चनामा प्रशस्त मात्रामा प्रोटिन जस्ता पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम कार्बोहाइड्रेट, क्याल्सियम, म्याग्नेसियम तथा सेलेनियम पाउन सकिन्छ । अझ चनालाई तरकारीको रुपमा खानुभन्दा पनि यसलाई रातभर भिजाएर खाएमा निकै फाइदाजनक हुने गर्छ ।

हरेक दिन एकदेखि दुई मुठी भिजाएको चना खाने हो भने हाम्रो स्वास्थ्यमा भएको समस्याहरु हटेर जान्छ । रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिसाएर बिहान खाने गर्नाले कब्जियतको समस्या कम हुँदै जान्छ ।

यसमा पाइने फाइबरले हाम्रो पाचन प्रक्रियालाई बलियो बनाउनुका साथै यसमा भएका तत्वले शरीरलाई ऊर्जा प्रदान गराउछ । चानामा ग्लुकोजको मात्रा कम हुने भएकोले यो डायबेटिज भएका मानिसका लागि एकदम राम्रो हुने गर्छ ।

भिजाएको चानालाई सक्खरसँग खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ । नियमित रुपमा यसको सेवन गरेमा यसले हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।

भिजाएको चनामा थोरै मह मिसाएर खाने गर्नाले रक्तअल्पता तथा पत्थरीको समस्याको जोखिम कम हुन्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ । साथै चाना भिजाएको पानीले दिनहुँ अनुहार धुने गरेमा अनुहार चम्किलो हुने गर्छ ।

चानाको बेसनमा बेसार र गुलाबजल मिसाएर अथवा बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखाल्दा अनुहारमा रहेका डन्डीफोर, दाग, दाद आदि हराएर जानुका साथै हाम्रो छालालाई गोरो र चम्किलो बनाउँछ ।

तरकारी र दालका रुपमा मात्रै होइन चना खाने तरिका, यस्ता छन् कायापलट गर्ने अरु तरिकाहरु

चनालाई हामीले तरकारी बनाएर पनि खान सक्छौ भने यसको दाल पनि खान सकिन्छ । यसलाई हामीले भुटेर पनि खान सक्छौ । चना नेपाली खानपिनको एक महत्वपूर्ण हिस्सा हो । यसमा कार्बोहाइड्रेट, फाइबर, क्लाल्सियम, आइरन र भिटामिनको राम्रो स्रोत हो । जसले हामीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । यी सबै विशेषताका कारण नै यसलाई गरिबको मेवा भनिन्छ ।

नियमित भिजाएको चना खानाले कमजोरी कम हुनुका साथै यसका अन्य फाइदा पनि छन् । चना हामी सबैले सुनेको र आफ्नो आहारमा प्रयोग गर्ने एक गेडागुडी हो । जसको सेवन अनेक तरिकाले गर्न सकिन्छ । तरकारी बनाएर, सातुको रुपमा, पानीमा भिजाएर काँचै खान सकिन्छ चना ।

चनाको दाल खादाका फाईदा यस्तो छ ।

चनाको दाल सेवन गर्नाले कब्जीयतको समस्या निर्मूल हुन्छ । यती मात्रै होइन जन्डिसका रोगीलाई पनि चनाको दालको सेवन धेरै फाइदाजनक हुन्छ ।

चनाको दालले कोलेस्ट्रोललाई कम गरेर तौल कम गर्न धेरै मद्धत गर्छ । यो पाचन प्रणालीको लागि धेरै नै लाभदायक छ ।

चनाको दाल जिंक, क्याल्सियम, प्रोटिन, फोलेट आदिले भरपुर हुन्छ जसले तपाईको शरिरलाई आवश्यक र जरुरी उर्जा प्रदान गर्छ । यसको अलावा यो पेटको समस्याको लागि पनि फाइदाजनक हुन्छ ।

चनाको दालले शरिरमा आइरनको कमीलाई पुरा गर्छ र हेमोग्लोबिनको स्तर बढाउन मद्धत गर्छ । यसमा अमिनो एसिड शरिरको कोषहरुलाई मजबुत गर्नमा मद्धत गर्छ ।

डायबिटिज नियन्त्रणको लागी चनाको दालको सेवन धेरै नै फाइदाजनक हुन्छ । यसले ग्लुकोजको अत्याधिक मात्रालाई सोस्नपनि धेरै नै मद्धत गर्छ । सौन्दर्य बढाउनको लागि चनाको दालको बेसन अनुहारमा लगाउनाले लाभदायक हुन्छ ।

जानौँ, भिजाएको चना खानुका ८ फाइदा

१. स्वस्थ मुटु

चनाले कालेस्ट्रोललाई नियन्त्रणमा राख्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि कम रहन्छ । चनाको नियमित सेवनले मुटुको धमनीहरुलाई खुलाउन र रगतको मात्रालाई बढाउनमा पनि मद्दत गर्छ । चनामा पाइने अल्फा लिनोलनिक एसिड र ओमेगा ३ आपसमा मिलेर कोरिनरी मुटु सम्बन्धी रोग र कार्डियो भास्कुर सम्बन्धी खतरालाई कम गर्छ ।

२. कब्जीयतमा राहत

भिजाएको चनामा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसले पेटलाई सफा राख्नुका साथै पाचन तन्त्रलाई पनि राम्रो बनाउँछ ।

