा अन्न गेडागुडीमा के फरक छ भनी जिज्ञासा उठ्न सक्छ ।

अन्न वा गेडागुडीमा खानयोग्य र पोसिलो तत्व विद्यमान भए पनि कतिपय पानीमा घुलनशील हुँदैनन् र पचाउन गाह्रो हुन्छ ।

एक किलोग्रामजति सुक्खा गेडागुडी बिउबाट ६ किलोग्रामजति टुसायुक्त खाद्यवस्तु तयार हुन्छ । अर्थात् कम खर्च गरेर धेरै पोषण प्राप्त गर्न सकिन्छ ।

टुसायुक्त खाना शक्तिप्रदायक, कब्जियत हटाउने र सुपाच्य हुनुका साथै पोषकतत्वयुक्त हुन्छ । यसमा कम खर्चमा बढी भिटामिन र शरीरलाई चाहिने पोषकतत्व पाइन्छ ।

परीक्षण र अनुसन्धान

टुसायुक्त खाना खाने प्रचलन नयाँ होइन, तर अझैसम्म पनि हामीमध्ये धेरैलाई यसको महत्वबारे थाहा छैन । हजारौँ वर्षदेखि टुसा उमारेर खाने र यस सम्बन्धमा परीक्षण गर्ने प्रचलन रहँदै आएको छ । हुन त क्वाँटी उमारेर खाने चलन हामीकहाँ छ, तर हामी यसको प्रयोग नियमित नभई विशेष पर्वमा मात्र गर्छौं ।

चिनियाँहरूले चाउमिन र सुपजस्ता खानामा भटमास वा मुँगको टुसाको प्रयोग हजारौँ वर्षदेखि गर्दै आएका छन् । चिनियाँहरू धेरै सक्रिय रहेर लामो समयसम्म बाँच्छन् । यसका धेरै कारणमध्ये एक उनीहरूले यस किसिमको खाना खानु पनि हो । उनीहरूले टुसा उमार्न प्रयोग गर्ने गेडागुडीमा भटमास र मँुगको गेडा प्रमुख हुन् । हाल यसकिसिमको खानाको शैली संसारभर लोकप्रिय हुँदै गएको छ ।

टुसायुक्त खानामा भिटामिन ‘सी’ अत्यधिक हुने कुरा सिद्ध भइसकेको छ । दोस्रो विश्वयुद्धमा डा. साइरस फ्रेन्चले मटर तथा अन्य गेडागुडीको टुसा उमारेर खुवाई मेसापोटामियामा देखिएको स्कर्मी भन्ने (भिटामिन सीको कमीले हुने) रोग ठिक पारेका थिए ।

खाना पचाउन, सास फेर्न, मांसपेशी चलाउन, सन्तानोत्पादन गर्न जीवित खाना :

खाना पचाउन, सास फेर्न, मांसपेशी चलाउन, सन्तानोत्पादन गर्न एवं शरीरमा अरु कार्यहरू गर्नका लागि विभिन्न खालका इन्जाइम तत्वहरू चाहिन्छन् । यस्ता तत्वहरूको पूर्ति जीवित खाना अर्थात् काचो खानाले गर्दछ । ताजा फलफुल, नपकाइकन नै खाने खाना, तरकारी तथा टुसायुक्त खानेकुरा आदि जीवित खाना हुन् ।

टुसायुक्त खानाले शरीरमा देखिने बुढ्यौलीको प्रक्रिया ढीला गर्छ । संसारका सबै जीवित कुराको आयु हुन्छ । आयु सकिएपछि मृत्यु हुन्छ । जन्म, बाल्यावस्था, युवावस्था र वृद्धावस्था पार गरेपछि कुनैपनि व्यक्तिको अन्ततः मृत्यु हुन्छ । यी सबै चरण पार गर्दै जादा मानिसको शरीरमा कोष तथा तन्तुहरूमा र अगंहरूमा पनि परिवर्तन आइरहन्छन् । बच्चादेखि वयस्कसम्म यस्तो परिवर्तन देखिन्छ ।

प्रकृतिको आधारमा नै बूढो हुने प्रकृयालाई छाडिदिने हो भने शारीरिक क्षमता तथा आनुवंशिक चरित्रको आधारमा यो क्रम चल्दछ । तर मानिसले प्रयोग गर्ने भोजन, जीवनशैली र मानसिक अवस्था आदिले पनि हाम्रो शरीरमा बुढ्यौली छिटो आउ“छ कि ढिलो आउ“छ भन्ने कुराको निर्णय गर्छ ।

