महाभारतका प्रमुख पात्र हुन् भीष्म पितामह । महायोद्धा भीष्म पितामह देवी गंगा तथा राजा शान्तनुका छोरा थिए । स्वर्गलोकमा ब्रम्हाले दिएको एक श्रापका कारण देवी गंगा तथा शान्तनुले पृथ्वीमा जन्म लिएका थिए ।

उनीहरुको आठौं सन्तान थिए देवव्रत जो पछि गएर भीष्म र पछि भीष्मपितामह का नामले चिनिए । भीष्मपितामह आजीवन कुमार नै रहे । उनले विवाह नगर्नुको कारण आफ्नो बुवाको विवाह गराउनका लागि गरेको प्रतिज्ञा रहेको थियो ।

यस्तो छ कथा

आठौं सन्तानको रुपमा भीष्मको जन्म भएपछि उनलाई लिएर आमा गंगा स्वर्गलोक गइन् । गंगाले छोराको नाम देवव्रत राखिन् । देवव्रत जन्मिएपछि गंगा श्रापबाट मुक्त भइन् तर राजा शान्तनु भने पृथ्वीमा नै हस्तीनापुरको राज्य संहालिरहेका थिए । स्वर्गमा गंगाले आफ्ना छोरालाई देवता तथा देवऋषिबाट शिक्षादीक्षा दिलाइन् ।

गंगा गएपछि राजा शान्तनुले दोस्रो विवाह गरेनन् । उनी गंगा र आफ्नो छोराको प्रतिक्षामा रहे । १६ वर्षपछि एक दिन राजकुमार देवव्रतलाई लिएर गंगा प्रकट भइन् । छोरालाई पिता शान्तनुसँग छोडेर गंगा फेरि स्वर्ग फर्किइन् ।
छोरालाई लिएर राजा शान्तनु एक दिन शिकारका लागि वन गए । शिकारका क्रममा उनी छोरा भन्दा निकै टाढा पुग्ने । शान्तनु यमुना नदीको किनारमा बसे जहाँ उनले अत्यन्त सुन्दर स्त्री देखे । जसलाई देखेर राजा शान्तनु मोहित भए । ति युवतीको नाम सत्यवती थियो । जो स्वर्गकी अप्सरा थिइन् तर एक श्रापका कारण पृथ्वीमा जन्मिएकी थिइन् । राजा शान्तनुले सत्यवतीसँग विवाहको प्रस्ताव राखे । सत्यवतीले विवाहको कुरा आफ्ना बुबासँग राख्न भनिन् ।

राजा शान्तनु विवाहको प्रस्ताव लिएर सत्यवतीको बुबालाई भेट्न गए । सत्यवतीका बुबा राजालाई छोरी दिन पाउँदा खुसी नै भए तर विवाहका लागि उनले राजासँग शर्त राखे ।

उनले सत्यवतीका सन्तान हस्तिनापुरको युवराज बन्न पाउने शर्तमा मात्र राजासँग छोरीको विवाह गर्न सकिने शर्त अघि सारे ।

राजा धर्मसंकटमा परे । किनकी हस्तिनापुरका युवराज आफ्ना छोरा देवव्रत (भिष्मपितामह) घोषित भइसकेका थिए । जब शान्तनुले यो शर्त मानेनन् सत्यवतिका बुबापनि आफ्नी छोरी राजालाई दिन तयार भएनन् ।

राजा शान्तनुले आफ्नो पीडा कसैलाई भनेनन् । उनी चिन्तित मुद्रामा बसिरहे । शिकार गर्न पनि गएनन् । यमुना नदिको किनारमा बसेर लुकिलुकि सत्यवतीलाई हेर्दै उनको दिनचर्या वित्न थाल्यो । राजाले सत्यवतीसँग विवाह गर्न नपाएपछि खानपानमा पनि वेवस्ता गर्न थाले ।

आफ्ना बुवालाई उदास देखेर छोरा देवव्रतले त्यसको कारणको खोजी गरे । आखिरमा बुबा चिन्तित हुनाको कारण उनले पत्ता लगाए ।

देवव्रतले शान्तनुका सारथीबाट त्यसबारे जानकारी लिए र सारथीलाई लिएर सत्यवतीको घरमा पुगे ।

देवव्रतले सत्यबतीको हात उनको बुबाका लागि मागे ताकि सत्यवतीको विवाह आफ्ना बुबासँग गर्न सकियोस् ।

