वास्तुशास्त्रमा यस्ता धेरै चीजहरूका बारेमा बताइएको छ जसलाई घरमा राख्दा गरीबी र दुर्भाग्य निम्तिन्छ । तपाईंको पनि घर वा पसलमा यी कुरा छन् भने तिनलाई तत्कालै हटाइहाल्नुस् । तपाईंको अनावश्यक खर्च बढिरहेको छ भने वास्तुदोष यसको एक कारण हुन सक्छ । वास्तुशास्त्रमा बताइएका केही कुरालाई ध्यानमा राख्दा गरीबी आउन पाउँदैन ।

घरमा परेवाले गुँड बनाएको छ भने त्यसलाई तत्कालै हटाउनुस् । यो घरमा भयो भने गरीबी आउँछ । घरमा माहुरीले गुँड लगाएको छ भने घरमा बस्ने मान्छेका लागि यो खतरनाक त हुँदै हो, यसले दुर्भाग्य पनि ल्याउँछ ।

घरमा माकुराले जाल बनायो भने त्यो पनि दुर्भाग्य ल्याउने एक कारण हो । यसलाई तत्कालै सफा गर्नुस् । वास्तुमा फुटेको शीशालाई एकदमै नराम्रो मानिएको छ । यसले गरीबीका साथसाथै नकारात्मक ऊर्जा पनि ल्याउँछ । यसलाई तत्कालै हटाउनुस् ।

भित्ता वा पर्खालमा चिरा प–यो भने तत्कालै टाल्नुस् । यसो गर्नुभएन भने दुर्भाग्य र गरीबी आउँछ । धारा चुहिने गरेको छ भने घरमा सकारात्मक ऊर्जा सबै हराएर जान्छन् । अनि पैसा पनि बढी नै खर्च हुन्छ । यसलाई ठीक गराइहाल्नुस् ।

घरका पुराना फुटेका कुरा हामी जम्मा गरेर राख्छौं । यो गलत काम हो । यस्ता सामान तत्कालै फालिदिनुस् । अझ छतमा त झन् थोत्रा सामान राख्नै हुँदैन । भगवानलाई बासी फूल कहिल्यै नचढाउनुस् । यसो गर्नुभयो भने गरीबी र दुर्भाग्य आइलाग्छ । पूजाकोठा सफा गरेर ताजा फूल चढाउनुस् ।

घरमा बोटबिरुवा रोप्नुभएको छ भने सुकेर झरेका पातहरू फाल्ने गर्नुस् । सुकेका पातले घरमा नकारात्मक ऊर्जा ल्याउँछन् अनि पैसाको कमी गराइदिन्छन् ।

घर कुन दिशामा फर्केको राम्रो ?

वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ ।

पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ । त्यसकारण पूर्व दिशालाई अन्य दिशाहरु भन्दा निकै महत्वपूर्ण मान्ने गरिन्छ । पूर्व दिशाको मालिक देवताहरुका राजा इन्द्रलाई मानिन्छ ।

साथै नवग्रहमध्ये सूर्यले पनि यस दिशाको नै प्रतिनिधित्व गर्दछ । वास्तुशास्त्र अनुसार यस दिशामा वास्तुपुरुषको मुखको भाग पर्दछ । यस्ता विविध कारणहरुले गर्दा पूर्व दिशालाई शुभ दिशा मानिन्छ ।

तर घरभन्दा पूर्व दिशा कुनै कारणले अग्लो छ भने यस्तो लाई अशुभ मानिन्छ । वास्तुशास्त्रका अनुसार पूर्वदिशामा भएको बाटोमा घर ढेपेर बनाइएको छ र पश्चिम दिशा चाहिँ खाली हुनु पनि राम्रो हुँदैन ।

पूर्व दिशामा फोहोर फाल्ने ठाउँ या फोहोर संकलन गर्ने ठाउँ हुनु पनि अशुभ मानिन्छ । साथै आफ्नो घरको यस दिशामा पुराना संरचनाहरुको भग्नावशेषहरु छन् भने पनि अशुभ नै मानिन्छ ।

शहर बजारमा भाडामा घर नलगाउने सायद कम नै हुन्छन् । वास्तुशास्त्रका अनुसार भाडा लगाइने घरमा घरमूली सँधै सबैभन्दा माथिको तलामा बस्नु शुभ हुन्छ भने घर सकेसम्म धेरै समय खाली गरेर नराख्नु नै राम्रो हुन्छ । घरको कम्पाउन्ड पनि पश्चिम भन्दा पूर्व होचो हुनु शुभ मानिन्छ ।

