गर्मी मौसममा मानब शरीरलाई अत्यधिक मात्रामा पानी चाहिने हुन्छ । धेरै जसो मान्छेले पानीलाई साधा पिउन रुचाउँछन् । तर, कोही कोहीले साधा पानीभन्दा यसमा विभिन्न सामग्री मिसाएर पिउने गर्छन् ।

गर्मीमा शरीरलाई चिसो प्रदान गर्ने खाद्यपदार्थ सेवन गर्न मानिसहरु अनेक उपाय अपनाउँछन् । बजारमा पाइने विभिन्न जुस, गुलकोज वा अन्य घरेलु उपायले पेय पदार्थ बनाउन सकिन्छ ।

बजारमा पाइने विभिन्न कोल्ड ड्रिंक्सले हाम्रो शरीरमा निक्कै नै हानी पुर्याउने गर्छ, त्यसैले हामीले यस्तो पेय पदार्थको सेवन गर्नु हुँदैन । घरमा पाइने र छिट्टै बनाउन सक्ने पेय पदार्थ मध्ये दहीको लस्सी एक हो ।

दही सेवनले शरीरलाई शितलता प्रदान गर्नु का साथै यसमा विभिन्न औषधीय गुणहरु हुने गर्छ । नियमित दहीको लस्सीको प्रयोगले शरीरलाई गर्मीबाट बचाउन सकिन्छ । चिनीबिनाको लस्सी पिउनुलाई हामीलाई धेरैनै फाइदाजनक हुन्छ ।

लस्सी खानाले पाचन प्रक्रियामा मद्दत पुर्याएर आन्द्रा र पेटसम्बन्धी रोगहरुबाट छुट्कारा मिल्ने गर्दछ । प्रशस्त मात्रामा क्याल्सियम पाइने हुनाले हाम्रो हड्डीहरुको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत, तथा नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ ।

यसले शरीरमा फोस्फोरस र भिटामिन डीको मात्रालाई नियन्त्रण गरेर ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकारविरुद्ध लड्न मद्दत गर्छ । हाम्रो शरीरमा भएको खराब कोलेस्टेरोलरको मात्रा घटाएर उच्चरक्तचाप तथा मुटुसम्बन्धी रोगलाई हटाउन मद्दत गर्छ ।

यसले हामीलाई तनाबमुक्त परेर हाम्रो निद्रा नलाग्ने समस्यामा केही हदसम्म सहयोग र्पुयाउने गर्छ । लस्सीले ब्लड सुगरलाई सन्तुलन राख्न सहयोग पुर्याउँछ । गर्मीको मौसममा शरीरको तापक्रम कम गर्न लस्सीभन्दा राम्रो अर्को विकल्प अरु देखिँदैन ।

तर, धेरै लस्सी पिएमा ग्यास्ट्रिकको समस्या देखा पर्न सक्ने हुनेले रातिको समयमा लस्सी पिउनु उचित हुँदैन । त्यति मात्र नभएर मधुमेह रोगीहरुले पनि लस्सीको सेवन गर्नु हुँदैन ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

गर्मीमा शितलता प्रदान गर्ने दहीको के-के छ फाइदा

गर्मीको मौसम सुरु भइसकेको छ। गर्मी सुरु भएसँग शरीरमा अत्याधिक पसिना आउने भएकोले शरिरमा पानीको मात्र पनि कम हुने गर्दछ। जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ ।

मानिसहरु गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शितलता प्रदान गर्ने खाने कुराहरु धेरै खाना रुचाउने गर्दछन् । यस्तो अवस्थामा दही खान कसलाई पो मन नलाग्ला र ? गर्मीमा चिसो दही खाँदै शितलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ ।

दही धेरैको भान्सामा पाइने खाने कुरा मध्ये एक हो। दहीले खानेकुरालाई पनि पचाउन मद्दत गर्ने गर्दछ। यति मात्र नभएर दही सेवन गर्दा स्वास्थ्यमा समेत धेरै फाईदा पुर्‍याइरहेको हुन्छ।