देवव्रतले आफ्ना बुबासँग विवाह गर्न जब सत्यवतीका पितासँग छोरीको हात मागे तब उनले पुरानै कुरा दोहोराए । उनले आफ्नी छोरीको सन्तान हस्तिनापुरको राजा हुने शर्तमा मात्र राजालाई छोरी दिने बताए । उनको भनाइ सुनेर राजाका छोरा देवव्रतले आफूले हस्तिनापुरमा राज्य नगर्ने (सौतेनी भाइहरुलाई नै दिने) सत्यवतीको छोराले राजकाज सम्हानसक्ने बचन दिए तर सत्यवतीका बुबाले फेरि ‘तिम्रा सन्तानले राजकाजमा दाबी गर्छन्’भन्दै त्यसलाई अस्वीकार गरे । त्यसपछि देवव्रतले आजीवन कुमार बस्ने प्रतिज्ञा लिए । न उनका सन्तान हुने न त सिंहासनलाई लिएर विवाद विवाद टुंगियो ।

सत्यवतीका पिता निषादराजसँग आजीवन ब्रम्हचार्यको पालन गर्ने प्रतिज्ञा गरेर देवव्रत सत्यवतीलाई आफ्ना साथमा लिएर बुबा भएको ठाउँमा पुगे । राजा शान्तनु निकै खुसी भए तर जब छोराले कहिल्यै विवाह नगर्नै प्रतिज्ञा लिएको थाहा पाए त्यसपछि निकै दुखी भए । उनले आफूले आफूलाई धिक्कारे ।

आफूले पाएको राजकाज सौनेनी आमामा छोरालाई दिने र त्यसका लागि आफूले विवाह नै नगर्ने भीषण प्रतिज्ञापछि शान्तनु र सत्यवतीले छोरालाई भीष्म भन्न थाले । त्यही क्रममा शान्तनुले आफ्ना छोरा भीष्मलाई वरदान दिए । ‘जहिलेसम्म चाहे त्यतिबेला सम्म भीष्म जीवित रहन सक्नेछन्’ भन्दै शान्तनुले भीष्मलाई इच्छामरणको वरदान दिए ।

बुबाबाट प्राप्त भएको यही वरदानका कारण भीष्मपितामहलाई महाभारतको महायुद्धमा बाणको शैयामा सुत्नु परेको थियो र आफ्नै नातीको हातबाट वीरगति प्राप्त भएको थियो ।

महाभारतका रहस्यमा लुकेका कथा :

संस्कृतमा लेखिएको दुई मध्येको एक ठुलो ग्रन्थ ‘महाभारत’ कथै कथाले भरिएको छ। १ लाख भन्दा बढी श्लोकले यो बाइबल भन्दा ३ गुणा ठुलो ठहरिन्छ। भनिन्छ, ‘यहाँ जे भेटिन्छ, त्यो अन्तत्र पनि भेटिन्छ तर यहाँ जे भेटिदैन त्यो अन्तत्र कतै पनि भेटिदैन।’
आउनुहोस्, महाभारतका केही नबताइएका कथा पढौं।

पाँच सुनका तीर

जब महाभारतको युद्धमा कौरवहरु पाण्डवसँग हार्दै थिए, एक रात दुर्योधन भिष्मलाई रिस पोख्न गए। पाण्डव प्रतिको स्नेशले मन लगाएर युद्धमा भाग नलिएको भन्दै दुर्योधनले भिष्मलाई दोष लगाउन थाले। भिष्म रिसले चुर भए, नजिकै रहेको पाँच सुनका तीर उठाए अनि मन्त्र जप्न थाले। उनले दुर्योधनको अगाडी, भोली तीनै पाँच सुनका तीरले ५ पाण्डवलाई मार्ने घोषणा गरे। भिष्मको सो घोषणामा विश्वास नगरी ती पाँचै तीर बिहान फर्काउछु भनि दुर्योधनले लगे।

पुराना दिन

महाभारतको युद्ध हुनु भन्दा धेरै पहिले, जब पाण्डव वनवास गएका थिए कथा त्यो बेलाको हो। दुर्योधन पनि पाण्डवहरु बसेको पोखरीको अर्को पट्टी बस्न पुगे। पोखरीमा नुँहाउदै गर्दा स्वर्गबाट केही गन्धर्वहरु झरे। मुर्ख बुद्धिका दुर्योधन कुनै कारण बिना नै गन्धर्वहरु माथी जाइलागे। हार पछि दुर्योधनलाइ समातियो। नजिकै रहेका अर्जुनले थाह पाइ दुर्योधन छुटाउन आए। क्षत्रीय भएको नाताले दुर्योधनलाई यो घटना निकै लाजमर्दो भयो। दुर्योधनले अर्जुनलाई वर माग्न भने। जहिले आवश्यक पर्छ सोही बेला वर माग्ने अर्जुनले बताए।

