“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” आफूलाई जन्म दिने बाबुआमा भन्दा ठुलो यो संसारमा कोही हुँदैनन् । कवि भूपी शेरचनको यो उद्गारलाई हामीले कहिल्यै विर्सन सक्ने कुरो पनि त भएन । आमा– जननी, जन्मदाता र कर्मदाता हुन् । नौ महिनासम्म आफ्नो कोखमा राखेर हुर्काउने, बढाउने, पढाउने लगायतको कामहरु आमाले नै गर्नुहुन्छ । सबैको मुखमा आपत पर्ने बितिकै ‘आमा’ भन्ने शब्द फुत्किहाल्छ । चाहे गर्भमा होस्,चाहे काखमा, चाहे घर, स्कुल, कलेज, कार्यालय, विदेश जहाँ रहे पनि आफ्नो सन्तानको समान रुपले माया गर्ने ज्ञानकी खानी आमा नै हुन् ।

सरस्वातिको अक्षराम्भ गर्ने पहिलो पाठशालाकी गुरु पनि आमा नै हुन् । त्यसैले आमाको माया अपरम्पार रहेको छ । जसलाई बजारमा किन्न पाइदैन । परम्परादेखि नै आमालाई माता, जननी, धर्ती, देवी लगायतका विभिन्न रुपमा हामीहरुले पुज्दै आएका छौं । हाम्रा सन्तनीहरुलाई समेत आमाको महत्व र त्यागबारे जानकारी गराउँदै जानुपर्छ । सुख,दुःख, सफलता र असफलताको कडीको रुपमा आमालाई जहिले पनि सकारात्मक दृष्टिकोणले हेर्नुपर्दछ ।

आमाको अर्तीउपदेशलाई सधै सिरोपर गरेर यात्रा गर्न सकिएमा सफलता टाढा छैन । बाँचुन्जेल आमालाई सम्मान गर्न नसक्नेले मरेपछि ‘मेरी आमा यस्ती र उस्ती’ भन्नेहरु पनि समाजमा प्रशस्त छन्् । अर्कोतर्फ सम्पति हुन्जेल आमाबुबा, सम्पति नभएपछि बृद्घाश्रम पु¥याउने छोराछोरीहरु समेत हाम्रै समाजमा छन् । मातातिर्थ औशीको दिन औपचारिकताका लागि आमा भेट्न जाने, आमा गुमाएकाहरुले दानदक्षिणा गर्ने चलन छ । “खाए खा नखाए घिच” भनेजस्तै आफू उच्च ओहदामा पुग्दा समेत आमाको कन्त विजोग हेरेर बस्न सक्नेहरु पनि समाजमा नै छन् ।

मातृ वात्सल्यतालाई भुलेर आजकल मानिसहरु पश्चिमी शैलीमा उत्रिएका कारण आमालाई माया गर्ने भन्दा पनि हेंला गर्ने, गालीगलोच गर्ने गलत प्रवृत्ति समाजमा बढ्दै गएको छ । आफ्नो सम्पूर्ण जीवन परिवारमै गुमाएका आमाबुबाहरुलाई छोराछोरीहरुले अंश र सम्पतिको लागि अनेकन हर्कत गरेको देख्दा लाज लाग्छ । “कुमालेको चक्र” जस्तै हाम्रो जिन्दगी घुमीरहन्छ र आफ्नो पनि पालो आउने कुरा किन बिर्सेका हुन आजका युवापुस्ताले ?

‘मर्डर्श डे’ को निम्ति एक दिन अघिदेखि नै छोराले पैसाको लागि घर नै उचाल्यो । त्यसपछि दश हजार दिएको त ‘यति जाबोले के गर्नु’ भनेर फालेर गयो । फेरि पछि आयो सपिङको लागि घरमा पचास हजार माग्यो । खाइनखाई बचाएर राखेको पैसा छोराको इज्जतको लागि बीस हजार थमाउँदा पनि उसको चित बुझेन् । छोरा बुहारी मोटरसाइकल कुदाएर सपिङ गर्न हिंडे । सपिङ्का क्रममा छोरा बुहारी सबै भन्दा पहिले फलफुल पसलमा पुगे ।

