माछा र माछाबाट बनेका खानेकुरा बढी खाने गरेमा यसले हाम्रो मस्तिष्कलाई सधैं ताजा र तेज राख्नमा मद्दत पुर्याउँछ । हामीले मासुभन्दा पनि माछा धेर खानुपर्छ । रातो मासु पचाउनका लागि झन्डै ३२ देखि ३६ घन्टा लाग्ने गर्छ ।

तर, हामीले खाएको माछा पचाउनलाई २ देखि ३ घन्टा मात्र लाग्ने भएको कारणले पनि हामीलाई नियमित माछा खानु अति स्वस्थ्यकर मानिन्छ । खसी, कुखुरा, भैसी या राँगा र बंगुरको मासु तथा अन्य जन्तुको तुलनामा माछामा केही मेनेरल्स र प्रोटिन अलि प्रशस्त मात्रामा पाइन्छ ।

माछामा प्रशस्त मात्रामा भिटामिन ’डी’ र क्याल्सियम पाइने हुँदा यसले हाम्रो शरीरका हड्डी, दाँतलाई मजबुत बनाउँछ । नियमित माछा खनाले हाम्रो दिमाग सधैं तेज रहने गर्छ । शरीरको खराव कोलेस्टेरोल घटाएर मुटुसम्बधी रोग लाग्नबाट बचाउनुका साथै हर्टयाट्याक हुन दिँदैन ।

माछा खाने गर्नाले डिप्रेसनबाट मुक्त भइ निद्रा अत्यन्त राम्रो हुँदै जान्छ । यसले आँखाको भिजन बढाउनुको साथ साथै आँखा तथा छालालाई सधैं स्वस्थ्य राख्छ । माछा या माछाको फूल खाने गर्नले छालासम्बन्धी सम्पूर्ण रोग निको हुन्छ र डन्डीफोर आउने सम्भावना कम भएर जान्छ ।

शरीरिक वजन घटाउन पनि नियमित माछा खनाले धेरै हदसम्म मद्दत गरेको देखिएको छ । यसले उच्च रक्तचापलाई नियन्त्रन गरी कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउनका साथै क्यान्सरबाट छुट्कारा पाउन पनि सहयोग र्पुयाएको हुन्छ ।

सधैं निराश देखिनु हुन्छ भने नियमित माछा खाने गर्नाले त्यतिकै खुसी हुने, शरीरमा उर्जा उत्पन्न हुनुका साथै काम गर्न फूर्ति र दैनिक कार्यमा परिवर्तन आउन थाल्छ ।

क्यान्सरबाट बच्न माछाको बोसो ! एकचाेटी पढाैँ

मासुमा हुने बोसो त्यति राम्रो मानिँदैन स्वास्थ्यका लागि र धेरैले सकेसम्म बोसो तर्काउँछन् । सबै बोसो हानीकारक हुँदैन, बोसोमा पाइने तत्वले क्यान्सरको जोखिम कम गर्न र क्यान्सरको संक्रमण भइसकेकामा त्यसको फैलिने दर सुस्त बनाउन सहयोग पनि गर्छ ।

तर यस्तो सकारात्मक प्रभाव रातो मासु अर्थात खसी, बोका वा राँगाको मासुमा पाइने बोसोले भने गर्ने होइन । माछामा पाइने बोसोले क्यान्सरको जोखिम कम गर्न तथा क्यान्सरको संक्रमण भएकाहरुमा फैलिने दर सुस्त गर्न सहयोग गर्ने देखिएको यसमा अनुसन्धान गरेकी डा सरस्वती खड्गीले बताएकी छन् ।

अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरबाट विद्यावारिधी गरेकी डा. खड्गीले भनिन्, ‘मैले आफ्नो पिएचडीको अनुसन्धान स्तन क्यान्सर र ओमेगा-थ्रीको प्रभावका बारेमा गरेकी हुँ । यस क्रममा ओमेगा-थ्रीले विशेष गरी स्तन क्यान्सरको जोखिम न्युनिकरण गर्न कस्तो सहयोग गर्छ भनेर मुसामा परीक्षण गरियो ।’

डा. खड्गीले प्रष्ट पार्दै भनिन्, ‘मुसामा गरिएको अध्ययनबाट ओमेगा-थ्रीले क्यान्सरको जोखिम कम गर्ने देखियो । अर्को कुरा क्यान्सर संक्रमण भइसकेपछि त्यसको फैलने दर ओमेगा-थ्रीले कम गराएको हामीले अनुसन्धानमा पाएका छौँ ।यसको अर्थ ओमेगा-थ्रीले उपचारबाट पूर्ण निको नहुने अवस्थामा पुगेका क्यान्सरका बिरामीको जीवन अवधि बढाउने देखियो ।’

