खानेकुरा काँचो मीठो हुँदैन । तर, यसको लाभ भने छ । त्यसैले आजभोली दिनहुँ काँचो खानेकुरा लोकप्रिय भएको पाइन्छ । जाडो सयमा त्यति काँचोकचिलो नखाए पनि गर्मी मौसम भने यस्तो खानेकुराका लागि उपयुक्त समय मानिन्छ । गर्मी मौसममा फलफुल र सागसब्जी पनि पर्याप्त पाइन्छन् । काँचो खानेकुरा खाँदा राम्रो तर खानुअघि राम्ररी पखाल्ने वा प्रशोधनका अन्य उपाय अवलम्बन भने गर्नुपर्छ ।

काँचो खानेकुरा खाँदाका फाइदा, यस्ता छन्

१. स्वादिलो हुन्छ

काँचो खानेकुरा कसलाई पो मन पर्दैन र ? बदाम, केरा, किवी फल, सुन्तला, स्याउ, चेरी, स्ट्राबेरी, व्लुबेरी, गाजर, मुला, आप, भुईकटहर, एभोकाडो लगायतका अन्य फलफुल र सागसब्जी निकै स्वादिला हुन्छन् । यसलाई अझै स्वाद थप्न घिउ, मसला, नुन, चिनी जस्तो पकाउँदा प्रयोग गरिने चिज मिसाउनु पर्दैन । अर्थात बढि मेहनत गर्नु पर्दैन ।

२. सुगरप्रतिको मोह घटाउछ

यदि तपाई चिनिप्रतिको मोह नियन्त्रण गर्न सक्नु भएको छैन भने कच्चा खानेकुराले तपाईको समस्या समाधान गर्छ । फलफूल चिनी र ऊर्जा प्रदान गर्ने अन्य पोषणको स्वभाविक प्राकृतिक स्रोत हो ।

३. फ्याट र क्यालोरि थोरै हुन्छ

फलफुल तथा सागसब्जीमा फ्याट र क्यालोरिको मात्रा प्राकृतिक दृष्टिले नै न्यून हुन्छ । कतिपय फलफुलमा त फ्याट नै हुँदैन । तपाई आफ्नो तौल बढेर हैरान हुनुहुन्छ वा मोटोपनबाट मुक्त हुन चाहनुहुन्छ भने निश्चय नै काँचो फलफूल र सागसब्जी सहयोगी सिद्ध हुन सक्छ ।

४. क्यान्सर घटाउँछ

दैनिक भोजनमा फलफुल र सागसब्जी जस्ता धेरै भन्दा धेरै काँचो खानेकुरा मिसाएर खाने बानीले क्यान्सरको खतराबाट जोगाउँछ । काँचो खानेकुरामा प्रशस्त भिटामिन, खनिज, एन्टिअक्सिडियन्ट र पकाइएका खानाको तुलनमा बढी हुन्छ । किनकि पकाएको खानेकुरामा कार्सिनोजेन नामक तत्व हुने भएकोले पकाएको खानेकुराबाट विभिन्न प्रकारका क्यान्सर हुने खतरा हुन्छ ।

५. प्राकृतिक इन्जाइम प्राप्त हुन्छ

काँचो खानेकुरा विभिन्न प्रकारका प्रोटिनको महत्वपूर्ण स्रोत हो, जसले पाचन प्रक्रिया सहज गर्ने, कोलेस्ट्रोल ठीक्क राख्ने र कब्जियतबाट बचाउँछ । यस बाहेक मेटाबोलिज्मलाई तीब्रता दिन पनि यसले सहयोग गर्छ र तौल घटाउँछ ।

६. वातावरण मैत्री

वातावरणलाई संरक्षण गर्न चाहनुहुन्छ रु हरेक दिन धेरै भन्दा धेरै कच्चा खानेकुरा खानुहोस् । कच्चा खानेकुराले थोरै मात्रामा कार्वनडाइअक्साईड उत्सर्जन गर्छ । त्यसलाई पकाउन तपाईलाई ऊर्जा आवश्यकता पर्दैन । कच्चा खानेकुरलाई प्याक गर्न वा वोतलमा राख्न पर्दैन । यसले प्रदूषण वा फोहरलाई रोक्न पनि सहयोग गर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

खाने होइन त अमृत भोजन ? यी खानेकुरालाई काँचै खाएको राम्रो – जान्नुहोस्

मानिसलाई स्वस्थ रहनका लागी राम्रो तथा ताजा खानाको आवश्यक पर्दछ । स्वस्थ रहनका लागि स्वास्थ्यकर खानेकुरा आवश्यक हुन्छ । खाना खाँदा अनेक कुरामा ध्यान दिनुपर्छ । अनि खानेकुरा कसरी खाने हो भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

भेंडे खुर्सानी

भेंडे खुर्सानीमा उच्च मात्रामा भिटामिन सी उपलब्ध हुन्छ । यसलाई पकाउँदा यसमा भएको भिटामिन नष्ट हुन्छ र पोषण पाइँदैन ।

