चिनीले मधुमेह रोग मात्र निम्त्याउँछ भन्ने भ्रममा हुनुहुन्छ भने एकपटक राम्रोसँग सोच्नुहोस् । तपार्इंलाई मधुमेह, उच्च रक्तचाप, हृदयघात आदि समस्या छैन भने त्यो पक्कै पनि सुखद समाचार हो । तर, आफू स्वस्थ छु भन्दैमा कुनै पनि प्रकारको गुलियो खानेकुरा खाने अनुमति छैन है ।

थप मात्रामा खाएको सुगर (गुलियो मात्रा) स्वास्थ्यका लागि पक्कै पनि हानिकारक छ तर लुकेको सुगर (परिमार्जित खाना, पकाएको खाना, मिठाई) इत्यादिले तपाईंलाई उपचार नै असम्भव हुने गरी हानि गरेको हुन्छ ।

चिनीका १० बेफाइदा यस्ता छन् 

१. मुटु रोगको कारण

चिल्लो (फ्याट)ले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ । चिनीले मुटुसँग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउँछ । चिया, कफी र फलफूलको जुसमा हुने चिनीको मात्रा कटौती मात्र समस्याको समाधान होइन ।

के ख्याल गर्नुहोस् भने मह र फलफूलमा प्राप्त हुने गुलियोले खराब कोलेस्ट्रोल बढाउँछ, रक्त धमनीलाई साँघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई बढाइदिन्छ र समग्रमा तपार्इंमा अनावश्यक मोटोपन ल्याइदिन्छ । त्यसले मुटु रोग र मधुमेहको उच्च जोखिम निम्त्याउँछ । तसर्थ अनावश्यक गुलियो खान आजैदेखि छाडिदिनुहोस् ।

२. तपाईको दिमागलाई मदिरा र कुलतप्रति धकेल्छ

तपाईं चुरोट, मदिरा पिउनुहुन्न र जीवनभर त्यस्तै भएर बाँच्न चाहनुहुन्छ भने अत्यधिक गुलिया चिजहरुबाट टाढै रहनुहोस् । लागूऔषध, मदिरा वा अन्य कुनै पनि प्रकारको कुलत भएका मानिसहरु चिनी वा गुलियो बढी भएका जंक फुड, प्यास्ट्रिज, मिठाई वा डेर्जटका पारखी हुन्छन् । उनीहरुमा चिनी मोह हुुनुमा एउटा कारण छ ।

चिनीले दिमागमा उत्पादन हुने डोपामाइन नामक न्युरोट्रान्समिटरलाई बाहिर निकालिदिन्छ, जसले गर्दा चिनीप्रति उनीहरुको मोह बढ्छ । लागूऔषध प्रयोगकर्ताले जति चिनी खान्छन्, त्यति नै उनीहरुको दिमागबाट डोपामाइन बाहिर निस्कासन भइरहेको हुन्छ र सदाबहार सन्की मुडमा रहन्छन् । स्मरण होस्, डापामाइनले मानिसलाई बढी खुसी बनाउँछ ।

३. अनावश्यक भोक बढाउँछ

बिहानको वा मध्य साँझको भोक मेट्न तपार्इंले रसबरी, प्यास्ट्रिज वा अन्य गुलिया चिज खानुभएको छ भने जति ढिलो खाना खाने योजना बनाए पनि झन् छिटो भोक लाग्छ । यस्ता चिज खाएर १० मिनेट दौडेर क्यालोरी घटाउँछु भन्ने सोचमा हुनुहुन्छ भने तपार्इंको गलत सोच हो ।

विभिन्न स्वरुपमा खाइने गुलियोले तपाईंको भोक मेट्दैन । मह र अन्य फलफूलम हुने उच्च तहको गुलियो (स्वाभाविक गुलियो)ले इन्सुलिनको मात्रा बढाइदिन्छ र भोक लाग्ने घ्रिलिन नामको हर्मोनलाई बढाइदिन्छ । जसका कारण तौल र मोटोपनमा वृद्धि हुन्छ ।

४. यसले तपाईंको कलेजोलाई बिगारिदिन्छ

खानेकुराबाट दुई प्रकारको सुगर प्राप्त हुन्छ– ग्लुकोज र फ्रुक्टोज । मह तथा पाकेका फलहरुबाट प्राप्त हुने गुलियोलाई फ्रुक्टोज भनिन्छ । शरीरको हरेक कोषलाई ग्लुकोजको आवश्यकता भए पनि फ्रुक्टोजको अधिक उपभोग शरीरकै लागि खतरा हुन्छ ।