क्यान्सर नफैलिएसम्म कुनै पनि बिरामीको मृत्यु नहुने भएकाले ओमेगा-थ्रीले क्यान्सर फैलन रोक्ने देखिँदा क्यान्सरको उपचारमा नयाँ सम्भावना देखिएको डा. खड्गीले बताइन् । उनले भनिन्, ‘उदाहरणका लागि-स्तनमा भएका क्यान्सर त्यहाँबाट नफैलिएसम्म बिरामीको मृत्यु हुँदैन । स्तनको क्यान्सर फोक्सो, हड्डी वा शरीरका अरु भागमा फैलिएपछि बिरामीको मृत्यु हुने हो । ओमेगा-थ्रीले क्यान्सरको फैलावटलाई रोक्ने हामीले मुसामा गरेको अनुसन्धानमा पाएका छौँ ।’

माछाको बासो र ओमेगा-थ्री

ओमेगा-थ्रीको प्रमुख स्रोत माछाको बासो हो । यसले गर्दा माछाको तेल विशेष गरि स्तन क्यान्सरको जोखिम कम गर्न र क्यान्सरको बिस्तार कम गर्न उत्कृष्ट बन्ने डा. खड्गीले बताइन् । अहिले अमेरिकाको टेनिसेमा थप अनुसन्धानमा संलग्न डा. खड्गीले भनिन्, ‘माछाको तेल ओमेगा-थ्रीको प्रमुख स्रोत हो । माछाको बासोमा यो प्रमुख मात्रामा पाइन्छ ।

अरु रातो मासुमा पाइने बासोमा ओमेगा-सिक्स हुन्छ । माछाको बोसोमा प्रमुख मात्रामा ओमेगा-थ्री हुन्छ र अरु तत्व पनि पाइन्छ ।’ विशेष गरि ट्राउट, सालमन जातका माछामा ओमेगा-थ्री बढी हुने उनले बताएकी छन् ।

यस्तै ओखर, सागपात, आलसमा पनि ओमेगा-थ्री पाइने उनले बताएकी छन् । यस्ता ओमेगा-थ्री पाइने कुरा नियमित सन्तुलन मिलाएर खाएमा क्यान्सरको जोखिम कम हुने उनले जानकारी दिएकी हुन् । यस्तै बजारमा माछाको तेलको ट्याबलेट पाइने भएकाले त्यो पनि प्रयोग गर्न सकिने डा. खड्गीले बताइन् ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मांशाहारी हुनुहुन्छ भने तेज दिमागका लागि माछा

यदि तपाईं मांशाहारी हुनुहुन्छ भने सकेसम्म माछा र माछाबाट बनेका खानेकुरा बढी खाने गर्नुस्, जसले तपाईंको मस्तिष्कलाई सधैं ताजा र तेज राख्न मद्दत गर्दछ । संसारमा सबैभन्दा कम माछा खाने देश सम्भवत: नेपाल नै होला, किनकि नेपालमा समुद्र छैन ।

अन्य देशमा हप्तामा पाँच छाक माछा खायो भने एक–दुई छाक अन्य मांस खाने चलन छ तर नेपालमा महिनामा एक या दुई छाक मात्र माछा खाने चलन रहेको पाइन्छ । नेपालमा खसी, कुखुरा, भैसी या राँगा र बंगुरको मासु बढी प्रचलित छ जुन स्वस्थ्यको लागि त्यति उपयोगी मानिंदैन । किनकि त्यस्ता रातो मासुले शरीरमा कुनै न कुनै विकार गरिरहेको हुन्छ ।

रातो मासु पचाउनका लागि झन्डै ३२ देखि ३६ घन्टा लाग्ने गर्छ तर माछा पचाउन मात्रा २ देखि ३ घन्टा मात्र लाग्छ यो हिसाबले पनि माछा खानु अति स्वस्थ्यकर मानिन्छ । माछा भन्दैमा हामी सीमितलाई बुझ्छौ तर विश्वमा हजारभन्दा बढी माछाका किसिम पाइन्छ जुनको आआफ्नै रङ, विशेषता हुन्छ । टुना माछामा पाइने तत्व तिलापिया माछामा पाइँदैन त्यस्तै झिंगे माछामा पाइने तत्व सालमन माछामा पाइन्न ।

