भिन्डीलाई हामी सामान्यतया एउटा तरकारीको रुपमा सेवन गर्छौ तर हामीबाट कति जनालाई थाहा छैन होला कि भिन्डीको सेवनले हाम्रो स्वाथ्यमा यति फाइदा गर्छ जुन आज तपाइले थाहा पाएर पर्नुहुनेछ चकित ।
गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ । भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ ।
भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ । भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन् । भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ । आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।
भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ । खानाले क्यान्सरको जोखिम घट्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ । भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ । सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।
भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छ । भिन्डीमा अक्सिडेन्ट्स, भिटामिन–सी, म्याग्नेसियम, क्याल्सियम, आइरनजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् । आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ ।
भिन्डीमा पाइने आइरन, भिटामिन–के आदिले रक्तअल्पता हुन दिँदैन । रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ । भिन्डीमा क्षार तत्व पाइन्छ, जसले अल्सरको असरलाई कम गर्न मद्दत पुर्याउछ ।
अझकेहि बुदागत रुपमा भिन्डीका फाइदाजनक गुण
भिन्डी अर्थात् रामतोरियाँमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ ।
भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।
गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।
भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन् ।
भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ ।
आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।
भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ ।
भिन्डी खानाले क्यान्सरको जोखिम घट्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ ।
भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।
भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्त्वले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छ ।
भिन्डीमा अक्सिडेन्ट्स, भिटामिन–सी, म्याग्नेसियम, क्याल्सियम, आइरनजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् ।
आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ ।
भिन्डीमा पाइने आइरन, भिटामिन–के आदिले रक्तअल्पता हुन दिँदैन ।
रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ ।
भिन्डीमा क्षार तत्व पाइन्छ, जसले अल्सरको असरलाई कम गर्न मद्दत पुर्याउँछ ।
भिन्डी प्रोटिनको राम्रो स्रोत भएकाले शरीरमा प्रोटिनको इन्टेक बढाउन यसको तरकारी खान सकिन्छ ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै
भिन्डीको परिकार कसरी बनाउने ?
चाहे सागसब्जीको कुरा गरौ वा फलफूलको, मौसम अनुकुल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको मौसम सुरु भएको छ । लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पाकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रुपमा खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ ।
१. एक अध्ययनबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बिषालु तत्वलाई हटाउँने क्षमता राख्छ । भिन्डी क्यान्सरमा फाइदाजनक हुन्छ ।
२. भिन्डीमा प्रोटीन, क्याल्शियम, वोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्तो स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।
३. भिन्डीको प्रयोगले केस लामो सामयसम्म कालो र घना हुन्छ । भिन्डीको सेवन मात्र होइन, यसलाई स-सना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मुलायम बनाउँछ ।
४. भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।
५. हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाईलाई एनीमियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।
६. यसमा रहेको फाइबरले कब्जियतको समस्या हटाउन सहयोग गर्छ ।
७. भिन्डीले ब्लडमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहका रोगीलाई भिन्डी सेवन उपयोगी हुन्छ ।
यसरी बनाउन सकिन्छ भिन्डीको स्वादिलो परिकार
भरुवा भिन्डी
चिप्ले भिन्डीमा मसला मिश्रण गरेर स्वादिलो खानेकुरा बनाउन सकिन्छ । यहाँ भरुवा भिन्डी बनाउने बिधी दिइएको छ ।
– २५० ग्राम भिन्डी
– १ मध्यम गोलभेडा, लाम्चो आकारमा काटिएको
– १ हरियो खुर्सानी, बर्गाकार काटेको
– २ चिया चम्चा लसुन अदुवाको पेस्ट
– डेढ चम्चा जीरा
– २ ठूलो चम्चा तेल
– २ ठूलो चम्चा हरियो धनिया
– नुन
भर्नका लागि
– ३ ठूलो चम्चा बेसन, भुटेको
– १ चिया चम्चा कोरेसोले कोरेको नरिवल
– २ ठूलो चम्चा बदाम
– १ ठूलो चम्चा धनिया पाउडर
– एक चौथाई बेसार
– १ ठूलो चम्चा कागतिको रस
– नुन
– १ ठूलो चम्चा तेल
कसरी मसला तयार गर्ने ?
– एक कराहीमा बदामलाई मध्यम आँचमा सेकाउने । त्यो सेलाएपछि पिस्ने ।
– एक कराहीमा बेसनलाई मध्यम आँचमा भुट्ने । त्यसलाई बदामसँगै मिसाएर राख्ने ।
– त्यही कचौरामा नरिवलको धुलो, धनिया पाउडर, बेसार, रातो खुर्सानी पाउडर, गरम मसला पाउडर, तेल र नुन राख्ने । यसलाई राम्ररी मिलाउने ।
भिन्डी कसरी बनाउने ?
– भिन्डीको दुबै छेउको भाग काट्ने । त्यसको बिच भागबाट लामो आकारमा एकातिर चिर्ने । त्यसभित्र अघि बनाइएको मसला राख्ने ।
– एक कराहीमा मध्यम आँचमा तेल तताउने ।
– मसलाले भरिएको भिन्डी त्यसमा हाल्ने र माथिबाट थोरै नुन छर्कने । केहि समय त्यसलाई पाक्न दिने ।
– गाढा रंगको भएपछि निकाल्ने ।
– त्यही कराहीमा एक ठूलो चम्चा तेल तताउने ।
– त्यसमा जिरा हाल्ने । जिरा सुनौलो रंगको हुने अवस्थासम्म भुट्ने । त्यसमा लसुन अदुवाको पेस्ट हाल्ने, हरियो खुर्सानी हाल्ने र ३० सेकेन्ड भुट्ने ।
– गोलभेडा र नुन हाल्ने । गोलभेडा नरम हुनेगरी भुट्ने ।
– त्यमाथिबाट तारेको भिन्डीलाई हालेर राम्ररी चलाउने । एक मिनेटपछि त्यो पाक्छ ।
यसरी तयार भएको चिप्ले भिन्डीको परिकारलाई हरियो धनियाले सजाएर सर्भ गर्न सकिन्छ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।
साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।