१. पर्याप्त नसुत्नु

थुप्रै अनुसन्धानले यो पुष्टि गरेको छ कि यदि हामी राती ७ देखि ८ घण्टा नसुते यसले तनाव, मुटु रोग र उच्च रक्तचापको समस्या निम्त्याउँछ । यो गल्तीले समय अगावै बुढा बनाउन सक्छ ।

२. तनावमा रहिरहनु

लगातार तनावमा रहँदा शरिरमा केही यस्ता हर्मोन बन्न थाल्छ जसले शरिरमा नराम्रो असर पुर्याउने गर्दछ । यसले अनुहारमा समय अगावै चाउरी निम्त्याउने गर्दछ ।

३. लगातार बसिरहनु

लगातार थुप्रै घण्टासम्म एकै ठाउँमा बसिरहँदा खाना राम्रोसँग पच्दैन । यस्तोमा तपाईं मोटोपनाको शिकार हुनुहुनेछ जसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गर्दछ र समय अगावै बुढो देखाउँछ ।

४. कम पानी पिउनु

दिनभरी सात देखि आठ गिलास पानी नपिउँदा शरिर हाइड्रेट हुन पाउँदैन । यस्तोमा छाला रुखो हुने गर्दछ जसले चाउरी पर्ने गर्दछ ।

५. नशाको लत

रक्सी, गाँजा, चुरोट र लागुपदार्थको नशा छ भने शरिरमा कार्टिसोल नामक हर्मोन बन्न थाल्छ । यसले तनावलाई बढाउने ष्र्दछ र समय अगावै बुढा पनि ।

६. एकैपटक थुप्रै काम गर्दा

एकैपटक थुप्रै काम गर्दा ऊर्जा त खर्च हुन्छ नै साथै तनाव पनि बढ्ने गर्दछ । यसले दिमाग र मुटुमा नराम्रो असर पर्ने गर्दछ ।

७. नास्ता नगर्दा

बिहानको नास्ता नगर्दा दिनभरी थकान र कमजोरीको समस्या हुने गर्दछ । यसले छालामा नराम्रो असर पुर्याउने गर्दछ र हामी समयपूर्व नै बुढो देखिन थाल्छौं ।

८. अस्वस्थकर खाना खाँदा

खानामा दुध, दही, पनिर, हरियो सागसब्जी वा अण्डा, माछा, चिकन, मटनजस्ता खानेकुरा समावेश नगर्दा शरिरले आवश्यक पोषक तत्व प्राप्त गर्दैन । यसो हुँदा व्यक्ति उमेरभन्दा अघि नै बुढो देखिन थाल्छ ।

९. सनस्क्रिन नलगाउँदा

सनस्क्रिन नलगाउँदा घामको तेज किरणले छालामा प्रत्यक्ष असर पुर्याउने गर्दछ । यसले छालाको रङ र नरमपन दुबैलाई कम गर्दछ ।

१०. व्यायाम नगर्दा

दैनिक बिहान व्यायाम नगर्दा शरिर फिट हुँदैन । यसले मोटोपना, अपच, एसिडिटी र कब्जियतको समस्या हुन थाल्छ । यस्तोमा समयपूर्व नै बुढ्यौलीले छुने गर्दछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

आजै आफ्नो जीवनशैली परिवर्तन गर्नुहोस् नत्र यस्ता खतरनाक रोगहरुको सामना गर्नुपर्ने हुन्छ

मानिसहरुको जीवनशैलीले गर्दा आजभोली उनीहरु दिनप्रतिदिन विभिन्न रोगहरुको शिकार हुदै गईरहेका छन् । अहिलेका केटाकेटीहरु प्रविधिले गर्दा आफ्नो स्वास्थ्यलाई पनि बिगारिरहेका छन । जसले गर्दा मानसिक समस्या निम्त्याउने गर्दछ ।

आधुनिक जीवनशैलीले मानिसलाई दिन-प्रतिदिन अस्वस्थ बनाउँदा रोगहरु पनि जटिल बन्दै गएका छन् । चिकित्सा विज्ञानलाई नै चुनौति दिने रोगले मानिसको ज्यान लिइरहेको छ भने उपचार पनि कठिन बन्दै गएको छ । केही रोगको त पूर्ण उपचार पत्तासमेत लागेको छैन ।

