विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको चिकित्सकहरूले पुष्टि गरेका छन्।

निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ।

६० बर्सकी फिसरको गत वर्ष डिसेम्बर २७ मा निधन भएको थियो । जनवरीमा जारी मृत्युको प्रमाणपत्रमा उनको निधन हृदयघातबाट भएको उल्लेख गरिएको भए पनि चिकित्सकहरूले निधनको सही कारण पत्ता लगाउन सकेका थिएनन्।

अहिले आएर लस एन्जल्सका एक जना चिकित्सकले स्लिप एप्नियासँगै मुटुसम्बन्धी रोग र लागुऔषध प्रयोगले फिसरको निधन भएको बताएका छन ।

निदाएका बेला घाँटीका मांसपेशी र सफ्ट टिस्युज खुम्चिएर आरामको मुद्रामा आउँछन् र सास रोकिन्छ । यसरी १० सेकेन्ड वा त्यसभन्दा बढी समय सास रोकिए त्यसलाई स्लिप एप्निया भनिन्छ । अधिकांश मानिस सुतेका बेला केही सेकेन्ड सास रोकिनु सामान्य हो।

यसैकारण सुतेका बेला बारम्बार निद्राबाट ब्युँझिनु अधिकांशको समस्या हो । यसबाट अन्य समस्या पनि उत्पन्न हुन सक्छन् । तर धेरै समय जस्तो कि एक मिनेट नै सास रोकियो भने यसले ज्यानै पनि जान सक्छ।

कुनै कुनै यस्तो केसमा यो समस्या मस्तिष्कसँग जोडिएको हुन्छ । जतिबेला मस्तिष्कले सुतेका बेला सास फेर्दा प्रयोग हुने मांसपेशीलाई सञ्चालित हुन कुनै संकेत वा आदेश दिँदैन।

स्लिप एप्नियाका कारणले मस्तिष्कमा अक्सिजनको कमी हुन्छ र मस्तिष्कले हामीलाई गहिरो निद्राबाट ब्युँझाइदिन्छ । कतिपल्ट त हाम्रो निद्रा पूरै खुल्छ भने कतिपल्ट अर्धनिद्रामा हुन्छौं, तर यी सबै हामीले ख्यालै गर्दैनौं।

हामी आफैंले थाहा पाउन कठिन

हुने भएकाले यो समस्या आफूसँग सुत्ने अर्को मानिसले थाहा पाउन सक्छ । निद्रामा घुर्नु, निदाएका बेला विभिन्न खालको आवाजसहित सास फेर्नु, सास फेर्न निकै कठिन हुनु र निदाएका बेला बारम्बार स्याँ स्याँ गर्नु वा सास रोकिनु यसका प्रारम्भिक लक्षण हुन्  सुतेका बेला पसिना आउनु र बारम्बार पिसाब लाग्नु पनि यसका लक्षण हुन् । यदि तपाईं निद्राबाट स्याँ स्याँ गर्दै उठ्नु हुन्छ र यो दोहोरिइ रहन्छ भने तुरुन्त चिकित्सकसँग परीक्षण गराउनु उपयुक्त हुन्छ।

निदाएका बेला घाँटीका मांसपेशी र सफ्ट टिस्युज खुम्चिएर आउनु सामान्य हो र यस्तो सबैलाई हुनसक्छ । तर यसले सबैलाई समस्या उत्पन्न गर्दैन । जसलाई यसले समस्या उत्पन्न गराउँछ, त्यसका निम्न कारण हुन सक्छन्:

१‍. मोटोपन: धेरै मोटो हुँदा घाँटीमा सफ्ट टिस्युज पनि धेरै हुन्छन् । त्यसैले सफ्ट टिस्युज शिथिल हुनासाथ सासनली नै बन्द हुन्छ । पेटमा धेरै बोसो वा ठूलो पेट भएका मानिसलाई पनि स्लिप एप्निया हुनसक्छ।

२. पुरुष: महिलाको तुलनामा पुरुषहरूलाई स्लिप एप्नियाको जोखिम बढी हुन्छ । यसको कारण पत्ता लागि नसके पनि शरीरमा रहेको बोसोसँग यसको सम्बन्ध हुनसक्ने अनुमान गरिएको छ।

