दसैंमा सचेत भएर मासु उपभोग गर्न विज्ञले सुझाव दिएका छन् । विज्ञका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा बढ्छ। विज्ञहरूले दसैंमा सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध मासु नै सेवन गरौं’ भन्ने सुझाव दिएका छन् । दसैंमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ । सामान्य समयभन्दा यो समयमा झन्डै आठ दोब्बर हाराहारीमा मासु खपत हुन्छ ।

सकेसम्म छाला भएको मासु प्रयोग गर्नु हुँदैन ।’बंगुरको हकमा भने बोसो भएको मासु स्वास्थ्यका लागि राम्रो मानिन्छ । खरिद गरेको वा घरमै काटिएको मासु धेरै दिनसम्म राख्नलाई मासुलाई पहिलेदेखि नै टुक्रा–टुक्रा बनाएर फ्रिज (रेफ्रिजरेटर) मा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्दा मासुको गुणस्तर कायमै राख्न सकिन्छ ।

‘तर काँचो मासु फ्रिजमा राख्नुपर्छ । फ्रिजबाट झिकेर फेरि आवश्कताअनुसार काटेर पकाउने,’ राईले भने, ‘बचेको मासु फेरि फ्रिजमा राख्ने र फेरि निकालेर काटेर पकाउने प्रक्रियाले मासु गुणस्तरहीन बन्ने सम्भावना हुन्छ । यस्तो मासु खान अयोग्य मानिन्छ ।’

-हरियो–कालो फिक्का देखिने दुर्गन्ध आउने मासु खरिद नगर्न सुझाव

-छाला र भएको मासु प्रयोग गर्नु नहुने

-फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्ने

-पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने प्रक्रिया घातक

-पोलेर, भुटेर, तारेर वा डढाएर खाँदा रोग निम्त्यने खतरा

-मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी खाँदा राम्रो

-गुणस्तरयुक्त खानेतेल र मसला प्रयोग गर्नुपर्ने

यस्तै, पकाइसकेको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने फेरि फ्रिजमा राख्ने र फेरि खाने बेलामा तताउने प्रक्रिया पनि मानव स्वास्थ्यका लागि निकै घातक हुने उनको ठहर छ । यस्तो मासु सेवन गर्दा फुड प्वाइजन हुने खतरा हुन्छ । मासुमा अम्लियपनाको मात्रा ५.७ पिएचभन्दा कम र ६.३ पिएच भन्दा बढी हुनुहुँदैन । यस्तो भयो भने मासु कालो र पिक्काजस्तो देखिन्छ,यस्तो मासु सेवन गर्नुहुँदैन,अन्नपूर्ण पोस्ट बाट ।

धेरै मासु खानु श्वास्थ्यका लागि हानिकारक

नेपालमा मनाइने पर्वमध्ये हिन्दूहरूको महान चाड भनेकै बडा दशैं हो । ठूलाबडा, मान्यजनको हातबाट रातो टीका र आशीर्वाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा यसको चिनारी रहँदै आएको छ ।

यो पर्वमा ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिँगै खसी ढाल्ने होडबाजी नै चल्छ । सोही कारण भन्ने गरिन्छ, ‘दशैं आयो ढोल बजाई, गयो दशैं ऋण बोकाई’ विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन हुन्छ ।

तर, सानोसानो लापरबाहीले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । सोही कारण दशैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।

राप्ती अञ्चल अस्पताल तुलसीपुरका मेसु भोलाराम श्रेष्ठका अनुसार मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् ।

यी तत्व हाम्रो शरीरका लागि आवश्यक तत्व हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहने मेसु श्रेष्ठले बताए ।

मेसु श्रेष्ठले दिएको जानकारी अनुसार खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अङ्ग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ । मेसु श्रेष्ठका अनुसार दैनिक धेरै मासु खाँदा शरीरमा भएका विभिन्न बलिया हड्डी कमजोर हुने खतरा रहन्छ ।

आर्थाइटिस (हाडजोनप्ए सम्बन्धी रोग) को सम्भावना अत्यधिक हुन्छ, महिलाहरूमा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला–पुरुष दुवैमा कोलष्ट्रोलको मात्रा पनि शरीरमा बढ्न जान्छ । यही कारण व्यक्तिको श्वास्थ्य जोखिमा पर्न सक्छ । इच्छाएको परिकार खानबाट वञ्चित हुनुपर्ने हुन्छ । त्यसकारण समयमै ध्यान दिनु अति आवश्यक मानिन्छ ।