तर फलफूल, मह, चकलेटमा प्रशस्त फ्रुक्टोज हुन्छ, जुन हाम्रो शरीरको रक्त नलीमा प्रवाहित हुन्छ । फ्रक्टोजलाई कलेजोले मात्र अर्गानिक परिवर्तन गरिदिन्छ र शरीरलाई भविष्यमा आवश्यक पर्ने ऊर्जाका लागि ग्लुकोजमा परिवर्तन गरी भण्डारण गर्छ ।

तर रगतमा बढी मात्रामा फ्रुक्टोज भण्डारण भएमा कलेजो मोटो हँुदै जान्छ र बिस्तारै सामान्य रुपमा काम पनि गर्न छोड्छ र मुटुसँग सम्बन्धित विभिन्न रोग लाग्छ । तसर्थ मुटुसँग सम्बन्धित जुनसुकै रोगबाट बच्न धेरै गुलिया परिकार र फलफूल अत्यधिक सेवन नगर्नुहोस् ।

५. विभिन्न प्रकारका क्यान्सर

चिनीबाट क्यान्सर लाग्ने विषय कुनै काल्पनिक भनाइ होइन । अत्यधिक चिनीको मात्रा क्यान्सरको एउटा संकेत हो । स्मरण होस्, शरीरको कोषको वृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेल्छ ।

उच्च गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन् ।

६. इन्सुलिनको मात्रा बढ्छ

एन्टी इन्सुलिन मेटाबोलिक सिन्ड्रोमको लक्षण र संकेत हो । मेटाबोलिक सिन्ड्रोम अन्र्तगत उच्च रक्तचाप, कोलस्ट्रोलको वृद्धिलगायत पर्छन् । तसर्थ बढी चिनी खानुको अर्थ रगतमा बढी ग्लुकोज उत्पादन हुनु हो । इन्सुलिनको मात्रा बढी भयो भने शरीरका कोषहरु जोखिममा पर्छन् ।

७. दाँतका लागि हानिकारक

चिनी तपार्इंको दाँतका लागि हानिकारक हुनुको साथै दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण हो । चिनी कसरी दाँतको शत्रु हो भन्ने विषयमा तपार्इंलाई कौतूहल हुन सक्छ । हुन त चिनी क्यालोरीशून्य हुन्छ तर यसले खानेकुराबाट प्राप्त पोषणलाई सोसिदिन्छ ।

तसर्थ गुलियो चिज खाएपछि दाँत माँझ्नु भएन भने मुखमा भएको सुगरले मुखभित्र ब्याक्टेरिया उत्पन्न हुन र हुर्कन सहयोग पु¥याउँछ ।

८. मोटोपन बढाउँछ

चिनीमा ठूलो मात्रामा सोस्न सक्ने विशेषता भएकाले यस प्रक्रियाबाट भोक जगाउने हर्मोन घ्रिलिन बढाइदिन्छ र गुलियो खाने व्यक्तिलाई भोक लागिरहन्छ । धेरै भोक लाग्दा मानिसले कार्बोहाइड्रेडयुक्त खाना खान्छ अनि मोटोपनको सिकार हुन्छ ।

९. यसले तपाईंलाई बूढो देखाउँछ

तपाईंको खानामा धेरै चिनी भयो भने छालाको चमक हराउँछ र चाउरी पर्छ । त्यस्तै गुलियो मात्राले अनुहारमा दाग देखिनुका साथै तपाईंको वास्तविक उमेरभन्दा बढी देखाउँछ ।

१०.मधुमेहको जोखिम

बढी गुलियो खानेकुराले रगतमा इन्सुलिनको मात्रा बढ्छ र डायबिटिजको जोखिम बढ्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

डाइबिटिजदेखि दमसम्मका लागी उपयोगी दालचिनीका अनगिन्ती फाइदाहरु

दालचिनी र तेजपातको स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रूपमा प्रयोग गरिन्छ । दालचिनी हाम्रो भान्छामा सजिलै पाइने मरमसला हो । यसलाई प्राय: चियामा हालेर खाने गर्दछ । यसमा फाइबर, क्याल्सियम तथा आइरनको मात्रा बढी हुने गर्दछ । यसले विभिन्न परिकार स्वादिलो बनाउने मात्रै होइन, विभिन्न रोगबाट बचाउने तथा उपचारको काम पनि छन् ।

