यो एउटा जिज्ञासा र आश्चर्यको विषय नै हो कि भगवान कृष्णले मानव रुप छोडेपछि के भयो? पाण्डवहरु के भए ? वास्तविक कहानी के हो ? महाभारतको १८ किताब मध्ये १६औँमा मौसल पर्वको बारेमा उल्लेख गरेको पाइन्छ। यो पर्वको ९ वटा खण्ड छ।

कुरुक्षेत्रमा भएको महाभारत युद्दको ३५ वर्ष पश्चात भारत साम्राज्य शान्तिपुर्ण एंव सम्पन्न भएको थियो। तर कृष्णको जवानी बिस्तारै सकिदै थियो। कथा अनुसार कृष्णको छोरा साम्बा र उसका साथीहरु महिलाको वस्त्र धारण गरेर ऋषि विश्वामित्र, दुर्वासा, वशिष्ट, नारद तथा विभिन्न ऋषिहरुलाइ भेट्दै हिडेका थिए। यी ऋषिहरु द्वारिका आउदै गरेका थिए।

यी सन्त ऋषिहरु प्रति ख्यालठट्टा गर्दै यी जवानहरुले महिलाको भेष धारण गरेर गर्भवति भएको नाटक गर्दै, पेटको बच्चा केटा वा केटी हुन्छ भनि ऋषिहरुलाइ अनुमान गर्न आग्रह गर्दै हिडेका थिए।

ऋषिहरु मध्ये एक ऋषिले यो चालवाजी थाह पाएर यो कार्यको लागि श्राप दिए जसमा साम्बाले फलामको मुसललाइ जन्माउने र त्यसैले पुरा सन्तति नै विनाश हुने भनि श्राप लाग्यो। यो खबर राजा उग्रसेन भएको ठाँउमा पुग्यो। त्यो मुसललाइ धुलो धुलो बनाइ समुद्रमा बगाउने कुरा उठ्यो।

श्रापको प्रभावका कारण धेरै घटनाहरु घट्न थाले। कृष्णको सुदर्शन चक्र, पञ्चजन्य शंख, कृष्णको रथ तथा बलरामको हलो बिलाएर गए। किरा फट्याङग्रा बढे अनि पाप वढ्न थाल्यो तर कसैले यो बेठिक भयो भन्ने सोचेनन्। पति ले पत्नीलाइ अनि पत्नीले पतिलाइ छल गर्ने घटना बढ्न थाल्यो। सबैले एउटै खालको डरलाग्दो सपना देख्न थाले। आफ्ना गुरुहरु र मान्यजनलाइ सम्मान दिन छोड्दै गए मानिसहरु। अनि कृष्णले तीर्थयात्रामा प्रभास समुन्द्र जानको लागि सल्लाह दिए। मानिसहरु तीर्थयात्रामा निस्किए। तीर्थयात्रा पश्चात फर्केर आउदा ती यादवहरु नाच्दै र रक्सी खाँदै फर्किए।

यो विश्वास गरिन्छ कि सात्यकिले रक्सीले मातेर कृतवर्मा भएको ठाँउमा गइ अश्वत्थामासंग मिलेको भन्दै बाकिँ भएका पाण्डव सेनालाइ सुतेकै बेला सिद्धाएका । लडाइको बेला कसले कति गल्ति गरेको कुरामा झगडा गर्दै सात्यकीले कृतवर्मको हत्या गरिदिए। रक्सीले मातलागेर सुरु भएको अर्थहिन आपसी झगडामा कृष्ण, दारुका, भवरु र बलराम मात्र बाच्न सफल भए।

पछि बलराम र भवरु पनि मरे। कृष्णले दारुकालाइ पाण्डव भएको ठाँउमा जान आग्रह गरे र अर्जुनलाइ सहयोगको लागि लिएर आउन भने। जब दारुका अर्जुनलाइ लिन गए तब, पर्वमा कृष्ण कसरी मारिए भन्ने कुराको वर्णन गरिएको छ।

फलामको मुसललाइ धुलो बनाइ जुन समुन्द्रमा फालिएको थियो, त्यहाँको माछाले केही धुलो निल्न पुग्यो। माछाको भित्र उक्त धुलो फलामको टुक्रामा परिणत भयो र जिरु नामक शिकारीले त्यो माछा समात्यो र उक्त फलामको टुक्रा भेट्यो। जिरुले उक्त फलामलाइ तिखारेर तीर बनायो र शिकार खल्नको लागि हिड्यो। कृष्ण ध्यान गरिरहेको बेलामा हरिण भन्ने सोचेर वाण चलाउदा जिरुद्वारा कृष्णको हत्या भयो। अनि कृष्ण, भगवान विष्णुमा समाहित हुन पुगे। कृष्णको हत्याको बारेको कथा यो बाहेक अन्य पनि चलि नआएको भने हैन्।