विश्व स्वास्थ्य संगठनले क्यान्सरलाई चिकित्सा विज्ञानलाई नै चुनौति दिने रोगको सूचीमा राखेको छ । खाद्यान्नमा बढ्दो रसायन, रेडिएसनको प्रभाव, धुम्रपान र बंशाणुगत कारणले यो रोगको केमोथेरापी, रोडिएसन थेरापी र सर्जरीका माध्यमबाट उपचार गरिन्छ । क्यान्सरको पूर्ण उपचार अझैसम्म पत्ता लागेको छैन ।

विश्वकै दोस्रो स्वास्थ्य समस्या हो-मधुमेह । रगतमा सुगरको मात्रा ११० र खाएको समयमा २०० एमजीभन्दा माथि पुगे मधुमेह भएको मानिन्छ । मधुमेहले शरीरका सबैजसो अंगमा असर गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हृदयघात विश्वकै तेस्रो र मृगौला रोग चौथो स्वास्थ्य समस्या हो । नेपालमा हरेक वर्ष ३ हजार हाराहारीको मृगौला फेल हुन्छ ।

मस्तिष्कको चेतना प्रवाहित गर्ने प्रणालीमा असर गर्ने रोग, अल्जाइमर विश्वकै पाँचौ नम्बरमा पर्ने स्वास्थ्य समस्या हो । यो रोग लाग्नुको मुख्य कारण हालसम्म अज्ञात छ । बुढ्यौलीमा यो रोग बढी देखिन्छ । इन्फ्लुएन्जा छैटौं नम्बरमा पर्ने रोग हो ।

स्वाइनफ्लु (एच वान-एन वान) भाइरसका कारण ज्यान गुमाउने संख्या बढेपछि विश्व स्वास्थ्य संगठनले सन् २००९ जुन ११ मा ‘फ्लु पेन्डामिक’ घोषणा गरेको थियो । सन् २०१० पछि इन्फ्लुएन्जा नियमित स्वास्थ्य समस्या बनिरहेको छ ।

स्ट्रोक अर्थात रक्तप्रवाह रोकिएर मस्तिष्कका ‘सेल’ मर्ने यो रोग मानिसको मृत्यु गराउने भयानक अवस्था हो । प्यारालाइसिस समेत गराउने यो रोग विश्वको सातौं नम्बरमा पर्ने स्वास्थ्य समस्या हो । चिम्पान्जीबाट मानिसमा सरेको एड्स विश्वव्यापी संकटको रोग हो । जुन विश्व स्वास्थ्य संगठनका अनुसार विश्वकै आठौं नम्बरमा पर्ने स्वास्थ्य समस्या हो ।

सुरक्षित रक्तदान र यौनसम्पर्क तथा यौनजन्य रोगको समयमै परीक्षण यसबाट जोगिने मुख्य उपाय हुन् । विश्वभर हाल करिब ३७ मिलियन मानिस एड्सबाट प्रभावित छन् ।

अन्य केही भयानक रोगहरु 

एलीफेन्टीयासिस

यो रोगको बारेमा पहिले देखि नै सुनिदै आएको छ । यो रोगको भाइरस लामखुट्टेद्धारा सर्दछ । व्यक्तिको खुट्टाको आकार असामान्य रुपले बढ्दै जानु यस रोगको लक्षण हो । यस रोगको समयमै उपचार गरिएन भने शरिरभर फैलिदै जाने हुन्छ ।

एपिडरमोडिस्प्लेसिया वरुसीफोर्मिस

खतरनाक रोगमभ्ये यो पनि एक हो । जसलाई ट्री वार्क पनि भनिन्छ । यो हाम्रो छालासम्बन्धि दुर्लभ रोग हो । पापीलोमा नामक भाइरसका कारण यो रोग लाग्दछ । जसमा पुरै शरिर रुख जस्तै देखिदै जान्छ ।

प्रोजेरिया

यो रोग पनि कुनै खतरनाक रोग भन्दा कम छैन । यसमा सानो उमेरको व्यक्ति पनि बुढेसकाल लागेको जस्तो देखिन्छ । यो रोग ८० लाख व्यक्तिमध्ये एउटा व्यक्तिमा देखिन्छ । यो रोग लागेपछि सानैदेखि कपालमा रौ उम्रिदैन, आँखा नदेख्ने हुन्छ र किशोरावस्थामा अनुहारमा चाउरी पर्दै जान्छ ।

