नुन विनाको खाना हामी खान सक्दैनौ । नुनले खानाको स्वाद बढाउनुका साथै खानालाई स्वादिष्ट बनाउन मद्दत गर्छ । यद्यपी, एक दिनमात्र नुन नखाँदा पनि हामीलाई के नखाएको के नखाएको जस्तो हुने गर्छ ।

आखिर किन, हामीलाई यत्ति धेरै नुनको तलतल लाग्ने गर्छ ? नुन खानकै लागि हामीलाई यत्ति धेरै बेचैनी हुन्छ ? यस्ता अनेकौ प्रश्न छन्, जसको उत्तर हामीमध्य धेरैलाई थाहा नहुन सक्छ ।

चिकित्सकहरुका अनुसार नुन यस्तो तत्व हो, जुन शरीरलाई सकि्रय राख्न आवश्यक छ । यसले रगत सफा गर्न तथा जिवाणुलाई मारेर शरीरलाई रोगबाट बचाउन समेत सहायता प्रदान गर्छ ।

त्यसैले सिमित मात्रामा नुनको सेवन गर्नु राम्रो पनि हो । तर आवश्यकता भन्दा बढी मात्रामा नुनको सेवनले भने शरीरमा विभिन्न समस्या निम्त्याउन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वस्थ व्यक्तिले दिनमा दुई हजार तीन सय मिलीग्राम भन्दा बढी नुनको सेवन गर्नु हुँदैन ।

अर्थात , एक वयष्क व्यक्तिले अधिक भन्दा अधिक पाँच ग्राम नुनको मात्र सेवन गर्नु पर्छ ।

अमेरिकन हार्ट एशोसिएसनले भने एउटा वयस्क मानिसलाई दिनमा दुई चम्चा नुनको सेवन गर्न सुझाव दिएको छ । त्यस्तै, उच्च रक्तचाप भएका व्यक्तिलाई भने आधा चम्चा नुन खान सिफारिस गरेको छ ।

जबकी नेपालमा भने नुनको सेवन विपरीत तरीकाले हुने गरेको छ । जसमा एउटा नेपालीले मात्र दैनिक एघार ग्राम सम्म नुन खाने गरेको विभिन्न अनुसन्धानहरुले फेला पारेको छ भने करिब ५/७ वर्ष अघि सम्पन्न भएको एक अध्ययनले समेत नेपालीहरु दोब्बर नुन सेवन गर्छन् भन्ने समेत प्रमाणित गरिसकेको छ ।

यसका बाबजुद पनि हामीलाई यत्ति धेरै नुनको तलतल लाग्नुको पछाडी के कारण हुनसक्छ ?

अत्याधिक व्यायाम वा परिश्रम ?

पसिनाको साथ हाम्रो शरीरबाट सोडियम पनि बाहिर निस्कने गर्छ । जसका कारण शरीरमा सिरमको स्तरलाई सन्तुलित बनाउन पनि हामीलाई अत्याधिक मात्रामा नुनको आवश्यकता पर्छ । र, अत्याधिक व्यायाम, लामो दुरी दौडनु, वा बढी मिहेनत गरेपश्चात्त शरीरमा इलेक्ट्रोसाइट्स -पोटासियम र सोडियम) को असन्तुलन कायम भई हामीलाई नुनको तलतल लाग्ने गर्छ ।

यस्तो परिस्थितिमा कागती पानी, जीरा पानी लगायतका पेय पदार्थको सेवन गर्न सकिन्छ ।

डिहाईड्रेसन ?

अत्याधिक पसिना आउनु, उल्टी हुनु, पखाला लगायतका कारण पनि डिहाईड्रेसनको समस्या हुने गर्छ । र, डिहाईड्रेसनका साथ शरीरबाट पानीको साथमा सोडियम पनि निस्कने गर्छ । र, यो अवस्था शरीरलाई सकि्रय राख्न पनि नुनको तलतल लाग्छ सक्छ ।

गर्भावस्था ?

