संसारमा सबैभन्दा लामो आयु कुन देशका बासिन्दाको छ ? जबाफ, जापान । कसरी ? यसको जवाफ भने एक वाक्यमा टुंगिदैन ! विश्वमै सबैभन्दा लामो आयु बाँच्नेमा जापानका बासिन्दा पहिलो नम्बरमा छन् ।

जापान एक यस्तो देश हो जहाँ एक पुरुष औसत ८० बर्ष सम्म बाँच्छन् भने महिला औषत ८६ बर्षसम्म । यो औसत आयु अन्य मुलुकको भन्दा बढी हो । आखिर के कारणले उनीहरुले यति लामो समय बाँच्छन् त ?

उनीहरुको यो सेक्रेट हाम्रो लागि अनुकरणिय हुनसक्छ । खासमा जापानीहरुको जीवनशैली, खानपान, चिन्तन जसलाई हामीले पच्छ्याउन सक्छौ । स्वस्थ्य जीवनको सुत्र उनीहरुबाट सिक्न सक्छौ ।

अध्ययनले के भन्छ ?

जापानीहरुको लामो आयुको राज जान्नका लागि दुनियाभरमा धेरै अध्ययन भएका छन् । उक्त अध्ययनबाट के तथ्य बाहिर आएको छ भने, त्यस्तो कुनै रहस्य छैन । खासगमा उनीहरुले आफ्नो शरीरको लागि राम्रो डाइट र राम्रो लाइफस्टाइलबीच एक यस्तो कम्बिनेशन बनाएको हुन्छ कि, जसले उमेर लामो हुन्छ । सामान्यतः धेरै जापानी सय बर्ष भन्दा बढी बाँच्छन् । ६० बर्षमा त उनीहरु जवान नै हुन्छन् । कारण के त ?

जापानीको आयु लामो हुनुको कारण ?

नियमित व्यायाम– जापानको प्रत्येक घरको नियम यस्तो हुन्छ कि, उनिहरुको परिवारका सदस्यले योग, मार्शल आर्टको कक्षा लिनैपर्छ । बच्चा उमेरदेखि यसरी उनीहरु व्यायाममा अभ्यस्त हुन्छन् । यसले उनीहरुको शरीर फूर्तिलो र तन्दुरुस्त हुन्छ । उनीहरु पाको उमेरमा समेत व्यायाम गर्न छु्टाउँदैनन् । यहि कारण जापानीहरु लामो आयुको हुन्छन् ।

खुलेर हाँस्नु– खुलेर हाँस्नु कुनै औषधीभन्दा कम होइन । उन्मुक्त हाँसो प्राकृतिक औषधी हो, जसले धेरै रोग लाग्न दिदैन । यसले डिप्रेसन र निरासाबाट मुक्ति मिल्छ । जब खुलेर हासिन्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ । जापानीहरुको हाँस्ने बानी नै हो । हरेक दिन कम्तिमा १५ मिनेट खुलेर हाँस्नुपर्छ । अध्ययनहरुबाट के तथ्य बाहिर आएको छ भने, उन्मुक्त हाँस्दा ८ बर्ष भन्दा बढी थप उमेर बढ्छ ।

मासु होइन, माछा – हामी माछा र मासुलाई एकै ठाउँमा राखेर हेर्छौ । तर, यी दुबैमा पाउने पोषक तत्व फरक फरक हुन् । जापानीहरु रातो मासु सेवन सकेसम्म गर्दैनन् । बरु, माछा सेवन गर्छन् । यसले गर्दा उनीहरुको शरीरमा पोषणको कमी हुन पाउँदैन । माछाबाट उनीहरु भिटामिन, तेल र न्युटि्रएन्ट्सको लेभल बढ्छ । यसले गर्दा मुटुको रोग पनि लाग्दैन ।

जिन्दगीलाई राम्ररी भोग गर्नु

उनीहरु खराब हालतमा पनि खुसी रहन जानेका हुन्छन् । उनीहरु अर्काको लडाई, झगडा वा बेकारको कुरा, चिन्ता लिदैनन् । शान्तिपूर्ण जीवन विताउने प्रयास गर्छन् । सामाजिक सेवामा अग्रसर हुन्छन् । यसले उनीहरुलाई सधै सकारात्मक रहन मद्दत गर्छ । सकारात्मक सोंच, चिन्तनले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने नै भयो ।

जडीबुटीको सेवन– जापानीहरु सकेसम्म एलोपेथिक औषधीमा निर्भर हुँदैनन् । उनीहरु जडीबुटी वा प्राकृतिक उपचारमै बढी विश्वास गर्छन् । र, त्यस्तै विधी अपनाउँछन् ।

