पहिले हामी ठूलो परिवारसँग बस्थ्यौँ । परिवार सदस्य संख्या न्यूनतम १०/१२ जनादेखि २०/२५ जनासम्मको हुने गथ्र्याे । एक अर्कासँग धेरै घुलमिल हुन्थ्यो । धेरै जनाको धेरै जनासँग प्रगाढ तथा आत्मीय सम्बन्ध हुन्थ्यो । एकअर्काको समस्या एउटाले सुन्न नभ्याए पनि अर्काेले सुन्थ्यो । सुखदुःख सहजै बाँडिन्थ्यो । सुख जति बाँड्यो उति बढ्छ ।

दुःख जति बाँड्यो उति घट्छ । यसरी सबैको हेरचाह हुन्थ्यो । तर अहिलेको सम्बन्धमा आत्मीयता भेटिन्न । बोलिरहेको, हाँसिरहेको, सँगै हिँडिरहेको मान्छेसँग पनि हामी आत्मीय हुन सकेका छैनौं । त्यति धेरै आत्मीयता भएका हाम्रा सम्बन्धहरु कसरी भत्किए ? सम्बन्धलाई महत्व दिने हामी कहाँनेर चुक्यौं ?

सम्बन्ध टुट्नुको कारण

हामीले सम्बन्ध कसरी बिगार्यौँ, नजिक बनाउन सकेनौँ भनेर खोतल्दै जाँदा के थाहा हुन्छ भने हामीले हाम्रो संस्कृतिप्रति गरेको उपेक्षा र नकार्ने प्रवृत्तिले सम्बन्ध टुटेको देख्नमा आउँछ । हामी केटाकेटी छँदा मामाघर गयौँ भने मामाघर पुग्नु अगावै हामीलाई ए भान्जा–भान्जी आएछन् भनेर स–सम्मान गरिन्थ्यो । सबैसँग केही न केही सम्बन्ध गाँसिएको हुन्थ्यो । सबैले आफ्नो सम्झिँदा खुब मज्जा आउँथ्यो । गाउँमा कुनै पाहुना भनाँै आफन्ती आए भने त्यो आफन्ती एक घरको मात्र हुँदैनथ्यो । सबैको हुन्थ्यो ।

अहिले समय बदलिएको छ । सम्बन्धहरु पहिले जस्तो छैन । एउटै परिवारको समेत भेटघाट निकै कम हुने गरेको छ । आत्मीयता हराउँदै गएको छ । यसो हुनुको एउटै कारण छ, हामी छरिएर बस्यौँ, छरिएर मात्र बसेनाँै, हामीले हाम्रो देश नराम्रो, हाम्रो चालचलन नराम्रो, हाम्रो संस्कार नराम्रो भन्नेतर्फ लाग्यौँ । यस्तो सोच एकदमै गहिरोसँग प-यो । झन् हिजोआजका बच्चाबच्चीमा यस्तो प्रकारको गहिरो छाप परेको छ । आज आमी विदेशी भएर बस्न मरिहत्ते गरेका छांै । डिभी भर्न लाइन लागेका छाैं । आफ्नो र आफूलाई घृणा गरेका छाैं ।

तर अहिले त्यो अनुभूति पाइन्न त्यसको पछाडि एउटै कारण छ । हामी यताउति छरिएर बस्याैं । छरिएर बस्दा पनि मेरो देश नराम्रो, मेरो घर नराम्रो, मेरो समाज नराम्रो, हाम्रो चालचलन नराम्रो, हाम्रो संस्कार नराम्रो भनेर नकारात्मकता केलाउनेतर्फ लाग्याै । यस्तो सोच एकदमै गहिरोसँग प-यो । आज हामी विदेशी नागरिकता लिएर बस्न थाल्याैं ।

यस्तै मानसिकताको उपज हो, मनोविज्ञान हो । त्यही मनोविज्ञानले हामी आफ्नो संस्कारबाट परपर भएका छौँ । अरूको संस्कार, संस्कृति मन पराएका छौं । तिनै सुकिलामुकिला मान्छे मन परायाैं । त्यहाँको विलासिता मन परायौँ तर आफ्नो गाउँघरको सम्झना हामीलाई भएन । बिस्तारै सहरीकरण बढ्दै गयो । जुन स्वाभाविक थियो । तर सम्बन्धहरुबीचको आत्मीयता हामीले राख्न सकिएन ।