३. पिसाबको समस्या

भिजाएको चनामा गुड़ मिसाएर खानाले पटक–पटक पिसाब लाग्ने समस्यामा राहत हुन्छ । भिजाएको चना खानाले पाइल्सको समस्यामा पनि आराम दिलाउँछ ।

४. स्वस्थ छाला

भिजाएको चनामा नुन नहाली सादा चना चबाएर खानाले छाला स्वस्थ हुनुका साथै चम्किलो हुन्छ । साथै, छाला चिलाउने समस्या छ भने त्यसमा पनि राहत दिलाउँछ ।

५. तौल बढाउँछ

यदि तपाई चाहिने भन्दा बढी दुब्लो हुनुहुन्छ भने भिजाएको चना खानुस् । चनाले शरिरको तौल बढाउने काम पनि गर्छ । नियमित चना खानाले तौल बढ्नुका साथै मांसपेशी पनि बलियो बनाउँछ ।

६. सर्दीमा राहत

चनाले शरीरको रोग प्रतिरोध क्षमतालाई बढाउँछ । जसले रुघाखोकी, सर्दी जस्ता समस्यामा राहत दिलाउँने काम पनि गर्छ ।

७. रगतको मात्रा पुरा

चना फलामको धेरै नै राम्रो स्रोत हो । यसले शरीरमा रगतको कमी छ भने त्यसलाई हटाउँछ । साथै रगतलाई सफा पनि गर्ने काम गर्छ ।

पुर्ण फाइदाका लागि कसरी खाने चना ?

एक मुट्ठी चना लिने तर त्यसलाई माटोको भाँडोमा सफा पानीमा राखेर रातभर भिज्न दिने । रात भर (करीब ९ घन्टा) चनालाई त्यस पानीमा भिज्न दिने । बिहान चनालाई पानीबाट निकालेर राम्रोसँग चबाएर खाने । त्यसपछि पानी पिउने । यसरी नियमित चना खानाले तपाईँ सँधै स्वस्थ रहनु हुन्छ ।

दैनिक भुटेको चना खाँदा शरिरलाई विभिन्न प्रकारका फाइदा हुन्छ ।

तरकारीका रुपमा र भिजाएको चना खाँदाका फाइदाबारेमा हामीले थाहा पायौँ । तर यसका अतिरिक्त चनालाई भुटेर खाएमा पनि यसको पौष्टिक गुणलाई थप उपयोगी बनाउँन सकिन्छ । भुटेको चना दैनिकरुपमा खाएमा हुने फाइदाहरु यस्ता छन्

१. मोटोपना घटाउँछ चना

यदि तपाईं मोटोपनाका कारण चिन्तित हुनुहुन्छ भने भुटेको चना तपाईंका लागि निकै फाइदाजनक हुन्छ । भुटेको चनामा क्यालोरीको मात्रा निकै कम हुन्छ जबकी यसमा विभिन्न पौष्टिक तत्व जस्तै पोटासियम, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट, प्रोटिन, डाइट्री फाइबर भरपुर मात्रामा हुन्छ । सय ग्राम भुटेको चनामा १ सय ६४ क्यालोरी हुन्छ । यदि तपाईं खाजामा भुटेको चना खानुहुन्छ भने तपाईंको तौल निकै चाँडै घट्छ ।

तौल घटाउनका लागि कसरी खाने ?

तौल घटाउनका लागि चनाको प्रयोग निकै सजिलो छ । चनालाई एक घण्टाका लागि पानीमा भिजाएर राख्नुहोस् र यो सुकेपछि यसलाई बालुवा र नुनमा राखेर भुट्नुहोस् । तपाईंले बजारबाट भुटेको चना पनि ल्याउन सक्नुहुन्छ । तपाईं चाहेको खण्डमा भुटेको चनामा सलाद जस्तै प्याज, गोलभेडा, गाजर, मुला, कागतीको रस आदि मिसाएर खानसक्नुहुन्छ ।

२. चनाले रगत बढाउँछ

चनामा आइरनको भरपुर मात्रा हुन्छ । त्यसकारण यदि तपाईंलाई रक्तअल्पत्ताको समस्या छ भने दैनिक भुटेको चना खान सुरु गर्नुहोस् । ध्यान दिनुहोस्, बोक्रा नभएको चनामा बोक्रा भएजत्तिको फाइदा हुँदैन । रक्तअल्पत्ताको शिकार धेरैजसो महिला हुने भएकाले यसले महिलालाई निकै फाइदा गर्छ ।

३. दिनभरी क्रियाशील रहनुहुनेछ

हामी सक्रिय रहनका लागि ऊर्जाको अत्यधिक आवश्यक पर्छ । यस्तोमा चनाले निकै सहयोग पुर्याउँछ । चना खाँदा ऊर्जा पाइन्छ । मधुमेह रोगीका लागि पनि चनाको सेवन निकै फाइदाजनक हुन्छ ।

४. डाइट्री फाइबरले भरिपूर्ण

फाइबर हाम्रो शरिरका लागि निकै आवश्यक हुन्छ । चना फाइबरले भरपुर हुन्छ त्यसकारण यसले पाचन क्रियालाई सुधार्छ । भुटेको चना खाँदा कब्जियतको समस्यामा फाइदा पुर्याउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।