दहीका फाइदाहरु यसप्रकार छन्

दही पेटसम्बन्धी समस्या भएकाका लागि अत्यन्त उपयोगी मानिन्छ।

भोक कम लाग्ने समस्या भएका व्यक्तिहरुले नियमित दही खाने गरेमा उक्त समस्या कम हुने गर्दछ।

दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्बन्धि रोगहरुबाट छुट्कारा मिल्ने गर्दछ।

दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्दछ। दहीले कोलस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठीक राख्न मद्दत गर्ने गर्दछ।

दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीहरुको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत, ता नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ।

निद्रा नलाग्ने समस्या भएकाहरुले खानाका साथ दैनिक एक कचौरा दही खानाले राम्रो निन्द्रा लाग्नमा केहीहदसम्म सहयोग पुर्‍याउने गर्दछ।

दैनिक दही खानाले पाचन प्रक्रियामा समेत मद्दत पुर्याउने गर्दछ।

तर खाली पेटमा दही बिर्सेर पनि खानु हुदैन यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ। जसका कारण खाली पेटमा दहीको सेवन गर्दा पेट पोल्ने समस्या उत्पन्न हुने गर्दछ ।

राती दही खानु हुदैन, किन ?

रातमा तापक्रम चिसो हुदै जाने र यो आफैमा चिसो खाद्यपदार्थ भएकोले राती दही खाएर सुत्दा यसले खकारको मात्रा बढाउछ । बढेको खकारको पहिलो प्रभाव छातीमा पर्छ । छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास र मानसिक अस्थिरताले पूर्ण रुपमा अस्वस्थ्य भइन्छ ।

बिहान अथवा दिउसो मात्र दही खानु राम्रो, किनपनी भनिएको हो भने हामीले खाएको दहीलाई सुर्यको तापमानले सन्तुलित बनाउने काम गरिरहेको हुन्छ र बिहान दिउँसो हाम्रो शरीर बढी नै सक्रिय हुनेहुदाँ पनि यसले शरीरको चिसोपनालाई नियन्त्रण गर्छ ।

यसरी दही खानुहोस् पेटको समस्या भगाउनुहोस्

दहि स्वास्थ्यका लागि निकै उपयोगी कुरा हो । दुधलाई मानिसको स्वास्थ्यमा फाइदा पुर्याउँने किसिमका ब्याक्टेरियाहरुले दहिमा परिवर्तन गर्ने गर्दछन् । दहि स्वादका लागि मात्रै नभए स्वास्थ्यका लागि पनि उत्तम हुन्छ । खास गरि पेटको समस्याका लागि दहि सेवन गर्नु एकदमै फाइदाकारी हुन्छ । अपच तथा अन्य पेट सम्बन्धी रोगहरु दहिका कारणले ठिक हुने गर्छन् ।

यस्तो उपयोगी दहिका बारेमा तपाईलाई के कुराहरु थाहा छ ? यदि थाहा छैन भने पनि यो लेखमा हामी छोटकरीमा यसका फाइदाका बारेमा लेखेका छौँ ।

१. दही आफैँ सजिलै त पच्छ नै साथै अन्य खानेकुरालाई पनि दहीले सजिलै पचाउन मद्दत गर्छ ।

२. पेटसम्बन्धी समस्या भएकाहरूका लागि दही अत्यन्त उपयोगी मानिन्छ । दही खाँदा पेटको समस्या कम त हुन्छ नै साथै शरीरलाई बल पनि प्राप्त हुन्छ ।

३. दूधबाट दही बनेपछि दूधमा रहेको सुगरको स्वरूप बदलिन्छ । जसले दहीलाई सुपाच्य बनाउँछ । त्यही भएर दूध खाँदा नपच्नेहरूले पनि दही खान सक्छन् ।

४. भोक कम लाग्ने समस्या भएकाहरूले पनि नियमित दही खाने गरेमा समस्या कम हुँदै जान्छ ।