शरीरमा कमजोरी, रोग, कुनै अंगले राम्रोस“ग काम नगर्ने, अत्याधिक मोटाएर आप्mनै शरीर भारी हुने जस्ता समस्याहरू देखा पर्ने कारणमध्ये धेरै बोसो भएका खाना, साथै व्यायाम नपुग्नु पनि हो । यस्तो अवाञ्छित कुराबाट दिक्क भएर मानिसले दैवलाई सराप्न समेत थाल्छ । यस्ता कुराहरूले गर्दा नै बुढिने प्रक्रियाको गति छिटो हुन जान्छ ।

प्राकृतिक कारणले वा जीवनशैलीका कारणले बुढो हुने जुन गति हुन्छ, त्यसलाई धीमा पार्ने मानिसको चाहना हुन्छ ताकि स्वस्थ, सुन्दर भएर लामो समयसम्म बा“च्न सकियोस् । बुढ्यौलीको रोक्नका लागि जीवनशैलीमा परिवर्तन गर्नु पर्छ साथै भोजनमा टुसायुक्त खाना एउटा राम्रो उपाय हो ।

टुसादार गेडागुडीले खानालाई पचाउन सजिलो हुने भएकोले पेटलाई कम भार पर्छ । हाम्रो खानामा मुख्यतया दुई प्रकारका तत्वहरू हुन्छन्, १) कार्वोहाईड्रेट, २) प्रोटीन । तिनीहरूको पाचनक्रिया हाम्रो शरीरको पाचन अंगहरूमा निर्भर गर्दछ । हाम्रो शरीरलाई आवश्यक पर्ने शक्ति प्राप्त गर्नको लागि हाम्रो खाना पूर्ण रूपमा पच्नु पर्दछ । यस्तो कार्य पाचन प्रणालीले पाचन रसको सहायताबाट गर्दछ । टुसायुक्त खाना प्रयोग गर्दा कम पाचन रसले पनि भोजन राम्रोस“ग पच्छ ।

टुसादार गेडागुडी उम्रने अवस्थामा के हुन्छ ?

उम्रने क्रममा नै एउटा विशेष पाचन रस पैदा हुन्छ जसले कार्वोहाइड्रेटलाई पचाउन मद्दत गर्दछ । त्यसै गरी प्रोटिन पनि परिवर्तन भएर सजिलै पाचन हुने अवस्थामा पुग्छ । त्यस कारणले गर्दा कार्वोहाइड्रेट र प्रोटिनको पाचन प्रक्रिया अगाडि नै भएको हुन्छ । खाना खाइ सकेपछि शरीरमा रहेको पाचन रसले सहजैस“ग यी तत्वलाई पचाउछ ।

यदि टुसा उमारेको छैन भने गेडागुडी जस्तै : मुग, गहु चना पचाउन गाह्रो हुन्छ तर गेडागुडीहरूलाई टुसादार रुपमा प्रयोग गर्दा सामान्य अवस्थाको गेडागुडीभन्दा पचाउन धेरै सजिलो हुन्छ ।

टुसादार गेडागुडीले पाचन रस दिन्छन्

कुनै समयमा खाना र खानामा हुने तत्वका बारेमा मानिसहरूलाई कम ज्ञान थियो । भोजनका तत्वहरूमा कार्वोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थ हुन्छ भन्ने कुराको ज्ञान १९ औं शताब्दीमा भयो र १९३० मा भिटामिनबारे थाहा भयो । त्यसैगरी पछि खनिज पदार्थको बारेमा थाहा भयो । पाचन कार्यमा पानी र रेशादार पदार्थको भूमिका निकै पछि आएर मात्र बुझियो ।

त्यसमा पनि पाचन कार्यमा इन्जाइम अर्थात् पाचन रसको भूमिका बारे बुझिएको धेरै दशक भएको छैन । इन्जाइम मानव शरीरको लागि अति आवश्यक तत्व हो । हाम्रो शरीरमा इन्जाइमले पाचन कार्यमा सहयोग गर्दछ । यसले भोजनलाई पाचन गरेर शक्तिमा परिणत गर्न सहयोग गर्दछ । शरीरमा हुने रासायनिक प्रकृयाको लागि इन्जाइम स्वयं परिवर्तन नभई यसले त्यस कार्यमा उत्प्रेरणा या सहयोग गरिरहेको हुन्छ ।

हाम्रो शरीरलाई इन्जाइमको अत्यन्त आवश्यकता हुन्छ । तर कति जनाले भोजन पचाउनका लागि बोतलमा रहेको इन्जाइम किन्छन् र प्रयोग गर्छन् तर यो शरीरको लागि काम लाग्दैन । बोतलमा इन्जाइमहरु प्राकृतिक इन्जाइमको तुलनामा ज्यादै कम हुन्छ । तर हामीले प्रयोग गर्ने टुसादार गेडागुडीमा चाहि“ इन्जाइम पर्याप्त रहन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।