शिक्षक हुनु भनेको विद्यार्थीको मन मस्तिष्कलाई प्रज्ज्वलित पार्नु हो । अनुशासन, नैतिकता, सत्मार्ग सिकाउने शिक्षकहरू सधैँ सहनशील, धैर्य, समानतावादी, सरल, शिष्ट एवं नम्र हुनुपर्छ । किनकी शिक्षकको व्यवहार हेरेर विद्यार्थीले शिक्षकको अनुशरण गर्छन् । विद्यार्थीलाई शिक्षाप्रतिको भोक पनि शिक्षकले नै जगाउनु पर्छ । त्यसपछि जिज्ञासाको भोक मेटाउने काम पनि शिक्षककै हो । शिक्षण विधि केवल तथ्य स्मरण गराउने खालको मात्रै नभई व्यवहारिक एवं प्रयोगात्मक हुनु पर्छ ।

सामान्यतया आफूले जानेको बुझेको कुरा अरुलाई सिकाउने व्यक्ति शिक्षक हो । तर आप्mनो ज्ञान, सीप, कलादेखि आप्mनो आदर्श एवं मूल्य मान्यता पनि प्रष्टसँग व्यावहारिक रूपमा सिकाउन सक्ने व्यक्ति मात्रै असल शिक्षक बन्न सक्छ । केवल पाठ्यपुस्तकमा भएको वाक्य एवं हरफहरू पढेर सुनाउने काम मात्रै शिक्षण कार्य होइन । विषयवस्तुसँग सम्बन्धित विभिन्न उदाहरणसहित विषयवस्तुको गहिरो अध्ययन गरेर विद्यार्थीको रुचि, स्तर एवं क्षमता अनुसारको व्यावहारिक ज्ञान दिनु पनि शिक्षकको कर्तव्य हो ।

पढाउँदा मात्रै नभइ शिक्षकले आप्mनो बोली, व्यवहार, आचरण एवं पहिरनमा सधैँ नै विशेष ख्याल राख्नुपर्छ । शिक्षकको बोली सरल, प्रष्ट, नम्र एवं नेतृत्वदायी हुनु पर्छ । विद्यार्थीलाई समान बोली र व्यवहार प्रदर्शन गनुपर्छ । शिक्षकको काम पढाउने, कक्षाकार्य गराउने, गृहकार्य गराउने अनि उत्तरपुस्तिका परीक्षणमा मात्रै सीमित नगरी विद्यार्थी एवं अभिभावकलाई पनि अनुशासन, नैतिकता, चरित्र, आचरण र सत्मार्ग सिकाउन सक्नुपर्छ ।

शिक्षक आफै बलेर प्रकाश छर्ने व्यक्ति हो । भनाईको तात्पर्य शिक्षकले अरुको आचरण परिवर्तन गर्नु अघि आफैँ उदाहरण बन्नुपर्छ । भनिन्छ संसारलाई बदल्नु छ भने शुरु आफैँबाट गनुपर्छ । त्यसैगरी शिक्षकको जवाफदेहिता अभिभावक र समुदायप्रति रहनै पर्छ । त्यसैगरी समाजमा ज्ञान, सीप बाँड्ने शिक्षकहरूलाई समाजले पनि उचित आदर सम्मान गर्न कञ्जुस्याँई गर्नु हुँदैन ।

शिक्षकहरूसँग विवेक विचार र ज्ञानको शक्तिशाली हतियार हुन्छ । तर असल शिक्षक बन्न शिक्षक आफैँ निरन्तर जिज्ञासु हुनुपर्छ । निरन्तर सिक्नु, ज्ञान प्राप्त गर्नु, सिकेको ज्ञान सीप र कलालाई निरन्तर बाँड्न, विस्तार गर्नु परिमार्जन गर्नु र झन् उन्नत र परिस्कृत ज्ञानराशी निर्माण गर्नु एउटा शिक्षकको चरित्रगत एवं पेशागत धर्म हो । आफ्ना विद्यार्थी समाज अनि राष्ट्रका लागि आवश्यक ज्ञान विज्ञान र प्रविधिमा शिक्षकको अधिकार रहनै पर्छ ।