ध्यानकै समयमा वासुदेवको पनि मृत्यु भयो। त्यसै बेला अर्जुन सहयोगको लागि पनि आइपुगे। महिला, केटाकेटी तथा वृद्धमात्र बाँकि थिए द्वारिकामा। जसमध्ये १६,००० त कृष्णकै गोपीनी थिए।ती बाँकी भएका सबै जना इन्द्रप्रस्थको लागि हिडे।

जब उनीहरु इन्द्रप्रस्थको लागि हिडे तब पानीको सतह माथी उठ्यो अनि पुरा द्वारीका सहरलाइ चुर्लुम्मै डुबायो। इन्द्रप्रस्थ जादै गरेका मानिसहरुलाइ बाटोमा चोर तथा लुटेराले आक्रमण गरे।

महाभारतको शक्तिशाली पात्र अर्जुनले बचाउन खोज्दा खोज्दै पनि उनको वाणले सहयोग नगर्दा असफल हुन पुगे। त्यस पश्चात अर्जुन दुविधाले भरिए अनि चिन्ता बढ्न थाल्यो उनलाइ। चाडैनै व्यासलाइ भेट्न गए अर्जुन। व्यासले पाण्डवको जन्मको सार्थकता पुरा भइसकेको र पाण्डवहरुले धर्ती छोड्नु पर्ने बताए। लगतै आफ्नो दाजु युधिष्ठिरलाइ यो कुरा सुनाउन पुगे अर्जुन। त्यस पश्चात पाण्डवहरुले यो पृथ्वीको जन्मबाट मुक्त हुने निर्णय गरे र कृष्ण नभइ बस्न पनि नसकिने भनि निर्क्यौल निकाले।

यी कथाहरु ठाँउ र अवस्था अनुसार फरक फरक रहेको छ। तपाइले चाहिँ के सुन्नु भएको छ?

स्वर्गारोहण :

महाभारतको युद्ध पश्चात भगवान कृष्णले द्वापरयगमा पापीहरूको अन्त्य गरेका थिए । जतीबेला यो पृथ्वीमा पापीहरू धेरै हुन्छन् त्यो बेला भगवान विष्णु कुनै न कुनै रुपमा अवतरीत भएर पापको नास गरेर धर्मको उद्धार गर्छन् भन्ने हिन्दू मान्यता रहेको छ । यसरी महाभारतको युद्ध गराएर भगवान कृष्णले संसारका पापीहरूको त नास गरे तर असङ्ख्यको रुपमा वृद्धी भएको याद्वपकुल देखेर यसलाई पनि नास गराउने उनको इछ्छा थियो ।

महाभारतको युद्धको कारण कृष्ण भएकोले कौरवहरूकी माता गान्धारीले कृष्णलाई जसरी तिमीले कुरुकुलको नास गरायौ त्यसरी तिम्रो कुलको पनि आपसमा लडेर नास हवस् भनेर श्राप दिएकी थिइन् । गान्धीरीको श्रापको प्रभाव र भगवान कृष्णको इछ्छा भएकोले एक दिन याद्वपहरू जंगलमा सिकार गर्न गएको बेला दुर्बाशा ऋषिको आश्रममा पुगे । गान्धारीको श्राप र कृष्णको इछ्छाका कारण धर्मात्मा याद्वपहरूको बुद्धी भ्रष्ट भएको थियो । त्यसैले उनीहरूले दुर्वाशा ऋषीको तपस्याको परिक्षा लिने विचार गरे ।

याद्वपहरूले कृष्णका छोरा शाम्बलाई महिलाको पहिरन गराएर दुर्बाशा ऋषिको अगाडि गएर यी महिला गर्भवती छन् यीनको गर्भबाट छोरा जन्मन्छ की छोरी जन्मिन्छे भनेर सोधे । दुर्बाशा ऋषी स्वभावमा निकै रिशालु थिए । याद्वपहरूले यसरी आफ्नो अपमान गर्न खोजेका थाह पाएर उनले यी महिलाको गर्भबाट याद्वपकुलको नास गर्ने एक मुशल पैदा हुनेछ भने । नभन्दै शाम्बको कपडा खोलेर हेर्दा त्यसबाट एक फलामको मुशल निस्कियो । यो देखेर याद्वपहरू निकै डराएर घर फर्के ।