नियन्त्रित खानपान – लामो आयु बाँच्ने एक व्यक्तिले भनेका थिए, ‘थोरै खाउँ, लामो जीवन बाँच ।’ जापानीहरुले यहि कुरालाई आत्मसात गरेका हुन्छन् । उनीहरु एकै पटकमा अधिक खाना खाँदैनन् । आफुलाई भोक लागेको भन्दा पनि कम खानेकुरा सेवन गर्छन् । अध्ययनबाट प्रमाणित भएको छ कि, भोक लागेको भन्दा कम खाना ग्रहण गर्दा उसको उमेर क्रमस बढ्दै जान्छ ।

सफाईमा ध्यान

जापान विश्वकै यस्तो देश हो, जहाँ सरसफाईमा एकदमै ध्यान दिइन्छ । उनीहरु सामान्य कुराको सरसफाईमा समेत लापरबाही गर्दैनन् । सरसफाईको सवालमा एकदमै संवेदनसिल हुन्छन् ।

नराम्रो बानी परहेज

धुमपान, मदिरा, नुनयुक्त खानेकुरा जरुरत भन्दा बढी सेवन गर्दैनन् । यस्ता नराम्रो बानी उनीहरुमा हुँदैन ।

सब्जीको सेवनमा जोड

जापानीको थालमा आधा खाद्या पदार्थ छ भने आधा हरियो सब्जी हुन्छ । त्यसबाहेक उनीहरु विभिन्न प्रकारका दाल सेवन गर्छन् । उनीहरु मिक्स भेज खान रुचाउँछन् । यसमा एन्टिअक्सिडेन्ट र फाइटोकेमिकल्स पाइन्छ, जसले गर्दा क्यान्सर, मुटुको रोग आदि हुँदैन ।

लामो समय सक्रिय

जापानमा अवकास हुनका लागि कुनै उमेर छैन । ६० बर्षपछि पनि उनीहरु काम गर्न रुचाउँछन् । उनीहरु घरमा बस्न र धेरै सुत्न रुचाउँदैनन् । कुनै न कुनै काममा आफुलाई व्यस्त राख्छन् ।

तारेको होइन, उसिनेको खानेकुरा

जापानीको परिकार तारेको भन्दा बढी उसिनेको हुन्छ । वा बाफमा पकाइएको हुन्छ । धेरै तेल र नुनको प्रयोग नगरेकाले उनीहरु स्वस्थ्य हुन्छन् । जापानी आफ्नो भोजनमा तेल र मसलाको प्रयोग कम गर्छन् ।

गहिरो निन्द्रा

जापानी गरिरो निन्द्रा लिने अभ्यास गर्छन् । उनीहरु हरेक दिन कम्तिमा आठ घण्टा सुत्छन् ।

कति खेर गर्ने व्यायाम ?

स्वस्थ शरीरका लागि खानपिनसँगै अभ्यास पनि आवश्यक पर्छ । शारीरिक रूपले स्वस्थ मानिस मानसिक रूपले पनि स्वस्थ रहन्छ । त्यसका लागि नियमित व्यायाम गर्नुपर्छ। सही समयमा गरिएको नियमित व्यायामले शरीरलाई बढी फाइदा पुर्‍याउँछ।

कतिपयले बिहान व्यायाम गर्दा फाइदा बढी हुने बताउँछन् भने केहीका अनुसार साँझ व्यायाम गर्दा बढी फाइदा पुग्छ ।

– रातभर निद्रा पुर्‍याएर बिहान व्यायाम गर्दा अधिक ऊर्जा प्राप्त हुन्छ। यो गर्दा मानिस दिनभरि ऊर्जावान् रहन्छ। त्यसैले बिहानको समय व्यायामका लागि उपयुक्त मात्र होइन, मानिसलाई दिनभरि ऊर्जाशील बनाइराख्न पनि सहयोगी छ। राति व्यायाम गर्न रुचाउनेहरूले पनि बिहानको समयमा गर्नु उत्तम हुनेछ।

–राति ढिला सुत्ने र बिहान ढ्लिा उठ्नेहरूलाई बिहानको व्यायामले सही लाभ नमिल्न पनि सक्छ। यस्ता मानिसले बेलुकाको समयमा व्यायाम गर्नु ठीक हुनेछ । आफ्नो सुविधाअनुसार बेलुकाको समय निकाली अभ्यास गर्नुपर्छ।

–व्यायाम बिहान गर्नुस् अथवा बेलुका, जतिखेर गरे पनि नियमित र अनुशासित भएर गर्नुपर्छ। व्यायामका लागि बनाइएको तालिकालाई अनुशासित भएर पालना गर्नुपर्छ। अनुशासित भएर नियमित व्यायाम गरे शरीरलाई फाइदैफाइदा पुग्छ।

