‘धनी कसरी बन्ने ?’ अर्थात ‘धन कसरी कमाउने ?’ हाम्रो मन-मस्तिष्कमा हरदम घेरा हाल्ने प्रश्न हो यो ।

धन, जो हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ । दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ । हुन त हामीले विद्यालय स्तरमै ‘धन ठूलो कि, विद्या’ भन्दै वादविवाद गर्‍यौं । हामीलाई के सिकाइयो भने, धन भन्दा विद्या ठूलो हो ।

यद्यपी विद्याले हामीलाई बौद्धिक रुपमा सम्पन्न तुल्याउँछ । त्यसैगरी धनले भौतिक जीवनलाई सम्पन्न तुल्याउँछ । यी दुबै एकअर्काको परिपूरक पनि हुन् । भनिन्छ नै, ज्ञान विनाको धन व्यर्थ छ । विहानबेलुकी छाक जुटाउन, चाडपर्व मनाउन, उपचार गर्न, हिँडडुल गर्न हामीलाई धन चाहिन्छ । जीवनको सम्पूर्णता धन होइन । तर, जीवनको अपरिहार्य धन हो । आजको भौतिक समाजमा हाम्रो गुजारा मात्र होइन, सपनासँग पनि धनको साइनो छ ।

तर, धनप्रति त्यती धेरै आशक्ति पनि राख्नुहुँदैन कि, जसले हाम्रो चैन विथोलिन्छ । निद्रा विथोलिन्छ । भोक हराउँछ । सुख हराउँछ ।

धनको उपयोगिता बुझेर सही मार्गबाट आर्जन गर्नका लागि प्रयास गर्नुपर्छ । अन्याथा, गलत बाटोबाट आर्जन गरेको धनले हामी आफैलाई नष्ट गर्छ ।

कसरी धनी हुने ?

चाहेर मात्र कोही पनि धनी बन्न सक्दैन । धनी बन्नका लागि केही शर्तहरु पालन गर्नुपर्छ, जीवनलाई सही बाटोमा डोर्‍याउनुपर्छ अनि केही त्यस्ता गुप्त रहस्यहरु छन् जसलाई जीवनमा लागू गर्नुपर्छ । यी गुप्त रहस्यलाई अपनाएर चमत्कारी परिणाम प्राप्त हुनसक्छ जुन वैज्ञानिक एवं ज्योतिषीय दृष्टिले महत्वपूर्ण मानिएका छन् । के छन् त त्यस्ता रहस्यः

पहिलो रहस्यः आफू धनी छु भन्ने विश्वास

साँच्चै नै धनी बन्ने चाहना छ भने आफू धनी भएको कुरामा विश्वास गर्न थाल्नुपर्छ । धनीहरुको जस्तो सोच हुन्छ आफूले पनि त्यस्तै सोच अँगाल्नुपर्छ, धनीहरु जस्तो व्यवहार गर्छन् त्यस्तै व्यवहार गर्न सुरु गर्नुपर्छ । रहनसहन एवं जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । विश्वासमा ठूलो शक्ति हुन्छ । जस्तो विश्वास राखियो आफू त्यस्तै भइन्छ ।

विश्वासको शक्तिमाथि विश्वास गरेर सोचाइमा परिवर्तन ल्याइयो भने धनी हुन कुनै मुस्किल छैन । तर विश्वासमा कुनै प्रकारको द्विविधा वा शंका हुनुहुँदैन । यसको विपरीत जो मानिस आफूलाई दरिद्र वा धनहीन ठान्छ ऊ सदैव दरिद्र ने रहन्छ । ऊ कहिल्यै पनि धनी हुन सक्दैन । यसकारण विश्वास अँगालेर जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ ।