विषयवस्तुको यथेष्ट जानकारी, पेशाप्रतिको लगाव, पेशागत अनुशासन, कक्षा व्यवस्थापन, विद्यार्थीको रुचि, क्षमता एवं स्तरको राम्रो जानकारी राखेर पढाउन सक्ने शिक्षकहरू नै सफल शिक्षक मानिन्छन् । परम्परागत रूपमा केवल घोकाउने, रटाउने, विद्यार्थीलाई शारीरिक सजाय मात्रै बढी दिने, तर्साउने अनि विद्यार्थीलाई मानसिक तनाव दिने शिक्षक वास्तविक शिक्षक नभई शिक्षक नामधारी व्यक्तिमात्रै हुन् ।

तथ्य स्मरण गराउनै पर्ने भएपनि विभिन्न सुत्रहरू बनाएर सजिलो गरी विद्यार्थीको क्षमता अनुसार रमाइलो वातावरणमा गर्न सकिन्छ । समय सापेक्ष शिक्षण गर्न शिक्षकलाई समय समयमा पुनर्ताजगी तालिम दिईनु पर्छ र त्यस्तो तालिम लिन शिक्षक पनि अग्रसर बन्नुपर्छ ।

शिक्षकले जातीय समानता, लैङ्गिक समामनता, वैचारिक समानता, वर्गीय समानता जस्ता विषयमा संवेदनशील भएर बोल्न र व्यवहार गर्न पर्छ । शिक्षकहरूले नेताले जनतालाई दिने फुस्रो आदर्श र भाषण गरेजस्तो झुटो बोली र व्यवहार गर्नु हुँदैन । मुखले जे कुरा विद्यार्थीका अघि भनिन्छ त्यही कुरा आप्mनो वास्तविक जीवनमा हरहमेशा लागु गर्न शिक्षक तयार रहनुपर्छ ।

शिक्षकले विद्यार्थीलाई म जे भन्छु त्यो नगर भनेर आदर्शको ढोङ देखाउने काम गर्नु हुँदैन । रूपान्तरणको कुरा गर्नेले जात जातीय र भाषिक राज्यको वकालत गरेर निश्चित समुदायको मात्रै पृष्ठपोषण गर्ने काम शिक्षकले कहिल्यै गर्नुहुँदैन । हामी शिक्षकहरूले पढाउँदा गर्ने कुराहरू सधैँ सम्झेर वास्तविक जीवनमा लागु गर्न सक्नु पर्छ । शिक्षकले सधैँ मैले पढाएको, सिकाएको, भनेको कुरा अनि काम र मैले गरेको व्यवहारमा के कति भिन्नता छ भनेर स्व मूल्याङ्कन गनुपर्छ ।

असल शिक्षकहरूले नै असल नेता, शासक, प्रकाशक जन्माउन सक्छन् । त्यसैगरी विद्यार्थीहरूको रुचि, इच्छा, क्षमता अनुसार पढाउन सक्ने व्यक्ति मात्रै शिक्षण पेशामा सफल हुन सक्छ । पहिले पहिले ज्ञान, सीप र कलालाई सबैको पहुँच र अधिकार क्षेत्र भित्र पु¥याउन शिक्षकले मात्रै महत्वपूर्ण भूमिका निभाएका हुन्थे तर विज्ञान र प्रविधिको विकास र विस्तारले वस्तु र सेवा मात्रै उत्पादन गरिरहेका छैनन् । हिजोआज इन्टरनेटको सहायताले ज्ञानको भण्डारलाई सबैका निम्ति सहज, सरल र सुगम पनि बनाइदिएको छ ।