दुई किलो अनार, दुई दर्जन केरा, दुई केजी स्याउ, दुई केजी मौसम, दुई केजी आंप, दुई केजी अंगुर किनेपछि श्रीमतीले श्रीमानतर्फ हेर्दै भनिन्, ‘तिम्रो आमालाई सुगर छ क्यारे केही खानु हुंदैन् किन्नुपर्दैन’ भनेर लुगा पसलतिर आफ्नी आमालाई कपडा किन्न लागिन । ‘मेरी आमालाई यो बनारसी साडी सुहाउँछ होला ह’ै भनेर श्रीमान्लाई देखाई । श्रीमान् चाहीं लाटो बुङ्गो जस्तै हाँसेर मात्रै बस्यो । साडीको मुल्य बीस हजार भनेपछि उस्को शरिरभरी पसिनै पसिना भयो । श्रीमतीले
‘जाबो एउटा साडी पनि किनिदिन नसक्नेले के बिहे गर्नु म संग’ भनेर अर्को डाइलग सुनाई । श्रीमान् चुप बसीरह्यो । र, सो साडी सासुको लागि किनिदियो । बाहिर निस्केर यसो फुटपाथ हेर्दा आमालाई हुने चप्पल श्रीमान्ले देख्यो र श्रीमतीलाई भन्य ‘यो चप्पल आमालाई……..’डराई डराई भन्यो ।

श्रीमती रिसाउँदै भनी ‘पोहोरकै छ नि किन चाहीयो ? मर्ने बेला भैसकेकी बुढीलाई त्यै त लाएर कहिले फटाउने हो ?’ भनेर हात समात्दै अगाडी तानी । त्यसपछि मिठाई किन्न भनेर मिठाई पसलमा दुबै गए । जेरी, लालमोहन, बर्फी पसलमा भएका सबै मिठाई किन्दा आठ हजार पुगेपछि ‘तिमीसंग पैसा छ हैन झिक न के हेरेर बसेको ?’ भनेर झस्काई ।

ऊ लाचार भएर पैसा झिकेर पसलेलाई दियो । त्यसपछि उनीहरु त्यहांबाट निस्के । अलिक पर पुगेपछि श्रीमान्ले ‘मेरी आमालाई चाहीं के दिने होला हगि ?’ भनेर श्रीमतीलाई सोध्यो । श्रीमती चाहींले ‘आमालाई सुगर छ एक प्याकेट ननिलो बिस्कुट किनेर लगिदिनु नि । पछि केही भैहाल्यो भने घरको सबै काम कस्ले गर्छ ? ल अब म यतैबाट माइत जान्छु । खर्च भए दिनु’ भनी । तर, श्रीमान् चाहीं टट्टू भैसकेको थियो । बगलीमा एकपैसा पनि थिएन् ।

श्रीमतीलाई ट्याक्सीमा चढाएर ऊ आफ्नो पुरानो भटभटे लिएर घर आयो । घरमा पुगेपछि आमाले ‘खोई त बुहारी ? खर्च पुग्यो की पुगेन ? हाम्रो इज्जत नजाओस् है बाबु’ वित्तिकै छोराको अनुहार कालोनिलो भएर आयो । उस्ले केही बोल्नैसकेन् । भोलिपल्ट आमाको मुख हेर्ने दिन आमा उठ्नेवितिकै नुहाइधुवाई गरेर ब्राम्हणलाई आमाको नामबाट सिदा दिएर घरतिर आउनुभयो छोरा उठेको थिएन् ।

तातो चिया खाओस् भनेर चिया लिएर छोराको कोठामा छिर्दा आमा अचम्ममा परिन् कोठैभरी चुरोटको ठुटाहरु, ह्विसकीका बोतलहरु देखेर आमाको मन पोल्यो । आमाको आँखाबाट बलिन्द्र आँसु झ¥यो । र, छोरालाई बोलाउँदै ‘बाबु, तैले यो के गरेको ?’ छोरा वाल्ल प¥यो । ऊ जुरुक्क उठ्यो र आमालाई अंकमाल गर्दै ‘आमा ह्याप्पी मदर्श डे’ भनेर भन्यो । आमा भन्ने छोराको शब्द सुनेर आम धेरै खुसी भइन ।

छोराछोरीहरुको खुसी नै आफ्नो खुसी सम्झंदै उनीहरुले गरेको गल्तीलाई माफ गर्दै अघिल्लो दिन छोराले ल्याएको एक पुरिया नुनीलो विस्कुट आमा छोरा दुबै भएर खाए । ‘बाबु तेरो सद्बुद्घि पलाओस्, दीर्घायु होस्, आँटेको पुरा होस्’ भनेर आर्शिवाद दिनुभयो । तर, छोरा न हो बुद्घि पहिलेकै जस्तै हाँसेर मात्रै बसीरह्यो ।

जे होस् आमाको लागि उस्को माया नै ठूलो रह्यो । आमाको माया भन्दा ठूलो कुनै कुरा पनि यो संसारमा छैन् । धनी र गरिबको चुंगलमा होईन् । आमाको माया निस्वार्थ र सधै सकारात्मक सोच भएकै कारण आज हामी यो धर्तीमा उभिन पाएका छौं । आमालाई कुनै शब्दमा बयान गर्न सकिदैन् । आमाको माया अपरम्पारे छ । त्यसैले आमाको सम्मान गरौं ।

भिडियो पनि हेर्नुहोस् :

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।