दोस्रो रहस्यः धन्यवाद दिने बानीको विकास

हरेक मानिस ईश्वरकहाँ माग्न जाने गर्छन् तर धन्यवाद कतिले दिन्छन् ? नगण्य मानिस मात्र त्यस्ता छन् जसले आफूले पाएको वा आफूसँग भएको कुनै पनि कुराका लागि ईश्वरलाई मनैदेखि धन्यवाद दिन्छन् । र त्यस्ता व्यक्तिहरु सम्पन्न छन्, धनी छन् । जीवनमा आफूलाई जेजति कुरा प्राप्त भएको छ त्यसका लागि ईश्वर, प्रकृति वा कुनै पनि व्यक्तिलाई मनैदेखि धन्यवाद दिने व्यक्ति कृतज्ञ हुन्छ र उसलाई कहिल्यै पनि कुनै कुराको अभाव हुँदैन । धन्यवादमा ठूलो शक्ति हुन्छ । यसकारण प्रतिपल धन्यवाद दिनका लागि तयार रहनुपर्छ किनभने आगामी दिनमा त झन् अझ धेरै कुरा पाइने पक्कापक्की छ ।

तेस्रो रहस्यः ईश्वर, प्रकृति वा आकाशसँग माग्ने

ईश्वर, प्रकृति वा आकाशसँग मानिसलाई दिनका लागि धेरै कुरा छन् । तर, त्यो कुरा मानिसलाई तबसम्म प्राप्त हुँदैन जबसम्म उसमा कुनै पनि कुरा प्राप्त गर्नका लागि मनको भित्रैदेखि तीव्र चाहना उमि्रएको हुँदैन । तीव्र चाहना भयो भने मागेको कुरामा शक्ति भयो भने मात्र इच्छित वस्तु प्राप्त हुन्छ । सतही ढंगले गरिएको मागमा बल हुँदैन र त्यसबाट केही पनि प्राप्त हुँदैन ।

ईश्वर, प्रकृति वा आकाशसँग कुनै वस्तु मागेर पक्का पनि पाइन्छ भन्ने विश्वासका साथ पर्खन सकियो भने अवश्य पनि त्यो कुरा प्राप्त हुन्छ । निश्चित रुपमा प्राप्त हुन्छ । याद राख्नुपर्ने कुरा के छ भने एउटा चीज मागिसकेपछि त्यो प्राप्त नहुन्जेल अर्को वस्तु माग्नुहुँदैन अर्थात् माग वा इच्छा फेरिरहनुहुँदैन, एक पटकमा एउटै मात्र वस्तु माग्नुपर्छ ।

चौथो नियमः वास्तुशास्त्रको नियम पालना

भनिन्छ, मानव जीवनमा तीन कुराको उत्तिकै र बराबरी महत्व छ-कर्म, वास्तु र भाग्य । यी ३ कुरामध्ये कुनै दुई कुरा मात्रै पनि प्राप्त भयो भने पनि जीवन सार्थक हुन्छ । यहाँ प्रसंग वास्तुको छ तसर्थ त्यसकै कुरा गरौँ,

घरलाई वास्तुअनुसार निर्माण गर्नुपर्छ । क्रोधको त्याग गर्नुपर्छ । बैठक कोठामा परिवारको हाँसोयुक्त तस्बिर राख्नुपर्छ । पूजास्थलमा धनवर्षा गरिरहेकी माता लक्ष्मीको फोटो राख्नुपर्छ । खाना जहिले पनि पूर्व वा उत्तरतर्फ फर्किएर खानुपर्छ ।

घरको पैसा राख्ने ठाउँमा तामा, पित्तल वा चाँदीका सिक्का राख्नुपर्छ । यसका साथै बेसारको चोइटो, पहेँलो कौडा, तामा वा चाँदीको सिक्का राख्नुपर्छ । घरलाई सुगन्धित बनाइराख्नुपर्छ । खल्तीमा सदैव केही सिक्का राख्नुपर्छ । प्रत्येक शनिबार पीपलमा जल चढाउने तथा सम्भव भएसम्म मंगलवारको व्रत बस्ने गर्दा धनी हुन समय लाग्दैन ।

पाँचौँ उपायः राति नोट गनेर मात्र सुत्ने

यो निकै प्रभावकारी उपाय हो । यसका लागि १०, २०, ५०, १०० वा यसभन्दा माथि जतिको सकिन्छ त्यति नोटको एक गड्डी बनाइराख्नुपर्छ । प्रत्येक रात सुत्नुअघि त्यो नोटको गड्डीलाई गन्ने र निश्चित स्थानमा राखेर सुत्ने । यस्तो कार्य कम्तीमा पनि ४५ दिनसम्म गर्ने । यसो गर्नाले जीवनमा कतै न कतैबाट धन प्राप्त हुन थाल्छ, सकारात्कताको विकास हुन्छ र पैसा कमाउने बुद्धि पलाउन थाल्छ ।

कसरी छिट्टै धनी बन्ने ?

