महाभारतको युद्ध सुरु हुनु अघि अर्जुन र दुर्योधन दुवै कृष्णलाई भेट्न गएका थिए। दुवैको उद्धेश्य कृष्णलाई आफ्नो पक्षमा सामेल गर्ने थियो। कृष्णको महलमा पहिले पुग्ने दुर्योधन सरासर कृष्णको कक्षमा गए। कृष्ण सुतिरहेको भेटिए, कृष्णको टाउको पट्टी दुर्योधन नजिकैको कुर्सी तानेर बेसेका मात्र थिए अर्जुन आइपुगे। कृष्ण सुतेको देखेर पर्खने विचार गरे अनि खुट्टातिर गइ बसे।

केही बेरमा कृष्ण जागे, उनको नजर सिधै खुट्टा तर्फ बसेका अर्जुनतर्फ गयो। भेट्न आउनुको कारण सोधे।

तर दुर्योधनले अब अर्जुनलाई कृष्णले सहयोग गर्नाल भनी सोची अर्जुनलाई बोल्न नदिइ आफु आउनुको कारण बताए। पहिला आएको कारण आफ्नो आग्रह मान्नुपर्न मनसाय व्यक्त गरे।

पहिले देखि नै पाण्डवालाई मनमा राख्दै आएका कृष्णले निकै चतुर उपाय निकाले। उनले अर्जुन र दुर्योधनको आग्रहलाई दुइ खण्ड पारेर दुवैलाई एउटा रोज्न लगाए।

कृष्णले दुर्योधनलाई उठ्ने बित्तिकै अर्जुनलाई देखेकाले अर्जुनको आग्रहलाई प्राथमिकता दिने बताए।

कृष्णले भने, एकजनाको सेनामा म समाले हुन्छ। तर म युद्धमा हतियार उठाउदिन। अर्को तिर मेरा यादव सेना हातहतियार सहित जानेछन्।

अर्जुनले कृष्णलाई रोजे अनि हतियार नउठाउने कुरामा पनि सहमति जनाए।

दुर्योधन यता निकै खुसी हुदैथिए। उनलाई आफ्नो भाग्यमा यस्तो भरोसा लागेको थिएन कि कृष्णको यादव सेना आफ्नो पक्षमा युद्ध गर्नेछन्। कृष्णले मुस्कुराउदै बिदा गरे। खुसी हुदै यादव सेना आफ्नो पक्षमा पारेर दुर्योधन हिडे।

भगवान विष्णु रोज्नेकी विष्णुको सेना?

महाभारत युद्ध भयो अन्त्यतः जता कृष्ण थिए विजय त्यतै भयो।

थप जानकारी :

वरदान पाई कृष्णकै हातबाट एकलव्यको मृत्यु

महाभारतको कथामा एकलव्यको प्रसंग निकै रोचक छ। एकलव्यसंग जोडिएको कथा मध्ये, धनुष चलाउने हातको बुढीऔला गुरु दक्षिणाको नाममा द्रोणाचार्यलाई समर्पित गरेको कथाको प्रसंग सबैभन्दा चर्चित छ।

दोर्णाचार्यले अर्जुनलाई सबैभन्दा ठुलो धनुषधारी बनाउने प्रण गरेका थिए। अर्जुन सहित दरबारका अन्य बालकहरुलाई शिक्षा दिइरहेका दोर्णाचार्यले वनमा उनको मुर्ति स्थापना गरेर धनुष चलाइरहेका एकलव्य देख्छन्। निजिकै पुग्दा एकलव्यले गुरु भनी प्रणाम गर्छन। द्रोणाचार्यले शिक्षा नै नदिइ गुरु कसरी भएँ भनी प्रश्न गर्छन्।ekalavya arjun

लुकेर पाण्डवलाई दिएको शिक्षा आफुले पनि अनुशरण गरेको, मुर्ति बनाइ गुरु स्थापना गरेको र धनुषविद्या सोही मुर्तिलाई पुज्दै सिकेको एकलव्यले बताएपनि द्रोणाचार्य केही चिन्तित बन्छन्। अर्जुनलाई सबैभन्दा ठुलो धनुषधारी बनाउने उनको प्रणको अगाडी एकलव्यको धनुषकलाले चुनौती दिदै थियो। यदि आफुबाट कुनै शिक्षा लिएको हो भने सो शिक्षा ‘गुरु दक्षिणा’ बिना पुरा हुदैन भन्दै द्रोणचार्यले एकलव्यसंग गुरु दक्षिणा मागे।

एलकव्यले आफ्नो बुताले दिनसक्ने दिन्छु भनेपछि द्रोणचार्यले धनुष हान्न प्रयोग गर्ने दाहिते हातको बुढी औला गुरु दक्षिणाको नाममा मागे। बुढी औला नभएपछि एकलव्यको धनुषकला पहिले झै हुन्नथ्यो जसबाट अर्जुनको एक दमदार प्रतिस्पर्धी कम भई दोर्णाचार्य आफ्नो प्रण पुरा गर्न सक्थे। अर्जुनलाई ठुलो धनुषधारी बनाउने आफ्नै प्रणको बचाउ गर्न दोर्णचार्यले एकलव्यको दाहित हातको बुढी औला काटे।