३. उमेर : ४० वर्षभन्दा माथिका यसको चपेटामा पर्ने सम्भावना धेरै हुन्छ।

४. गर्धनको आकार : १७ इन्चभन्दा बढी मोटो गर्धन हुने व्यक्तिलाई पनि स्लिप एप्नियाको जोखिम बढी हुन्छ।

५. औषधि सेवन : निद्रा लाग्ने औषधि, धुमपान र मद्यपान गर्नेलाई स्लिप एप्नियाको जोखिम बढी हुन्छ ।

जीवन शैली परिवर्तन र केही उपचार गरी स्लिप एप्नियाबाट सजिलै मुक्ति पाउन सकिन्छ । तर यसको बेबास्ता गरी हेलचक्र्याँइ गरेमा भने यो निकै ठूलो समस्या बन्न सक्छ ।

स्लिप एप्नियाको बेबास्ता गरे यसले दैनिक कामकाज र जीवन नै नराम्रोसँग प्रभावित गर्न सक्छ । साथै बेलैमा उपचार नगरे यसले उच्च रक्तचाप, हृदयघात, मुटुको चाल अनियन्त्रित र टाइप टु मधुमेह हुने जोखिम बढ्छ।

एउटा अनुसन्धानले स्लिप एप्निया भएको मानिसले सवारी चलाउँदा दुर्घटना हुने सम्भावना १२ प्रतिशत बढी हुने देखाएको छ । स्लिप एप्नियाका रोगीले सवारी चलाउनु अत्यन्त खतरनाक हुन्छ।

‘पिपुल’ म्यागाजिनलाई फिसरकी छोरी लुअर्डले भनिन्, ‘मेरी आमा जीवनभर लागुऔषधको कुलत र मानसिक बिमारीसँग लडीरहनु भयो र अन्त्यमा त्यसैले उहाँको ज्यान गयो।

यो पनि पढ्नुहोला :

एड्सजस्तै खतरनाक रोग ‘हेपाटाइटिस बी’ बाट बच्ने कसरी ?

संसारमा सबैभन्दा खतरनाक रोग भनेर एड्सलाई चिनिन्छ । किनकी एड्सको कुनै उपचार छैन र यसले अवश्यम्भावीरुपमा मानिसलाई मृत्यूतर्फ धकेल्छ ।

यद्यपि यहाँ हामी एड्सको चर्चा गर्न गइरहेका छैनौं । एड्सजस्तै खतरनाक अर्को रोगको चर्चा गर्दैछौं, जसको उपचारमा थोरै मात्र ढिला भए पनि मानिसको मृत्यू हुन सक्छ । यो रोग हो हेपाटाइटिस बी ।

हेपाटाइटिस बी रोग विभिन्न कारणले लाग्छ । संक्रमित सूई वा ब्लेडको प्रयोग र असुरक्षित यौनसम्वन्ध यसका प्रमुख कारण हुन् । संक्रमित आमाको गर्भमा रहेको बच्चामा पनि यो रोग सर्न सक्छ । यसका अलावा ब्लड ट्रान्सफ्यूजन वा अंग प्रत्यारोपण गर्दा राम्ररी जाँच भएन भने पनि हेपाटाइटिस बी हुन सक्छ ।

तर, एउटा कुरा सँधै ध्यानमा राख्नुपर्छ कि अंगालो मार्दा, हात मिलाउँदा, खोकी वा हाछ्यूँ गर्दा हेपाटाइटिस बी सर्दैन । यो भाइरस एचआइभी भाइरसभन्दा ५० देखि १०० गुणा अधिक संक्रमित हुने विश्वास गरिन्छ । यसले गर्दा बिरामीको मृत्यूसमेत हुन सक्छ ।

आजका दिनसम्म पनि हेपाटाइटिसको उपचार अत्यन्त कठिन छ । यो भाइरसले अहिलेसम्म एक करोड ८० लाख व्यक्तिहरुलाई संक्रमित तुल्याइसकेको छ जसको स्थाई उपचार वैज्ञानिकहरुसँग अहिले पनि छैन ।

हेपाटाइटिस बी एउटा भाइरल संक्रमक रोग हो जुन हेपाटाइटिस बी भाइरसको कारण फैलिन्छ । सामान्यतया हेपाटाइटिस बीसँग जोडिएको बिमारीले कुनै दुखाई तथा पीडा दिँदैन जसले गर्दा यो रोग लागेको लामो समयसम्म थाहा पाइदैन । त्यही भएर हरेक वर्ष कयौं मानिसहरु यो रोगका कारण मरिरहेका छन् ।