गर्भावस्थाका क्रममा पनि कयौ महिलालाई नुनको तलतल लाग्न सक्छ । विशेषगरी, गर्भावस्थामा हुने मर्निङ्ग सिकनेस र चक्करका कारण यस्तो हुने गर्छ । तयसबाहेक, महिनावारी हुनु अघि वा पीएमएस -पि्र मेन्सुरेशन सिन्ड्रोम)मा पनि नुनको तलतल लाग्न सक्छ ।

तनाव ?

अफिसमा जब धेरै काम हुन्छ वा तनाव हुन्छ, तब हामीमध्य धेरैजसो व्यक्ति अक्सर चिप्स, प|mेञ्ज प|mाइज, लगायतका नुनिलो खानेकुराको प्याकेट रित्याउनतिर लाग्छौ । जुन कि सामान्य हो । किनकी अत्याधिक तनाव वा दवाव भएमा मानिसहरुलाई नुनको तलतल लाग्ने गर्छ ।

निद्राको कमी ?

अत्याधिक नुन सेवन गर्नुमा निद्राको कमी पनि एउटा मुख्य कारण हुने गर्छ । सन् २०१३ मा सम्पन्न एक अध्ययनका अनुसार निद्राको कमी भएमा मानिसहरु नुनै नुनले भरिएको विभिन्न किसिमको जंकफुड खान रुचाउँछ । जबकी एउटा वयष्क मानिसलाई रातमा कम्तीमापनि सात देखि नौ घण्टा गहिरो निद्रा अवश्य चाहिन्छ ।

खुशी महसुस हुन्छ, त्यसैले ?

नुनले खुशी प्रदान गर्ने मस्तिष्कको एउटा भागलाई सकि्रय गराउँछ र डोपामाइन नामक हर्मोन अत्याधिक मात्रामा स्राव गर्नमा मद्दत गर्छ , जसले गर्दा नुन खान पाउँदा मात्र पनि मानिसले खुशी महसुस गर्छ ।

अत्याधिक नुन खाने बानी ?

कयौ पटक जब हामी लामो समयसम्म नुनको सेवन गर्छौ, वा शरीरलाई अत्याधिक नुन लिने बानी पर्न थाल्छ, तब खानामा नुनको मात्रा सामान्य हुँदा समेत हामीलाई चित्त बुझ्दैन र हामी जर्बजस्ती बढी नुन खान थाल्छौ ।

रोग पनि हुनसक्छ एउटा कारण ?

केही स्वास्थ्य सम्बन्धि समस्या यस्ता हुन्छन्, जसको कारण हामीलाई नुनको तलतल धेरै हुने गर्छ ।

उदाहरणको लागि एडिशन रोग । एड्रेसन इंनसफिशियन्सी पनि भन्ने गरिन्छ । एडि्रनल हर्मोनले हाम्रो शरीरमा नुन र पानीको उचित मात्रालाई नियन्त्रण गर्न सहयोग गर्छ र, शरीरमा यसको कमी भएमा डिशन नामक रोग लाग्ने गर्छ ।

जसको कारण शरीरले पर्याप्त मात्रामा हर्मोनको उत्पादन गर्न सक्दैन । जसले गर्दा शरीरमा हर्मोनको कमीका कारण थकान, मांसपेशी तथा जोर्नीको दुखाई, कपाल झर्ने समस्या, शरीरमा चिनीको कमी, हाईपर पिगमेन्टेशन इत्यादीको समस्या हुने गर्छ ।

यी समस्याबाट बच्ने उपाय ?

