रायोको सागलाई मस्टर्ड ग्रिन्सको नामले पनि चिनिन्छ । यो विश्वमै बढी स्वस्थकर तरकारीमा पर्ने गर्छ । यो विश्वमा उपलब्ध तरकारीमध्ये दोस्रो बढी पोषणयुक्तमा पर्छ ।

रायोको सागलाई पकाएर, काँचै सलादको रुपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ । तर, यसलाई धेरै पकाउनु भने हुँदैन । बढि पकाउँदा यसको पोषणतत्व हटेर जाने सम्भावना हुन्छ ।

रायोको साग खानुका फाइदा

रायोको साग गर्भवती महिलाका लागि निकै लाभदायक हुन्छ । यसमा प्रचुर भिटामिनको मात्रा हुने भएकाले वाकवाक आउने, बान्ता हुने र टाउको दुख्नेजस्ता समस्याबाट बचाउँछ ।

निमोनिया, फोक्सोको इन्फेक्सन, रुघाखोकी लाग्ने मानिसले पनि रायोको साग सेवन गर्दा राहत मिल्छ । यसबाट प्राप्त हुने ‘भिटामिन सी’ ले यस्ता खालका दिर्घ रोगिलाई औषधीकै काम गर्छ ।

बाथको रोगीलाई पनि रायोको सागले राहत प्रदान गर्छ । यसमा हुने कपरले शरिरको दुखाइलाई कम गर्छ ।

पिसाब नलिको पत्थरीबाट पनि रायोको सागले बचाउने काम गर्छ ।

रायोको सागले डन्डीफोर, छालासम्बन्धि विभिन्न इन्फेसनबाट बचाउँछ ।

रायोको सागमा पाइने ‘भिटामिन के’ ले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुख क्यान्सरको जखिमलाई कम गर्छ । यसले कलेजो क्यान्सरका विरामीलाई पनि फाइदा पुर्याउँछ ।

मुटुसम्बन्धी समस्या छ भने पनि रायोको साग खान नछुटाउँदा राम्रो हुन्छ । यो सागले मुटुको विरामीलाई राहत प्रदान गर्छ ।

यसले शरीरका विकार पदार्थलाई निस्कासन गर्नका लागि समेत सहयोग पुर्याउँछ । त्यति मात्र होइन यसले स्मरणशक्ति बढाउनमा पनि भूमिका खेल्छ ।

रायोको सागमा ‘भिटामिन ए’ को मात्रा प्रशस्त हुन भएकाले आँखालाई स्वस्थ राख्नका लागि सहयोग पुर्‍याउँछ । आँखाको लागि ‘भिटामिन ए’ अपरिहार्य तत्व हो । यसले रतन्धोलगायत आँखामा हुने समस्याको सम्भावनालाई पनि दुर गर्ने काम गर्छ ।

रायोको सागमा ‘भिटामिन-के’ प्रशस्त मात्रामा पाइन्छ । यसले हाडलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । त्यति मात्र नभएर रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने समस्यालाई पनि रोक्ने गर्छ । हड्डी खिइने समस्या छ भने पनि रायोको साग अमृत सावित हुन सक्छ ।

रायोको सागमा पाइने भिटामिन

रायोको सागमा भिटामिन के, ए, सि, इ, बि वन, बी टु, बि थ्री, प्रोटिन, म्याग्नेसियम, इइरन, फस्फोरस, प्यान्टोथेनिक एसिड, फाइबर, फोलेटलगायतका पोषण तत्व हुने गर्छ । जसले शरिरलाई पूर्ण रुपमा स्वास्थ राख्नका लागि मद्दत पुर्याउँछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

यस्ता छन् रायोको सागका गुण तर होसियार यस्तो बेलामा यसरी खानु हुन्न

जानकारीका लागि रायो, तोरीको परिवारमा पर्ने तोरी जस्तै हो तर तोरीको भन्दा ठूलो पात भएको मूख्य रूपमा तरकारीको रूपमा प्रयोग गरिने तेलहन बाली हो। यसको खेती मूख्य रूपमा साउन-भदौ देखि सुरु गरिन्छ र यो पौष-माघ सम्म रहन्छ । यसलाई हरियो छँदै टिपेर गुन्द्रुक पनि हाल्ने गरिन्छ । रायो खेतीको लागि सिँचाइ र पहारको आवश्यकता पर्दछ।

सागसब्जीमा रायोलाई राजा मानिन्छ । स्वादका हिसाबले मात्रै नभएर यसको पौष्टिकता र औषधिय गुणले पनि यो राजा भनिन लायक छ । विभिन्न पौष्टिकताले भरिएको रायोमा निकै सकारात्मक कुराहरु छन् यसका साथै रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।

१.डन्डीफोर कम गर्छ

रायोको सागमा पाइने तत्व डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ ।

२.गर्भवतीलाई लाभ गर्छ

गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भवती महिलाका लागि उपयुक्त हुन्छ ।

३.रुघाखोकीबाट जोगाउँछ

रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।

४.पत्थरी हुन दिँदैन

पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।

५.बाथका रोगीलाई राहत दिन्छ

रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

६.जोर्नी र हड्डी बलियो बनाउँछ

रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो ।

७.महिनावारीमा राहत दिन्छ

रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ । शरीरका विकार फाल्छ ।

८.शरीरका विकार फाल्छ

रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनवटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीर बाहिर निकाल्छन् ।

९.स्मरणशक्ति बढाउँछ

उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

१०.आँखा तेजिलो बनाउँछ

रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।

११.मुटु बलियो बनाउँछ

मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।

१२.क्यान्सरबाट जोगाउँछ

रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

रायोको साग खाँदा अपनाउनुपर्ने सावधानी

रायोको साग जुनसुकै अवस्थामा पनि खान भने हुदैन । विभिन्न केहि अवस्थामा रायोको सब्जी खानु उपयुक्त हुदैन । त्यस्तै जुनसुकै मसलामा पनि रायोको सब्जी खानु ठिक हुदैन । यसैले रायोको साग खाँदा तलका कुराहरु याद गर्नुहोला ।

१.बढी नपकाउने

रायो बढी पकाउँदा यसमा पाइने उपयोगी पदार्थ हराएर जान्छन् । यसैले रायोको सागलाई बेस्सरी पकाउँने नगर्नुहोला । थोरै नुन राखेर केहि बेर मध्यम तापमा पकाएको रायो स्वास्थ्यका लागि पनि फाइदाकारी हुन्छ भने स्वादिलो पनि हुन्छ ।

२.बेसार नहाल्ने

यसै पनि सागमा हत्तपती बेसार त कसैले पनि हाल्दैन तर धेरैलाई लाग्न सक्छ कि बेसार पनि असाध्यै धेरै औषधिय गुणले भरिएको मसला हो । यसैले यसलाई जेमा पनि अलिअलि मिसाएर खाँदा फाइदा हुन्छ तर त्यस्तो सँधै हुदैन । रायोको सागमा बेसार हाल्दा त्यसले स्वास्थ्यमा हानी गर्छ ।

३.राती नखाने

रायोको साग रातीको भोजनमा खानु हुँदैछ । राती रायो पच्न गाह्रो हुन्छ । बिहान अथवा दिउँसोको खाना र खाजामा रायोको साग खानु ठीक हो ।

रायोको दानाको के फाइदा ?

रायोको सागको मात्रै होइन, रायोको दानाको पनि बेग्लै विशेषता हुन्छ । रायोको दानाको केहि औषधिय गुणहरु तल बमोजिम छन् :

पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।

रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ ।

रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।

बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ ।

रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।