नेपालका मासुपसलमा भएका लापरबाहीका कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको सङ्क्रमण हुने गरेको मेसु श्रेष्ठले बताए । विरामी पशु वा काँचो मासु खाँदा जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने खतरा रहने मेसु श्रेष्ठले बताए ।

फोहोर वधशाला, मासुको तयारी तथा खानपानमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका ‘फ्लू’ तथा सरुवा रोग सर्ने माध्यम हुन सक्ने खतरा उनले औंल्याए । जसलेगर्दा चाडवाडमा मानिसहरु बढी अस्पताल पुग्नुपर्ने अवस्था आउने गरेको मेसु श्रेष्ठले बताए ।

खान नजान्दा हुन समस्यावाट बच्नका लागि पहिले नै कस्तो परिकार कसरी खाने भन्ने ज्ञान राख्नु जरुरी हुने उनकोृ धारणा छ । मासु र अन्य परिकारलाई स्वस्थकर ढङ्गले नराख्दा खानेकुरामा विषाक्तता बढी खाना प्वाइजनिक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने , अपच भई तत्कालै पेट फुल्नेलगायतका समस्या देखिने उनले बताए ।

उनले केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिने बताउँछन् । हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएर बस्ने, फनफनी घुम्ने खसी बोकाको मासु खान नहुने उनको धारणा छ ।

आजकल सिङमा हरियो रङ पोतिएका खसी बोका स्वस्थ र रातो रङ दलिएका खसी बोका अस्वस्थ भनि छुट्याउने गरिएको उनले बताए । । त्यसपछि हामीले खसीबोकाको वध गर्नेदेखि लिएर मासु पकाएर खाने, त्यसलाई भण्डारण गर्ने कुरामा पनि केही आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिने उनको सल्लाह छ ।

मासु कसरी छान्ने ?

–मासु हलुका गुलाबी रङको हुनु हुँदैन ।

– मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य मानिदैन ।

– मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध आउनु हुँदैन

– मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राख्नु राम्रो मानिन्छ ।

– मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनुहुँदैन ।

– मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार सफा हुनुपर्छ । लगाएको – पोशाक, काटेको तरीका, तराजु सफा हुनुपर्छ ।

मासु खाँदा ध्यान दिनुपर्ने कुरा

– फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो

– बासी तथा खुला स्थानमा राखेको मासु नखाने

– काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने

– पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाए कै राम्रो ।

– राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने

–विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने

– बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने

मासु भण्डारण गर्ने तरीका

मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेण्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । राम्रा फ्रिजिङका माध्यम पनि छन्, जुन व्यावसायिक संस्थाहरूमात्र हुन्छन् । मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन ।

माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणु मासुमै हुुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा आउँदा झर्न सक्छ । तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका-छुट्ट्याइएका परिकार, फलपूल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन ।

– सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी खानु उचित

– मासु खानेबित्तिकै आइसक्रिम, दही, क्रिमका परिकार नखाने

कस्तो व्यक्तिले कति मासु खाँदा असर पर्दैन

मानिसहरु पनि दसैं नै हो भनेर खानसक्ने गरी मासु खान्छन् । यो गलत हो । दसैंमा विशेषगरी रातो मासु पाक्ने भएकाले जतिसक्दो खाँदा स्वस्थ मानिसलाई पनि असर पुग्छ भने रोगीलाई थप असर गर्दछ । तसर्थ, आफ्नो रोगको प्रकृति हेरेर खानु उचित हो ।

– स्वस्थ मानिसले दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ ।

– कोलेस्ट्रोल भएका मानिसले बोसो नभएको मासु खानुपर्छ ।

– कोलेस्ट्रोलका रोगीले खसीको मासुको साटो ह्वाइट मिट नतारेरै अर्थात थोरै तेल हालेर पकाएर खाँदा फाइदाजनक हुन्छ ।