जंगलमा भएको सबै घटना सुनेपछी कृष्णले मुशल ढुङ्गामा घिसेर त्यसको धुलो समुन्द्रमा फाल्न लगाए । याद्वपहरूले मुशललाई ढुङ्गामा रगड्दै धुलो समुद्रमा बगाउँदै गरे । अन्तमा मुशलको एक टुक्रा धेरै सानो भएकोले त्यो टुक्रा रगड्न कठिन भयो । याद्वपहरूले त्यो टुक्रालाई त्यत्तिकै समुद्रमा बगाए । मुशलको धुलो समुद्रमा बगाएकोले समुद्रको किनारा भरी धारीलो पात भएको झार उम्रियो ।

मुशलको जुन टुक्रा त्यत्तिकै फालिएको थियो त्यो टुक्रा एक माछाले खायो । त्यो माछालाई माझीले समातेर जरा नामको व्याधालाई बेचे । व्याधाले माछा काटेर हेर्दा माछाको पेटमा फलामको टुक्रा देख्यो । त्यो फलामको टुक्रालाई जरा नामको त्यो व्याधाले बाण बनायो । यसै क्रममा एक दिन याद्वपहरूले समुद्रमा स्नान गर्ने र दान गर्ने निर्णय गरे ।

महिला र बालकहरूलाई घरैमा छोडेर सबै याद्वपहरू समुद्र किनारामा जम्मा भए । स्नान दान पछी याद्वपहरूमा कुनै अनर्थको कुरामा विवाद हुन थाल्यो । यसरी विवाद बढ्दै जाँदा उनीहरू आपसमा लड्न थाले । लड्दा लड्दै उनीहरूका हथियार भाँचिए । हथियार नभएकोले उनीहरूले मुशलको धुलोबाट उम्रेको झार उखेल्दै एक अर्कालाई हान्न थाले । जसलाई त्यो झारको चोट लाग्थ्यो त्यो तुरुन्त मर्थ्यो । यसरी आपसमा लडेर सबै याद्वपहरू सिद्धिए । याद्वपकुलको नास भयो भन्ने खुसीले कृष्ण एक पिपलको छायाँमा विश्राम गर्न थाले । जरा नामको व्याधाले टाढैबाट कृष्णको खुट्टा देख्यो ।

व्याधाले मृगको टाउको सोचेर कृष्णको खुट्टामा बाण प्रहार गर्यो । त्यो बाण माछाको पेटमा भेटिएको मुशलको टुक्राबाट बनेको हुनाले कृष्णको मृत्यु त्यसै बाणबाट भयो । यसरी भगवान कृष्णले मानव देह त्याग गरेर चतुर्बाहुको रुप धरेर बसे । जरा व्याधा मृग मर्यो भनेर खुसी हुँदै कृष्णको देह भएको ठाउँमा पुग्यो । त्यहाँ उसले भगवान कृष्णको खुट्टामा आफ्नो बाण लागेको देखेर कृष्णको खुट्टामा परेर माफी माग्यो । यो देखेर कृष्णले जरालाई “म राम हुँदा त बालीपुत्र अङ्गद थिइस् । मैले छल गरेर तेरो बाबुलाई मारेको थिएँ तै पनि तँहिले मलाई रावणसँगको युद्धमा धेरै सघाइस् ।

रावणको मृत्यु पश्चात मैले तँलाई इछ्छा अनुशारको वर माग्न भनेपछी तँहिले बाबाको बध गर्ने तिर भएर लडेको भनेर मलाई लोकले अपहेलना गर्ने छन् । त्यसैले रामको मृत्यु मेरो हातबाट हवस् भनेर वर मागेको थिइस् । त्यो बेला मैले तँलाई म कृष्ण भएको बेलामा मार्नु भनेको थिएँ । त्यै भएर तेरो बाणको प्रहारबाट म मरें यसमा तँलाई कुनै पाप लाग्दैन” भने यसका साथै कृष्ण बैकुण्ठ गएर बसे । महाभारतमा श्रीकृष्ण एक महापुरुषको रुपमा चित्रित गरिएको छ । जसमा उनको मृत्युलाई मुसल पर्वमा बडो सुन्दर रुपमा व्याख्या गरिएको छ ।

यदुवंशीहरु अहंकारी र श्रीकृष्णलाई नटेर्ने भए पछि उनी दुखी भएर जंगलमा पीपलको वृक्षमुनि सुस्ताइरहेका थिए । जहां एक व्याधाले उनलाई हरिण जस्तो ठानेर झक्किएर हत्या गरिदियो । महाभारतको कथा अनुसार गान्धारीको शाप तथा ऋषि दुर्वासा प्रति स्वयं कृष्णका सबभन्दा प्रिय पुत्रहरुमध्ये एक साम्बले गरेको दुव्र्ययवहार स्वरुप यो घटना भएको हो । यसरी १२० वर्षको उमेरमा श्रीकृष्ण देहान्त भएको थियो ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियो हेर्नुहोस् :