“शान्ति—हाम्रो राष्ट्र, परिवार र मुख्य गरी हाम्रो हृदय र मनको निम्ति—कहाँ छ शान्ति?” यो दर्दनाक चीत्कार युगौँदेखि सुनिँदै आएको छ। के तपाईंको हृदयको पनि चीत्कार यही हो?

मानिसहरू थकित र चिन्तित छन्‌। निःसन्देह नै हामीलाई अगुवाइ र परामर्श, सुरक्षा र निश्चयताको आवश्यकता छ। हामीलाई मनको शान्तिको आवश्यकता छ, हामीलाई यो चाहिएको छ।

मनको शान्ति—कति गजबको सम्पत्ति! के यस्तो सम्पत्ति यति बिघ्न द्वन्द्व र चिन्ता, भद्रगोल र दुःखले भरिएको संसारमा पाउन सकिन्छ होला?

चरम खोजी जारी छ! धेरै मानिसहरूले शान्तिलाई सम्मान र समृद्धिमा, सुख-सयल र शक्तिमा, शिक्षा र ज्ञानमा, मानवीय सम्बन्धहरू र विवाहमा खोजिरहेका छन्‌। उनीहरूले आफ्नो टाउको ज्ञानले र आफ्नो थैलो धनले भर्ने इच्छा राख्छन्‌, तर उनीहरूको आत्मा भने रित्तो रहन्छ। कोही भने लागू-औषध वा मदिरा सेवन गरेर जीवनको यथार्थहरूबाट भाग्न खोज्दै गरेका हुन्छन्‌, तर उनीहरूले खोजेको शान्तिले उनीहरूलाई छल गर्छ। उनीहरू अझै पनि रित्तो र एक्लो नै हुन्छन्‌, दुःखित संसारमा अझै पनि दुःखित मन लिएर रहेका हुन्छन्‌।

भद्रगोल स्थितिमा मानिस

परमेश्वरले मानिसलाई सृजनुभयो र उसलाई एउटा सुन्दर बगैँचामा सिद्ध शान्ति, आनन्द र खुसी अनुभव गर्न राख्नुभयो। तर जब आदम र हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरे, तत्कालै उनीहरू दोषको भावले आक्रान्त भए। पहिले उनीहरूले परमेश्वरको उपस्थितिको चाहना गर्थे भने अहिले उनीहरू आफैँ लाजले लुके। उनीहरूले अनुभव गरेको त्यस शान्ति र आनन्दलाई अब दोष र डरले प्रतिस्थापन गर्यो। अशान्त संसार—अनि अशान्त मनको सुरुवात मानिसको पापबाट नै भएको थियो।

हाम्रो आत्माले परमेश्वरको चाह गर्ने भएतापनि हाम्रो पापमय स्वभावले उहाँको चालहरूको विरुद्धमा विद्रोह गर्छ। यो भित्री द्वन्द्वले तनाव र चिन्ता उत्पन्न गर्छ। जब हामी पनि आदम र हव्वा जस्तै हाम्रै इच्छा र अभिलाषामा आफू-केन्द्रित हुन्छौं, तब हामी पनि विचलित र व्याकुल बन्छौं। हामीले जति धेरै आफूमाथि जोड दिन्छौं, हामी त्यति नै धेरै दुःखित बन्छौं। जीवनका अनिश्चितताहरू र परिवर्तित, क्षय हुँदै गरेको संसारले हाम्रो सुरक्षालाई हल्लाउँछ र हाम्रो शान्तिलाई बिथोल्छ।

तपाईंले यसलाई पहिचान वा स्वीकार नगर्नुभएको हुन सक्छ, तर तपाईंभित्र भएको बेचैनीको कारण पाप हुन सक्छ। धेरै मानिसहरूले शान्ति पाउन बाहिरी र भौतिक कुराहरूमाझ खोजी गर्छन्‌। उनीहरूको मन अशान्त हुनमा उनीहरूले अशान्त संसारलाई दोष दिन्छन्‌। तर उनीहरूले आफ्नै हृदयभित्र हेर्न भने छुटाउँछन्‌।

