१. मुसुरोको दाललाई पानीमा भिजाएर कपाल धुँदा यसले कपाललाई नरम तथा चम्किलो बनाउँछ ।

२. गिलास पानीमा एक चम्चा चियाको पत्ती हालेर केही समय उमाल्ने । त्यसमा कागतीको रस हाल्ने । यस्तो मिश्रणले कपाल पखाल्दा कपालमा चमक आउँछ ।

३. एक गिलास बियर लिएर कन्डिसनरजस्तै गरी कपालमा लगाउने । यसले कपाललाई चमकदार बनाउँछ ।

४. कपाल सुक्खा छ, तथापि आफूलाई प्याक लगाउने फुर्सद छैन भने दुई चम्चा मह तथा दुई चम्चा रमलाई पानीमा हालेर कपाल पखाल्ने । यसले पनि कपाललाई नरम तथा चम्किलो बनाउँछ ।

५. कपालमा विभिन्न किसिमका केमिकल मिसिएका सामानको अधिक प्रयोग गर्नु राम्रो हुँदैन । केमिकल स्टेनिङ, कलरिङ आदि प्रक्रियाले कपाललाई कडा बनाउनुका साथै दीर्घकालीन असर गर्न सक्छ ।

१. कपाल कसरी झर्छ?

कुनै पनि दिनमा १०० ओटा जति कपाल झर्ने गर्छ l यदि तपाईंको कपाल लामो छ र तीन दिनमा एक पटक नुहाउनु हुन्छ भने नुहाएर भ्याउंदा करिब ३०० जति कपाल बाथरूममा (बाथटबमा) देखिनुलाई सामान्य मान्नु पर्छ l यी झरेका कपालको जराबाट पुन कपाल पलाउन थाल्छ l तर कसैको कपाल धेरै झर्ने तर थोरै मात्र पलाउन थाल्ने हुन्छ l यो प्रक्रिया महिलामा भन्दा पुरुषमा पहिला देखिन्छ l

प्राकृतिक रुपमा पुरुषमा यो प्रक्रिया २० बर्षमा शुरु हुन्छ भने महिलामा ३० बर्षमा शुरु हुन्छ l (प्राय) कपालको संख्या लगभग ५०% जति कम नहुदासम्म हामीलाई खासै चिन्ता महसुस हुदैन वा हामीले पत्तो पाउदैनौ l कपाल झर्ने कारण धेरै हुन सक्छन l ति कारणहरुलाई मुख्यतय दुई भागमा विभाजित गरिन्छ l पहिलो scarring (कपालको जरा नष्ट भएको) र दोश्रो non-scarring (कपालको जरा नष्ट नभएको). Scarring निकै कमलाई हुने गर्छ र यस समस्याबाट कपाल झरिसकेको भए उपचार सम्भब छैन l लगभग ८०-९०% को non-scarring हुने गर्छ र यसको उपचार छ l यो पोस्टमा non-scarring को बारेमा मात्र लेख्नेछु l Non-scarring हुने कारणहरु धेरै छन् जस्तै:

*Androgenetic (androgen हर्मोन र genes को कारण): (चित्र १ र २) यो बंशाणुगत हुने गर्छ l पुरुष र महिलाको टाउकोमा जहाँ androgen हर्मोनको receptor छ त्यहाँ यस हर्मोन (टेस्टसटरन –> DHT) ले बढी असर गर्छ र कपाल झर्छ l

*Alopecia areata (सिक्का जस्तो गोलो आकारमा ठाउँ ठाउँमा कपाल खुइलिने समस्या): (चित्रमा #३) शरीरको प्रतिरक्षा प्रणाली (immune system) ले आफ्नै शरीरको कोष (कपालको जराको कोष) मा आक्रमण गर्दा यो रोग निम्तिएको हो l

*Telogen effluvium (शरीरको हर्मोन, औषधि, रगतको कमि, life stress, iron को कमि, पौष्टिक आहारको कमि, सुत्केरी अवस्था आदिको कारणले केहि महिना कपाल झर्ने समस्या)

*Trichotillomania (आँफै कपाल तानेर झार्ने l बिभिन्न खालको मानसिक समस्यामा हुने): आत्तिएको बेला, टोलाएको बेला वा मनमा चिन्ता परेको बेला आँफुलाई थाह भएर वा नभईकन कपाल तान्ने समस्या l

२. कपाल झर्ने समस्याको उपचार के हुन्?

कपाल झर्ने प्रक्रिया प्राकृतिक हुनाले कपाल झर्न सम्पूर्ण रुपमा रोक्न सकिन्न l औषधिहरुले मुख्यगरी दुई किसिमले काम गर्छ (एक) कपाल झर्न कम गर्ने, (दुई) जरा जिउँदो रहेको तर कपाल उम्रन छाडेकोलाई फेरी सक्रिय बनाउने l तल बताईएका औषधि र बिधिहरु जति छिटो शुरु गर्यो उतिनै राम्रो परिणाम देखिन्छl अर्थात् टाउको टक्लु हुनु अघि नै शुरु गर्दा राम्रो हुन्छ l

यदि अचानक टाउकाको बाहेक आँखी भौं र शरीरको अन्य भागमा पनि रौँहरु एकै पटक झर्न शुरु गरेको छ भने पहिला Biotin vitamin शुरु गर्ने