एकजना शिक्षकले हजारौँ डाक्टर पाइलट, इञ्जिनियर, व्यापारी उत्पादन गर्छ तर हजाराँै डाक्टर, पाइलट अनि व्यापारीहरूले एकजना पनि असल शिक्षक उत्पादन गर्न सक्दैनन् । तसर्थ समाज रूपान्तरण गर्न शिक्षकले अहम् भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

असल शिक्षक बन्न यी कुरामा ध्यान दिनुहोस् :

१. कक्षाकोठा व्यवस्थापन

कक्षाकोठामा छिर्नेबित्तिकै सोच्नुहोस् कि तपाईं विद्यार्थीको आँखामा सुपर हिरोको भूमिकामा हुनुहुन्छ । कक्षामा विद्यार्थीसँग असल र नम्र भएर वार्तालाप गर्नुहोस् । तपाईंको व्यवहार र हाउभाउको आधारमा विद्यार्थीले तपाईंलाई कस्तो व्यवहार गर्ने भन्ने निर्धारण गरेका हुन्छन् । विद्यार्थीको उमेर समूहअनुसार फरकफरक व्यवहार गर्नुहोस् ।

२. उद्देश्य निर्धारण गर्नुहोस्

तपाईं कक्षामा के उद्देश्य लिएर छिर्नुभएको छ, पहिले नै निर्धारण गर्नुहोस् । विद्यार्थीले के सिकून् भन्ने अपेक्षा तपाईंले राख्नुभएको छ, सोही अनुसार पढाइलाई अगाडि बढाउनुपर्दछ । पाठ योजना बनाउँंदा नै यस विषयलाई प्राथमिकता दिनुहोस् ।

३. कक्षाकोठालाई शान्त बनाउनुहोस्

जहिले पनि शान्तपूर्ण वातावरणमा पढाउनुहोस् । एकआपसमा कुराकानी गर्ने तथा शिक्षक र विद्यार्थीबीच अन्तरसंवाद हुन सकेन भने सिकाइ क्रियाकलाप प्रभावकारी नहुन सक्छ । तर कक्षालाई शान्त बनाउने नाममा शिक्षक विद्यार्थीको अन्तरसंवादलाई शून्य बनाउनु हुँदैन ।

४. विषयवस्तुको गहिराइमा पुग्नुअघि विद्यार्थीलाई मौखिक प्रश्न सोध्नुहोस्

पुस्तकमा भएको विषयवस्तुअनुसार सीधै पढाउँदा सम्बन्धित विषय विद्यार्थीलाई अनौठो लान सक्छ । यस्तो अवस्थामा उनीहरूलाई पृष्ठभूमि बताउनेगरी मौखिक रूपमा नयाँनयाँ विषयवस्तुबारे सोध्नुहोस्, जसले विद्यार्थीलाई किताब पढेपछि अझ धेरै ज्ञान दिन सकोस् ।

५.सकारात्मक सोचका साथ प्रतिस्पर्धा गराउनुहोस्

विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन एकआपसमा स्वच्छ प्रतिस्पर्धाको भावनाको विकास गराउनुहोस् । कुन विषयमा कुन विद्यार्थीले धेरै लेख्न सक्छ वा व्याख्या गर्न सक्दछ भन्ने बानीको विकास गराउनुपर्दछ । जसले विद्यार्थीलाई रचनात्मक र मेहनती बनाउनसमेत मद्दत पुर्‍याउँदछ ।

६. पाठयोजना बनाउन नबिर्सनुहोस्

हरेक कार्य सम्पन्न गराउनका लागि योजनाको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले शिक्षकले पनि पाठयोजना बनाएरमात्र कक्षाकोठामा प्रवेश गर्नुपर्दछ । शिक्षकले वर्षभरिमा कुन एकाइलाई कति दिन पढाउनेदेखि लिएर कुन दिन कक्षामा छिरेको समयमा के के पढाउने भन्ने विषयमा समेत स्पष्ट योजना बनाउनुपर्दछ ।