यस्ता केही चिज दहीमा मिसाएर खाएमा शरिरलाई यसको दुईगुणा फाइदा हुन्छ

१. ज्वानो

दहीमा ज्वानो मिसाएर खानाले बाबासीरको रोगीलाई फाइदा पुग्छ । दहीमा ज्वानोलाई पिसेर मिसाउनुहोस् ।

२. मह

मह र दही दुवै स्वास्थको लागि धेरै नै फाइदाजनक छ । यदि यी दुई चिजलाई मिसाएर खाएमा अनुहारको फोका, दागहरु ठिक हुन्छ र अन्यखालका समस्याहरु टाढा हुन्छन् ।

३. केरा

दहीमा केरा मिसाएर खानाले पेटको कैयौं समस्याहरु ठिक हुन्छन् । यसको साथै रक्तचाप पनि नियन्त्रणमा रहन्छ ।

४. जौ

दहीमा जौ ओट्स मिसाएर खानाले शरिरलाई क्याल्सियम, पोटासियम र प्रोटिन मिल्छ जसले हड्डी मजबुत हुन्छ ।

५. सौफ

यदि तपाईलाई अनिन्द्राको समस्या छ भने दहीमा सौफ मिसाएर खानुहोस् । यसले यो समस्या पनि टाढा हुन्छ । यस बाहेक ग्याँस र जलनबाट पनि रहात मिल्छ ।

६. कालो मरिच

यदि तपाईको तौल अत्याधिक धेरै छ भने दैनिक दहीमा कालो मरिच र बिरेनुन मिसाएर खानुहोस् । यसले शरिरमा जम्मा भएको बोसो कम गर्छ र तौल कम हुन्छ ।

७. भात

केही मानिसलाई माइग्रेनको समस्या हुन्छ । यो दुखाई धेरै नै भयानक हुन्छ । यदि दही र भात मिसाएर खाएमा यसबाट धेरै आराम मिल्छ ।

८. विरेनुन र भुटेको जिरा

दहीमा विरेनुन र भुटेको जिरा राखेर खानाले स्वाद र भोक बढ्छ । यस बाहेक यसले पाचन प्रणाली पनि राम्रो हुन्छ ।

९. ड्राइफ्रुट्स

दहीमा चिनीको साथमा ड्राइफ्रुट्स मिसाएर खानुहोस् । यसले कमजोरी हट्छ र तौल पनि कम हुन्छ । यसका साथै तपाई दिनभर फुर्तिलो महसुस गर्न सक्नुहुन्छ ।

तपाईको बढी दुध पिउने बानी छ कि दहि ? स्वास्थ्यका लागी कुन बढी फाइदाजनक ?

दूधलाई फर्मेन्टेसन गरी दही बनाइन्छ । यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिन्छ । किनकि दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा बिग्रन्छ ।

दही बनाउने समयमा दूधमा प्रयोग गरिने जोडनको माध्यमबाट ल्याक्टोब्यासिल जीवाणु सक्रिय भई दूधमा रहेको ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्छ, फलस्वरुप दही बन्छ । यसलाई प्रोबायोटिक कल्चर पनि भनिन्छ ।

दहीको पौष्टिक गुण बाहेक केही स्वास्थ्य समस्या निदान गर्न समेत मद्दत पुर्याउने भएकाले यसलाई फङ्सनल फूडको रुपमा पनि लिइएको छ । दहीमा पाइने ल्याक्टोब्यासिल जीवाणुले शरीरभित्र अन्य हानिकारक जीवाणुहरुको वृद्धि हुन दिंदैन । विशोष अमोबिक डिसेप्ट्रीका जीवाणुको वृद्धिलाई रोक्छ । पेट गडबडी हुँदा अर्थात पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम गर्छ । फर्मेन्टेसन क्रियाबाट दही बन्ने भएकोले दूधभन्दा पचाउन पनि सजिलो हुन्छ ।

