भान्टा विश्वभरको भान्सामा प्रयोग हुने तरकारी हो । बहुगुणी भान्टा नेपालमा पनि सहजै उपलब्ध हुन्छ । यसलाई ऐगल्पान्ट, औवरजीन, मेलोनजेन, ग्वाइना, स्कवास, गार्डेनऐग जस्ता नामले पनि चिन्ने गरिन्छ ।

भाण्टा विभिन्न रंग र आकारका हुन्छन् । जुनसुकै आकार र रङको भएता पनि यसबाट प्रचुर मात्रामा पोषण तत्व तथा एन्टिअक्सिडेन्ट पाइन्छ ।

यसकारण पूर्ण सन्तुलित आहार

भान्टामा न्यून कयालोरी हुन्छ । जसको नियमित सेवनले तौललाई सन्तुलित राख्नमा सहयोग पुग्छ । त्यसैले पनि होला यसलाई तौल न्युनीकरणको आहारको रुपमा पनि लिने गरिन्छ ।

यसमा आहार जन्य रेसा अर्थात फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचनजन्य समस्या त ठिक पार्छ नै शरिमा कोलेस्ट्रोल र चिनीको मात्रालाई पनि नियन्त्रण गर्ने काम गर्छ । यसको सेवनले कब्जियतको जोखिम पनि कम हुन्छ ।

भान्टामा भिटामीन ए, सी, ई, के, वि ६, नायसीन, फोलेट र कोलीनको मात्र प्रचुर हुन्छ । पोटासियम, क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस, जिंक, कपर, म्याङगानीज सेलेनियम जस्ता खनीज तत्वहरु पनि सबाट प्राप्त गर्न सकिने भएकाले यसलाई पूर्ण सन्तुलित आहारको रुपमा लिने गरिन्छ ।

भान्टाको नियमित सेवनले जीवनशैली जन्य मधुमेह, मुटु रोग, शरिरमा बोसोलाग्ने जस्ता जोखिम न्यनिकरण गर्छ । यसमा पाइने भिटामीन बि-६, सी, पोटाशियम, बनस्पतिजन्य पोषणले मुटुजन्य समस्या न्युनिकरणको लागि सहयोग पुर्‍याउँछ ।

यो तरकारीमा फ्याभोनाइड को मात्रा अत्यधिक हुने भएकाले एन्टी अकसीडेन्ट गुण देखाउँछ । एन्थोसाएनीन जस्ता वनस्पतिजन्य फयोभोसाइड भएका खानाको सेवनले मुटु रोगको जोखिमलाई कम गर्ने बैज्ञानिकहरुका विभिन्न अनुसन्धानले नै पुष्टि गरेको छ । यस्तो तत्वले रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्छ । जसको कारण रक्तचाप नियन्त्रणमा रहन्छ ।

भान्टामा पाइने अर्को महत्वपूर्ण तत्व भनेको कोरोजेनिक एसीड हो । यसले रगतमा कम घनत्वको लीपो प्रोटिन उत्पादनमा मदत गर्छ । भान्टामा पाइने पोटाशियमले फेरि शरीरमा इलेक्ट्रोलाइटसलाई सन्तुलनमा राख्न मद्दत गर्छ । जसले गर्दा उच्च रक्तचापको जोखिम अति न्युन हुन्छ ।

यति मात्र नभएर भान्टामा भएका अनगिन्ति खनीज, भिटामीन र एन्टिअक्सिडेन्टले शरीरको छालालाई सफा, रसिलो र मुलायम गराएर राख्न मदत गर्छ । किनकी भान्टामा भएको अकसीकरणरोधी एन्थोसाइनिन्सले छालाको कोशीकालाई क्षती हुनबाट बचाउँछ । जसले गर्दा छाला च्याउरीने, थोप्ला देखिने, रंग वद्लिनेजस्ता समस्याबाट बच्न सकिन्छ । त्यतिमात्र होइन भान्टाको रस लगाउँदा कपालको जरा वलियो हुन्छ । भाण्टाको तरकारी नियमित खानाले कपालको वनावट मा सुधार आउनुका साथै चम्किलो भएर जान्छ ।

