आनन्दित वा खुसी हुनका लागि कुनै भौतिक साधनको जरुरत पर्छ भन्ने छैन । यो मनको अवस्था हो । मानसिकताको कुरा हो । जब हामी आनन्दित र खुसी अनुभूत गरिरहेका हुन्छौं, त्यसको प्रभाव हाम्रा छोराछोरी, साथीभाई सबैमा पर्छ ।

एउटा बच्चा आनन्दित एवं खुसी महसुष गर्छ भने, त्यसको संचार उनको पुरा परिवारमा पर्छ । त्यसैले बच्चालाई नै हामीले यसमा अभ्यस्त गराउनुपर्छ । र, यसका लागि कक्षाकोठाको पनि अहंम् भूमिका छ, जहाँ बच्चाले अधिकांश समय गुजार्छन् ।

बच्चालाई यसरी खुसी र आनन्दित हुन सिकाउने कि ?

हाम्रो प्रवृत्ति के हुन्छ भने, जब कुनै कुरा प्राप्त गर्छौं, तब आनन्दित महसुष हुन्छ । लिएर, पाएर नै हामी खुसी हुने गर्छौं । जबकी दिएर वा गुमाएर खुसी हुने प्रवृत्तिको विकास हुँदैन ।

हाम्रा पूर्खाहरुले दान दिने, क्षमा दिने कुरालाई मानविय गुणमा राखेका छन् । तर, हामी कञ्जुस भएका छौं । हामी भरिपूर्ण भएर पनि केही गुमाउन वा केही दिन चाहँदैनौ । यद्यपी आफ्ना बच्चामा यहि अवगुण नदेखियोस् ।

उनीहरुलाई आफुसँग भएको कुरा, आफुले आर्जन गरेको कुरा, आफुले संचय गरेको कुरा अरुलाई दिन सिकाऔं । र, यसरी अरुलाई दिएपछि जुन सन्तुष्ट प्राप्त हुन्छ, त्यसको अनुभूत गराऔं ।

सामान्य अभ्यास यसरी पनि गर्न सकिन्छ । विद्यालयको कुनै पर्खालमा आकर्षक रंगले पोत्नुपर्छ । त्यहाँ ‘दानवीरको ढोका’ भनेर लेखौं । बच्चासँग भएका अतिरिक्त सामाग्री जस्तो पेन्सिल, पुस्तक, खेलौना त्यहाँ दिने व्यवस्था गरौं ।

यसरी संकलन भएको सामाग्री अरु दुर्गम वा अभावमा भएका बालबालिकालाई सहयोग गरौं । आनन्द दिनुमा छ, अरुको कब्जा गर्नुमा होइन । यहि कुरा सिकाउनुपर्छ ।

शिक्षामा ‘पहिले मित्रता र त्यसपछि मात्र स्पर्धा’को नीति लागु गराउने

अहिले बच्चाहरु एक्लिदै गएका छन् । उनीहरु साथीभाईसँग घुलमिल हुँदैनन् । सामाजिक काममा संलग्न हुँदैनन् । जबकी यी कुराहरुबाट जति टाढा भइन्छ, उत्तिनै दुख, पीडा अनुभूत हुन्छ । यसको अर्थ के हो भने, जति धेरै साथी बनाउँछौं, जति धेरै मित्रवत् व्यवहार गरिन्छ, उत्तिनै खुसी र आनन्द मिल्छ ।

कक्षा कोठामा हामीले बच्चालाई सबैसँग मित्रवत् व्यवहार गर्न सिकाउनुपर्छ । निश्चय पनि उनीहरु आपसमा प्रतिस्पर्धी हुन्छन् । एकअर्कासँग खेलकुद, पढाइमा प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।

तर, प्रतिस्पर्धाको भावना मात्र प्रवल भइरहँदा त्यसले उनीहरुमा दम्भ, कुण्ठा, ग्लानी आदिको विकास हुन्छ । यसले उनीहरुलाई कहिल्यै आनन्द दिदैन ।

कुनैपनि प्रतिस्पर्धामा एकाध बच्चाले सफलता हासिल गर्छन् । त्यही विद्यार्थी खुसी हुन्छन् । बाँकी बालबालिकाले हीनताबोध गर्न सक्छन् । यसरी हीनताबोध नगराउनका लागि र सधै जागरुक बनाउनका लागि उनीहरुलाई साथीको जितमा उत्सव मनाउन पनि सिकाउनुपर्छ ।

अर्को कुरा उनीहरुलाई टिमवर्कको भावना र महत्वबारे पनि जानकारी दिनुपर्छ । धेरैजसो खेल टिममा खेलिन्छ । टिममा समावेश हरेक सदस्यको सही सक्रियता र प्रयासबाट जित हासिल हुन्छ । यसरी एकअर्कामा सहयोग गर्ने बानीको विकास हुनुपर्छ ।

शिक्षालाई बनाउनुपर्छ मनोरञ्जक

हाम्रो बच्चा विद्यालय जाने समय अँध्यारो अनुहार लगाउँछन् । रुन्छन् । झगडा गर्छन् । मानौ विद्यालय जानु भनेको सजाय झेल्नु हो । उनीहरु यस्तै ठान्छन् । जुन दिन विद्यालय विदा हुन्छ, उनीहरु खुसीले उफ्रिन्छन् । फुरुंग हुन्छन् । मानौ उनीहरु कैदी हुन् जो विद्यालयबाट छुट्दा हुर्रे भन्दै रमाउँछन् ।

किन यस्तो हुन्छ ?