वास्तुशास्त्रका कतिपय ग्रन्थहरुमा दक्षिण दिशालाई अशुभ मानेको पाइन्छ । तर हाम्रो देशको सन्दर्भमा भने पूर्व दक्षिण हुँदै पश्चिमसम्म घामको प्रकाश जाने भएकाले यस दिशालाई नराम्रो मान्नुपर्ने भने देखिँदैन । केही विशेष परिस्थिति बाहेक अन्य प्रयोजनको लागि दक्षिण दिशा पनि प्रयोग गर्न सकिने देखिन्छ । हिन्दुधर्मका अनुसार दक्षिण दिशालाई यमराज र भैरवको दिशाको रुपमा मानिन्छ ।

ज्योतिषशास्त्रका अनुसार यस दिशाको मालिक मङ्गल ग्रहलाई मानिन्छ । वास्तुशास्त्र अनुसार यस दिशामा वास्तु पुरुषको बायाँ छाती पर्दछ ।

घरको दक्षिण दिशामा धेरै जग्गा छोड्नु हुँदैन । यस दिशामा अरु दिशामा भन्दा बढी ठाउँ खाली छोडिएको छ भने घरमा धन सम्पति र मान मर्यादामा समस्या हुने मानिन्छ । घरको छत अर्थात् ढलान दक्षिणतिर ढल्केको हुनु पनि अशुभ मानिन्छ । छतको पानीको निकास पूर्व उत्तर वा पश्चिमतर्फ हुनुलाई राम्रो मानिन्छ । घरको दक्षिणतर्फ बनाइएको पर्खाल आग्नेय कोण वा दक्षिण दिशातर्फ ढल्केको छ भने पनि राम्रो मानिँदैन ।

जुन घडेरीमा घर बनाइएको छ त्यस घडेरीको जमिन दक्षिणतर्फ भिरालो छ भने त्यसलाई राम्रो मानिँदैन । छानोको पानी दक्षिणतर्फ झर्नेगरी घर बनाउन हुँदैन ।

शास्त्रअनुसार पश्चिम दिशाका मालिक वरुण देवता हुन् । वरुणलाई जलको देवता मानिन्छ । घरको पश्चिम दिशामा भत्किएको र चर्किएको भित्ता हुनुलाई राम्रो मानिँदैन । यस दिशामा गहिरो खाल्डो छ भने पनि यसलाई अशुभ मानिन्छ ।

उत्तर दिशाको मालिक धनसम्पत्तिका मालिक कुबेरलाई मानिन्छ । ज्योतिष शास्त्र अनुसार यस दिशाको प्रतिनिधित्व बुध ग्रहले गर्दछ । वास्तु शास्त्रका अनुसार यस दिशामा वास्तुपुरुषको छाती पर्दछ । यस कारण उत्तर दिशालाई वास्तु शास्त्रमा महत्वपूर्ण मानिन्छ ।

हाम्रा संरचनाहरुको उत्तर दिशामा बाटो भएको राम्रो मानिन्छ । तर उत्तर दिशामा बाटो भएपनि यही दिशाको पर्खाल वा घरको भित्तो चर्किएको छ भने अशुभ मानिन्छ ।

विशेष गरेर उत्तरबाट हल्का पश्चिम दिशातर्फ कुवा, इनार, वा पानी संकलन गर्ने स्थान हुनु राम्रो मानिँदैन । घरको उत्तरतर्फ भएका अनावश्यक रुख, काँडा वा पर्खालहरु हटाउनु राम्रो हुन्छ । यस दिशामा भएको गहिरा खाल्डाखुल्डीहरु पुर्नुपर्दछ ।

घर बनाउँदा के कुरामा ध्यान दिनुपर्छ ?

चान्द्रमान अनुसार कार्तिक शुक्ल पक्षको नवमी तिथि, धनिष्ठा नक्षत्र, गण्ड योग, तैतिल करण, आनन्दादिमा मातंग योग, चन्द्रमा मकर राशिमा  । पञ्चकको समयमा मानिसको निधन भएमा शान्ति गरेर मात्र जलाउनु पर्छ भन्ने हिन्दुधर्मको मान्यता रहेको छ ।

वास्तु
वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस संबन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ । उद्योग, नहर, कुवा, इनार, मन्दिर, घर, अफिस, बजार आदिको निर्माण कसरी गर्नुपर्छ भन्ने कुराको वर्णन वास्तु शास्त्रमा गरिएको हुन्छ ।

वास्तुशास्त्रमा यस संसारमा भएका ५ तत्वहरु पृथ्वी, जल, तेज, वायु र आकाशको आधारमा निर्माणको कुरालाई बताइएको हुन्छ । सूर्यबाट प्राप्त हुने तेजको स्थानमा शनिबाट प्राप्तहुने भौतिक पदार्थहरु राख्दा वा निर्माण गर्दा विभिन्न प्रकारको समस्या त हुन्छ नै । यही ग्रहहरुबाट प्राप्त हुने ५ तत्वको तालमेल मिलाउन नसक्दा नै मानिसमा हैरानी र समस्याहरु हुने गरेको हो नत्र भने करोडौँ र अर्बौँ खर्च गरेर बनाएको भवनमा बस्दा पनि मानिसमा किन शान्तिको आभास हुन नसकेको त ?