नुनमा सोडियम र क्लोराईड हुन्छ । नुनमा रहेको सोडियमले हृदयलाई खराब बनाउन सक्छ । आवश्यकता भन्दा बढी नुनको सेवन गर्नाले मधुमेह, मिर्गौला सम्बन्धि समस्या, उच्च रक्तचाप, तथा मुटु सम्बन्धि समस्या निम्तिने गर्छ । र, यस्ता समस्याबाट बच्नका लागि पनि नुनको अत्याधिक सेवनबाट बच्नुपर्छ ।

बरु यसको सट्टा हरियो सागसब्जी , गाँजर लगायतका खानेकुरा खानुपर्छ । यस्ता खानेकुरामा सोडियम प्राकृतिक रुपमा रहेको हुन्छ, जसले शरीरलाई खासै हानी गर्दैन ।

त्यसबाहेक, खानामा नुनको सट्टा विभिन्न किसिमका जडिबुटी तथा मरमसलाको प्रयोग गर्न सकिन्छ । सेतो नुनको सट्टा कालो नुन प्रयोग गर्नुपर्छ । खानामा माथिबाट नुन हाल्नबाट सकेसम्म बच्नुपर्छ । नुन विनाकै सलादको सेवन गर्ने बानी बसाल्नु पर्छ ।

सुरु सुरुमा यी सबै काम गर्न कठिन भएपनि विस्तारै विस्तारै यो नै तपाईको दैनिकी बन्न थाल्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

कालो नुन अथवा बिरे नुनले खाना स्वादिष्ट बनाउनको साथै अन्य फाइदा, यस्ता छन्

मानिसलाई स्वस्थ राख्न नुनको ठूलो भूमिका हुन्छ । यसबाट शरीरलाई सोडियम र क्लोराइड तत्व प्राप्त हुन्छ । सोडियम नसा र मांशपेशी सञ्चालन तथा तन्दुरुस्त राख्न अति आवश्यक पर्छ । तर, उच्च रक्तचाप तथा ‘हाइपर टेन्सन’ बिरामीका लागि नुन बढी सेवन गर्नु हानिकारक हुन्छ । किनकि नुन बढी भएमा मिर्गौला, मुटु र रक्तचापसमन्धी रोग बढ्ने खतरा हुन्छ।

‘काँचो नुन खानु हुँदैन, नुन बढी खानु हुँदैन, नुनले मिर्गौला बिगार्छ ।’ नुनका विषयमा अक्सर यस्तै टिप्पणी सुनिन्छ । त्यसो भए कति खाने त नुन ? नुन प्रयोगबारे विज्ञहरू यो भन्छन्ः

एउटा स्वस्थ व्यक्तिले दैनिक सबै खानामा गरी १० ग्राम अर्थात् दुई चिया चम्चा नुनको प्रयोग गर्न सक्छन् । उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला, कलेजोको सिरोसिस भएका बिरामीहरूले भने दैनिक पाँच ग्राम अर्थात् एक चिया चम्चा मात्र सेवन गर्न सक्छन् । यस्ता बिरामीलाई नुनले झनै रोग बढाउने सम्भावना हुने भएकाले कागती पानी, प्रशोधित अचार, दालमोठ, बिस्कुट या लेजजस्ता खाने कुराहरू खान नहुने त्रिवि शिक्षण अस्पतालकी पोषणविद् नानी शोभा शाक्य बताउँछिन् ।

चिकित्सका अनुसार नुनको प्रयोग बढी भएमा मिर्गौलामा पत्थरी हुने र रक्तचाप बढ्ने समस्या आउँछ । रक्तचाप वृद्धि भएकै कारण मुटुसम्बन्धी विभिन्न रोग लाग्ने चिकित्सक बताउँछन् ।

नेपाली बोलीचालीमा बीरे नुन भनिने कालो नुनलाई घरेलु औषधीको रुपमा प्रयोग गर्ने चलन पूरानै हो । पेट दुख्दा या ग्याष्ट्रिक हुँदा यसको प्रयोग गर्ने गरिएको छ । यसमा आइरन, सल्फ्युरसजस्ता कयौं खनिज पदार्थ पाइन्छ । यसमा सेतो नुनको तुलनामा सोडियमको मात्रा पनि कम हुन्छ । यसैले यसले शरीरमा सोडियमको स्तर बढाउँदैंन ।

