क्रोनिक मृगौला रोग हुने सबैभन्दा मुख्य कारण मधुमेह हो । मधुमेहले मृगौलाको कार्यलाई बिस्तारै कम गरिदिन्छ । सुगरको उच्च मात्राले मृगौलाको रक्तवाहिनी नलीलाई असर पुर्याउछ र क्रोनिक मृगौला रोगको कारण बन्छ ।

क्रोनिक मृगौलाको समस्या हुने एउटा कारण उच्च रक्तचाप पनि हो, जसलाई हाइपरटेन्सन पनि भनिन्छ । उच्च रक्तचापले मृगौलाको कार्यलाई असर पार्छ । मृगौलाको समस्या अन्य कारणले देखिएपनि हाइपरटेन्सनले यसलाई अझ बढी खराब पार्छ ।

मृगौलाको धमनीले यसको कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । साथै यसले मृगौलामा रगत प्रवाहमा पनि सहयोग पुर्याउछ, यदि यो धमनी अवरुद्ध भएमा रगत प्रवाह हुन सक्दैन र समस्या बढ्छ ।

जन्मजात समस्याले मुत्रमार्गमा बाधा उत्पन्न गराउँछ, यसबाट कैयौं समस्या उत्पन्न हुनसक्छन्, जसले मृगौलालाई असर पार्छ । यद्यपि गर्भमै रहेका बेला यो समस्या फेला पारेमा शल्यचिकित्साद्वारा ठीक गर्न सकिन्छ ।

लागुऔषध तथा लामोसमयसम्म औषधि सेवनले मृगौलालाई असर पुग्न सक्छ । आवश्यकभन्दा बढी स्टेराइडल एन्टी इन्फ्लेमेटरी ड्रग्सको प्रयोग र स्ट्रीट ड्रग्सको प्रयोगले किड्नीलाई बढी असर पुर्याउछ ।

दैनिक जीवनमा गर्ने १० गल्ती जसले मृगौलालाई हानी पुर्‍याउँछ

१. पोषणको अभाव

शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।

२. मासु बढी खाने

मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।

३. अनिद्रा

रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।

४. चिया कफी बढी सेवन

चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।

५. पेनकिलर सेवन

टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।

६. जाँड रक्सी

अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।

७. पानी कम पिउने

यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।

८. नून बढी

खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।

९. पिसाव रोक्ने

यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।

१०. गुलियो खाने बानी

यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

कतै तपाईंमा यस्ता लक्षणहरु देखा परेको त छैन ? मृगौला खराब भएको हुनसक्छ

मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंग मध्ये मिर्गौला एक हो । मिर्गौला रोगका कारण नेपालमा वर्षौनी धेरै मानिसको ज्यान जाने गरेको छ । विकासशील राष्ट्रहरुमा जनचेतनाको कमीका कारण धेरै मानिसहरुको ज्यान गरेको तत्थ्याङक देखिन्छ ।जीवनशैली मा सामान्य सुधार गर्दापनि यो खतरनाक रोगबाट बच्न सक्छौं ।

शुरु मै यसको असर देखिदैन । जब देखिन्छ तब निकै भयानक भइसकेको हुन्छ । यो रोगले मानिसलाई विस्तारै विस्तारै आक्रमण गर्ने भएको हुनाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । त्यसकारण यस रोगको बारेमा पुर्वसावधानी अपनाउन एकदमै आवश्यक छ ।

यो रोगको लक्षणहरु यस प्रकार रहेका छन् ।

१ मिर्गौलामा भएको समस्याले गर्दा शरीरको टक्सीस बाहिर आउन पाउँदैन । त्यसले हाम्रो छालामा समेत असर ल्याउन सक्छ ।

२ मिर्गौलामा समस्या भएपछि रगतमा यूरियाको लेवल बढ्ने हुनाले त्यसले मुख गनाउने समस्या देखिन्छ ।

३ मिर्गौलामामा समस्या आएपछि रगतमा पानी र नुनको मात्रा बढ्ने गर्छ । जसले ब्लड प्रेशर बढ्ने गर्छ ।

४ शरीरको बिकास बस्तु बाहिर निस्कन नपाएपछि हमेसा टाउको दुखिरहेने, उल्टी आउने हुन्छ ।

५ मिर्गौला खराब हुनु लाग्दा बाराम्बार पिसाव आइरहन्छ । रातको समयमा झनै बढि हुने गर्छ ।

६ पिसाप गर्ने बेला निकै पीडा हुने गर्छ । दुखाईका कारण पिसाव नहुने पनि हुनसक्छ ।

७ पिसावबाट रगत वा साबुनको फिँज जस्तो आयो भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्न स्वास्थ्य विषेशज्ञहरुले बताएका छन् ।

८ मिर्गौलामाबाट हाम्रो शरिरलाई नचाहिने अनावश्यक विकारहरु बाहिर जान पाउँदैन । त्यसपछि ट्यूमरको रुप लिने गर्दछ । मिर्गौलाको भागमा दुख्ने र सुन्निने वा पेट फुल्ने समस्या हुन्छ ।

९ किड्नीको खराबीले गर्दा व्लडमा अक्सीजन प्रवाह हुन पाउँदैन । त्यसले गर्दा शरीर थकान र कमजोरी महसुस हुने गर्दछ ।

यो मिर्गौलाको विरामीको आम लक्षण हो । शरीरको सम्पूर्ण जोर्नीहरु दुख्छ ।

कसरी जोगाउने मृगौला ?