हाइपरट्राइकोसिस

यस रोगका कारण व्यक्तिको पुरै शरीरभरि असामान्य रुपले रौ उम्रिदै जान्छ । विस्तारै व्यक्ति जनावर जस्तो देखिदै जान्छ । यो रोगलाई उल्फ सिंड्रोम को नामले पनि चिनिन्छ । हालसम्म यो रोग संसारभर ५० जनामा देखा परेको छ । १८ औं, १९ औ शताव्दीमा कार्यक्रममा आकर्षणको लागी यो रोगका विरामीलाई सर्कसमा राखिन्थ्यो ।

कोटार्डस सिंड्रोम

व्यक्तिले आफु मरेको अनुभव गर्ने यो एउटा अनौठो स्थिती हो । यसलाई भ्रम पनि भनिन्छ । जहाँ व्यक्तिले आफु मरिसकेको अनुभव गर्दछ । शरीर गलेको, विस्तारै रगत सुकेको र शरीरका अंगले काम गर्न छोडेको अनुभव रोगीले गर्दछ । यो रोग १८८० मा देखिएको फ्रेन्च न्युरोलोजस्टले बताएका छण । हाल यस्तो विरामी देखा परेका छैनन ।

मेथेग्लोविनेमिया

यो एक दुर्लभ तथा वंशाणुगत रोग हो । जसमा विरामीको शरिरभरि निल डाम देखा पर्दछ । रगतमा मेथेमोविनेलीयाको मात्रा बढि भयो भने यो रोग लाग्ने गर्दछ । साथै विस्तारै स्वासप्रश्वासमा समस्या देखा पर्दै जान्छ ।

फरेन एसेन्ट सिन्ड्रोम

यस रोगको असर दिमागमा पर्न जान्छ । विरामीले बोल्ने भाषाको तरिका एकाएक बदलिँदै जान्छ । यसमा रक्तश्रावले व्यक्तिको मस्तिष्कमा असर पार्दछ । यस रोगका विरामीले आफ्नो मातृभाषा बोल्न बिविर्सेर कहिल्यै नसुनेको विदेशी भाषा बोल्न थाख्दछन् ।

केहि रोगहरु ठिक गर्न हिड्नु फाइदा 

दैनिक तीस मिनेट हिँड्दाका फाइदा

दैनिक तीस मिनेटको हिँडाई शरीरका लागि स्वस्थ मानिन्छ । हिँड्दा लामो लामो पाइला चाल्नु पर्दछ । कयौ मानिसलाई एकै पटक छिटो छिटो हिँड्न गार्‍हो हुनसक्छ । त्यो नहोस् भन्नका लागि मानिसले सुरुमा विहान दिउँसो र बेलुकी दश/दश मिनेटको यात्रा तय गर्न सक्दछन् ।

जब उनीहरुमा हिँड्ने बानीको विकास हुन थाल्छ, तब उनीहरुले यो क्रमलाई क्रमश बढाउन सक्दछन् ।

यसले शरीरलाई फिट राख्नुका साथै तौल घटाउन समेत सहायता प्रदान गर्छ ।

शारीरिक गतिविधिको विकास गर्ने 

यसरी हिँड्दा अन्य तरीका पनि अपनाउन सकिन्छ । जसले हिँड्ने बानीको विकास अझ प्रभावकारी ढंगले गर्दछ ।

लिफ्टको सट्टा सिढीको प्रयोग गर्ने ।

सार्वजनिक यातायातमा यात्रा गर्दा घर पुग्नु एक स्टप अगाडी नै ओर्लने बानी बसाल्ने ।

नजिकैको पसल जानु परेमा हिड्ने कोशिश गर्ने ।

घरमा कुकुर छ भने कुकुरलाई लिएर घर वरिपरि चक्कर लगाउने प्रयत्न गर्ने ।

हिँड्नुलाई दैनिकी बनाउने

यसरी हिँड्दा हिड्ने प्रकि्रयालाई नियमित बनाउनु पर्छ । एकै समयमा हिँड्ने बानी बसाउनु पर्छ । र, हिँड्दा उत्तिकै उर्जा खर्च गर्नुपर्छ ।