१  महिना दिनहु खाँदा झर्न रोकिएन भने तुरुन्त डाक्टरकोमा जाने l झर्न रोकियो भने ३-४ महिना थप खाने l टाउको चिलाउने पनि गर्छ भने तुरुन्तै डाक्टरकोमा जाने l Biotin खाँदै गर्दा रगतमा अन्य केहि कुराको पनि कमि छ कि भनेर जांच गर्दा राम्रो हुन्छ l

Androgenetic hair loss को लागि पहिला Minoxidil foam ५% (Rogaine brand अमेरिकामा हुनुहुन्छ भने) दिनको एक पटक कपालमा लगाउने l यसले कपाल थप झर्नबाट रोक्छ र केहि मात्रामा कपाल बढ्न सक्छ l Minoxidil संगै वा छुट्टै Finasteride औषधि खान सकिन्छ l यो औषधि पुरुषको लागि मात्र हो l डाक्टरको prescription बिना खानु हुँदैन र महिलाले खानै हुँदैन (फेरी दोहोर्याउँछु, महिलाले finasteride खान हुँदैन) l माथि भनिएको औषधि ४-५ महिना प्रयोग गर्दा कुनै राम्रो परिणाम नभेटिए Laser Energy प्रयोग गर्न सकिन्छ l

हप्ताको २ दिन घरमै वा डाक्टरको अफिसमा गएर यो laser प्रयोग गर्न सकिन्छ l (नेपालमा यो प्रबिधि सजिलै उपलब्ध छ छैन मलाई थाह भएन) l लामो समयसम्म कपाल उम्रन छाडेको तर नमरेको जरालाई laser energy ले पुन सक्रिय बनाउछ l विदेशतिर हाम्रो शरीरको आफ्नै रगतबाट platelet (रगतको एक तत्व) छुट्याएर निकालिएको platelet rich plasma कपालको जरामा सुईद्वारा लगाईन्छ जसले कपाल उम्रन छाडेको जराबाट पुन कपाल पलाउन थाल्छ l यसो गर्दा पनि भएन भने hair transplant गर्न सकिन्छ l

Alopecia areata को लागि Triamcinolone, Cyclosporone, Anthralin जस्ता लगाउने औषधि प्रयोग गर्नु पर्छ l अन्य खाने औषधि र लगाउने इन्जेक्सनहरु पनि हुन्छन l यी सबै औषधि डाक्टरको प्रत्यक्ष निगरानीमा प्रयोग गर्नु पर्दछ l

Telogen effluvium को लागि पहिला कुन रोग वा अवस्थाको वा कुन तत्वको कमीले गर्दा भएको हो पत्ता लगाउनु पर्छ र त्यस कारक तत्वको उपचार गर्नु पर्छ l रोग पत्ता लगाउन रगत जांच गर्नु पर्छ l प्राय CBC, हर्मन (थाईरैड, टेस्टसटरोन) को मात्रा, ANA, Iron आदिको जांच गरिन्छ l अरु कसैलाई तपाईंको र कपाल झर्ने समस्या नभएको व्यक्तिको मुट्ठीले कपाल तान्न लगाउनुसl यदि तपाईंको धेरै निस्क्यो भने तपाईंलाई यो समस्या हुन सक्छ l सामान्यतय १० ओटा कपाल एकै पटक तान्दा १ भन्दा धेरै निस्कनु राम्रो होइन l ३ भन्दा धेरै निस्कियो र कपाल झर्ने समस्या भैरहेको छ भने तुरुन्त डाक्टरकोमा जानु पर्छl

Trichotillomania छ भने psychiatrist संग जंचाउन जानु पर्छ l

३. के तातो पानीले नुहाउंदा कपाल झर्छ?

चिसो पानी र चिसो मौशम हुने ठाउँमा भन्दा तातो पानी र तातो हावा हुने ठाउँमा कपाल धेरै झर्न सक्छ तर यसरी झरेको कपाल पुन उम्रिन्छ l तातो पानीले नुहाउन रोक्नु पर्दैन l

४. खाडीमा आएकाको धेरैको कपाल झर्ने गर्छ कारण के होला?

कपाल झर्न शुरु हुने उमेर र खाडी जाने उमेर लगभग उही हुने हुनाले नेपाल हुँदा नझरेको तर त्यहाँ गएपछि धेरै झर्न शुरु भएको महसुस हुन सक्छ l खाडीको तातो हावा पानी नेपालको पहाडी क्षेत्र भन्दा हल्का फरक हुँदा सामान्य रुपमा झर्ने कपाल अलि छिटो झर्ने पनि गर्छ l तातो हावा पानी भएकै कारण झरेको भए पुन पलाउँछ l अन्य कारण हो भने माथि #२ मा भनेको जस्तो गर्नु पर्छ l

५. के खुइली सकेको तालुमा पनि hair transplant गर्न मिल्छ l

धेरैको मिल्छ र transplant गरेको मध्ये धेरै कपालहरु बर्षौं सम्म रहन्छ l यसरी transplant गर्ने रौँ (चित्र #१ हेर्नुस) आफ्नै टाउकाको कान भन्दा ठिक माथि र टाउकाको पछाडी तिर बाट निकालेर तालुमा वा अगाडी transplant गरिन्छ l आफ्नै शरीरको रौँको जरा हुनाले transplant गरेपछि शरीरले कुनै reaction देखाउंदैन र reaction हुन नदिने कुनै औषधि खानु पनि पर्दैन l

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।