तसर्थ वास्तु विज्ञलाई देखाएर वास्तु शास्त्र अनुसार नै कुनै पनि निर्माण गर्नु राम्रो हुने गर्दछ हाम्रा पूर्वजहरुले यसलाई निकै महत्व दिएर निर्माणको काम गर्ने गर्दथे । प्राचिन कालमा नेपाल, भारत, भुटान, बर्मा, जापान, हङ्कङ, कम्बोडिया आदि देशमा वास्तु शास्त्रअनुसार नै निर्माणका कार्यहरु हुने गरेको अनुसन्धान बाट पुष्टि हुन्छ तर अहिले भने यी देश हरुमा पनि वास्तुको विषयमा हेलचक्र्याईँ गरेको देखिन्छ । चीनमा पनि वास्तुशास्त्रको प्रयोग फेङसुईको नामले रहेको पाइन्छ । यसकारण चीन मा पनि वास्तु शास्त्रको निकै प्रभाव रहेको थियो भन्ने पुष्टि हुन्छ ।

नेपालमा पनि केही वर्ष पहिले बनेका मठ, मन्दिर, दरबार, किल्ला, चैत्य, घ्याङ, पोखरी, विहार, गुम्बाहरु वास्तु सिद्धान्तमा आधारित छन् । अहिले पनि हिन्दुस्तानका दक्षिणी भेगका मानिसले अधिकतम वास्तुशास्त्रको आधारमा बनाएको भवन तथा व्यावसायिक प्रतिष्ठानबाट अपेक्षा गरे भन्दा बढी लाभ र सफलता प्राप्त गरेको देखिन्छ । प्राचिन ऋषि महर्षीहरुको अनुसन्धानबाट नै वास्तु सिद्धान्त प्रतिपादन भएको हुनाले यसमा निकै वैज्ञानिक पक्षहरु रहेको भेटिन्छ । उर्जाको परिवर्तन र त्यस उर्जाले मानव जीवनमा पार्ने प्रभावको बारेमा ध्यान दिएर सकारात्मक प्रभावको अपेक्षा नै वास्तु शास्त्रको प्रमुख सिद्धान्त हो ।

वास्तुशास्त्रमा पनि माटो र वातावरण अनुसारका विभिन्न अलग अलग नियमहरु छन् । चिसो ठाउँ र तातो ठाउँमा निर्माण प्रक्रियाका बारेमा केही फरक विधिहरु छन् । माटोको परीक्षण पनि वास्तु अनुसार गरिने भएकाले कस्तो माटोमा कुन कार्यको लागि निर्माण राम्रो हुन्छ भन्ने बारेमा पनि खुलाइएको पाइन्छ ।

वास्तुशास्त्र अनुसार सामान्य घर बनाउँदा घरको पूर्व वा उत्तरतिर बाटो भएको राम्रो मानिन्छ । पूजा कोठालाई घरको पूर्व र उत्तर तिरको कुनामा राख्नु राम्रो मानिन्छ । भान्साघर अर्थात किचेन वास्तु अनुसार पूर्व र दक्षिण दिशाको बिच भाग आग्नेय कोणमा राम्रो मानिन्छ । सुत्ने कोठाका लागि दक्षिण र पश्चिम दिशाको बिच भाग नैऋत्य कोणलाई राम्रो मानिन्छ, त्यसैगरी भण्डार कोठाको लागि पश्चिम र उत्तर दिशाको विच भाग वायव्य कोणलाई राम्रो मानिन्छ भने शौचालयको लागि दक्षिण पश्चिम दिशा नै राम्रो मानिन्छ ।

वास्तुशास्त्र अनुसार भनिएका वास्तु सिद्धान्त अनुसार घर बनाउन नसकेको अवस्थामा पनि यसका विभिन्न विकल्पहरु छन् । ति विकल्पहरुलाई पनि प्रयोग गरेर राम्रो किसिमको भवन निर्माण गर्न सकिन्छ । त्यसकारण जीवनमा एकपटक निर्माण गर्ने घर वास्तुशास्त्र अनुसार नै बनाएमा राम्रो हुने देखिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

यो भिडियो पनि हेर्नुहोला :