हामीले आफ्नोमा गौरव गर्न सकेनौँ । आफ्नो घरमा आमा बिरामी हुनुहुन्छ भने हेरविचार गर्न छाडेर छिमेकीकोमा के मिठो पाकेको छ भनेर चियाउँदै हिँड्यौं । यहीँबाट हाम्रो समस्या सुरु भयो ।

अहिले प्रायःको एकल परिवार छ । एकल परिवारमा भए पनि आत्मीयता छैन । उनीहरु एकआपसमा बोल्दैनन्, आत्मीयता महसुस गर्दैनन् । धेरै जसो मेसिनसँग झुण्डिएर बस्छन् । हो हामीलाई मेसिन पनि चाहिन्छ तर मेसिनले हामीलाई प्रयोग गर्ने होइन, मेसिनलाई हामीले प्रयोग गर्ने हो । तर, हामीले जे गर्न नपर्ने हो त्यही गरिरहेका छांै । यसले गर्दा हृदय जोडिने सम्बन्धहरु जोडिएका छैनन् ।

हिजोआज बाबा–आमासँग पनि आत्मीयता हुन छाडिसकेको छ । काका–काकी, मामा–माइजू, फूपू–फुपाजु भनेको त हिजोआजका केटाकेटीलाई यादै हुन छाडिसक्यो ।

अब यसलाई कसरी समाधान गर्ने त ? यसको पनि सामाधानको उपाय नभएको होइन, हामीले केही सहज विधि अपनाउने बित्तिकै अझ भनांै हामी आफू आफैँमा रूपान्तरित हुनेबित्तिकै यस्ता समस्या रहँदैनन् ।

आफ्नोलाई प्रेम गरौं

हामी हाम्रो नाता, कुटुम्ब, समाज, घर गाउँलाई सदा सम्झिरहनु पर्छ । हामीले हाम्रो देशको भू–भागलाई धेरैभन्दा धेरै प्रेम गर्न आवश्यक छ । आफ्नो घर गाउँलाई नराम्रो देख्ने, आफूसँग भएका कुरालाई नराम्रो सम्झिने प्रवृत्ति हटाउनु पर्छ ।

हामीले सांस्कृतिक गाउँ फर्क अभियान गर्न जरुरी छ । मैले राजनीतिक भनिरहेको छैन । हामी जहाँ जान्छौं त्यहाँ त्यहाँ हाम्रो संस्कार पनि लैजाने गर्नुपर्छ । हामीमा भएका राम्रा कुरालाई अनुशरण गर्ने गर्नुपर्छ । जब हामी यसरी घर गाउँको संस्कार संस्कृति अपनाउँछांै । विकासको क्षेत्रमा लगानी गर्छाैं, सबैमा आफ्नो पन आउँछ अनि सबै सम्बन्धहरु फेरि जोडिन थाल्छन् ।

आत्मीयता बढाऔँ

जब मनमा अन्धकार र घोर निराशा छाउँछ त्यतिबेला आफ्नो भन्ने कोही हुँदैन । आत्मीयताले मन खुसी हुन्छ, त्यहाँ निराशा, दुःखी, तनावm अनिद्रा हुँदैन । यदि जीवन विज्ञानमा आएर ममा अनिद्रा छ भने म पहिले नै सोध्छु तपाईंको परिवारमा कतिजना हुनुहुन्छ ? धेरै परिवारसँग बस्नेमा त्यस्तो केही समस्या हुँदैन । परिवारसँग उठबस गर्दैमा यो निराशापना पूरै हटिसक्छ । तर, जब एक्लै बस्छ, सीमित परिवारसँग मात्र बस्छ, ऊसँग यस्ता समस्या देखा पर्छन् । त्यसकारण हामी फेरि आफ्नो मान्छेसँग जोडिनु, बढी घुलमिल हुनु आवश्यक छ ।

