कहिले कहीँ हाम्रो पेट भरिएपनि मन भरिदैन् । मन नभरिएका कारण कहिले कहीँ चाहिने भन्दा धेरै खाने गर्छौं । खानेकुरालाई अनियन्त्रित रुपमा खानु भनेको आफुलाई रोगी बनाउनु हो । हाम्रो शरीरलाई चाहिने मात्रामा खाने गर्नु पर्छ ।

धेरै खाने बानीले हानी बाहेक अरु केही हुदैन् । हामीले धेरै खाएमा हाम्रो पाचन प्रक्रियामा समस्या देखा पर्न थाल्छ । जसले हाम्रो शरीरमा पेट सम्बन्धि विभिन्न रोगहरु निम्त्याउने गर्छ । धेरै खाएमा पेटको आकार अस्वाभाविक रुपमा ठूलो हुन्छ । ठूलो पेट शरीरका लागि राम्रो देखिदैन् ।

छिटोछिटो र धेरै खाने लोभले हाम्रो मुखभित्र बढी हावा छिर्छ । हावा छिरेपछि हामीलाई हिक्क हिक्क लाग्न सक्छ । बढी खाना खाएपछि पेट ठूलो हुँदा खानाको पाइप र पेटबीचको बाटो बन्द हुने खतरा हुन्छ । कहिले कहीँ खाना खाँदै गर्दा खानाको पाइपमा नभई खाना स्वासनलिमा जाने गर्छ ।

जसका कारण खाएको खाना पेटबाट उल्टै फर्किन्छ र मुटु नजिकैको क्षेत्रमा जलन हुन थाल्छ । कहिले कहीँ हामीलाई बान्ता पनि हुन सक्छ । अत्याधिक खाँदा हामीलाई चपाउन अल्छि लाग्छ र हामीलाई हाई आउने हुन्छ ।

हाम्रो पेटभित्र खान पच्नका लागि बढी समय कार्य गर्नु पर्ने हुन्छ । थप खाना पचाउन निश्चय नै शरीरलाई बढी ताप चाहिने हुन्छ । पाचन प्रणालीलाई सघाउन हाम्रो दिमागमा जोर पर्न जान्छ । यसकारण हामीलाई फुर्तिलो बन्न गाह्रो हुन्छ र जतिखेर पनि निन्द्रा लाग्ने समस्या देखा पर्न थाल्छ ।

धेरै चिनी र कार्बोहाइड्रेड युक्त खानाले हाम्रो शरीरमा सुगरको मात्रा बढाउँछ । खाना खाँदा पेटमा पच्नका लागि करिब दुई देखि तीन घन्टा लाग्ने गर्छ । त्यस्तै, धेरै खाएमा धेरै समय लग्नुका साथै उच्च चिल्लो पर्दाथयुक्त खाना खादा ६ देखि ८ घन्टा लाग्ने हुन्छ ।

धेरै खानेकुरा खाँदा शरीरका विभिन्न अंगलाई पचाउनदेखि अन्य कार्य गर्न थप परिश्रम गर्नुपर्छ । बढी खानेकुरा खाँदा अनावश्यक रुपमा तौल बढ्छ । मोटोपनका कारण डायबिटिज, मुटुका रोग, हाइपरटेन्सन र स्ट्रोकको खतरा बढी हुने गर्छ ।

धेरै खाएमा स्वासप्रस्वास सम्बन्धि विभिन्न रोग लग्नुका साथै पेट, फोक्सो, किड्नी, ब्लाडर, लिभर, मुटुलगायतका शरीरका विभिन्न अंगमा हानि पुग्ने हुन्छ । त्यसैले लोभ नगरी शरीरलाई पुग्ने गरि खाने गर्नु पर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हामीले कुन समयमा कति खाना खाने ? यसरी मिलाएर खाएमा न रोग लाग्छ न भोक !