एकलव्यको मृत्युको घटना पनि रोचक छ। एकलव्यको मृत्यु कृष्णको हातबाट भएको थियो।

अर्जुनसंग धनुषविद्याम टक्कर दिन सक्ने एकलव्यको गुरु भक्ति आफ्नै बुढी औला काटेको घटनाले नै पुष्टी गर्छ। वासुदेवका भाइ देवश्रभाको छोरा थिए एकलव्य। यसरी नातामा कृष्णको भाइ पर्ने एकलव्यको जीवनको उद्धेश्य एउटै थियो, अर्जुन भन्दा शक्तिशाली धनुषधारी बन्ने। निकै घमण्डी बनिसकेका एकलव्य पाडण्व अनि यादव कुलको लागि भविष्यमा ठुलो बाधाक शक्ति बन्नेवाला थिए। हस्तिनापुरको भविष्यमा आफ्नो शक्तिले निकै प्रभाव पार्न सक्ने गरि एकलव्यको धनुष विधा निखारिदै थियो।

एकलव्य जरासन्धका ठुलो समर्थक थिए। यता जरासन्ध कृष्णको पुर्खौली दुश्मन मानिन्थे। जसका कारण एकलव्य भाइ हुँदाहँदै पनि कृष्णका दुश्मन बन्न पुगे।

एकलव्यले कृष्णलाई भेटेर युद्धको चुनौती दिए। चुनौती स्वीकार गरेर दुवै एक आपसमा युद्ध गर्दा कृष्णको जित भयो, घमण्ड संगै एकलव्य कृष्णको हातबाट मारिए।

कृष्णले एकलव्यलाई दिएको बरदान

द्रोर्ण-पर्वको दिन कृष्णले जरासन्ध, शिशुपाल र एकलव्य जस्ता व्यक्तिहरु कौरवतर्फ लागेर धर्म र विधिलाई विगार्ने र ती व्यक्तिहरुको मृत्यु रोक्न नहुने बताएका थिए। साथै कृष्णले एकलव्यलाइ मृत्युको समयमा वरदान दिएको विश्वास गरिन्छ। यो भनिन्छ कि तीनै एकलव्य धृष्टद्युम्न भइ जन्मेर दोर्णचार्यलाई मारेका थिए।

श्रीकृष्णको पूजा :

ईश्वरीय शक्तिको रुपमा भगवान श्रीकृष्णको पूजा आर्यावर्तमा लगभग ५०० वि.पू. प्रारम्भ भइसकेका फप्रमाणहरु भ्ेटिन्छन् । ऋग्वेदमा लेखिएको छ– एक यस्तो गोठालो जो कहिल्यै च्युत हु“दैन, मित्रवत् छ, सुन्दर वस्त्रले सजिएको छ । र यो समय समयमा पृथ्वीमा अवतरित भइरहन्छ । (ऋग्वेद १.२२.१६४) निश्चित रुपमा यो वर्णन भगवान श्रीकृष्णसंग नै सम्बन्धित छ ।

स्वामी योगानन्दले भगवद्गीता पुस्तकमा भगवान श्रीकृष्ण र क्राइस्टका जीवनको तुलनात्मक झलक प्रस्तुत गरेका छन् । उनको विचारमा नामको उच्चारणमा धेरै समानता छ । जीवनका प्रारम्भिक दिन र जीवनका अन्तिम दिनका घटनाहरूमा पनि समानता पाइन्छ । क्राइस्टको स्वरुप एक भेडागाठालोको रुपमा सुन्दरतम रुपमा अभिव्यक्त हुन्छ भगवान श्रीकृष्णको रुप मुरलीधर र गाईगोठालोको रुपमा नै सुन्दरतम रुपमा अभिव्यक्त हुन्छ । संभवतः उनको नाम गोपाल राख्नुको पछाडि यही दर्शनले काम गरेको छ । गोपालको अर्थ हुन्छ गाईको रेखदेख गर्ने र गोविन्दको अर्थ हुन्छ गाईको खोजी गर्ने । यी सबै घटनाले श्रीकृष्णको गाई प्रेम व्यक्त गर्छ ।

छान्दोग्य उपानिषद (९०० वि.सं. पूर्व) मा देवकीपुत्रको ससम्मान उल्लेख छ । पाणिनी अष्टाध्यायी (वि.सं. ५०० शताब्दी पूर्व), अर्जुन, र वासुदेवको सम्मानपूर्ण अभिलेख छ । कौटिलीय अर्थशास्त्र (३०० वि.सं. पू.) श्रीकृष्ण र द्वैपायनको उल्लेख हुनुका साथै दुर्योधनले गरेका गलतीहरुको उल्लेख छ । कृष्णलाई विशेष पूजित व्यक्तितवको रुपमा संकेत गरिएको छ । पातञ्जली महाभाष्य (१५० वि.सं. पूं) मा कृष्ण र अर्जुन दुवै पूजाका विशेष अधिकारी पात्र छन् भनिएको छ ।

महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरुपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरुले उनको प्रेमी रुपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपम जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृषण्को विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रुपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे ।

कृष्णको बाल लिला :

भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयोँ बाल लिला रचाएका थिए। कहिले कसैका घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए। कहिले राधादी गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका मागहरू राखेर दिक्क पारेका थिए। कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोबर्धन पर्वत धारण जस्ता अनेक्यौँ बाल लिला देखाएका थिए। यहाँ भगवान श्रीकृष्णले गरेका केही बाल लिलाको छोटकरीमा वर्णन गरिदैछ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियो पनि हेर्नुहोस् :