आयुर्वेदिक, यूनानी र चाइनीज मेडिसिन बनाउन दालचीनीको प्रयोग हजारौँ वर्ष देखि भैइरहेको छ । आज पनि यसलाई कयौँ रोगहरूको उपचारमा प्रयोग गरिन्छ ।

आयुर्वेदिक एक्सपर्टका अनुहार, दालचीनीको यी ५ उपचार विधि चर्चा गरिएको छ र साथै दालचीनीको प्रयोग कुनै पनिले किसिमले गर्दा फाइदाजनक हुन्छ ।

दालचिनीका केही फाइदाहरु यसप्रकार छन् 

दालचिनीको प्रयोगले ब्लड सुगर लेभल नियमित गर्न सहयोग मिल्छ । यसले गर्दा डाइबिटिजका लागि यो प्राकृतिक उपचारका रुपमा लिने गरिएको छ ।

दालचिनीले एलडिएल अर्थात ब्याड कोलेस्ट्रोललाई कम गर्छ, दालचिनी पाउडर महमा मिसाएर पेस्ट बनाई खाएमा धमनीमा कोलेस्ट्रोल जम्मा हुन पाउँदैन । यसबाट हृदयघातको जोखिम कम हुन्छ ।

अपच, ग्यास्ट्रिक तथा वान्ता हुने जस्ता समस्याका लागि पनि दालचिनी उपयुक्त हुन्छ । यस्तो समस्या भएका व्यक्तिले हरेक दिन एक गिलास पानीसँग आधा चमच दालचिनी पाउडर खाएमा राम्रो हुन्छ । पेटमा हुने इनफेक्सनका लागि पनि दालचिनीको प्रयोग राम्रो मानिएको छ ।

दालचिनी पाउडरको लेप जोर्नीहरुमा लगाउँदा जोर्नी दुख्ने समस्या कम हुने गर्छ ।

दालचिनीको प्रयोग क्यान्सरको उपचार तथा क्यान्सर हुनबाट रोक्का लागि पनि प्रयोग गर्ने गरिएको छ । यसमा क्यान्सर सेलको विकास तथा बिस्तारलाई रोक्ने क्षमता हुने अध्ययनहरुले देखाएका छन्।

दालचिनीको प्रयोगले शरीरमा रक्त सञ्चार नियमित हुने गर्छ । यसले गर्दा मेटबोलिजम रेट बढ्छ, जसले मोटोपन कम गर्न सहयोग मिल्छ ।

दालचिनीलाई विश्वका ७ उत्कृष्ट एन्टिअक्सिडेन्ट मध्ये लिने गरिएको छ । यसको प्रयोगले शरीरमा रहेका मृत कोष हट्ने र छालाको सुन्दरता राम्रो हुन्छ ।

यस्तै यसमा हुने एन्टिब्याक्टेलिय गुणले दाँत तथा गिँजालाई स्वस्थ राख्न सहयोग गर्छ । दालचिनीको पाउडरले दाँत मसाज गरेमा दाँत तथा गिँजा सम्बन्धी समस्या कम हुन्छ ।

चिसो लागेको वा रुघाखोकी लागेको अवस्थामा एक चमचा दालचिनी पाउडरलाई एक गिलास पानीमा उमालेर पिउँदा फाइदा हुन्छ ।

दमका रोगीहरुका लागि दालचिनीको प्रयोग फाइदाजनक छ भने मस्तिष्कका लागि पनि दालचिनी उपयोगी हुने देखिएको छ । यसको प्रयोगले स्मरण शक्ति बलियो हुने अध्ययनहरुबाट देखिएका छन् ।

औषधोपचार

अल्काईको रोगमा

दालचिनीको चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।

रुघाखोकीको ज्वरोमा

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।

दम खोकीमा

आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान/ दिउँसो/ वेलुका खाने गरेमा ठिक हुन्छ ।

चिसोले कपाल दुखेमा

दालचिनी र मरिचको लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।

घाँटी बसेमा

सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २/४ पटक मै ठीक भएर आउँछ ।

कोलस्टेरोल घटाउन

दालचिनीले कोलस्टेरोल घटाउन महत्वपुर्ण सहयोग पुरयाउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुरयाउछ ।