किनभने विद्यालयमा बालबालिकाले एक किसिमको दवाव महसुष गर्छन् । उनीहरुले त्यहाँ जानु, पढ्नुलाई फरक कामको रुपमा लिन्छन् । जबकी त्यही बच्चा कुनै पार्क वा खेलमैदानमा पुर्‍याइने हो भने खुसीले उफ्रिन्छन् । त्यसो भए विद्यालय एवं कक्षा कोठालाई किन त्यस्तो नबनाउने, जहाँ प्रवेश गर्दा विद्यार्थी फुरुंग होस् ।

बच्चालाई खेल खेलमा सिकाउनुपर्छ । खेलको माध्यामबाट सिकेको कुरा दिगो र जीवनोपयोगी हुन्छ भनिन्छ । त्यसैले कक्षा कोठालाई उनीहरुको खेल्ने स्थान जस्तै बनाइदिनुपर्छ । त्यहाँ उनीहरु निर्धक्क र उन्मुक्त ढंगले खेल्न पाउनुपर्छ । खेलको माध्यामबाट नयाँ कुरा सिक्ने वा आर्जन गर्ने व्यवस्था मिलाउनुपर्छ ।

यी बानीहरु जुन बच्चालाई सिकाउँन जरुरी हुन्छ

भनिन्छ नानीदेखि लागेको बानी छुट्दैन । यसैले आफ्ना बालबालिकालाई सानै देखि राम्रा बानीहरु लगाउँनुहोस् । यहाँ त्यस्तै केहि बानीहरुको बारेमा हामीले लेखेका छौँ ।

खाएपछि मुख राम्रोसँग कुल्ला गर्ने

खाना खाएपछि तपाईले राम्रोसँग मुख कुल्ला गर्नुभएको छ ? छैन भने आजैबाट बानी बसाल्नुहोस् र आफ्ना बच्चाहरुलाई पनि सिकाउनुहोस् ।

कुल्ला गर्दा दाँतको गिजामा अल्झिएका खानाका टुक्राहरुलाई फाल्ने र मुख गन्हाउने समस्याबाट बच्न सकिन्छ ।

घर पुग्नेबित्तिकै हातखुट्टा धुने

कार्यालय वा अन्य टाढा हिँडेर घर फर्किएपछि आफ्नो हातखुट्टालाई राम्रोसँग साबुन पानीले धुने गर्नुहोस् । बाहिरी वातावरणमा तपाईंको हातखुट्टामा आँखाले देख्न नसक्ने हजारौँ ब्याक्टेरिया टाँसिएर आएका हुन्छन् ।

हात नधुँदा यी ब्याक्टेरिया शरीरको अन्य भागमा पनि पुग्ने र विभिन्न रोग लाग्न सक्छ । तपाईंको अनुहार, हात र खुट्टामा भएको ब्याक्टेरियाले पेटको संक्रमण तथा श्वास प्रश्वासको समस्या ल्याउछ र यसले छालासम्बन्धी रोग निम्त्याउन सक्छ ।

बत्ती बाल्ने र प्रार्थना गर्ने

तपाइ कत्तिको प्रार्थना गर्नुहुन्छ ? तपाइका बच्चाहरुले प्रार्थना गर्छन् कि गर्दैनन् ? नियमित प्रार्थना र पुस्तादेखि चलेको संस्कार बालबालिकालाई सिकाउँदा उनीहरुमा स्वस्थ जीवनशैलीको विकास हुन्छ ।

बिहान उठ्नेबित्तिकै आआफ्नो धर्मअनुसार मन्त्र, जप, ध्यान, पाठ गर्दा स्मरणशक्ति बढ्छ, मुटु स्वस्थ हुन्छ र डिप्रेसनबाट जोगाउँछ । प्रार्थना गर्दा तपाईंमा सकारात्मक सोच र आध्यात्मिक ज्ञानको ज्योति आउँछ ।

बिहान सबेरै उठ्न लगाउने

तपार्इं, हामी बिहान सबेरै उठ्ने बिरलै छौं । रातीको पार्टी, कामको चापलगायत कारणले एकाबिहानै उठ्न त्यति सजिलो छैन ।