येशू ख्रीष्ट, शान्तिका राजकुमार

हामीलाई बनाउनुहुने र हामीलाई बुझ्नुहुने परमेश्वरसँग हाम्रा जीवनका सबै पक्षहरूलाई एकतामा नल्याएसम्म साँचो शान्ति हुन सक्दैन। ख्रीष्टप्रति पूर्ण समर्पित हुँदा मात्र यो सम्भव हुन्छ। उहाँ यस संसारको मालिक मात्र हुनुहुन्न, तर उहाँले हाम्रो जीवनलाई सुरुदेखि अन्तिमसम्मै बुझ्नु पनि हुन्छ। “अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति दिन, र हाम्रा पाउ शान्तिको बाटोतिर डोर्याउन” (लूका १:७९) उहाँ यस संसारमा आउनुभयो र यसरी उहाँले हाम्रो बारेमा सोच्दै हुनुहुन्थ्यो।

येशूले अन्धकारको निम्ति ज्योति, कलहको निम्ति शान्ति, शोकको निम्ति आनन्द, निराशाको निम्ति आशा, र मृत्युको निम्ति जीवन प्रदान गर्नुहुन्छ। उहाँले यूहन्ना १४:२७ मा भन्नुहुन्छ, “शान्ति म तिमीहरूसँग छोडिराख्‍छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। … तिमीहरूको हृदय व्याकुल नहोस्‌ र भयभीत नहोस्‌।”

पश्चात्तापले मनको शान्ति ल्याउँछ

जब तपाईं पापको गह्रौँ भारीले थिचिएको महसुस गर्नुहुन्छ, तब तपाईंको लागि उपाय यो हो: “पश्चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्‌, कि तपाईंहरूका पाप मेटिऊन्‌” (प्रेरित ३:१९)। येशूले तपाईंलाई सबैभन्दा अर्थपूर्ण, जीवन परिवर्तनको अनुभव गर्नको लागि निम्तो दिनुहुन्छ। येशूले भन्नुभयो, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु” (मत्ती ११:२८)।

पहिलो यूहन्नाको पुस्तक १ अध्यायको ९ पदले प्रतिज्ञा गर्छ, “यदि हामीले आफ्ना पापहरू स्वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्छ।” के तपाईं उहाँको निम्तोलाई स्वीकार गर्नुहुन्छ?

जब तपाईं येशूकहाँ आउनुहुन्छ, तपाईंले क्षमा र स्वतन्त्रता पाउनुहुनेछ। रिस र अक्षमाको साटोमा तपाईंको हृदय प्रेम र कृपाले भरिन्छ। येशूलाई तपाईंको हृदयमा राज गर्न दिएर तपाईंले शत्रुहरूलाई पनि प्रेम गर्नुहुनेछ। यो ख्रीष्टको छुटकारा गर्ने रगतको शक्तिद्वारा सम्भव हुन्छ।

रहिरहने शान्ति

ख्रीष्टियानको रूपमा, परमेश्वरमा विश्वास गर्नु र उहाँको वास्तामा भरोसा गर्नु भनेको डर र चिन्ताको उपचार गर्नु हो। अनन्तदेखि अनन्तसम्म नबदलिनुहुने परमेश्वरमा भरोसा गर्नुमा कति आराम छ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई सदैव वास्ता गर्नुहुनेछ।

त्यसैले, किन चिन्ता गर्ने र व्याकुल हुने? पहिलो पत्रुस ५ अध्यायको ७ पदमा लेखे जस्तै अभ्यास गर्न सिक्नुहोस्‌, “तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।” हामीलाई यस्तो प्रतिज्ञा पनि दिइएको छ, “जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ” (यशैया २६:३)।

येशू ख्रीष्ट तपाईंको हृदयमा हुनुहुन्छ भने शान्तिको निम्ति तपाईंको खोजी पूरा भएको छ। उहाँले तपाईंलाई शान्ति र अमन चैन दिनुहुनेछ, जुन उहाँमाथि भरोसा गरेर मात्र आउँछ। तपाईंले पनि कविसँगै यसरी भन्न सक्नुहुनेछ:

जहाँ छैन शान्ति त्यहाँ शान्ति पाएँ
जहाँ चल्छ हुरी त्यहाँ अमन चैन
गुप्त ठाउँ जहाँ म आमनेसामने भएँ
मेरो मालिकसँग दुःखमा छु म भन्ने छैन

-राल्फ स्पाल्डिङ कुशम्यान

अशान्त संसारमा तपाईंले मनको शान्ति पाउनुहुनेछ! आफ्नो हृदयको ढोका ख्रीष्टको निम्ति खोल्नुहोस्‌—अहिले नै—अनि कुनै बेला तपाईंको लागि उहाँले स्वर्गको ढोका खोल्नुहुनेछ, जहाँ सिद्ध शान्तिले सदासर्वदा राज्य गर्नेछ।

यो पनि जान्नुहोस् :

जीवनभर खुसि रहने तरिका

त्यहाँ मान्छे किन खुसी छैनन् ? किन अमेरिका खुसी देश परेन ? यसको अर्थ हो खुसीको स्रोत धन मात्रै होइन रहेछ ।

हामी भित्र सकरात्मक र नकारात्मक गरी दुई प्रकारका भावनाहरु छन् । सकारात्मक भावनामा भावनामा प्रेम, आदर, अनुग्रह, आनन्द पर्छन् । नकरात्मकमा घृणा, रिस, इर्श्या, इख, गुनासो आदि पर्छन् ।

सकरात्मक भावनले हामीमा ऊर्जा बढाउँछ । खुसीको सञ्चार गराउँछ भने नकरात्मकले दुःखी बनाउँछ । त्यसैले हामी अभावका कारण दुःखी होइन, हामीमा रहेका नकरात्मक भावनालाई बढवा दिएर दुःखी भइरहेका छौं ।

शाररिक रुपमा रोग लाग्यो वा समस्या आयो भने हामी आफैं थाहा पाउँछौं तर मनमा समस्या आयो भने थाहा हुँदैन । विस्तारै गाँज्दै लगेर डिप्रेशनतिर धकेल्छ । मान्छेमा नकरात्मक भावना बढी आउन थाल्यो भने मन समस्यामा छ भन्ने बुझ्नुपर्छ । समस्या आउन नदिन तिनलाइ नियन्त्रणमा राख्नुपर्छ ।

हाम्रा धर्म संस्कृतिमा मनलाई स्वस्थ राख्नकै लागि केही अभ्यास गर्ने गरिएका छन् । तर, हामीले तिनलाई पनि छाडेपछि मन अस्वस्थ हुँदै गइरहेको हुन्छ । मन बिगारेर डिप्रेशनसम्म धकेल्ने केही तत्व यसप्रकार छन्ः

1.  अहम् अहम् खुसी रोक्ने सबभन्दा ठूलो शत्रु हो । अहमका कारण मान्छे फस्दै जान्छ र डिप्रेशनमा पुग्छ । अहम् म मात्रै यस्तो, म मात्रै उस्तो भन्ने एउटा प्रकारको भयो । अर्को मैले यसो गर्न सकिनँ, त्यसो गर्न सकिनँ भन्ने हुन्छ । यसले आत्मग्लानी महशुस गराउँछ । त्यसपछि ऊ विस्तारै अरु र आफैंसँग झिँझिँन थाल्छ । मनमा अनेक कुरा खेल्न थाल्छन् । त्यसपछि आफूलाई दोषी ठहर्‍याउँछ । यसरी डिप्रेशनको शिकार भइन्छ।

2. गुनासो जब मान्छेमा गुनासो गर्ने बानी बढ्दै जान्छ । यसले पनि मनलाई अस्वस्थ बनाउँछ । उसमा फलानो यसो गरिदिएन वा यसो भएन भन्ने खालका भावना आउँछन् । यसले मन दुखाउँछ । आत्मबल कमजोर बनाउँछ । फलानाले यसो गरेन किन त्योसँग बोल्ने भन्ने खालका भावना आउँछन् । यसले उसलाई एक्लोपनतिर धकेल्छ । विस्तारै मनमा कुरा खेलिरहने, टाउका दुख्ने, लगायत हुँदै जाँदा डिप्रेशन हुन्छ।