एन्टिबायोटिक औषधिको सेवनबाट पाचनक्रियामा भएको गडबडीलाई दहीले ठीक राख्न मद्दत गर्छ । यस्तो औषधिले शरीरमा भएका राम्रा तथा नराम्रा दुवै किसिमका जीवाणु नष्ट गर्ने भएकोले पाचनक्रियामा समेत असर पार्छ । यस्तो स्थितिमा घरमै बनाएको अमिलो नभएको दही खानाले नराम्रा जीवाणुको वृद्धि लाई रोकी पाचन अंगलाई पुनः साधारण अवस्थामा ल्याउन मद्दत गर्छ ।

यसैगरी महिलाहरुमा विशेषतः गर्भवती, मधुमेह तथा एन्टिबायोटिक औषधि सेवन गरेको अवस्थामा देखा पर्ने एक प्रकारको योनिको संक्रमण ९योनि चिलाउने तथा बाक्लो तरल पदार्थ बग्ने० लाई हटाउन दैनिक भोजनमा प्रशस्त मात्रामा दहीको समावेश गर्न आवस्यक भएको कुरा विभिन्न अध्ययनले देखाएको छ । दैनिक भोजनामा दही समावेश गर्न सकेमा यस प्रकारको संक्रमण तीन गुणाले कम हुनेछ ।

तुलनात्मकरुपमा हेर्ने हो भने दूध र दूधबाट बनेका अन्य खाद्यपदार्थहरुमा भन्दा दहीमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । १०० ग्राम दहीमा प्रोटिन ३ दशमवल १ ग्राम, चिल्लो ४० ग्राम, क्यालोरी ६० र क्याल्सियम १४९ मि।ग्रा। पाइन्छ । हुन त दूधबाट दही बनाउने भएकाले साधारणतया दुवै खाद्यपदार्थको पौष्टिक गुण समान भए पनि दहीमा क्याल्सियमको मात्रा, शोषण हुने प्रक्रिया दूधको भन्दा केही फरक छ ।

नेसनल इन्स्टिच्युट अफ न्युट्रेसन इन हैदराबादले गरेको अध्ययन अनुसार एक कप अर्थात २५० मि।ग्रा।दहीबाट ३७० मि।ग्रा। क्याल्सियम पाइन्छ भने एक कप दूधबाट ३०० मि।ग्रा। मात्र क्याल्सियम पाइन्छ । यसरी एक कप दहीबाट एक वयष्कको क्याल्सियमको आवस्यकता ३०–४० प्रतिशत पूर्ति हुन्छ । यसैगरी प्रोटिन ८ ग्राम प्राप्त हुन्छ ।

यी बाहेक दही भिटामिन बी, फोस्फोरस तथा पोटासियमको पनि राम्रो स्रोत मानिन्छ । एक कप दहीबाट २५० मि।ग्रा। पोटासियम पाइन्छ, जुन एक पाकेको केराबाट पाउने बराबरको हुन्छ । दूधमा भएको क्याल्सियम भन्दा दहीमा भएको क्याल्सियमको शोषण तथा उपयोग छिटो हुन्छ ।

शरीरमा क्याल्सियम शोषणको लागि एसिडको आवश्यक पर्छ, जुन एसिडको दही भएका जीवाणुहरुले पैदा गर्छन् अर्थात दूधबाट दही बन्ने क्रममा यी जीवाणुले ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्ने काम गर्छन् । यसैगरी प्रोटिन तथा लौहतत्वको शोषणमा पनि ल्याक्टिक एसिडले मद्दत पुर्याउँछ ।

यस प्रकार शरीरमा दहीमा भएको क्याल्सियम राम्ररी शोषण तथा सदुपयोग हुने भएकाले अस्टोपोरोसिस भएका वयष्क महिलाको दैनिक भोजनमा आवश्यक मात्रामा दही समावेश गर्दा क्याल्सियमको औषधिले भन्दा बढी फाइदा भएको पाइएको छ ।

दूधमा भन्दा दहीमा पानीको मात्रा कम हुनाले स्वाभाविकरुपमा यसमा पौष्टिक तत्व बढी हुन्छ तर क्यालोरीको परिमाण भने दूधमा भन्दा दहीमा कम हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।