अर्जुनले मागेको वर

महाभारतको युद्ध हुदै गर्दा एक रात, भगवान कृष्णले अर्जुनलाई पुरानो वरको बारेमा सम्झाउदै दुर्योधनसंग पाँचवटा सुनका तीर मागेर ल्याउन भने। अनि सोही पाँच तीर वरको रुपमा माग्न अर्जुन दुर्योधनकोमा पुगे । क्षेत्रीय धर्म अनुसार दिएको वचन पुरा गर्नुपर्ने भएकाले दुर्योधनले दिन्न भन्न सकेनन। तीर दिइसकेपछि दुर्योधनले सोधे, ‘कसले भन्यो सुनको तीरको बारेमा?’ अर्जुनले भने, ‘भगवान कृष्ण’।

अर्को पाँच सुनका तीर माग्न दुर्योधन फेरी भिष्मको पुगे। दुर्योधनलाई त युद्ध जित्नु थियो। तर भिष्म हाँस्न लागे अनि अब फेरी त्यस्तै ५ तीर दिन सम्भव नहुने बताए। आफैले अविस्वास गरि तीर नमागेको भए, अर्जुनले ती तीर भेट्थेनन, अनि भिष्मले आफ्नो वचन पुरा गर्न पाउँथे, पाण्डवको मृत्युपछि दुर्योधनले युद्ध जित्थे। जुन हुन पाएन।

दोर्णाचार्यको जन्म

पाण्डव अनि कौरवका गुरु, दोर्णाचार्यको जन्म निकै रोचक छ। दोर्णाचार्यलाई संसारकै पहिलो ‘टेस्ट टयुव वेबी’ भन्दा फरक नपर्ला। ऋषि भारद्वाज दोर्णाचार्यका पिता हुन, अनि माता कृथजी नामकी अप्सरा।

एक दिन ऋषि भारद्वाज बेलुकाको प्रार्थनाको लागि तयारी गर्दैथिए। गंगामा सधै झै नुहाउनको लागि हिडे। पुग्दा त देख्छन्, आफु सधै नुहाउने ठाउँमा निकै राम्री अप्सरा नुहाउदै छिन। भारद्वाजलाई देखेपछि ती अप्सरा गंगाबाट बाहिर आइन, केवल एक वस्त्र थियो उनको शरीरमा। अकस्मात ती अप्सराको एकसरो वस्त्रले धोका दियो, नदीको किनारामा आउदै गर्दा चिप्लिएर वस्त्र भुँईमा खस्यो।

मन्त्र मुग्ध भइ हेरिरहेका ऋषि भारद्वाजको वीर्य खस्यो। ऋषिले सो वीर्य माटोको भाडोमा जम्मा पारे। आश्रम लगे अनि अध्यारो ठाउँमा सुरक्षित राखे। दोर्ण सोही माटोको भाडोमा जन्मिएका थिए।

द्रोणम को अर्थ भाडो हुन्, अनि द्रोणरको अर्थ हुन्छ माटाको भाडाबाट जन्मिएको।

कर्णको अन्तिम परिक्षा

कृष्णलाई कर्णको उदारता अन्तिम समयमा पनि जाँच गर्नु थियो। कृष्णले एक गरिब ब्राह्मणको रुप लिएर कर्ण सामु पुगे। कर्ण महाभारतको युद्ध भुमिमा रगताम्य थिए, जीवनको अन्तिम श्वास लिदै मृत्युको प्रतिक्षामा थिए।

कृष्णले पुकारे, ‘कर्ण! कर्ण!’ कर्णले उत्तर दिए, ‘हे ब्राह्मण को हो तपाई?’ ब्राह्मणको रुप धरेका कृष्णले भने, ‘लामो समय देखि तिम्रो उदारताको कथा सुन्दै आएको छु, जे माग्यो त्यहि दिन्छौ रे। आज म तिमीसंग केही माग्न आएको छु’, ‘जे मागे पनि म दिन तयार छु’, कर्णले उत्तर दिए।

‘मलाई थौरै सुन चाहिएको छ’, कृष्णले कर्णसंग भने। कर्णले मुख खोले अनि दाँतको बिचमा भएको सुन देखाउदै भने, ‘म यी सुन दिन्छु, तपाइ यी लैजान सक्नुहुन्छ’। रिसाएको जस्तो स्वरमा कृष्णले भने, ‘के म तिम्रो दाँत झारेर ती सुन लिएर जाउँ। म कसरी त्यस्तो काम गर्न सक्छु्’, कर्णले नजिकैको ढुङ्गा उचाले अनि आफ्नो दाँतमा हिर्काएर सुनका ती दाँत ब्राह्मणलाई दान दिए।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

यो भिडियो पनि हेर्नुहोस् :