3. इख इखले पनि आफैंलाई समस्यामा पार्ने हो । त्यसले आफूमाथि भएका खराब व्यवहार वा आफूलाई भएको हानी सम्झाइरहन्छ । यसो हुँदा मन दुखिइरहन्छ । उसले यस्तो गरेको थियो, त्यसलाई यस्तो गर्छु खालका भावना आइरहन्छन् । यसले रिस बढाउँछ । अन्तमा हानी मनलाई नै गर्ने हो।

4. रिस हामी धेरैपल्ट यत्तिकै रिसाइरहेका हुन्छौं, रिसाउनुपर्ने कारण हुँदैन । तुरुन्तै आवेशमा आएर बाझिहाल्छौ । किनभने हामी भित्रभित्रै तातिरहेका हुन्छौं, केही कुरामा ठोक्किनै हुँदैन रिसाइहाल्छौं । हामी कोही रिसाउँदा मसँग रिसायो भन्ने ठान्छौं । तर, ऊ आफैंसँग रिसाएको हो । ऊ भित्र पीडा, तनाव, आवेग आदिको बोझ छ । त्यो उतारेको हो ।

बाटोमा गाडीमा हिँड्दा कसैले थोरै छोयो भने ‘मार्न खोजेकोरु’ भन्दै कराउँछौं । उसले तपाईंलाई चिनेको त छैन, किन मार्न खोज्थ्यो । अन्जानमा भयो । तपाईंले पनि कहिँ ठोक्काउनु भएको थियो होला अन्जानमा । हामी मात्रै सही, हामीले गरे जे पनि ठीक भन्ने खालका भावनाले रिस पैदा गर्छै । रिसलाई दबाउनु पनि डिप्रेशनबाट जागिने सही उपाय हो।

खुसी हुन के गर्ने ?

1. सहयोगी बन्ने सहयोग पाउनेलाई भन्दा दिनेलाई फाइदा पुग्छ । तपाईंले कसैलाई पाँच रुपैयाँ दिँदा त्यो पैसाले उसले के गर्ला ? कति फाइदा होला ? तर, तपाईंलाई भने त्यति दान गर्दा पनि धेरै खुसी मिलिरहेको हुन्छ। जुन हजारौं खर्च गर्दा नमिल्न सक्छ ।

यसैगरी कोही अशक्त, असहायलाई बाटो कटाएपछि आफ्नो मनमा पैदा हुने सन्तोषका तरंग हेर्नुहोस् फाइदा आफैंलाई भएको हुन्छ । हाम्रो धर्म संस्कृतिमा यही कारणले सहयोगलाई जोड दिइएको हो । सहयोगमाथि अध्ययन पनि भएका छन् । त्यसले आत्मबल बढाउने र खुसी तुल्याउने निष्कर्ष निस्किएका छन् ।

1. माफ गर्ने माफी आफू र अर्को दुबैलाई गर्नुपर्छ । कहिलेकाहिँ आफूले भुलवश वा आवेशमा आएर केही बिगार गरिएको हुन्छ । आफूले गरेको उक्त गल्तीका कारण पिरोलिरहने समस्या हुन्छ कतिमा ।

तर, आफूले अरु कसैको केही बिगारेको भए उससँग माफी माग्ने र आफूले आफैंलाई पनि गल्ती नदोहोर्याउने गरी माफी दिने गर्नुपर्छ । यसैगरी कसैले अन्जानमा गरेको गल्तीमा पनि माफ दिन सक्नुपर्छ । यसले मनलाई हल्का बनाउँछ । त्यसो गर्न सकिएन भने मनमा बोझ बढ्छ र बोझ बोकेर हिँड्दा समस्या त आउँछ नै ।