व्यायाम गर्न नजान्दा शरीरलाई हानी :

स्वास्थ्यको दृष्टिले व्यायामका कैयौं फाइदाहरु छन् । तर, अहिले हामी यस्तो जीवनशैलीमा घोटिएका छौं, जसमा नियमित व्यायामको लागि समय मिल्दैन ।

धेरै वर्षसम्म एकै तरिकाको जीवन व्यतित गर्नु विभिन्न किसिमका गम्भिर समस्याहरुको कारण बन्न सक्छ । यसमा शारीरिक स्थितीहरुको साथसाथै मानसिक स्थिती पनि पर्छन् ।

हाम्रो शरीरलाई दैनिक थोरै मात्रामा शारीरिक सकि्रयताको आवश्यकता हुन्छ । नियमित व्यायामले हाम्रो शारीरिक विकास बढाउँछ र हाम्रो समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।

व्यायामका धेरै सकरात्मक पक्ष छन् भने केही नकरात्मक पक्ष छन् । व्यायामका नकरात्मक पक्षतिर भने कमै मानिसहरुको ध्यान जान्छन् । वास्तवमा अत्याधिक व्यायाले प्रजनन् स्वास्थ्यमा पनि दुष्प्रभाव पार्न सक्छ ।

व्यायामका सकरात्मक पक्षहरु

१. मुटुको स्वास्थयमा सुधार

हाम्रो मुटुको स्वास्थ्य सिधै हाम्रो शारीरिक सकि्रयतासँग जोडिएको हुन्छ । हामी जति शारीरिक रुपले जति त्यति नै मुटु स्वस्थ हुन्छ । जो मानिसहरु दैनिक शारीरिक रुपले धेरै सकि्रय हुँदैनन् उनीहरुलाई मुटुसँग जोडिएका विभिन्न रोगहरु लाग्न सक्छ ।

२. राम्रो निन्द्रा आउने

विभिन्न अध्ययनहरुबाट नियमित अभ्यास गर्ने मानिसहरुलाई रातमा निन्द्रा पनि राम्रो आउने प्रमाणित भएको छ । यस्तो यसकारण हुन्छ किनभने व्यायामको कारणले हाम्रो शरीरका सर्केडियन रिदम मजबुत हुन्छ जसले हामीलाई सक्रिय राख्न मद्धत गर्छ । यसै कारणले रातमा राम्रो निन्द्रा आउँछ ।

३. शारीरिक उर्जा बढ्छ

हामीमध्ये कैयौं मानिसहरुको मनमा व्यायामलाई लिएर कैयौं किसिमको भ्रमहरु हुन्छन् जस्तै व्यायामले हाम्रो शरीरको सबै उर्जा सोस्छ र तपाईं दिनभर कुनै काम गर्न पाउनुहुन्न । खासमा हुने यसको ठिक उल्टो हो ।

व्यायामको कारणले तपाईं दिनभर सकि्रय हुनुहुन्छ । किनभने व्यायामको क्रममा हाम्रो शरीरमा केही खास किसिमका हार्मोनहरु रिलिज हुन्छन् जसले हामीलाई दिनभर एक्टिभ बनाइराख्न मद्धत गर्छ ।

४. आत्मविश्वास बढाउँछ

नियमित रुपले व्यायाम गरेर तपाईं आफ्नो शरीरलाई त्यो पर्फेक्ट आकारमा ल्याउन सक्नुहुन्छ जस्तो तपाईं चाहनुहुन्छ । यसले आत्मविश्वास पनि बढ्छ । शरीरको उत्तम बनावट र सकरात्मक सोचको कारणले तपाईं आफ्नो घर वा कार्यालयमा पनि पहिलेभन्दा धेरै राम्रो तरिकाले काम गर्न सक्नुहुन्छ ।

धेरै व्यायाम गर्नुका बेफाइदा

नियमित व्यायाम गर्नुका धेरै फाइदाहरु छन् तर यसका केही बेफाइदा पनि छन् । यसैले शारीरिक सकि्रयतालाई नजरअन्दाज गर्नुभन्दा पनि व्यायाम गर्नुअघि अलि विचार गर्नुपर्छ । व्यायामसँग जोडिएका केही यस्त तथ्य पनि छन् जसले अत्यधिक कसरत गर्नाले शरीरमा नकरात्मक असर पनि पर्छ थाहा हुन्छ ।

१. महिलाहरुलाई हुन्छ गाह्रो

जब एक सामान्य महिलालाई लगातार ३ महिनाभन्दा धेरै समयसम्म सहि तरिकाले महिनावारी हुँदैन यस स्थितीलाई रजोरोध भनिन्छ । यो स्थिती तब पैदा हुन्छ ।