सम्बन्धहरु फेसबुक ट्वीटरबाट मात्र जोडिएर हुँदैन, हाम्रा पाँच इन्द्रियबाट जोडिन आवश्यक छ । हामीले सम्बन्ध प्रगाढ बनाउन बोली सुनेर, भेटघाट गरेर, अंकमाल गरेर, उसको सामीप्यमा बसेर, उसको भावना बुझेर गर्न सक्छौँ । यसरी ५ वटा इन्द्रिय सहभागी भएर सम्बन्ध भयो भने हामी मजबुत हुन्छौँ ।

अहिले भएको समस्या के हो भने, मानिसहरु मेसिनसँग सम्बन्धित छन्, मेसिनसँगै मानिसको उगबस छ, इन्द्रियसँगको सम्बन्ध कत्ति पनि छैन अनि कसरी हुन्छ सम्बन्ध गाढा ?

इन्द्रियले जोडेको सम्बन्ध अत्यन्तै गहिरो हुन्छ । मेसिन हामीलाई चाहिन्छ । प्रयोग गराैं । आफ्नो पनमा फर्किऊँ । आत्मीयतामा ध्यान दिऊँ ।

ध्यान

ध्यान सम्बन्ध जोड्ने अचुक औषधि हो । ध्यान त यस्तो हो जब ध्यान गर्न थाल्छौँ आफैं सम्बन्ध बलियो भइहाल्छ । ध्यान गर्ने व्यक्तिलाई आमा–बुबालाई माया गर, आफूभन्दा सानोलाई माया गर भनेर भनिराख्नुपर्दैन । यो स्वाभाविक हुन्छ । पानी जहाँ पनि पर्छ अनि भिजाउँछ । आगो जहाँ पर्छ त्यहाँ जलाउँछ ।

त्यसरी नै ध्यान गर्ने व्यक्ति जहाँ–जहाँ जान्छ त्यहाँ–त्यहाँ प्रेम बाँड्छ अनि सम्बन्ध गाढा बनाउँछ । ध्यान गर्ने व्यक्तिले गर्ने काममा उत्पादनशीलता बढाउँछ । कम काम गरेर पनि इफेक्टिभ काम गर्छ, मिहिनेत बढी गर्छ, आय–आर्जन पनि बढी गर्छ । बचेको समय परिवारलाई दिन्छ । यो अचुक औषधि हो । हामी सबैले ध्यान गर्न सिक्यौँ भने आत्मीयता र सम्पनता दुवै ल्याउँछाैं ।

थप जानकारी :

कसरी बनाउने सुमधुर सम्बन्ध ?

प्रेम सम्बन्धमा सँधै आफूले सोँचेजस्तो र खोजेजस्तो परिस्थिति नआउन सक्छ, सँधै फेसबुकमा च्याट गर्न, फोन गर्न अनि सँधै भेट्न पनि गाह्रै हुन्छ। त्यसमाथि अझै दुवैजनाको धेरैजसो समय आफ्नो काम वा पढाइमा बित्छ, माहुरी जस्तै व्यस्त भइन्छ भने त्यो सम्बन्धमा खुड्किलो आउनु स्वाभाविक हो। तर सम्बन्ध भनेको यस्तो चीज हो जसको विकासमा तपाईँले पर्याप्त ध्यान दिनुभएन भने तपाईँको प्रेम घृणामा र विश्वास अविश्वासमा परिणत हुन समय लाग्दैन।

अकस्मात, तपाईँ आफ्नो प्रेमी वा प्रेमिकालाई पहिले जस्तै बुझ्न सकिराको छैन भन्ने सोच दिमागमा आयो भने बुझ्नुहोस् कि त्यो सम्बन्धमा केहि सकारात्मक तत्वहरूको आवश्यकता परेको छ। मनोवैज्ञानिकहरूका अनुसार, यस्ता केहि कुराहरू र अनुभवहरू छन्, जसले यसरी टाढिन पुगेका जोडीहरूलाई नजिक ल्याउन मद्दत गर्दछन्।

१. बिदाको समय सँगै बिताउनुहोस्-

सँधै आफ्नो कामको व्यस्तताले गर्दा भनेजसरी बिदा पाउन गाह्रो छ, तर एकचोटी प्रयास गर्नुहोस्, यसको फल मीठो नै हुनेछ। तर तपाईँहरू दुवैजनालाई सुहाउने किसिमको बिदा भेट्टाउनु नै यसको सबैभन्दा महत्वपूर्ण तत्व हुन जान्छ। बिदा मनाउने ठाउँ, वातावरण र क्रियाकलापहरू दुवैजनाको लागि स्वीकार्य हुनु पनि जरुरी हुन्छ।