त्यसो त कतिपय व्यक्तिलाई हिँड्दा कति उर्जा खर्चने भन्ने राम्रो ज्ञान हुँदैन । यसको लागि निश्चित गन्तव्य तय गर्नु पर्छ । साथै, सोही गन्तव्यमा एकै समयमा पुग्ने प्रयत्न गर्नुपर्छ । यसरी पैदल यात्रा गर्ने क्रममा शरीर फिट भएपछि तपाई आफै त्यो भन्दा लामो दूरी पार गर्न सक्नु हुन्छ ।

हिँड्दा जति छिटो हिड्न सक्यो, उत्तिनै धेरै क्यालोरी कम हुने गर्छ । तर यसको लागि कुद््ने भन्दा छिटो छिटो पाइला चाल्ने तथा उकालो ओरालो बाटोमा हिँड्ने गर्नुपर्छ ।

तनाब धेरै लिदाँ कस्ता रोगहरु लाग्छन् ?

१. हृदय रोग

२.अस्थामा

३. मोटोपन

४. डायबिटिज

५. टाउको दुख्ने

६. डिप्रेशन

७. ग्याष्ट्रिकटेस्टाइन रोग

८. निन्द्राको समस्या

९. अल्जाइमर

स्वस्थ्य रहन् यी कुराहरुलाई जिबनमा लागू गर्नुहोस् 

खाना हतार नगरी चपाएर खानुपर्छ

अक्सर हामी खान हतारिन्छौं । सोचाई के छ भने, खाना खाँदा धेरै समय खर्च गर्नु हुँदैन । यो समयको वर्वादी हो ।जबकी हाम्रो जीवनको उर्जा, शक्ति, ताकत भनेकै खानाबाट मिल्ने हो ।

खाना खाँदा एकदम आरमपूर्वक खानुपर्छ । पटक्कै हतार नगरी । प्रशन्न, खुसी, आनन्दित भएर । खाना खुब चपाएर खानुपर्छ । हरेक गाँसमा स्वाद लिनुपर्छ ।

भोजनमा हरियो सब्जीलाई महत्व दिने

हाम्रो थालमा कुन खानेकुरालाई बढी महत्व दिने ? त्यो हाम्रै हातमा छ । त्यसैले जति खाना लिइन्छ, त्यसको अधिकतम् हिस्सा सागसब्जीको होस् ।

हरियो सागसब्जी प्रशस्तै सेवन गरौं । हरियो सागसब्जी फाइबरको राम्रो स्रोत हो । फाइबरले पाचन पद्धतीमा सहयोग गर्छ । जब पाचन यन्त्र चुस्त तथा तन्दुरुस्त हुन्छ, त्यसको प्रभाव समग्र शरीरमा रहन्छ ।

साथै, बेमौसमी सागसब्जी सेवन नगर्ने । कृतिम ढंगले उत्पादन गरिएका सागसब्जी त्यती उपयोगी हुँदैन ।

जति भोक लागेको छ त्यो भन्दा कम खाने

भनिन्छ, स्वस्थ्य व्यक्तिको पेट उनको मुट्ठी बराबर हुन्छ । त्यस्तै स्वास्थ्यप्रति लापरवाही व्यक्तिको पेट फूटबल साइजको हुन्छ । सुन्दा हाँसउठ्दो लाग्न सक्छ । तर, यो सत्य कुरा हो ।

तपाईले ख्याल गर्नुभएको छरछैन, खानाप्रति आशक्ति हुने व्यक्तिहरु रोगी हुन्छन् । धेरै खाने, मिठोमसिनो खाने व्यक्तिलाई रोगले समात्छ । लामो आयु बाँच्ने एक बृद्धाले भनेकी थिइन्, ‘थोरै खाउँ, धेरै बाँच ।’

धेरै खानु स्वास्थ्यका लागि फाइदाजनक छैन । धेरै खाँदैमा शरीरलाई आवश्यक पोषण पुग्छ भन्नु भ्रम हो । बरु पेटभर खानेकुरा खाँदा त्यसले पाचन प्रक्रियामा असर गर्छ ।