आयुर्वेदमा वर्णन गरिएअनुसार आफ्नो दैनिक कार्यमा संलग्न हुनुभन्दा अगाडि केही घन्टा सबेरै हिँड्दा तपाईंमा कम तनाव हुनुका साथै दिनभर सक्रिय र खुसी बनाउँछ ।

समयमै सुत्ने र बिहान उठेर व्यायाम गर्दा तपार्इंको जीवन नै उत्पादनशील हुन्छ । साइक्याट्रिया एन्ड क्लिनिकल न्युरोसाइन्समा प्रकाशित एक अध्ययनअनुसार सबेरै उठ्ने व्यक्तिमा डिप्रेसनको खतरा कम हुन्छ ।

भुइँमा पलेँटी कसेर खान लगाउने

हिजोआज अधिकांश मानिस डाइनिङ टेबुलमा बसेर खाने गर्छन् । तर, हाम्रा अग्रज पुस्ताको खाने शैलीसँग तुलना गर्दा यो स्वस्थकर देखिँदैन । पुर्खाहरु जहिले पनि पिर्का वा सुकुलमा पलेँटी कसेर खाने गर्थे ।

पलेँटी कसेर खाँदा पाचन प्रक्रियालाई सहयोग गर्नुको अतिरिक्त तौलसमेत घट्छ । साथै यो आसनमा खाना खाँदा बस्ने ढंगमा सुधार ल्याउने, घुँडा र जोर्नीको समस्यालाई पनि समाधान गर्छ । यो आसनले रक्त प्रवाहमा पनि सुधार ल्याउँछ ।

खाँदा पानी नपिउने

हामीले दैनिकजसो गर्ने एउटा साझा भूल हो, खानाको थालीसँगै ठूलो गिलासभरि पानी लिएर बस्नु । खान खाँदा पानी खानु हुँदैन भनेर बालबालिकालाई अभिभावकले सानैदेखि सल्लाह दिने हो भने बालबालिकामा पनि स्वस्थ बानीको विकास हुन्छ ।

खानासँग पानी पिउँदा पाचन प्रक्रियामा समस्या हुन्छ र एसिडिटी बढाउँछ । पोषण विज्ञहरुका अनुसार खानासँग पानी खाँदा शरीरमा ब्लड सुगरको मात्रा बढ्छ र पाचनमा पनि समस्या हुन्छ ।

सूर्यास्तको समयमा डिनर

के तपाईंको अभिभावकले साँझ ८ बजे अगाडि नै खाना खान र सुत्न जोड गर्नुभएको छ ? तपार्इंले पनि यस्तो सुन्दर आदत आफ्ना सन्तानमा पु¥याउनुहोस् ।

आयुर्वेदमा उल्लेख भए अनुसार साँझ पर्ने/नपर्ने बेलामा खाएको खाना प्रकृतिको नियम र चक्रअनुसार हुन्छ । शरीरलाई पनि निकै हितकर हुन्छ ।गाउँघरमा अझै पनि साँझ पर्नु अगाडि वा साँझ परेपछि खाना खाने चलन छ ।

यो आफैँमा वैज्ञानिक र स्वस्थकर भएको पोषण विज्ञहरु बताउँछन् । यो समयमा खाना खाँदा मोटोपनबाट जोगिन्छ, पाचनको समस्या घट्छ, निद्रा बढाउँछ र अर्को दिन बिहान उठ्दा फुर्तिलो भइन्छ ।

याद गर्नुहोस्, खाना खानेबित्तिकै सुत्नु भनेको रोग निम्त्याउनु हो । तर, साँझ पर्नेबित्तिकै खाने मानिस स्वाभाविक रुपमै उत्तिखेरै नसुत्ने भएकाले ऊ विभिन्न गतिविधिमा व्यस्त हुने हुँदा उसमा शारीरिक व्यायाम हुने र मोटोपनबाट स्वतः मुक्ति मिल्छ।

तातो पानीले कपाल ननुहाउने

हाम्रा पुर्खा सधैँ चिसो पानीले नुहाउने गर्थे । तातो पानीले नुहाउँदा तालुमा पिएचको मात्रा बढाउँछ र कपाल झर्छ । यसले कपाललाई भद्दा र कमजोर तथा पातलो बनाउँछ ।

तर, चिसो पानीले तपाईको शरीर र तालुको तापक्रमलाई दिगो बनाउनुका साथै कपाल झर्नबाट रोक्छ । तसर्थ बच्चाहरुलाई पनि सानैदेखि सकभर तातो पानीले नुहाउने बानी नबसाल्नुहोस् ।

खाना अगाडि र पछि राम्रोसँग हात धुने

चम्चाले खाना खाए पनि बालबालिकालाई खाना खानु अगाडि र पछाडि हात धुन लगाउनुपर्छ । यसले झाडापखाला, खानाबाट हुने  संक्रमण र हेपाटाइटिस हुने खतरा न्यून गर्छ । स्वस्थ र सरसफाइका लागि पनि खाना खुवाएपछि उनीहरुको हात धोइदिनुपर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।