रोजागारीका लागि खाडी मुलुक र मलेसिया जानेहरुमा मिर्गौला फेल हुने समस्या बढी देखिएको अस्पतालहरुको अनुसन्धानले देखाएको छ । खाडी मुलुक र मलेसियाबाट फर्कनेहरुमा मिर्गौलाको समस्या बढी पाइएको अस्पतालका तथ्याङ्कहरुले देखाएका छन्। नागरिक दैनिकमा समाचार छ।

टिचिङ अस्पतालमा मिर्गौला विभागका अनुसार औसत चार जना विदेशमा काम गरिसकेका बिरामी मिर्गौला बिग्रिएर आउने गरेका छन् । राष्ट्रिय अंग प्रत्यारोपण भएकामध्ये ४० प्रतिशत वैदेशिक रोजगारीबाटै आएको छन्। केन्द्रमा

अहिलेसम्म एक सय ३० जनामा मिर्गौला प्रत्यारोपण भइसकेको छ ।

मिर्गौला बिग्रेर आउनेमा पहिलो नम्बरमा कतार छ । दुबई, मलेसिया र साउदीबाट आउने संख्या दोस्रो, तेस्रो र चौथा नम्बरमा छ । २० वर्षदेखि ४० वर्ष उमेर समूहका बढी भएको उपचारमा संलग्न चिकित्सकले जनाए।

किन हुन्छ मिर्गौलामा समस्या ?

सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन् । मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृर्गौैैलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो ।

उनका बाबु फणीन्द्रले धेरै चिकित्सकको परामर्श लिनुभयो । मिर्गौला फेर्नुपर्ने नै सल्लाह दिएपछि निराश हुनुभएका उहाँले आयुर्वेदिक उपचार पद्धति थाल्नुभयो र १६ वर्षे सुविन अहिलेसम्म विना डायलासिस स्वस्थ्य छन् ।

काठमाडौँ महानगरपालिका–१६ पकनाजोल घर भएका सुविनका बाबु फणीन्द्रले भन्नुभयो, “१२ वर्षको कलिलो छोराको मिर्गौला फेर्नुपर्छ भन्दा मनले हरेश खाइसकेको थियो तर आयुर्वेदिक औषधिले ठीक गरायो, अहिले छोराको स्वास्थ्य ठीक छ ।”

कुपण्डोल गुरुद्वारा नजीकै रहेको गणेश आयुर्वेदिक औषधालयका वैद्य गणेशबहादुर राउतसँग आवश्यक परामर्श लिएर औषधि खान थालेपछि क्रिटिनाइन विस्तारै कम हुँदै आएको र अहिले उनी सामान्य अवस्थामा छन् ।

सुविनजस्तै जनकपुर–९ धनुषा निवासी ४५ वर्षीया चन्दा साहलाई पनि चिकित्सकले डायलासिस गर्नुपर्छ भनेपछि तनाव भएर आयुर्वेदिक उपचार शुरु गर्नुभयो । उहाँको क्रिटिनाइन ४ दशमलव ५ पुगेकामा अहिले सामान्य अवस्थामा आइसकेको छ ।

“मिर्गौला उपचारका लागि डायलासिस गर्नुपर्छ भनेपछि मैले हरेश खाएकी थिएँ तर आयुर्वेदिक औषधिले ठीक हुन्छ भनेपछि यसमै लागेँँ, चार वर्षसम्म लगातार उपचार गरेपछि अहिले राम्रो भएको छ”, आफू स्वस्थ्य भएकीेमा खुशी हुँदै साहले भन्नुभयो, “अहिले म सबै काम गर्न सक्छु, बिरामी छु भन्ने पनि महसुस हुँदैन ।”

सुविन र साहजस्तै धेरैले आयुर्वेदिक पद्धतिबाट सस्तो र विना डायलासिस मिर्गौलाको उपचार गरी स्वस्थ्य जीवन बिताइरहेका छन् । वैद्य राउतका अनुसार मिर्गौलामा क्रिटिनाइन एक दशमलव चार एमजी हुनु सामान्य हो तर उमेर बढ्दै गएपछि दुई एमजीसम्मलाई पनि सामान्य मानिन्छ । मिर्गौलाले रगत र पिसाबमा भएको फोहर छान्ने काम गर्छ ।