सजिलो हिसाबले पनि बुझ्न सकिन्छ कि समुद्र या पानीमा हुर्कंने कुनै पनि जीवले जे भेट्यो तेही खाने हुँदा उसको शरीरमा अन्य जन्तुको तुलनामा केही मेनेरल्स र प्रोटिन प्रशस्त पाइन्छ। अमेरिकन हार्ट एसोसिएसनले के पत्ता लगाएको छ भने मनिसलाई आवश्यक पर्ने सम्पूर्ण प्रोटिन माछाबाट प्राप्त गर्न सकिन्छ ।

माछा खानुका फाइदा कयौ छन् तर हामीले केही प्रमुख उल्लेख गरेका छौ ।

नियमित माछा खनाले दिमाग सधैं तेज रहने गर्छ ।

मुटु सम्बधी रोग लाग्नबाट बच्चाउँछ ।

माछाले डिप्रेसन हुनबाट बच्चाउँछ ।

माछामा प्रशस्त भिटामिन डी पाइने हुँदा क्याल्सियमका कारणले शरीरका हड्डी मजबुत बनाउँछ ।

आँखाको भिजन बढाउनुको साथै आँखालाई सधैं स्वस्थ्य राख्छ ।

माछा खाने गर्नाले निद्रा अत्यन्त राम्रो हुँदै जान्छ जसले गर्दा तनावमा भए नि मस्तिष्कले आराम पाउँछ।

माछा या माछाको फूल खानाले छालासम्बन्धी सम्पूर्ण रोग निगाहा हुन्छ र डन्डीफोर आउने डर हुन्न।

शरीरमा कोलेस्टेरोल घटाउन मद्दत गर्छ।

हार्टयाट्याक हुनबाट बचाउन सहयोग गर्छ।

क्यान्सर हुनबाट बच्चाउँछ।

शरीरिक वजन घटाउन पनि नियमित माछा खनाले धेरै हदसम्म मद्दत गरेको हुन्छ।

उच्च रक्तचापलाई नियन्त्रन गर्न पनि माछा खनाले धेरै मद्दत गरेको हुन्छ।

कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्‍याएको हुन्छ।

यदि तपाईं कुनै कारण बेड रेस्टमा हुनुहुन्छ भने नियमित माछा खनाले छिट्टै रिकभर हुन्छ।

यदि तपाईं सधैं निरास देखिनु हुन्छ भने नियमित माछा खाने गर्नाले त्यतिकै खुसी हुने परिवर्तन आउन थाल्छ।

नियमित माछा खनाले बच्चामा लाग्ने सामान्य रोगबाट बच्न सकिन्छ।

नियमित माछा खाने मान्छेलाई छिटो बुढो पनि देखिन्न।

माछा त्यस्तो मासु हो जुन तपाईंले ७ देखी १० मिनेटमा तयार गएर खाना सक्नुहुन्छ किनकि माछा एकदम छिटो पाक्छ। जसबाट समय बचत हुन्छ।

माछा खाँदा जिउ भारी नहुने हुँदा दिउँसोभर शरीर चंगा हुन्छ र काममा मन धेरै जान्छ।

माछाको केके बनाउने र कसरी खाने

अन्य मासु जस्तै तपाईंले माछाका पनि विभिन्न परिकार बनाउन सक्नुहुन्छ जस्तै सुप, सलाद, करी, बिर्यानी, फ्राइ, ग्रिल, बोइल, स्टिम, फिस टिक्का, फिस पास्ता, झिंगे माछा पिज्जा, फिस चिल्ली, फिस या प्राउन चाउमिन, फिस सिजलर, आदि । माछा एक स्वादिस्ट, छिटो पाक्ने, सजिलो तरिकाबाट पकाउन मिल्ने, छिटो पच्ने र शरीरलाई चाहिने सम्पूर्ण तत्वहरु पाइने खाना मानिन्छ ।

माछा कसरी रोज्ने

माछा रोज्दा जहिले पनि सकेसम्म ताजा खोज्नुस्, माछा ताजा छ कि छैन भन्ने कुरा माछाको कानको लोती खोलेर हेर्नुस् र रातो कलरको छ भने त्यो ताजा मानिन्छ। यदि खैरो हुँदै गएको छ भने त्यो बासी मानिन्छ। त्यस्तै माछा ताजा कि बासी पता लगाउन माछाको आँखा हेरेर पनि छुट्याउन सकिन्छ। माछाको आँखा रातो र झरिलो देखिएको छ भने त्यो ताजा हुन्छ र आँखाको कलर खैरो र चाउरी परेको छ भने त्यो बासी मान्न सकिन्छ ।