लसुन

लसुनलाई पकाउँदा एन्टीअक्सिडेन्ट एलिसिन हराउँछ । त्यो तत्त्वले मुटुरोग र अन्य स्वास्थ्य समस्यासँग लड्न सहायता गर्छ । लसुन काँचै खाँदा एलिसिन तत्त्व रहिरहन्छ ।

पालुंगो

पालुंगोमा भिटामिन सी अत्यधिक हुन्छ । यसलाई पकाउँदा दुई तिहाइ भाग नष्ट हुन्छ । पालुंगो पकाउँदा अक्सालिक एसिड नाश हुन्छ । त्यो तत्त्वले शरीरलाई क्याल्सियम, आइरन र म्याग्नेसियम सोस्न सहायता गर्छ । यसलाई राम्ररी धोइपखाली गरेर खाँदा राम्रो गर्छ ।

प्याज

प्याजमा उच्च मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ र यसले फोक्सोलाई स्वस्थ राख्न सहायता गर्छ । यसलाई काँचै सेवन गर्दा राम्रो हुन्छ ।

खाने होइन त अमृत भोजन ?

खाना पकाउन इन्धनको अभाव भएको यो समयमा सबैले भान्सामा प्रवेश गराउनुपर्ने पकाउनु नपर्ने एक सन्तुलित खाद्य पदार्थ हो-अमृत भोजन।

अमृत अर्थात् नमरेको। अमृत भोजन भनेको नमरेको जीवन्त भोजन हो। नमरेको भोजनमा प्राण शक्ति भरिपूर्ण हुन्छ, त्यसैले जसले नमरेको भोजन प्रयोग गर्छ, ऊ प्राण शक्तिले भरिपूर्ण हुन्छ । यस्तो भोजनको दैनिक प्रयोगले शरीर हलुका हुन्छ र मन पनि। पकाएको खानाजस्तो यो चाँडै गल्ने र कुहिने हुँदैन । पेटमा एसिडिटी उत्पन्न हुँदैन र सजिलै पच्छ । जब मन र शरीर हलुका हुन्छ, स्वस्थ विचारको बास हुन्छ। अमृत भोजनलाई पूर्ण आहार तथा खाना, खाजा र सलाद सबै रूपमा प्रयोग गर्न सकिन्छ।

भिजाएर टुसा उम्रिएका गेडागुडी, भिजाइएको छोगडा, किसमिस र नरिबलजस्ता फल, ताजा गाजर, बन्दा र थोरै दही मिसाएर अमृत भोजन तयार गरिन्छ।पकाउन नपर्ने, काचै खान मिल्ने, समयको बचत हुने, जुनसुकै बेलामा पनि खान मिल्ने। अमृत भोजन खादा ग्यास पनि नचाहिने, अन्य इन्धन खर्च नहुने र स्वस्थ पनि भइने।

संसारका कुनै पनि जीवजन्तुले खाना पकाएर खाँदैनन, प्राकृतिक आहार खान्छन् । मान्छेमात्रै एक विकसित प्राणी हो, खाना पकाएर खाने । सबै खाना काँचै खान सकिन्छ । काँचै खाए पनि स्वस्थ्य भइन्छ।

हजारौं वर्षदेखि मानिसले विभिन्न रूपमा अमृत भोजन खाएर आएका छन्। तर प्राकृतिक सन्तुलित भोजनको सूत्र बनाई यसलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने काम २०५८ सालमा प्रकृतिप्रेमी समूह, निरोगधाम सातदोबाटोका उचित आहार, बिहार र विचार पद्धतिका अनुसन्धाता तथा ज्ञाता डा. उमेश श्रेष्ठबाट भएको हो।

हामीले खाने खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, भिटामिन्स, मिनरल्स र रेसा हुनुपर्छ। अमृत भोजनमा यी सबै तत्व हुन्छन्। कार्बोहाइड्रेटको स्रोतको रूपमा छोहरा, किसमिसजस्ता सुक्खा फलहरू, अनार, स्याउजस्ता ताजा फलफूल प्रयोग गरिन्छ भने मुंगफली बदाम, चना, मुंग आदि गेडागडीमा प्रोटिन पाइन्छ।

नरिवल, ओखर आदिमा पनि प्रशस्त प्रोटिन पाइन्छ । मुंगफली बदाम, नरिवलमा प्रशस्त चिल्लो पाइन्छ । कृत्रिम चिल्लोमा बढी कोलेस्टेरोल हुन्छ जसले शरीरलाई हानी गर्छ । सुक्खा फलहरू र अन्नका बाहिरी पत्रमा प्रशस्त भिटामिन्स् पाइन्छ।

खाना पचाउन सजिलो हुने र मल निष्कासन गर्न मद्दत गर्ने शरीरलाई अति आवश्यक घटक रेसा अमृत भोजनमा यथेष्ट हुन्छ । अंकुरित अन्न तथा गेडागुडी र फलफूल रेसाको महत्वपूर्ण स्रोत हो।