हेपाटाइटिस बी भाइरसका कारण कलेजो पनि बिगि्रन्छ । जसले गर्दा हरेक वर्ष ४ हजारदेखि ५ हजार व्यक्तिहरुको मृत्यू हुन्छ । विश्वमा कलेजो क्यान्सरको ६० प्रतिशत घटना हेपाटाइटिसका कारण हुन्छन् ।

रोगबाट बच्ने घरेलु उपाय

-अमला भिटामिन सीबाट भरपूर हुन्छ जसले कलेजोलाई हरेक किसिमले फाइदा पुर्‍याउँछ । यसमा पाइने एन्टि-अक्सिडेन्टले हाम्रो शरीरबाट टक्सिनलाई हटाउन सहयोग गर्छ र कलेजो हाम्रो शरीरको त्यो अंग हो जहाँ सबैभन्दा बढि मात्रामा टक्सिन पाइन्छ ।

-लसुनले शरीरबाट विषाक्त पदार्थहरुलाई सफा गर्न सहयोग गर्छ । लसुनमा पर्याप्त मात्रामा सेलेनियम पाइन्छ जसले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ र रगतलाई सफा गर्छ । त्यसैले दैनिक बिहान खाली पेटमा लसुनको एक-दुई कल्ली चबाउनुस । साथै खाना बनाउँदा पनि मसलाको रुपमा लसुनको प्रयोग अवश्य गर्नुस ।

-बेसार एन्टिअक्सिडेन्ट्सले भरपूर हुन्छ । बेसारको एन्टिभाइरल एक्सनले हेपाटाइटिस बीको भाइरसलाई बढ्नबाट रोक्छ । बेसारलाई प्रयोग गर्ने सबैभन्दा सजिलो र राम्रो उपाय भनेको खाना बनाउँदा यसलाई मसलाहरुमा मिलाउनु हो । अथवा दैनिक एक चुट्की बेसार दूधमा मिलाएर पिउन पनि सकिन्छ । यसबाट तपाईं कलेजोसम्वन्धी रोगहरुबाट बच्न सक्नुहुन्छ ।

– कालो गाजरका धेरै फाइदाहरु छन् । भिटामिनले भरिपूर्ण कालो गाजरबाट शरीरमा रगतको कमि पुरा हुनुका साथै रक्तसञ्चारमा पनि सुधार हुन्छ । गाजरलाई सलादका रुपमा खाँदा हेपाटाइटिसमा पनि धेरै फाइदा हुन्छ ।

– ग्रीन टीमा एन्टिअक्सिडेन्ट गुण भरपूर मात्रामा पाइन्छ । यसबाट कलेजोको सफाईमा मद्दत पुग्छ र कलेजोले राम्रोसँग काम गर्छ । हेपाटाइटिसको उपचार र यसबाट बच्नका लागि ग्रीन टीलाई आफ्नो दिनचर्यामा समावेश गर्नुस ।संसारमा सबैभन्दा खतरनाक रोग भनेर एड्सलाई चिनिन्छ । किनकी एड्सको कुनै उपचार छैन र यसले अवश्यम्भावीरुपमा मानिसलाई मृत्यूतर्फ धकेल्छ ।

यद्यपि यहाँ हामी एड्सको चर्चा गर्न गइरहेका छैनौं । एड्सजस्तै खतरनाक अर्को रोगको चर्चा गर्दैछौं, जसको उपचारमा थोरै मात्र ढिला भए पनि मानिसको मृत्यू हुन सक्छ । यो रोग हो हेपाटाइटिस बी ।

हेपाटाइटिस बी रोग विभिन्न कारणले लाग्छ । संक्रमित सूई वा ब्लेडको प्रयोग र असुरक्षित यौनसम्वन्ध यसका प्रमुख कारण हुन् । संक्रमित आमाको गर्भमा रहेको बच्चामा पनि यो रोग सर्न सक्छ । यसका अलावा ब्लड ट्रान्सफ्यूजन वा अंग प्रत्यारोपण गर्दा राम्ररी जाँच भएन भने पनि हेपाटाइटिस बी हुन सक्छ ।