प्राय मानिसले पटक पटक खाना खाएपनि छिनछिनमा भोक लागिरहेको हुन्छ । हामिले पेटको भोक निको पार्नलाई हलुका भोजन खानु पर्ने हुन्छ । तर पनि हामिलाई त्यो भोजन खाएको आधा घन्टामा फेरि पनि भाेक लागेको हुन्छ । त्यसो त भोक लाग्नु शरीरलाई राम्रो हो । आवश्यक भन्दा वढी भोक लाग्नु कुनै रोगको कारण पनि हुन सक्छ ।

खानामा प्रोटिन र फइबरको ,कमि भयो भने प्रतेक व्यक्तिको पेट खालि र जतिखेर पनि भोक लागे जस्तो हुन्छ । तसर्थ यि प्रोटिनय्क्त खाने कुरा खादा पेट भरिएजस्तो अनुभव हुन्छ । कम व्यालोरिको कमिले गर्दा छिटो भोक लाग्छ । यसले शरीरलाई काम गर्नका लागि सम्पूर्ण आहारा दिन्छ । त्यसैले भरपुर्ण खानेकुरा खानुपर्दछ र प्रत्येक व्यक्ति थोरैमा पनि कम्तिमा आठ घण्टा सुत्नुपर्न हुन्छ ।

यकारण पुरा निद्रा लिदा पेट ठिक हुने भोक नलाग्ने समस्या बाट बच्न सकिन्छ । अधिकाँश मानिस बिहानको खाना खादैनन यसले गर्दा समस्या आउँछ र जतिखेर पनि भोक लागेजस्तो हुन्छ । केहि मानिसहरु छिटो छिटो खाना खान्छन नचपाईकन खाँदा खानेकुरा पच्दैन अनि पेटसम्बन्धी समस्या आइलाग्छ । त्यसैले खानेकुरा जहिलेपनि चपाएर खानुस् । खाना जति राम्ररी पच्छ, त्यति कम भोक लाग्छ ।

भोजनको नियम बारे जानिराखाैँ, कुन सिजनमा के खाने ?

कृतिले मौसम अनुसार विभिन्न अन्न-उत्पादन दिएको छ । जाडो वा गर्मी उत्पादन हुने अन्न, फलफूल, सागसब्जीले हामीलाई त्यही मौसममा हुनसक्ने संभावित समस्याबाट बचाउँछ । बाषिर्क चक्र अनुसार नै विभिन्न फल, अन्न, सागसब्जी उत्पादन हुन्छ । यसरी मौसमी रुपमा प्राकृतिक रुपले उत्पादन भएका खानेकुराले शरीरमा आवश्यक पोषक तत्व प्रदान गर्छ ।

हरेक ऋतुका लागि सोहि अनुसारको खानेकुरा प्रकृतिले दिएको छ । यसरी प्राकृतिक रुपमा उत्पादन भएको मौसमी खानेकुराले हामीलाई संभावित रोगबाट बचाउँछ ।

शिशिर ऋतु

यस मौसममा मुँगको दालको खिचडी, अदुवा वा यस्तै गरम प्रकृतिको भोजन गर्नुपर्छ । चटपटे, चिसो खानेकुरा सेवन गर्नु हुँदैन ।

बसन्त ऋतु

यस मौसमा जौ, चना, गहुँ, मूँग, मसुरको दाल, वैगुन, मुला, परवल, करेलाको सब्जी खानुपर्छ । साथै केरा, सुन्तला, अवला सेवन गर्नुपर्छ । मेथी, जीरा, हिंग, काक्रा आदि पनि लाभदायक हुन्छ ।

ग्रीष्म ऋतु

पुरानो गहुँ, जौ आदि उपयोगी हुन्छ । दुधजन्य परिकार, आँप, करेला, परवल, तरबुजा सेवन गर्नुपर्छ ।

वर्षा ऋतु

खीर, दही, खिचडी एवं हल्का र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । यस सिजनमा पाचन शक्ति कमजोर हुन्छ । त्यसैले गरिष्ठ एवं मसलेदार, चिल्लो, पिरो खानेकुरा सेवन गर्नु हुँदैन ।

शरद ऋतु

शीत ऋतुमा खाएको कुरा सजिलै पच्छ । यतिबेला गरिष्ठ भोजन पनि पचाएर शरीरले शक्ति ग्रहण गर्छ । तातो दुध, घिउ, गुड, मिश्री, अमला, कागति, अनार, नरिवल, गोभी सेवन गर्नु राम्रो हुन्छ ।