संसारमा पैसा कमाउन र धनी बन्न चाहने सबै हुन्छन् । तर केही व्यक्तिले मात्रै आफ्नो सपना पूरा गर्न सक्छन् । भारतका धनाढ्य मुकेश अम्बानी पनि त्यस्ता थोरै व्यक्तिमा पर्छन् । बाबुले कमाएको धनलाई उनले आफ्नो मेहनत र लगनसिलताका कारण नयाँ उचाई दिए । सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने अम्बानी भारतमा थुप्रै युवाहरुको प्रेरणाका स्रोत हुन् ।

आखिर उनी कसरी धनी भए त ? यस्ता छन् उनका जिवनका सफलताका सुत्रः

मुकेश अम्बानी आफ्ना बाबु धिरुभाई अम्बानीलाई आफ्नो गुरु मान्छन् । पैसाको पछाडि दौडिदैमा कोही सफल व्यवसायी बन्न सक्दैन भन्ने मान्यता धिरुभाई राख्थे । मुकेश यसैमा विश्वास गर्छन् ।

ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ । उनी पनि यस्तै गर्छन् । उनी ठूलो सपना मात्रै देख्दैनन् त्यसलाई पूरा नगरेसम्म आरामले निदाउन समेत सक्दैनन् ।

उनी प्राय मिडियाबाट टाढै रहन्छन् किनकी उनलाई लाग्छ जब काम देखिन्छ तब कसैले केही बोल्न आवश्यक हुँदैन । रेभिन्यूले आफैँ बताउँछ ।

उनी व्यवसायमा मात्रै हैन आफ्नो सौखका लागि पनि पर्याप्त खर्च गर्छन् । मानिसले आफ्नो मनले मागेका कुरा पुरा गर्नुपर्ने उनको भनाई छ । उनी इन्डिय प्रमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको टिम मुम्बईका मालिक हुन् ।

कामको कुरा आएपछि मुकेश आफ्नै अनुभवलाई ठूलो मान्छन् । उनले जीवनमा थुप्रै समस्या व्यहोरेका छन् । यसकारण उनी भन्छन्, आफैलाई विश्वास गर र हरेक परिस्थितीका लागि तयार होउ ।

जुवाडे र साहसी व्यक्तिका अनुभव उस्तै हुन सक्छन् । तर यी दुईबीचमा केही फरक छ । मुकेश आफूलाई साहसी व्यक्ति मान्छन् र हरेक चुनौती समाना गर्न तयार हुन्छन् ।

दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँदैन । त्यसैले प्रतिस्पर्धी बजारमा कसैले कसैलाई नपर्खने भएकै कारण सफलताको भोक आफैँमा हुनुपर्ने मुकेशको ठम्याई छ । मुकेश टिमका हरेक व्यक्तिसँग साथमा हुन्छन् र उनी व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्छन् ।

विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ । यदी तपाईको उत्पादनभन्दा राम्रो उत्पादन बजारमा छ भने तपाईले आफ्नो क्षमता बढाउनु आवश्यक छ । त्यसपछि मात्रै प्रतिस्पर्धामा उत्रनु पर्छ ।

धनी बन्न रोक्ने मानिसका ६ बानी :

प्रत्येक व्यक्तिलाई पैसा कमाउने एक न एक मौका आउने कुरामा अर्बपति स्टीभ सीबोल्ड विश्वास गर्छन् । मानिसका कतिपय बानी तथा आदतले उसलाई धनी बन्नबाट रोक्ने उनको तर्क छ । यदि यी सात बानी सुधार्न मानिसले सकेन भने उ कहिल्यै पनि धनी बन्न सक्नेछैन ।