– यदि रातो मासु खाएपनि त्यो छाला र बोसोरहित हुनुपर्छ ।

– दसैंमा धेरैको घरघरमा खसी काट्ने भएकाले आन्द्रा, भुँडी, कलेजोदेखि सबै भाग खाइन्छ । खसीको मासुमा चिल्लोको मात्रा धेरै हुने भएकाले भरसक कम खाँदा नै राम्रो । सकेसम्म ग्रेभी मासु खानु हुँदैन ।

– मोटो पना भएका व्यक्तिले एकदिनमा मासुको ३-४ पिसमात्र मासु खान राम्रो हो ।

– यदि रक्तअल्पत्ता छ भने कलेजो खाँदा फाइदा हुन्छ ।

– युरिक एसिड भएका मानिसहरुले रातो मासुको साटो माछा खानु लाभदायक मानिन्छ ।

– ग्याष्ट्रिक्सका बिरामीले तारेको, पोलेको मासुभन्दा पनि नुन, पानी, जिरा, लसुन, अदुवा हालेको मासु खानु बेस हुन्छ ।

– मधुमेहका बिरामीले समय समयमा खाना खानुपर्ने भएकाले दसैंको बेला पूजाआजा तथा पकाउने कुरामा व्यस्त भएपनि बेलाबेलामा खानेकुरा खानुपर्छ । दूध, फलफूल तथा चिनी नहालेको कालो चिया खाइरहनुपर्छ । मधुमेहका रोगीले पनि भरसक रातो मासु नखाँदा नै राम्रो । मासुबाहेक दाल, गेडागुडी, पनिर, दूध, दही, तोफु खादि खाँदा राम्रो ।

दशैमा कस्ता बिरामीले के खाने, के नखाने ?

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मेसु श्रेष्ठका अनुसार रातो मासु, छाला वा त्यसमा हुने वोसोले नसर्ने खालका रोग त बढाइरहेकै हुन्छ भने प्रत्यक्ष सम्बन्धित जनावरमा रहेको रोगसमेत सर्ने संभावना उत्तिकै हुन्छ । अस्वस्थकर मासुका कारण तत्कालै टाइफाइड, झाडापखला, क्षयरोग, आउँ, पेट फुल्ने, मृगौलाको रोग, क्ओसटियल इन्फेक्सन, फुड पोइजनिङ आदि समस्या आउने गर्छ ।

अझ दसैंको समयमा मुटुरोगी तथा उच्च रक्तचापका बिरामीलाई सोझै असर गर्ने रातो मासुका परिकार हुन्छन् । त्यो पनि अत्याधिक मात्रामा चिल्लो हालिएका । रातो मासु र चिल्लो दुवै मुटुका बिरामीलाई हानिकार खानेकुरा हुन् ।

मेसु श्रेष्ठका अनुसार मुटुका बिरामी र उच्च रक्तचाप भएका बिरामीले योसमस्याबाट जोगिन रातो मासु अर्थात खसी र राँगाको मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछा मासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुरा खानु हुँदैन । मुटुका बिरामीहरुले एक दुई टुक्रा सेतो मासु र प्रसस्त मात्रामा हरियो सागसब्जि तथा फलफुल खानु नै सबैभन्दा उत्तम हुने डा. श्रेष्ठले बताए ।

मिर्गौला रोगी

डा.श्रेष्ठका अनुसाुर बढी चिल्लो र मदिराका कारण मिर्गौला असन्तुलन हुन गई मिर्गौला फेल समेत हुन सक्छ । त्यसकारण मिर्गौला रोग लागिसकेकाले चाडबाडका नाममा मासु र अत्याधिक चिल्लो छुनु नै हुँदैन ।

श्रेष्ठका अनुसार मृर्गौला धेरै रक्सीका कारण असन्तुलित हुन पुग्छ । वियरले हाम्रो शरीरको मेटाबोलिजममा असर गर्छ । वियर खाँदा शरीरमा पानीको मात्रा बढ्न जान्छ । त्यति नै मात्रामा शरीरमा बाहिर गएन भने शरीरमा पानीको मात्रा बढ्न गई मिर्गौलालाई असर गर्छ ।