बनाउने विधि

आवश्यक सामग्री

गहुँ, चना, बदाम, मुंग, मेथी, नरिवल, किसमिस, छोहरा, गाँजर, बन्दा र दही । चार दिनअघि भोजनमा प्रयोग गरिने अंकुरित सामग्रीलाई भिजाएर सफा कपडामा बेर्नुपर्छ। गहुँलाई २४ घन्टा भिजाउनुपर्दछ। चनालाई ८ देखि १२ घन्टा भिजाउनु पर्दछ । मुंग, बदाम र मेथीलाई ८ देखि १० घन्टा भिजाउनु राम्रो हुन्छ।

भिजाएर टुसा उमारिएका गेडागुडी, भिजाइएका छोहरा, किसमिस, नरिवलजस्ता सुक्खा फलहरू र ताजा गाँजर बन्दा तथा सीमित मात्रामा एक उफानको दही मि श्रण गरेर बनाइएको प्राकृतिक र पूर्ण आहारलाई अमृत भोजन भनिन्छ।

सामान्यत स्वस्थ व्यक्तिले सबै मि श्रण खान सक्छन् तर शरीरमा समस्या भएका व्यक्तिले अवस्था हेरी थपघट गर्नुपर्छ । श्वास प्रश्वासका समस्या भएकाले बदाम, दही र नरिवल खानु हुँदैन भने मधुमेह भएकाले छोकडा, किसमिस झिक्नुपर्छ। उच्च रक्तचाप भएकाले बदाम र नरिवल तथा युरिक एसिड भएकाले गेडागुडी खानु हुँदैन।

अमृत भोजन खाँदा शरीरलाई आवश्यक सबै पोषण तत्व पाइन्छ। पेटलाई सफा राखी कब्जियत हुन दिँदैन। दीर्घ जीर्ण रोग लाग्दैन। यो आहार खाँदा पेटमा भारीपन आउँदैन। शरीर फुर्तिलो हुन्छ।

अमृत भोजन खाँदा चपाईचपाई र्यालमा मुछेर खानुपर्छ जसले गर्दा पाचन सजिलो हुन्छ। वास्तवमा सबै खानेकुरा चपाईचपाई झोल बनाएर खानुपर्छ।

अहिलेको अवस्थामा हामी प्रत्येक नेपालीले दैनिक एक छाक मात्र यसको प्रयोग गर्ने हो भने ग्यास, बिजुलीदेखि इन्धनको खपत कम हुन्छ।

खाना कसरी खाने ?

प्रायः मानिसले खाने शैलीमा त्यति ध्यान दिएको पाइँदैन । तर, खाने व्यवहारले नै मानिसलाई रोग लाग्ने वा नलाग्ने कुरामा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । अस्वस्थकर खानाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । त्यसैले खानाको गुणस्तर, मात्रा र समयमा विशेष ध्यान पुर्याउन जरुरी हुन्छ ।

हाम्रो तौल र उचाइअनुसार खानाको मात्रा निर्धारण गर्नुपर्ने हुन्छ । सामान्यतया महिलाका लागि १६ सयदेखि दुई हजारसम्म क्यालोरी आवश्यक हुन्छ । र, पुरुषले १८ देखि २४ सयसम्म क्यालोरी लिनुपर्छ ।

दैनिक भोजनमा हरियो सागपात, गेडागुडी, फलफूल र पहेँलो खानेकुराको मात्रा सन्तुलित ढंगले लिन आवश्यक हुन्छ ।

बिहान उठ्नेबित्तिकै खाली पेटमा मनतातो पानी पिउनुलाई स्वस्थकर मानिन्छ । तर, एकैपटकमा ठूलो मात्रामा पानी पिउनुहुँदैन । यसो गर्दा मिर्गौलामा असर पुर्याउन सक्छ ।

दिनमा एकैपटक ठूलो मात्रामा खानुलाई पनि राम्रो मानिदैन । बरु थोरैथोरै ४–५ पटक खानुलाई स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ । तर, खाने अवधिलाई लामो पनि बनाउनु हुँदैन । लामो समयसम्म नखाँदा ग्यास्ट्रिक तथा पेटसम्बन्धी अन्य समस्या निम्तिन्छ ।

पेट टम्म हुने गरी पनि खानुहुँदैन । रातको समयमा यसरी खाँदा अपच, मोटोपनलगायतका समस्या हुन्छ । माछा वा मासु खाँदा ३ देखि ५ टुक्रा मात्र खानु राम्रो हुन्छ । रातो मासु खानुहुँदैन र हप्तामा बढीमा एकपटक मात्र मासु खानु राम्रो हुन्छ ।

मानव शरीरलाई दैनिक डेढदेखि दुई लिटरसम्म पानीको आवश्यक हुन्छ । यदि शरीरमा पानीको अभाव भएमा बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखापर्न थाल्छन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।