हेमन्त ऋतु

यो सिजनमा पौष्टिक एवं भिटामिनले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।

आवश्यक छ भोजनको नियम

भोजन गर्नुको उदेश्य केवल भोक मेट्नु मात्र होइन । यसको प्रभाव तन, मन एवं मस्तिष्कमा पर्छ । के भनिन्छ भने, गलत ढंगले आर्जन गरेको भोजनले मनलाई दुषित गर्छ ।

त्यस्तै, तारेको, भुटेको, मसलेदार, बासी, एवं गरिष्ठ भोजनले मस्तिष्कमा काम, क्रोध, तनाव आदि पैदा गर्छ । पाचन यन्त्रलाई पनि खराब गर्छ । भोक लागेको भन्दा धेरै कम र धेरै बढी खानेकुराले शरीरलाई रोगग्रस्त बनाउँछ ।

भोजनले उर्जाका साथै सप्त धातु -रगत, मासु, छाला, हड्डी आदि) पुष्ट हुन्छ । केवल खाना खाएर मात्र उर्जा मिल्दैन । खाना खाएपछि त्यसलाई पचाउने क्षमता पनि हुनुपर्छ । पाचन क्षमताका लागि सुपाच्य, स्वस्थ्य, पोषिलो खानेकुरा आवश्यक हुन्छ । त्यस्तै, शारीरिक सक्रियता पनि चाहिन्छ । नियमित व्यायामको खाँचो हुन्छ ।

खाना समय अनुसार खाने कि भोक लागेपछि मात्र ? जानौं फाईदा र बेफाईदा

हामी आजकाल शरिरको आवश्यकताका लागि भन्दा पनि समयका लागि खाना खाने भएका छौं । हामी यति ब्यस्त भएका छौं की खाना खानका लागि पनि कयौंले समय तालिका बनाएका हुन्छौं । तर समय ब्यवस्थापनको यो तरिका सबै तरिकाले हानी नै गर्ने भने अवश्य छैन ।

विहान १० बजे घडि हेर्दै भन्छौं, ‘अहो दश बजिसकेछ अब त खाना खानुपर्छ ।’ अनि अलि विहानको समयमा भन्छौं, ‘बल्ल सात बजेको छ के खाना खानु यत्ति छिटो ?’

अब विचार गर्नुहोस् । हामी आफ्नो आवश्यकता अनुसार चलेका छौं त ? खानाको कुरामा पनि हामीलाई घडिले कजाईरहेको छ । हरेक सेकेण्ड उत्तिकै महत्वपूर्ण ठान्ने हामी आफ्नो शरिरलाई महत्व दिएकै हुँदैनौं । फलस्वरुप आजकाल मानिसहरुलाई लाग्ने रोगका प्रकृतिहरु पनि बदलिएका छन् । मानिसलाई लाग्ने अधिकांश रोगहरु खानपानकै कारण लाग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

त्यसो भए समयमै खाने कि भोक लागेपछि ? थाहा पाउनुस् भोजनको नियम

भोक लागेपछि खाना खानुका फाइदा

१. शरीरको आवश्यकता पुरा हुन्छ

२. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ

३. थकान कम हुन्छ

४. काममा ध्यान केन्द्रित गर्न सकिन्छ

५. खाना खानकै लागि समय कुरिरहनु पर्दैन

भोक लागेपछि मात्र खाना खाँदाका बेफाइदा

१. सही पोषकतत्व प्राप्त गर्न सकिन्न

२. आवश्यकताभन्दा बढि खाइन्छ

३. समय व्यवस्थापन गर्न गाह्रो हुन्छ

समयअनुसार खाना खाँदाका फाइदा

१. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ

२. एसिडिटी र थकान हुँदैन

३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ

४. समय व्यवस्थापन गर्न सजिलो हुन्छ

समयअनुसार खाना खाँदाका बेफाइदा

१. भोक मर्छ

२. खाना नाश हुन्छ

३. पेटमा विभिन्न किसिमका समस्या हुन सक्छ

४.जबरजस्ती खाँदा खाना रुच्दैन

५. चाँडै थकान हुन्छ

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।