२. सँगै बसेर खाना बनाउनुहोस्-

प्रेम जोडीहरूलाई सँगै ल्याउने सबैभन्दा राम्रो उपाय भनेकै यहि नै हो, सँगै बसेर खाना वा खाजा बनाउनु। यसरी सँगै काम गर्दा तपाईँहरूबीचको सामिप्यता बढ्न जान्छ, एक-अर्काको मनका कुराहरू बुझ्न सकिन्छ। अनि कसको के चाहना छ र त्यो चाहनाको लागि दुवैजना मिलेर खट्टिन पनि सकिन्छ। मिष्ठान्न भोजनले तपाईँहरूको सम्बन्धमा पनि मीठो बहार ल्याउन धेरै नै मद्दत गर्दछ।

३. एक-अर्काको शरीर मालिस गर्नुहोस्-

धेरै समयदेखिको कामले गर्दा शरीरमा थकान आउँदछ, अनि त्यहि थकान नै सम्बन्धमा बाधा पुर्याउने मूख्य तत्व हुन सक्छ। त्यसैले यदि तपाईँहरूबीचको यो बाधालाई हटाउन चाहनुहुन्छ भने त्यो बाधालाई सँगै मिलेर हटाउन पनि पहल गर्न सकिन्छ। दुवैजनाले एक-अर्काको टाउको, शरीर अनि खुट्टामा मालिस गर्नाले शारीरिक तथा मानसिक तनावबाट मुक्त हुन सकिन्छ र बल्ल मात्रै सम्बन्धको बारेमा ताजा दिमागले सोच्न सकिन्छ।

४. कतै घुम्न जानुहोस्-

नेपाल यसै पनि सुन्दर देश हो। तपाईँहरू बसेको ठाउँकै वरिपरी पनि कतिपय यस्ता ठाउँहरू हुन्छन् जुन अति नै सुन्दर, शान्त र तपाईँहरूको लागि उपयुक्त हुन सक्छन्। नजिकै त्यस्ता ठाउँहरू नभएपनि समय मिलाएर कतै घुम्न जान पनि सकिन्छ। यसरी घुम्न जाँने क्रममा एक-अर्काको साथको महशुस गर्न सक्नुहुन्छ, अनि पहिले कतै गुमेको त्यो विश्वास र मधुरता फेरि फर्किन पनि सक्छ।

५. सँगै बसेर रमाइलो काम गर्नुहोस्-

प्रेम सम्बन्धमा रोमान्सको पनि अति नै आवश्यकता हुन्छ, हलुका छुच्चोपना अथवा उत्ताउलोपनाले पनि प्रेमजोडीहरू बीचको त्यो गाँठोलाई अझ बलियो बनाउन मद्दत पुर्याउँदछ। बिदाको समय वा फुर्सदको समयमा सँगै बस्नुहोस्, रमाइला कुराहरू गर्नुहोस्, दुःखलाई एक-अर्काको मुस्कानसँग घुलाएर पचाउन सिक्नुहोस्, अनि त जटिलता भन्ने कुरै रहँदैन। होइन, हामी एक रोचक खेल खेल्छौँ भन्नुहुन्छ भने पनि ठीकै छ, त्यो पनि अति उत्तम तरिका हुन सक्छ।

तपाईँको प्रेम सम्बन्धलाई बलियो र विश्वासिलो बनाउने क्षमता केवल तपाईँहरूसँग मात्रै हुन्छ। सम्बन्धमा अविश्वासको पर्खाल खडा भयो भने पनि त्यो अरू कसैको दोष हुँदैन, तपाईँ आफ्नै हुन्छ र त्यो पर्खाललाई जरै देखि हटाउने क्षमता पनि तपाईँ सँग मात्रै हुन्छ। कुरा त केवल इच्छाशक्तिको हो, चाहनाको हो, अनि मायाको हो।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

जानकारीकाे लागी याे भिडियाे पनि हेर्नुहाेला