असल शिक्षकको दायित्व :

शिक्षकहरू नै समाजको बौद्धिक व्यक्तित्व हुन् । गुरुकुल शिक्षा पद्धतिको संस्कारबाट प्रेरित हाम्रो पूर्वीय वाङ्मयमा शिक्षकको महŒव झनै बढी देखिन्छ । शिक्षकलाई आदर्श र प्रेरणाको स्रोतका रूपमा लिइन्छ । तसर्थ, शिक्षक बन्दा उच्च श्रेणीका अब्बल मानिएका व्यक्तिलाई छनोट गर्ने प्रक्रियालाई अवलम्बन गर्नुपर्छ । शिक्षक जहिले पनि पठनशील भने हुनुपर्छ ।

शिक्षकहरूको पठन संस्कृतिका सन्दर्भमा खासै भरपर्दो वैज्ञानिक सर्वेक्षण भएको भेट्टाइएको छैन तर पनि सामान्य बुझाईमा पठनशील शिक्षकको सङ्ख्या न्यून छ भन्ने आँकलन गर्न सकिन्छ । डिजिटल प्रविधिले ओगटेको वर्तमान बजारमा पुस्तकालयको प्रयोग कम हुन गए पनि विद्यालयमा पुस्तकालयको कम महत्व भने मान्न सकिँदैन ।

विद्यालयको पुस्तकालयबाट शिक्षक, विद्यार्थी दुवैले लाभ उठाउन सक्छन् तर विगतमा जस्तो पुस्तकालय खोल्ने लहर कमजोर बन्दै गएकोले पनि पठनीय संस्कृतिमा ह्रास आएको छ तर विना पठनीय संस्कृति शैक्षिक गुणस्तरको कल्पना गर्न सकिँदैन । साथै शिक्षक वर्गमा हौसला र प्रोत्साहनको पनि त्यत्तिकै खाँचो पर्छ ।

एउटा कुन्ठित र उदासिन शिक्षकबाट अपेक्षित सुधारको आशा गर्न सकिँदैन । राष्ट्र र समाजको समृद्धिका लागि पनि गुणस्तरीय शिक्षा चाहिन्छ । यसर्थ, राष्ट्रिय शिक्षा नीति निर्माण गर्दा मुलुकको विविधता तथा समयको आवश्यकतालाई ख्याल गरिनुपर्छ । वर्तमान समय र प्रविधिमा आएको परिवर्तनलाई आत्मसात् गर्न सक्ने शिक्षा नीति तर्जुमा गर्नु आजको राष्ट्रिय दायित्व हो ।

विद्यमान शिक्षा ऐन नियममा टेकी स्थायी प्रकृतिको राष्ट्रिय शिक्षा नीति आयोग बनाउने र यसै आयोगद्वारा प्रभावकारी परिचालन गरी शिक्षा नीति, निर्माण, कार्यान्वयन गर्नमा जोड दिने भने पनि हालसम्म खासै केही हुन सकेको छैन । यस आयोगले संविधानअनुरूप राष्ट्रिय, प्रान्तिय र स्थानीय तह अनुरूपको समयसापेक्ष ढङ्गको शिक्षा नीति निर्माण गरी लक्ष्य निर्धारण गरिनुपर्छ ।

नेपालको संविधान २०७२ ले विद्यालय शिक्षालाई स्थानीय सरकारको दायित्वमा राखिएको छ । संविधान लागू भएको यत्तिका समय बितिसक्दा पनि शिक्षा केन्द्रीय निकायकै नियन्त्रणमा सञ्चालन भएको छ । स्थानीय चुनाव सम्पन्न भइसकेपछि पनि निर्वाचित स्थानीय प्रतिनिधिले संविधानले तोके मुताबिकको अधिकार उपभोग गर्न नपाउँदा अरू अन्योलको स्थिति उत्पन्न हुन सक्छ । यो स्थिति सिर्जना हुनुमा वर्तमान अवस्था मात्र जिम्मेवार नभएर विगत देखिका कमीकमजोरी जटिलताबाट पेचिलु बन्न पुगेको छ ।