खोकीसंग जोडिएको दालचिनीको यस्तो छ सम्बन्ध

उमालेको दालचिनी पानीलाई कपडाले छान्ने र दिनमा दुई पटक त्यो पानी पिउने ।

केही दिनसम्म नियमित दालचिनी पानीको सेवन गरेमा कफको समस्या कम हुँदै जान्छ ।

दालचिनीलाई राम्रोसँग पिसेर धुलो बनाउने ।

एक चम्चा दालचिनीको धुलोलाई एक कप पानीमा मिसाउने र राम्रोसँग उमाल्ने ।

दालचिनीलाई महसँग मिसाएर खाँदा यी रोगसंग लड्न सहायता पुग्छ

क्यान्सर

दिनदिनै तातोपानीका साथ दालचिनीको धूलो र मह खाँदा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । यसले शरीरलाई क्यान्सर सेल्ससँग लड्न सहायता पुग्छ ।

रुघाखोकी

जाडोमा रुघाखोकी र ज्वरो भगाउनका लागि दालचिनीको धूलो, मह र मरिच मिसाएर खानुहोस् । यसले रोग हटाउनुका साथै शरीरमा ऊर्जा प्रदान गर्छ ।

अल्सर

दालचिनी महमा मिसाएर खाँदा बान्ता, छेर, अपच, ग्यास, पेट दुखेको, एसिडिटी जस्ता समस्या भगाउँनुका साथै अल्सर पनि निको बनाउँछ ।

मोटोपन

एक गिलास पानीमा एउटा सानो चम्चा दालचिनी र मह उमालेर दिनदिनै पिउँदा कोलेस्ट्रोल दुईगुणा घट्छ । दिनदिनै यसको चिया खाँदा तौल कम गर्न सहायता पुग्छ ।

टाउको दुखेको

टाउको दुखेको निको पार्न दालचिनी र तेजपातलाई पिँधेर चामलको पीठोमा हालेर सुँघ्नुहोस् । त्यसबाहेक त्यसमा केही थोपा तेल हालेर टाउको मालिश गर्दा पनि पीडा कम हुन्छ ।

मुटुरोग

मुटुलाई स्वस्थ राख्नका लागि दिनदिनै दालचिनी र मह सेवन गर्नुहोस् । रोटीमा दलेर वा चियामा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।

सुन्निएको

छालाको संक्रमण, पीडा, घाउ र सुन्निएको समस्यामा दालचिनीको तेल प्रयोग गर्नुहोस् । त्यसबाहेक दाँतमा पीडा हुँदा र सास गनाउने समस्या हुँदा पनि दालचिनी मुखमा राखेर चुस्नुहोस् ।

जोर्नी र घुँडामा पीडा

एक महिनासम्म दुईचोटि तातोपानीमा दालचिनी र मह हालेर पीडा भएको ठाउँमा मालिश गर्दा पीडा गायब हुन्छ ।

कस्ता मानिसहरुले दालचिनी खानुहुँदैन ? थाहा पाउनुहोस्

१. पेटको समस्या

खाने कुरामा अधिक मात्रामा दालचिनीको प्रयोग गर्नु पेटको लागि हानिकारक हुन्छ । यसले पेटमा जलन र ग्याँस पैदा गर्छ । यसबाहेक जो मानिसलाई अल्सर छ उनीहरुले पनि दालचिनी खानुहुँदैन ।

२. गर्भवती महिला

गर्भवती महिलाले दालचिनीको प्रयोग गर्नुहुँदैन । यसको प्रयोगले महिलाको पेटमा एसिडिटी र पिडा हुनेगर्छ । यसबाहेक दालचिनी खानाले समयभन्दा पहिला नै डेलिभरी हुने खतरा रहन्छन् ।

३. लिभर समस्या

लिभरको समस्या भएका व्यक्तिले दालचिनीको प्रयोग गर्नुहुँदैन । यसको प्रयोगले लिभर झन् बिग्रन सक्छ ।

४. रगत पातलो बनाउँछ

दालचिनीको अधिक सेवनले रगत पातलो बनाउने गर्छ । यस्तोमा जो मानिसको रगत पहिला नै पातलो छ उनीहरुले दालचिनी खानु हुँदैन ।

५. त्वचामा जलन

केही महिलाहरु दालचिनीको पेष्ट लगाएर अनुहारमा निखार ल्याउने कोशिस गर्छन् । तर, जो महिलाहरुको छाला संवेदनशिल छ उनीहरुले यसको प्रयोग गर्नुहुँदैन । यसका कारण रेशेज र चिलाउने समस्या उत्पन्न हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।