दैनिक दश हजार कदम हिँडौं

जति जति हामीलाई पैसाले पुग्दै जान्छ । जति हामी धेरै कमाई गर्न थाल्छौं । हामीलाई पैदल हिँड्न जाँगर चल्दैन । गाडी चढ्छौं । सब्जी किन्न जाँदा समेत गाडी नै चढ्ने बानी हुन्छ । हाम्रो सोचाई के पनि छ भने, पैदल हिँड्दा समय नष्ट हुन्छ ।

हामी गाडीको सुविधा उपभोग गर्न सक्ने भएपनि हिँड्नका लागि समय छुट्याउनुपर्छ । स्वस्थ्य जीवनका लागि पैदल हिँड्नु एकदमै फाइदाजनक छ ।

सुत्ने तालिका निश्चित गरौं

अहिले शहरिया तन्नेरीहरु राती जागा रहन्छन् । धेरैजसो राती ११, १२ बजेसम्म बस्ने गर्छन् । कोही पढ्छन्, कोही टिभी हेर्छन्, कोही सामाजिक सञ्जालमा विताउँछन् । जबसम्म निन्द्रा लाग्दैन, ओछ्यानमा घुस्रिदैनन् । खासगरी पढ्ने उमेरका युवाहरुमा यस्तो बानी छ ।

राती अबेरसम्म नसुत्नु समस्या नै हो । किनभने स्वस्थ्य जीवनका लागि सुत्ने र उठ्ने तालिका नियमित हुनुपर्छ । राती ९ बजेदेखि १० बजेसम्म सुत्नुपर्छ । बिहान सूर्योदयअघि उठ्नुपर्छ ।

चिनिजन्य खानेकुरा नियन्त्रण गरौं

चिनीजन्य खानेकुरा स्वस्थ्यवर्द्धक मानिदैन । जबकी चिनी आफैमा स्वादिलो एवं मिठो हुन्छ । अर्को गाँठी कुरा, धेरैजस्तो खाद्यपदार्थमा चिनीको प्रयोग व्यापक रुपमा भएको हुन्छ ।

चाहे तयारी जुस होस् वा कोल्ड ड्रिक, कुनै मिठाई होस् वा रेष्टुरेन्टको परिकार । यस्ता खानेकुरामा चिनीको मात्रा अत्याधिक हुन्छ । तर, चिनीले स्वास्थ्यमा फाइदा गर्दैन ।

प्रविधिबाट टाढा रहनुपर्छ

प्रविधिको जमाना छ । डिजिटल युगमा प्रविधिलाई पन्छाएर अघि बढ्न संभव छैन पनि । सजिलो र छरितो कार्य(सम्पादनका लागि प्रविधिको प्रयोग गर्नैपर्छ ।

हाम्रो परनिर्भरता यसरी बढ्दैछ कि त्यसले स्वास्थ्यमा गंभिर असर निम्त्याउँदैछ । अहिले हामी हरक्षण मोवाइल, ट्याबलेट, ल्यापटपमा विताउन थालेका छौं ।

यसले एकातिर हामीलाई शारीरिक रुपले निस्क्रिय बनाउँदैछ भने, अर्कोतिर त्यसबाट उत्पन्न विकिरणले स्वास्थ्यमा असर पुर्‍याउँदैछ । प्रविधिको सही प्रयोग गर्ने र फुर्सदको समयमा हिँडडुल गर्ने, टहल्ने गरौ ।

ध्यान, योगलाई जीवनको हिस्सा बनाउने

करियर, पैसा, परिवारको पछि लाग्दा लाग्दै हामी आफैलाई बिर्सन्छौं । कम्तिमा दिनमा एक घण्टा आफ्नो लागि छुट्याउन सकिन्छ ।

आफ्नो दिनचर्याको प्रारम्भ प्रातकालिन भ्रमण, व्यायामबाट गरौं । नियमित व्यायामले शरीर चुस्त, तन्दुरुस्त हुन्छ । रक्त संचार सही ढंगले हुन्छ । व्यायामलाई दिनचर्याकै एक हिस्सा बनाउन सके धेरै किसिमको रोगले संक्रमण गर्दैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।