मानव शरीरको कम्मरको दुवैतिर सिमी आकारका मृगौलाहरू हुन्छन् । वयस्कमा कम्प्युटरको माउस साइजको हुने मृगौलाको तौल १ सय ५० ग्राम जति हुन्छ । दायाँतर्फको मृगौला थोरै तलतिर हुन्छ । २४ घण्टामा मृगौलाले करिब १ सय ८० लिटर रगत (तरल पदार्थ) फिल्टर गर्छ । त्यसमध्ये रगतमा रहेको विकार वस्तु (हानिकारक र रासायनिक पदार्थ) फिल्टर गरेर १७८.५ लिटर तरल फेरि शरीरमा फर्काउँछ । यस प्रक्रियामा स्वस्थ मानिसको शरीरमा दैनिक करिब डेढ लिटर पिसाब निर्माण हुन्छ । पिसाब थैलीले टयांकीको रूपमा शरीरबाट बाहिर फयाँक्नुअघि भण्डारणको रूपमा पिसाब थैलीमा दुई कप बराबर पिसाब २ देखि ५ घण्टासम्म थेग्न सक्छ ।

मृगौला कसरी बिग्रन्छ ?

मृगौला तथा पिसाब नलीमा हुने संक्रमण, मृगौलाकै सुजन (नेफ्राइटिस), मृगौलामा पत्थरी, मृगौलामा पानीको फोका (सिस्ट) बन्ने समस्याका कारण मृगौलामा खराबी हुन सक्छ । मृगौलाकै वंशानुगत समस्या तथा टयुमरले पनि खराबी हुन्छ । मृगौलाभित्रको नेफ्रोनको सुजन, लामो समयसम्मको मधुमेह, उच्च रक्तचाप तथा वंशाणुगत कारणले सधंैका लागि मृगौला बिग्रन सक्छ ।

डायलाइसिस के हो ?

मृगौलाले ८५ देखि ९० प्रतिशतसम्म काम गर्न छोडेपछि शरीरमा विकारयुक्त रासायनिक वस्तुहरू थुप्रिन्छन् । यस्तो प्रतिकूल अवस्थामा मेसिनको सहायताले विकारसँगै अनावश्यक लवण र अतिरिक्त पानी शरीरबाट बाहिर फ्याँक्ने प्रक्रियालाई डायलाइसिस भनिन्छ ।

पत्थरी कसरी हुन्छ ?

मृगौलामा पत्थरी हुनुमा विभिन्न कारण हुन सक्छन् । तुलनात्मक रूपमा यसबाट प्रभावित बिरामीका लागि गर्मीको समय अझै बढी घातक हुन्छ । धेरै गर्मीका बेला शरीरबाट पसिनाको रूपमा पानी बाहिर जान्छ । सोही अनुपातमा पानी नपिउनाले शरीरमा पानीको मात्रा कम हुन्छ । जीउ सुक्खा हुन जान्छ ।

यसले गर्दा पिसाबमा भएका विभिन्न तत्त्वहरूको घनत्व (कन्सेन्ट्रेसन) पनि बढ्छ । त्यसपछि ती तत्त्वहरू एक आपसमा मिलेर ढिक्का बनी पत्थरीको रूप लिन्छ । घरबाहिर चर्को घाममा काम गर्ने र पानीको साथै अन्य तरल पदार्थ नपिउने व्यक्तिहरूलाई यो समस्या लाग्ने बढी सम्भावना हुन्छ ।

पर्याप्त पानी पिऔं

शरीरमा पानीको मात्रा कम हुनु मात्रै मृगौलाको पत्थरीको कारणचाहिँ होइन । यसबाहेक पिसाब नली थुनिनु वा अन्य केही संक्रमण हुनु, हप्तौंसम्म पनि एकै ठाउँमा बसिरहनु, खानामा क्याल्सियम, अक्जालेट, युरिक एसिड, भिटामिन ‘डी’ को मात्रामा बढी हुनु, केही औषधिको गलत प्रयोग र अन्य विभिन्न रोगका कारणले पनि पत्थरीको समस्या हुन सक्छ ।