3. धन्य हुने मानवमा जति भए पनि नपुग्ने स्वभावको विकास हुँदै गएको छ । तर, आफूले प्राप्त गरेका कुरामा धन्य हुनु पनि मनलाई आराम दिन महत्वपूर्ण तत्व हो । जस्तोः एक गिलास पानी पिउन पाइयो भने पनि धन्य हुनुपर्छ । मैले यति त पाएँ भन्ने खालको महशुस गर्न सक्नुपर्छ । कसैले गरेको सानो सहयोगमा पनि कृतज्ञ हुनुपर्छ ।

केही प्राप्त गर्दा धन्यवाद भन्नुको अर्थ त्यही हो । हामी अहिले मुखले धन्यवाद त भन्छौं होला मनैदेखि धन्य हुन भने छाडेका छौं । हाम्रो संस्कृतिमा प्रकृति ९जस्तै हावा, पानी, रुख, पहाड, सूर्य आदि०लाई पुज्ने चलन छ । यसको अर्थ घाम, पानी, हावा प्राप्त गरेकोमा धन्य हुने हो ।

4. स्वीकार्य जे भयो भइहाल्यो भनेर स्वीकार्नुपर्छ । किनभने अस्वीकार गर्दा असन्तोष मात्रै बढ्छ फाइदा हुँदैन । मान्छेहरु अचेल असन्तोषी बन्दै गएका छन् । लामो नाक हुनेलाई लामो भएको मन पर्दैन, छोटो हुनेलाई छोटो । कालो भएँ, गोरो भएँ, होचो भएँ, अग्लो भएँ जस्ता कुरामा असन्तोष देखिन्छ । यो भनेको आफूलाई नस्वीकार्नु हो । आफूसँग्ग भएको कुरामा चित्त नबुझाउनु हो ।

यसले ‘बडी डिस्मर्फिक डिसअर्डर’ भन्ने रोग पनि लाग्छ । यसैगरी आफू गरिबीमा जन्मे, पहाडमा जन्में, तराईमा जन्में लगायत खालका अस्वीकार्यरता पनि भेटिन्छन् । जहाँ जन्में पनि जन्में भन्ने कुरामा धन्य हुनुपर्छ । यसैगरी अर्को अस्वीकार्यरता चाहिँ त्यो मान्छेले यसो गरेन, उसो गरेन, यसो भएन, उसो भएन भन्ने खालको हो । यो पनि मानसिक समस्याको कारण हो ।

5. उदारता समान्य उदाहरण प्रस्तुत गरौं, लट्ठी अलिकति बंग्याउने खोज्यो भने भाँचिन्छ तर रबर जति बंग्याए पनि हुन्छ र छाड्ने बित्तिकै आफ्नै स्थितिमा आइपुग्छ । यसको अर्थ मन पनि जति कडा बनाइयो, त्यति नै भाँचिने सम्भावना अधिक रहन्छ ।

त्यसैले हामीले मन स्वस्थ राख्न वा भाँचिन नदिन उदार हुन जरुरी हुन्छ । ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ मानसिक स्वास्थ्यका लागि हानिकारक छ बरु ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ सही हुन्छ ।

यो संसारमा केही पूर्ण छैन र कोही पूर्ण छैनौं । त्यसैले हामीले आफूलाई जे छ त्यही रुपमा अँगाल्ने बानीको विकास गर्नुपर्छ । तपाईं आफू पूर्ण हुनुहुन्न भने अरुबाट त्यस्तो अपेक्षा किन राख्नुहुन्छ ? यसैगरी नियमित ध्यान गर्नेको अनुहारमा हेर्नुहोस् सदा चमक हुन्छ । यसको अर्थ उनीहरुको मन स्वस्थ छ । हामीले पनि ध्यान गर्ने बानी बसाल्नुपर्छ । यसले गहिरो सोचमा पुर्‍याउँछ । आत्मैदेखि सोच्ने बानी बसाल्छ । मन शान्त हुन्छ । डिप्रेशन हुनबाट जोगाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

यो प्रेरणादायी भिडियो पनि हेर्नुहोला :