भान्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउने काम गर्छ । पोेलिफिनोलहरुले क्यान्सरको कोषीकालाई मार्ने तथा बिषाक्त कोषीका नष्ट गर्ने कमा गर्छ ।

भान्टाको बोक्रामा पाइने एन्थोसाइनीन फाइटोले मस्तीष्कको कोषिका क्षति हुनबाट बचाउँछ । यसले मस्तीष्क कोषिकाका झिल्लीहरुमा हुने बोसो संरक्षण गरिराख्न सघाउ पुर्‍याउँछ । त्यतिमात्र नभएर यसले मस्तिष्क कोषिकाको आवश्यक पोषण तत्व प्रवाहमा पनि गरि विषादीलाई हटाउने काम गर्छ ।

भण्टाको रसको सेवनले सहि समयमा पिसाव हुन्छ । जसले गर्दा शरीरवाट सजिलै बिषाक्त पदार्थ वाहिरिई मृगौला स्वस्थ रहन मद्दत पुग्छ ।

भान्टामा न्युन कार्बोहाइड्रेट तथा उच्च रेसा, फाइवर पाइने हुँदा मधुमेहको जोखिम कम हुन्छ । यसले रगतमा अप्रत्याशित रुपमा रगतमा ग्लुकोजको मात्रा बढ्न दिदैन ।

भिटामिन-के म्यागानीज, कपर जस्ता तत्वले हाडको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ । किनकी मानिसको शरिरमा कपरको मात्रा कम भएमा हाड कमलो भई खिएर जाने गर्दछ ।

प्राकृतिक रुपमा पाइने फोलेट एउटा स्रोत भान्टा पनि हो ।यस्तो भिटामिनले शरीरमा कोशिका विभाजन तथा नयाँ कोषिकाको उत्पादनमा महत्वपुर्ण भुमीका निर्वाह गर्छ । यसले गर्भमा रहेको बच्चामा न्युराल टयुवमा हुने विकार रोक्न सहयोग गर्छ ।

खाने अनेक तरिका

यसलाई उमालेर, बाफीलो पारेर, तारेर, पिंधेर वा अचारलगायतका परिकार बनाएर प्रयोग गर्न सकिन्छ । यसलाई अन्य तरकारीमा मिसाएर प्रयोग गर्दा स्वादिष्ट मात्र हुँदैन अत्यन्तै स्वस्थवर्द्धक हुन्छ । यसलाई पूर्ण सन्तुलीत आहारकै रुपमा लिने गरिन्छ । यसमा एन्थो साइनीन जस्तो प्रोभोनाइट जस्ता तत्व अत्याधिक हुने हुँदा तरकारीमा विशेष रंग उत्पन्न गराउँछ गराउँछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

पखला लाग्दा के गर्ने पखाला रोग लागेको कसरी थाहा पाउने ? जानी राखौं

असामान्य रूपमा पानी मिसिएकाे पातलाे दिसा बारम्बार लाग्याे भने त्याे नै पखाला हाे । याे एउटा सबैले थाहा पाइराखेकाे सामान्य राेग हाे ।

लक्षण

पखाला लाग्नुभन्दा पहिला बिस्तारै पेट दुख्नु, कहिले थाेरै गाढा त कहिले पानी जस्तै पातलाे दिसा तेजसँग लाग्नु, शारीरिक दुर्बलता, पेट थिच्दा दुख्नु, जिब्राे सुक्नु आदि लक्षण देखापर्छ ।

कारण

माैसम बदलिनु, पाचन अङ्गकाे काममा गडबडी आउनु, बेमाैसमी आहारबिहार, धेरै नुनिलाे, पिराे, मसालेदार खाना खाएमा, पच्न नसक्ने खानेकुरा खाएमा, तारेकाे, भुटेकाे, धेरै चिल्लाे खानेकुरा खाएमा, दुषित फल र पानीकाे प्रयाेग गरेमा, धेरै चिसाे पानी खानु, पहिला खाइसकेकाे खाना पचिनसक्दै फेरि खाना खानु, पेटमा जुका पर्नु, भय, शाेक, दुःख, मानसिक तनाव, आतंककाे प्रभाव, राती धेरै बेरसम्म बस्नु आदि ।

के खाने ?