कैयौं महिलाहरुमा यो स्थिती यो कारणले पैदा हुन्छ किनभने उनीहरु शरीरलाई नियमित रुपले उर्जा प्रदान गर्नको लागि आवश्यक क्यालोरी प्रदान गर्ने चीजको सेवन नगरिकन धेरै समय व्यायाम गर्छन् ।

२. प्रजननमा असर

शरीरमा क्यालोरीको कमीको सिधा असर उर्वरतामा मात्रै होइन बरु महिलाहरुको योनैच्छामा पनि यसको प्रभाव पर्छ । यस बाहेक मोटोपनाले पनि यसमा महत्वपूर्ण भूमिका निभाउँछ । किनभने धेरै मोटी महिलाहरु तौल घटाउनको लागि कैयौपटक धेरै कठिन कसरत पनि गर्छन् जसले उनीहरुको उर्वरतामा नकरात्मक असर पर्छ ।

मोटोपनाको कारण शरीरमा एस्ट्रोजन हार्मोनको उत्पादन पनि बढ्छ जसले डिम्ब उत्पादन र महिनावारीलाई प्रभावित गर्छ र त्यससँगै बाँझोपनाको खतरा बढ्छ ।

यस्तै कम उमेरका केही महिलाहरु पनि धेरै कठिन व्यायाम गर्छन् जसले एस्ट्रोजनको स्तर बढ्छ र उनीहरुको महिनावारी चक्रमा बाधा पुर्याउँछ । यदि एस्ट्रोजनको स्तर धेरै परिवर्तन भयो भने गर्भधारण गर्नमा विभिन्न समस्याको सामना गर्नुपर्छ ।

महिलाहरुले प्रयोग गर्ने धेरैजसो गर्भनिरोधक औषधिहरुमा एस्ट्रोजनको स्तर धेरै हुन्छ । त्यसैले त्यसको सेवन गरेपछि महिलाहरु आँफैलाई गर्भवती हुनबाट रोक्न सक्छन् । धेरै व्यायामको कारणले पनि एस्ट्रोजनको स्तर बढ्छ । यसैले यदि कोही महिला गर्भधारण गर्न चाहन्छिन् भने उनीहरुलाई हेभी एक्सरसाइजबाट बँच्नुपर्छ । र, सामान्य दिनचर्याको पालना गर्नुपर्छ ।

३. पुरुषहरुको शुक्राणु संख्या घट्छ

पुरुषहरुमा हेभी व्यायामको कारण शरीरमा शुक्राणुको संख्यामा कमी आउन सक्छ । जुन सिधारुपमा उसको उर्वरतासँग जोडिएको हुन्छ । हामीमध्ये कैयौं यस्ता मानिसहरु छौं जो आफ्नो शरीरलाई मेन्टेन गर्नको लागि लामो समयसम्म कठिन व्यायाम अपनाउँछौं ।

यदि तपाईं अत्याधिक थकाउने कठिन व्यायाम गर्नुहुन्छ भने तपाईंंको शरीरमा जसले सामान्य ट्रेनिङ सेसन फलो गर्ने मानिसहरुमा भन्दा कम शुक्राणु संख्या हुने सम्भावना हुन्छ ।

लामो समयसम्म थकाउने कठिन व्यायाम गर्नाले न शुक्राणुको संख्यामा कमी आउने मात्रै नभई प्रजनन् क्षमतामा पनि कमी आउन सक्छ । त्यस्तै कडा प्रतिरक्षा व्यायाम सेसनले फाइदा पुर्याउनको सट्टा नोक्सान पनि पुर्याउन सक्छ किनभने यसले शरीरमा टेस्टोस्टेरोनको उत्पादन बढ्छ ।

जसले पुरुषमा उर्वर क्षमता बढाउन काम गर्ने अन्य हार्मोनमा प्रतिकुल असर पुर्याउँछन् र तपाईंको महिलासाथीलाई गर्भधारण गर्नमा कठिनाइको सामना गर्नुपर्छ ।

के गर्ने ?

नियमित व्यायाम गर्नाको साथसाथै पर्याप्त पोषण पनि आवश्यक छ किनभने तपाईंको शरीरलाई नियमित रुपले क्यालोरी र पोषक तत्वको आवश्यकता पर्छ ।

खासगरी जब तपाईं एक्सरसाइजको क्रममा धेरै उर्जा गुमाउनुहुन्छ त्यतिखेर पुरुषले समयसमयमा आफ्नो स्पर्म काउन्टलाई चेक गरिरहनुपर्छ ।

त्यस्तै महिलाहरुले आफ्नो गर्भधारणको क्षमतालाई जाँच गराई रहनुपर्छ । यसले समस्याको समाधान गर्न र सामान्य जीवन जिउन मद्धत मिल्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियो हेर्नुहोस् :