२०४६ सालको राजनीतिक परिवर्तनसँगै नयाँ शिक्षा नीतिको जरुरी थियो तर राजनीतिसँगै शिक्षा नीति परिवर्तन हुन सकेन । फलस्वरूप सामुदायिक विद्यालय नाजुक हँुदै जान थाले । २०६३ सालको परिवर्तन पछि पनि शिक्षा क्षेत्रप्रति बेवास्ता नै गरियो । २०७२ साल असोजमा गणतन्त्रात्मक नेपालको संविधान आयो । संविधानअनुसारका ऐन, नियम मुलुकले पाउन सकेन । शिक्षा ऐन संशोधन विधेयकमा सभासदले लामो समयसम्म खासै चासो राखेनन् ।

बल्ल २०७३ साल मध्येतिर आएर ऐन संशोधन भयो, यस ऐनअनुसार प्रारम्भिक बाल कक्षादेखि आठसम्म आधारभूत र कक्षा नौ देखि १२ सम्मलाई माध्यामिक तह मानेर शिक्षाको संरचनामा फेरबदल ल्याएको छ । अर्को पक्ष कक्षा नौदेखि प्राविधिक विषय अध्ययन गर्न पाउन व्यवस्था गरिएअनुरूप १२ कक्षा पछि पनि एक वर्ष व्यावहारिक अभ्यास गराइने प्रावधान राखेको छ । यस ऐनले उच्च माध्यामिक शिक्षापरिषद् खारेज गरी राष्ट्रिय परीक्षा बोर्ड गठन गरेको छ ।

हुन त नयाँ संविधानले माध्यामिक तहसम्मको शिक्षा स्थानीय तहको सरकारलाई जिम्मा लगाउने उल्लेख गरिएको छ । यस अर्थमा राष्ट्रिय परीक्षा बोर्डको पनि औचित्य देखिँदैन । आज देशले सङ्घीय गणतन्त्रात्मक राज्य व्यवस्था स्वीकारी संविधान लागू भइसकेको सन्दर्भमा विगत केही यता निर्माण भएका ऐन, कानुन तत्काल फेर्नुपर्ने हुन्छ । यो अवस्थामा हाम्रो शिक्षा नियम पनि फेरबदल गर्नुपर्ने देखिन्छ ।

वर्तमान संविधान २०७२ ले आधारभूत तहको शिक्षा अनिवार्य र माध्यामिक तहसम्मको शिक्षा निःशुल्क बनाउने भने पनि सरकारले यस विषयमा कार्यान्वयनतर्फ लैजाने खासै पहल गरेको देखिँदैन । सरकारी काम कारबाहीको ढिला सुस्ती, अनुगमन र नियमन नै कमजोर र फितलो भइरहेको बेला प्रभावकारी कार्यान्वयनको के अपेक्षा राख्ने ? सरकारी विद्यालयको लगानीअनुरूपको प्रतिफल छैन, प्रविधितर्फ आत्मसात् गर्न सकेको देखिँदैन ।

पाठ्यक्रम विद्यालयमा हेरिँदैन, पाठ्यपुस्तक विद्यार्थीले पाउन सक्तैनन, कतिपय शिक्षक दलका झोले बन्छन् । शिक्षकले राजनीतिमा लाग्न नमिल्ने नियम बनाइएको छ । त्यो व्यवहारमा लागू हुन सक्तैन । सबै शिक्षकलाई पुनर्ताजगी तालिमको व्यवस्था हुन सकेको छैन । समग्रमा विद्यालयमा राम्रो गर्ने शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डको व्यवस्था छैन । राजनीतिक नेतालाई राम्रो शिक्षक होइन, हाम्रो शिक्षक चाहिएको छ ।