 जानौं कालो नुनका फाइदाहरु 

१. तौल घटाउन उपयोगी

कालो नुनले तौल घटाउन पनि मद्धत गर्छ । शरीरमा पाचन प्रक्रिया ठीक हुन्छ भने खानामा भएको पोषक तत्व शरीरले राम्ररी लिन पाउछ । स्वादिलो हुने भएकाले यो नुन निरन्तर प्रयोग गर्न सकिन्छ ।

त्यसका लागि एक गिलास पानीमा एउटा कागती निचोरेर हाल्ने र स्वाद अनुसारको नुन मिसाउन सकिन्छ । यसले शरीरमा बोसो जम्मा हुन दिँदैंन । गर्मीका बेला तिर्खा लाग्दा दिनको तीन चारपटक कालो नुन खान सकिन्छ ।

२. मधुमेहमा लाभकारी

कालो नुनमा सोडियम कम हुन्छ । यसले ब्लड सुगरलाई नियन्त्रित गर्छ । यसैले मधुमेहका बिरामीका लागि कालो नुन उपयोगी हुन्छ । मधुमेह सुरुवाती अवस्थामा छ भने त कालो नुनको प्रयोगले ठीक पनि हुन सक्छ । सोडियम कम हुने भएकाले मुटु र मिर्गौला रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

३. भोक बढाउँछ

कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।

४. जोर्नी दुख्दा

मांसपेशी र जोर्नी दुख्दा बीरे नुनले सेक्ने हो भने निको हुन्छ । यसका लागि एउटा कपडामा थोरै नुन बाँध्नुपर्छ । यसलाई तातो बनाएर दुखेको ठाउँमा दिनको दुईपटक सेक्ने हो भने तत्काल राहत मिल्छ ।

५. अपच हुँदा

अपच हुँदा बीरे नुन अर्थात् कालो नुन लाभदायी हुन्छ । यसले मुखको ग्रन्थी सक्रिय बनाइदिन्छ । पेटमा हाइड्रोक्लोरिक एसिड र प्रोटीनलाई पचाउने इन्जाइम बढाउन मद्धत गर्छ । अपच, कब्जियत, एसिडीटीमा एक गिलास पानीमा कागतीको रससंगै यो नुन हालेर पिउनाले राहत मिल्छ ।

जानौं बिरे नुनका थप फाइदाहरु

१. यो सजिलै शरीरमा समायोजन हुनसक्ने भएकोले यसले डिहाइड्रेशनबाट बचाउँछ ।

२. शरीरमा पानीको मात्राको पूर्तिगर्नुका साथै शरीरमा स्फुर्ति ल्याउन भुमिका खेल्छ ।

३. रगतमा चिनीको मात्रा पुरागर्नुका साथै शरीरमा चिनीरोगको बिकास हुन दिदैन ।

४. यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

५. शरीरमा एसीड तथा फासफोरसको मात्रालाई सन्तुलनमा ल्याउँछ ।

६. नियमित रुपमा यो नुन प्रयोग गर्नाले छाला चाउरीन पाउँदैन । साथै छालामा दुख दिने खटिरा तथा डण्डीफोर आउन पाउँदैन ।

७. स्वासप्रश्वास संबन्धी समस्याहुनेहरुका लागि यो बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ ।

८. बढ्दो उमेरका केटाकेटीहरुका लागि यसले हड्डी बलियो बनाउन मद्धत पुर्याउँछ ।

९. टाउकोको कोषिकाहरुलाई पुनर्जिवित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउनुका साथै मीठो निन्द्रा निमत्याउँछ ।

१०. मांसपेशीलाई बलियो बनाउँछ ।

११. रक्तसंचारमा सुधार ल्याउँनुका साथै रगतलाई प्रदुशित हुनबाट जोगाउँछ ।

१२. यसले रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिदैन ।

१३. यसले कलेजो तथा किडनीलाई बलियो बनाउँछ ।

१४. पिनास, घाँटीदुखेको तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निदान हुन्छ ।

१५. शरीरको संपुर्ण शक्ति, मुड तथा सकारात्मक बिचारको बिकासमा यसको देन प्रशंसनिय छ ।

 

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।