अमिलो रसयुक्त फल वा पेयले पत्थरीको समस्या घटाए पनि भिटामिन सी चक्कीको रूपमा बढी लिँदा पत्थरी हुन सक्छ । यी विभिन्न कारण भए पनि पर्याप्त पानी पिउने र स्वस्थ्य जीवन शैली अपनाउने गर्नाले मृगौलाको रोग लाग्ने जोखिम कम हुन्छ ।

तल लेखिएका प्रमुख लक्षण मृगौला रोगमा देखिन सक्छन

१.अनुहार सुन्निनु

अनुहार, पेट र खुट्टा सुन्निनु मृगौला रोगमा प्राय देखिने लक्षण हुन् । मृगौला रोगले गर्दा सुन्निएको कुरा सबैभन्दा पहिले प्राय आँखा मुनि देखिन्छ र यो बिहान सबैभन्दा प्रस्ट देखिन्छ । मृगौलाले काम गर्न छोड्नु सुन्निनुको एउटा महत्वपूर्ण कारण हो । तर के कुरा ध्यानमा राख्नु पर्छ भने सुन्निदैमा मृगौलाले काम गर्न छोड्ने चाँहि होइन । केही खास मृगौला रोगमा, मृगौलाले सामान्य रुपमा काम गर्दा पनि सुन्निने समस्या हुन्छ । उत्तिकै महत्वपूर्ण कुरा, केही बिरामीहरूमा मृगौलाले काम गर्न छोड्यो भने पनि सुन्निने समस्या नदेखिन सक्छ ।

२.अरुचि हुनु, वाकवाकी लाग्नु, उल्टी हुनु

अरुचि हुनु, मुखमा असामान्य स्वाद आउनु मृगौलाले काम गर्न छोडेको व्यक्तिले भोग्ने आम समस्या हो । मृगौलाले काम कम गर्न थाल्यो भने शरीरमा विषालु पदार्थको वृद्धि हुन्छ, जसले गर्दा वाकवाकी लाग्ने र उल्टी आउने समस्या हुन्छ ।

३.उच्च रक्तचाप

मृगौलाको समस्या भएका बिरामीहरूमा धेरै जसो उच्च रक्तचापको समस्या हुन्छ । कम उमेर (३० वर्षभन्दा कम)मा उच्च रक्तचाप भयो र निदान भएको समयमा रक्तचाप अत्यधिक बढी छ भने, त्यो मृगौला रोगका कारण हुन सक्छ । सबै उच्च रक्तचाप भएको मानिसको पिसाब तथा रगतको परीक्षण गरी मृगौलामा केही असर छ छैन भनेर हेर्न अत्यन्त जरुरी हुन्छ ।

४.रक्तअल्पता र कमजोरी

कमजोरी हुनु, चाँडै थाक्नु र मन लगाएर कुनै काम गर्न नसक्नु रक्तअल्पता हुने व्यक्तिको आम गुनासा हुन् । कतिपय अवस्थामा मृगौलाका दीर्घरोगीहरूका लागि यो एकमात्र लक्षण हुन सक्छ । सामान्य उपचारबाट रक्तअल्पतामा सुधार भएन भने मृगौला रोगबारे जाँच गर्नुुपर्छ ।

५.अन्य लक्षणहरू

ढाडको तल्लो भाग दुख्ने, शरीर दुख्ने, चिलाउने र खुट्टा बाउँडिनु मृगौला रोगको लक्षण हुन सक्छन् । शरीरको विकासमा कमी र खुट्टा बाङ्गीने समस्या, मृगौलाले काम नगर्ने समस्या भएका बालबालिकाका लागि आम समस्या हुन्

पिसाब सम्बन्धी समस्या

पिसाब सम्बन्धी आम समस्या निम्न किसिमका हुन्छन्

धेरै खाले मृगौला रोगहरूमा पिसाबको मात्रामा कमी हुन सक्दछ ।

पिसाब पोल्ने, पिसाब लागिरहने र पिसाबबाट रगत र पिप निस्किने समस्या मुत्रनलीमा भएको संक्रमणका लक्षण हुन् ।

पिसाब फेर्न कठिनाई हुनु या त पिसाबको धारा सानो हुनु मुत्रप्रणालीको खराबीले हुन्छ ।

कुनै मानिसमा माथि उल्लेख गरिएका केही लक्षण र संकेत देखिए भने चिकित्सकसँग परामर्श लिई रगत, पिसाब वा अन्य परीक्षण गराएर मृगौला रोग वा अन्य कुनै रोग लागेको छ छैन भन्ने कुरा स्पष्ट हुनु आवश्यक हुन्छ । गम्भीर मृगौलाको रोग, लामो समयसम्म पनि कुनै लक्षण वा संकेत बिनानै पनि हुन सक्छ भन्ने कुरा बुझ्नु पनि आवश्यक हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।