तर, एउटा कुरा सँधै ध्यानमा राख्नुपर्छ कि अंगालो मार्दा, हात मिलाउँदा, खोकी वा हाछ्यूँ गर्दा हेपाटाइटिस बी सर्दैन । यो भाइरस एचआइभी भाइरसभन्दा ५० देखि १०० गुणा अधिक संक्रमित हुने विश्वास गरिन्छ । यसले गर्दा बिरामीको मृत्यूसमेत हुन सक्छ ।

आजका दिनसम्म पनि हेपाटाइटिसको उपचार अत्यन्त कठिन छ । यो भाइरसले अहिलेसम्म एक करोड ८० लाख व्यक्तिहरुलाई संक्रमित तुल्याइसकेको छ जसको स्थाई उपचार वैज्ञानिकहरुसँग अहिले पनि छैन ।

हेपाटाइटिस बी एउटा भाइरल संक्रमक रोग हो जुन हेपाटाइटिस बी भाइरसको कारण फैलिन्छ । सामान्यतया हेपाटाइटिस बीसँग जोडिएको बिमारीले कुनै दुखाई तथा पीडा दिँदैन जसले गर्दा यो रोग लागेको लामो समयसम्म थाहा पाइदैन । त्यही भएर हरेक वर्ष कयौं मानिसहरु यो रोगका कारण मरिरहेका छन् ।

हेपाटाइटिस बी भाइरसका कारण कलेजो पनि बिगि्रन्छ । जसले गर्दा हरेक वर्ष ४ हजारदेखि ५ हजार व्यक्तिहरुको मृत्यू हुन्छ । विश्वमा कलेजो क्यान्सरको ६० प्रतिशत घटना हेपाटाइटिसका कारण हुन्छन् ।

रोगबाट बच्ने घरेलु उपाय

-अमला भिटामिन सीबाट भरपूर हुन्छ जसले कलेजोलाई हरेक किसिमले फाइदा पुर्‍याउँछ । यसमा पाइने एन्टि-अक्सिडेन्टले हाम्रो शरीरबाट टक्सिनलाई हटाउन सहयोग गर्छ र कलेजो हाम्रो शरीरको त्यो अंग हो जहाँ सबैभन्दा बढि मात्रामा टक्सिन पाइन्छ ।

-लसुनले शरीरबाट विषाक्त पदार्थहरुलाई सफा गर्न सहयोग गर्छ । लसुनमा पर्याप्त मात्रामा सेलेनियम पाइन्छ जसले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ र रगतलाई सफा गर्छ । त्यसैले दैनिक बिहान खाली पेटमा लसुनको एक-दुई कल्ली चबाउनुस । साथै खाना बनाउँदा पनि मसलाको रुपमा लसुनको प्रयोग अवश्य गर्नुस ।

-बेसार एन्टिअक्सिडेन्ट्सले भरपूर हुन्छ । बेसारको एन्टिभाइरल एक्सनले हेपाटाइटिस बीको भाइरसलाई बढ्नबाट रोक्छ । बेसारलाई प्रयोग गर्ने सबैभन्दा सजिलो र राम्रो उपाय भनेको खाना बनाउँदा यसलाई मसलाहरुमा मिलाउनु हो । अथवा दैनिक एक चुट्की बेसार दूधमा मिलाएर पिउन पनि सकिन्छ । यसबाट तपाईं कलेजोसम्वन्धी रोगहरुबाट बच्न सक्नुहुन्छ ।

– कालो गाजरका धेरै फाइदाहरु छन् । भिटामिनले भरिपूर्ण कालो गाजरबाट शरीरमा रगतको कमि पुरा हुनुका साथै रक्तसञ्चारमा पनि सुधार हुन्छ । गाजरलाई सलादका रुपमा खाँदा हेपाटाइटिसमा पनि धेरै फाइदा हुन्छ ।

– ग्रीन टीमा एन्टिअक्सिडेन्ट गुण भरपूर मात्रामा पाइन्छ । यसबाट कलेजोको सफाईमा मद्दत पुग्छ र कलेजोले राम्रोसँग काम गर्छ । हेपाटाइटिसको उपचार र यसबाट बच्नका लागि ग्रीन टीलाई आफ्नो दिनचर्यामा समावेश गर्नुस ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियो पनि हेर्नुहोला :