कमाइमा भन्दा बचतमा बढी जोड

धेरै मानिस कमाईमा भन्दा पनि बचत गरे धनी बन्न सकिने विश्वास गर्छन् । तर धनी बन्नका लागि बचतका साथै कमाईमा पनि उतिकै ध्यान दिन जरुरी छ । कसरी बचत गर्ने भनेर चिन्ता जतिकै कमाइमा पनि ध्यान दिने हो भने मानिस धनी बन्नबाट रोक्न नसकिने उनको भनाई छ । तसर्थ धनी मानिस बन्न धनी मानिसले जस्तै गर्नुपर्छ । धनी बन्ने हो भने पैसा सकिन्छ भनेर चिन्ता गर्नभन्दा पनि पैसा कसरी बड्छ भनेर चिन्तन गर्ने हो भने धनी बन्न पनि गाह्रो छैन ।

लगानी नगर्ने

पैसा कमाउने सबैभन्दा सजिलो माध्यम लगानी गर्नु नै हो । यदि तपाईले आजसम्म पनि लागनी गर्न शूरु गर्नुभएको छैन भने तपाई धनी बन्ने तपाईको सपनामात्र हुन सक्छ । जति चाँडो मानिसले लगानी गर्न शूरु गर्छ त्यति नै चाँडो उ धनी बन्न सक्छ । करोडपति हरुले आफ्नो घरायसी आम्दानीको कम्तीमा पनि २० प्रतिशत लागनी गर्ने गरेको ‘आइ विल टीच यु टु बी रिच’ नामक पुस्तकमा उल्लेख छ ।

अरुको जीवन बाँच्ने

धेरै मानिस आफ्नो भित्री इच्छा नै पत्ता लगाउन सक्दैनन् । आफ्नो भित्री चाहना पत्ता लगाए पनि सोही विषय सँग सम्बन्धित काम गर्दैनन् । अरुकै इच्छा जिउने मानिस धनी बन्न सक्दैन । तसर्थ आफ्नो इच्छा जुन क्षेत्रमा छ त्यही क्षेत्रमा काम गर्ने मानिस मात्र वास्तवमा धनी बन्न सक्छ । यदि यो गल्ती नगर्ने हो भने धनी बन्न सक्दैन ।

पहिले खर्च अनि मात्र बचत

धेरै मानिस आफ्नो आम्दानीबाट पहिले खर्च छुट्याउँछन् । अथवा खर्च गरेर बचेका मात्र बचतका रुपमा प्रयोग गर्छन् । तर यो बानी नसुधार्ने मानिस धनी बन्न सक्दैन । निश्चित आम्दानीबाट निश्चित रकम पहिले नै बचतका लागि छुट्याउने र बाँकी मात्र खर्च गर्ने मानिस नै वास्तवमा एक दिनको धनी मानिस हो । कम्तीमा पनि आम्दानीको १० प्रतिशत बचत नगर्ने मानिस धनी बन्न सक्दैन ।

धनी बन्न सकिन्न भन्ने सोचाई

मानिसलाई धनी बन्न सबैभन्दा पहिले सोही मानिसको सोचाईले नै रोकेको हुन्छ । धनी बन्न चाहने तर वास्तवमा धनी बन्न नसकेका धेरै मानिस ‘म धनी बन्न सक्दिन’ भन्ने हीन सोचाइबाबाट गुज्रिरहेका हुन्छन् । सबैभन्दा यो सोचाइलाई जरैबाट निमूल गरेर प्रसास गरे धनी बन्न गाह्रो नभएको विश्वास सीबोल्डको छ ।

चुनौतीबाट भाग्ने

जो कोही पनि मानिसलाई कुनै न कुनै किसिमको समस्या परिरहेको हुन्छ । तर समस्या तथा चुनौतीबाट भाग्ने मासिन वास्तवामा धनी बन्न सक्दैन । हर चुनौतीलाई सकेसम्म सामाधान गर्न गर्दै जाने मानिस नै भविष्यको धनी मानिस हो ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा
नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।