१. जीवनजलकाे घाेल वा एक गिलास पानीमा एक चम्चा चिनी र एकचिम्टी नून मिसाएर एकएक छिनमा एकएक कप पिउनु पर्छ ।

२. खानामा दही, भात वा जउलाे खानुर्छ ।

३. चाैलानी, मूंग या मुसुराेकाे दाल पातलाे बनाएर पिउनु पर्छ ।

४. आराराेट, साबुदानाकाे खीर, बार्ली या छाछ इच्छाअनुसार खाने ।

५. लाैकाकाे तरकारी या दही फिटेर खाने ।

६. एक कप दहीमा एउटा केरा मिसाएर बिहान, दिउँसाे र बेलुका खाने ।

७. कागती, माैसम, सुन्तला, अनारकाे रस खानुपर्छ ।

८. काँचाे तथा पाकेकाे मेवा, उखुकाे रस, गुलियाे स्याउ खानुपर्छ ।

९. बेलकाे सर्वत बनाएर पनि खान सकिन्छ ।

के नखाने ?

१. बासी, तारेकाे, भुटेकाे, पिराे, मसालेदार खानेकुरा तथा गहुँबाट बनेकाे ‌खाद्यदार्थ नखाने ।

२. रक्सी, चिया, कफी, दुध नपिउने ।

३. झिँगा बसेकाे, बासी, नछाेपेकाे खानेपिउने चीज नखाने ।

४. फ्रिजमा राखेकाे खानेकुरा बाहिर निकालेर तुरून्तै नखाने ।

५. अमिलाे, आलु, भान्टा, काेभी, अचार नखाने ।

६. अगाडिदेखि नै काटेर राखेकाे प्रदूषित सलाद नखाने ।

राेग निवारणका सहायक उपाय

के गर्ने ?

पिउने पानी उमालेर सेलाएपछि मात्र पिउने ।

पेटलाई ताताे कपडाले ढाकेर राख्ने ।

खाना खानुअगाडि हात राम्राेसँग धुने ।

हातकाे नङ नियमित रूपमा काट्ने ।

प्याजलाई पिधेँर नाइटाेनेर लेप बनाएर लगाउने ।

के नगर्ने ?

दिसा, पिसाब, अपान बायु नराेक्ने ।

दिनमा सुत्ने र राती नसुत्ने बानी हटाउने ।

औँलाकाे नङ बढ्न नदिने र नङ भए पनि फाेहाेर जम्मा हुन नदिने ।

फाेहाेर र बासी पानी नपिउने ।

याे पनि पढ्नुहाेस्

दुधमा बेसार मिसाएर खानुका अचुक फाइदा थाहापाई राख्नुहोस !

आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ। यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ ।

यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ। यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यस्ता फाइदा हुन्छन् ।

१. दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ ।

२. बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या पनि हट्छ । यसबाहेक बाथरोगका कारण हुने सुजनलाई पनि कम गर्दछ ।

३. दैनिकरुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण गर्दा हड्डी स्वस्थ तथा मजबुत हुन्छ ।

४. बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ। यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ ।

५. दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ।

६. अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ।

७. आयुर्वेद अनुसार बेसार प्रयोग गर्ने हो भने हाम्रो रगत सफा हुन्छ । यसले रक्त सञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ ।

८. दैनिक एक गिलास दुधमा आधा चम्मा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोशो कम हुन्छ । यस कारण मोटोपन घटाउन पनि बेसार र दुध प्रयोग गर्न सकिन्छ।

९. छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ।

१०. दुध र बेसार मिलाएर सेवन गर्ने हो भने पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन्। पखला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित बिरामीलाई बेसार अमृत समान मानिन्छ।

११. महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ। साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ। सुत्केरी भएपछि सामान्य अवस्थामा छीटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्द छ ।

१२. चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ ।

माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।