विद्यालयमा राम्रा शिक्षक भए भने तिनबाट अभिभावको भूमिका पनि निर्वाह हुन सुक्छ । अहिले कतिपय ठाउँमा शिक्षक र अभिभावक दुवै एकअर्कालाई दोषी देखाउन खोजी आफ्नो कमजोरी लुकाउन खोज्छन् । सबैका बीच आपसी अन्तक्र्रिया छलफल र विमर्श आदिका माध्यमबाट सही कुरा पत्ता लगाई मिलिजुली समाधानको बाटो पहिल्याउनुमा नै सबैको भलो हुने कुरामा ध्यान जानु जरुरी छ ।

विद्यार्थीले पढाइमा ध्यान दिनका लागि पढाइ रोचक र कक्षा कोठाको वातावरण रमाइलो बनाइनु असल शिक्षकको गुण हो । शिक्षक आफ्नो विषयमा दक्ष र सक्षम बन्न सक्नुपर्छ । शिक्षकले आफूलाई विद्यार्थीका अगाडि हाउगुजी बनाउनुहुँदैन ।

शिक्षकले राम्रोसँग नसिकाई विद्यार्थीले सिक्न सक्तैनन् । विद्यार्थीमा पठनपाठन गरिने विषयवस्तु सिक्ने उत्सुकता नहुनुमा दोषी शिक्षक ठहर्छ । शिक्षकको मनो सामाजिक रुचिअनुसार सिकाउने नयाँ–नयाँ प्रविधि र विधि खोज्ने उत्साह र इच्छा रुचि चाहिन्छ । केटाकेटीमा नयाँ सोच र चाहनाको खोजी भएको अवस्थामा शिक्षक भने उही पुरानो परम्परागत प्रविधि र विधिमै अलमल्याउन खोज्ने भए भने केटाकेटीमा त्यस्तो सिकाइप्रति उत्सुकता हुँदैन ।

कतिपय नजान्ने विद्यार्थी जान्न कोसिस गर्दैनन् । अध्ययनमा ध्यान दिएर पनि नजानेका हुन कि जान्न नखोजेको हो वा शिक्षकले पढाउन नजानेर हो ।आखिरमा कक्षाकोठामा शिक्षकभन्दा विद्यार्थी क्रियाशील हुनु जरुरी छ । विद्यार्थीका मनका कुरा शिक्षकले सुन्नुपर्छ । उनीहरूको समस्या के हो ? राम्रोसँग नबुझी समाधानको खोजी हुन सक्तैन ।

विद्यार्थीका स–साना दोष केलाएर गलत साबित गराउने प्रकृतिमा सुधार आउनु जरुरी छ । अबका विद्यार्थीमा कमजोर पक्ष कोट्याएर होइन सबल पक्ष देखाएर कुरा गर्नुपर्छ । तिमी ज्ञानी छौँ, बुद्धिमान छौँ, तिमीलाई पढनु छ भनेर हौसाएर पढाउनुपर्छ । शिक्षकले आफूलाई साथीका रूपमा सहजकर्ताका रूपमा कक्षा कोठामा प्रस्तुत हुन सक्नुपर्छ । कक्षा कोठाभित्र समान सिकाइ क्षमताका विद्यार्थी हँुदैनन् । त्यहाँ सुनेर सिक्ने, पढेर सिक्ने हेरेर सिक्ने, छोएर, गरेर सिक्ने आदि क्षमताका विद्यार्थी हुन्छन् । जुन विद्यार्थी जुन विधिद्वारा सिक्छन् सोही विधिको प्रयोग गरेर रमाइलो वातावरणमा सिकाउने सक्ने शिक्षक नै आजको आवश्यकता हो ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

यो भिडियो तपाईको जीवनलाई काम लाग्नेछ :