मदिराजन्य पदार्थमध्ये बियर र वाइनमा अल्कोहलको मात्रा कम हुन्छ भने रम, जिन, भोड्का, ब्राण्डी, हृविस्की आदिमा अल्कोहलको मात्रा बढी हुन्छ । रक्सी पेटमा पुगेपछि सोसिएर रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिहरुले रक्सी सेवन गरेमा मिर्गौला फेल हुने सम्भावना हुने उनको भनाई छ ।

मधुमेहका बिरामी

डा.श्रेष्ठका अनुसार चाडबाडको समयमा मधुमेह भएका बिरामीले चिनी र चिनीबाट बनेका परिकार खानु हुँदैन । यस्तै यस्ता बिरामीले प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जङ्कफुड छुनै हुँदैन । बिरामीले मह, केक, पेय पदार्थ, हर्लिक्स, बोर्नभिटा, आइसक्रिम, जाम, जेली, सख्खर, तेल वा घ्यूमा तारेका खाना वा बोसोजन्य उत्पादन आदि खानु हँुदैन । धूमपान र मद्यपान त पटक्कै गर्नु हुँदैन ।

मधुमेहीलाई थोरै मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा , कर्नफ्लेक्स, चाउमिन, गेडागुडी (दाल, चना, बोडी, सिमी, भटमास, केराउ, मुसुरो, राजमा आदि) खान हुन्छ । यस्तै माछा, मासु, अन्डा, फलफूल, वनस्पती तेल थोरै परिमाणमा खान मिल्छ तर स्वास्थ्यको ख्याल गरी निकै थोरै परणाममा मात्र यस्ता खाने कुरा खान डा. श्रेष्ठले बिरामीलाई आग्रह गरे ।

उनका अनुसार मधुमेहका रोगीले स्वास्थ मानिस सरह हरिया सागसब्जी, करेला, काउली, गोलभेँडा, स्कुस, घिरांैला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुङ्गो, गाँजर, कागती आदि खान मिल्छ ।मसलाजन्य पदार्थहरूमा जिरा, मरिच, मेथी, बेसार, अदुवा, खुर्सानी, सुप, धनियाँ खान कुनै समस्या हुँदैन । यस्तै पेय पदार्थमा चिनी तथा घ्यू नभएका चिया, कफी, सुप खान सकिन्छ ।

युरिक एसिडका बिरामी

डा.श्रेष्ठका अनुसार युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँछ ।

यदी यस्ता समस्या भएका मानिसले यस्तो खाना बढी मात्रामा खाएमा हड्डी कँुज्जिने, जोर्नीबाट पीप बग्ने र प्यारालाइसिस् पनि हुन सक्छ । चाडपर्वमा माछा मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा फाइदा हुन्छ ।

कलेजोका बिरामी

दसैंको समयमा खानामा ध्यान नदिँदा कलेजो विग्रन सक्छ । विशेषगरी कलेजो मदिरा र बोसोयुक्त तथा चिल्लो खानाले विग्रन सम्भावना हुन्छ । मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायू प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ । रक्सीलाई पचाउने काम कलेजोको हो ।

कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ । त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुनपुग्छ ।

रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडका साथ काम गर्नुपर्ने भएकोले कलेजो थाक्छ, त्यहाँ बोसो जम्मा हुँदै जान्छ । कलेजोमा बोसो बढ्दै गएपछि त्यसले कलेजो नष्ट हुँदै जान्छ अनि ‘लिभर सिरोसिस’ र कलेजोले काम गर्न छोड्छ । त्यसकारण दसैंको समयमा मदिरा र मासु खाँदा विशेष ध्यान दिन डा. श्रेष्ठ सुझाब दिन्छन् ।

बाथका बिरामी

युरिक एसिड बढेर नै बाथरोग लाग्ने सम्भावना अत्याधि हुने भएकाले यो रोग लागेकाले युरिक एसिड भएकाको जस्तै खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । वाथ रोग भएकालहरुले दसैंको समयमा खसी, राँगो आदिको रातो मासु, रक्सी, शाकाहारी भए पनि पालुङ्गोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ ।

खाने परेमा पनि निकै थोरै खाने र बिहान शारीरिक अभ्यास गर्नु पर्ने हुन्छ । बाथ खानाको कारणले गर्दा हुने रोग भएकाले बढी चिल्लो, प्रोटिनयुक्त खाना, मदिरा र धुम्रपान नगर्दा नै राम्रो हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।