माछा स्वास्थ्यका लागि के – के फाइदा र बेफाइदा छ त ? अझ राम्ररी थाहा पाउनुहाेस्

वर्षैभरी खान मिल्ने र सहज रुपमा सरिरले पचाउने खाना हो माछा । अन्य मासुजन्य उत्पादनभन्दा बहु उपयोगी गुण भएको मानिने माछाको उपयोगिताको बारेमा जनचेतनाको अभाव र माग अनुसारको बजारमा आपूर्तिका कमीका कारण उपभोक्ताले आवश्यकता अनुसार उपभोग गर्न पाएरहेको छैनन् ।

हरेक नागरिकले सरिरको स्वस्थ्यताको लागि वार्षिक २८ किलो माछामासु उपभोग गर्नुपर्ने विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड रहेको छ । नेपालमा भने यसको आधा अर्थात् प्रतिवर्ष प्रति नेपाली जनावरजन्य उत्पादनको उपभोग १४ किलो मात्र छ ।

यसमा माछाको हिस्सा २ किलो ३ सय ग्राम हिस्सा माछाको छ भने बाँकी हिस्सा कुुखुरा, खसीबोका, राँगा, बंगुर लगाएतको छ । नेपालीलाई आवश्यक थप १४ किलो मासुजन्य उत्पादनको माग पूर्ति गर्न माछा पहिलो र उत्तम विकल्प रहेको विज्ञको तर्क छ ।

स्वास्थ्यका लागि माछा खादा यस्ता फाइदा पुग्दछ

आँखाको दृष्टि कायम राख्छ

एउटा उमेर पछि मानिसको आँखा स्वतः कमजोर हुँदै जान्छ । तर माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।

निद्रा जगाउँछ

जो मानिसलाई निद्रा नलाग्ने समस्या छ, यसले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ ।

छाला तथा कपालको लागि लाभदायक

लो फैटका कारण सबैभन्दा हानी तपाईंको छाला तथा कपाललाई हुने गर्छ । हेल्दी फैटको अभावमा तपाईंको छाला तथा कपाल रुखो तथा बेजान हुने गर्छ ।माछामा पाइने ओमेगा ३ ले कपाल तथा छालालाई चमकदार बनाउनुका साथै मुलायम बनाउँछ ।

मुटुका लागि लाभदायक

माछामा पाइने पैटी एसिड जसले मुटुको लागि राम्रो मानिन्छ । यसमा फैटको माछा कम हुने भएकोले यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । जो मानिसहरु हप्तामा २-३ पटक माछाको सेवन गर्छन् उनीहरुलाई हृदयाघात तथा स्ट्रोकको सम्भावना कम रहन्छ ।

डिप्रेशन कम गर्छ

माछामा हुने ओमेगाा ३ फैटी एसिडले डिप्रेशन कम गर्न मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ । त्यति मात्र हैन, माछाको सेवनले दिमागबाट यस्तो केमिकल्स निकन्छ, जसले मानिसलाई खुशी तुल्याउँछ ।

दममा लाभदायक

यदी तपाईको बच्चालाई पनि दम समस्या छ भने उनीहरुका लागि माछा लाभदायक मानिन्छ । एक अनुसन्धानका अनुसार माछाको सेवन धेरै गर्ने बालालिकामा दमको समस्या कम पाइने गरेको छ ।

दिमाग ताजा राख्दछ

नियमित माछा खादा दिमागको सिललाई सधै ताजा राख्ने काम गर्दछ । जसले गर्दा उच्च रक्तचाप कम गर्दछ । २ हजार जना फ्रेच नागरकिमा गरिएको सर्वेक्षणमा हप्तामा एक पटक खाएमा अल्जाईमर्सबाट बच्न सकिन्छ ।

क्यान्सर रोगसँग लड्न

स्वीडेनमा ६ हजार जना भन्दा धेरैमा गरिएको सर्वेक्षणबाट नियमित माछा उपभोग गर्दा क्यान्सर रोग लाग्नसँग बच्न सहयोगी बनेको तथ्य पत्ता लागेकोछ । सर्वेक्षणबाट माछा नखाने व्यक्तिमा क्यान्सनको जोखिम दोब्बर तेब्बर हुने गर्दछ ।

जोर्नी सम्बन्धी रोग कम

ग्रीनल्याण्डमा धेरै माछा खानेमा गरिएको अध्ययनबाट अधिकाश मान्छेमा जोर्नी सम्बन्धी रोग कम लाग्ने गरेको पाइयो । त्यसैले हाडजोर्नीको सुरक्षाको लागि समेत यो उपयोगी हुने देखिएको छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।