“मिर्गौलाको उपचारमा डायलासिस गर्दा राज्यको र व्यक्तिको पनि अत्यधिक खर्च भइरहेको छ”, उहाँले थप्नुभयो, “एक बिरामीलाई डायलासिस गर्ने पैसाले आयुर्वेदिक पद्धतिबाट १०० बिरामीको उपचार गर्न पुग्छ ।”

मिर्गौलाको समस्या नसर्ने खालको रोग हो । यस्ता बिरामीमा आयुर्वेदिक पद्धतिले सफलता पाउनु को कारण खानपानमा जिम्मेवार, उपचारमा निरन्तरता र सचेतना नै मुख्य भएको वैद्य राउतको अनुभव छ ।

किन हुन्छ मिर्गौलामा समस्या

क्रिटिनाइन भनेको शरीरको जमेको फोहर हो । मिर्गौलामा जब क्रिटिनाइन बढेर रगत बाक्लो भएपछि पानीको अभाव हुन्छ अनि मिर्गाैलाले फोहर छानेर पठाउन सक्दैन । शरीरमा क्रिटिनाइन बढी हुन्छ ।
“मानिसले मिर्गौला फेल भयो भन्ने गर्छन्, तर मिर्गौला फेल भएको होइन कमजोर हुन्छ”, वैद्य राउतले भन्नुभयो, “मेरो अनुभवमा क्रिटिनाइनको मात्रा बढेर दश एमजी नै भए पनि आत्तिनु पर्दैन तर यस पद्धतिबाट डायलासिस शुरु नगरेको अवस्थामा मात्रै काम गर्न सकिन्छ ।”

आयुर्वेदिक उपचार पद्धतिले फोहरलाई दिसा/पिसाबबाट बाहिर निकाल्छ । मिर्गौला क्रमशः प्राकृतिक रूपमै सक्षम हुँदै आउँछ । डायलासिस गरिसकेपछि यो विधिले काम दिँदैन, किनभने शरीरको प्राकृतिक संरचनामा समस्या आइसकेको हुन्छ ।

“आयुर्वेदिक पद्धतिबाट मिर्गौला उपचार नेपालको नितान्त मौलिक प्रविधि हो”, वैद्य राउतले थप्नुभयो, “आयुर्वेदको विद्यार्थीको नाताले चोक–चोकमा सहयोग मागिरहेका देखिने क्षमतावान्हरूको पनि घरखेत गइसकेकाले मेरो मन छोयो, त्यसपछि मैले अध्ययन गरेर काम शुरु गरेको अहिले १५ वर्ष भयो ।”

यथार्थ अध्ययन गरेर प्रविधिलाई सुरक्षित राख्ने कार्यमा राज्य लागिपरोस् भन्ने वैद्य राउतको चाहना छ । यो प्रविधिले भावी पुस्ता, राज्यको सम्पत्ति र जनताको सम्पत्ति जोगाउने कार्यमा ठूलो मद्दत गर्छ । “जब देशका नागरिक अस्वस्थ हुन्छन्, राज्यको समृद्धिको कल्पना पूरा हुँदैन, एक छेउबाट भए पनि राज्यलाई सहयोग पुगोस् र नेपालको मौलिक प्रविधिको संरक्षण होस् भन्ने मेरो चाहना हो”, उहाँको भनाइ थियो ।

वैद्य राउतले विसं २०४५/४६ मा विश्व स्वास्थ्य सङ्गठनको सहायतामा १५ महीने आयुर्वेदिक तालीम लिइ निरन्तर खोज तथा अनुसन्धान गरेर मिर्गौला खराबी हुँदा क्रिटिनाइन बढ्न नदिन काम गरिरहनुभएको छ । उहाँको उपचार पद्धतिबाट क्रिटिनाइन भर्खर बढ्न शुरु भएकालाई दुई÷चार महीनामै सामान्य अवस्थामा ल्याउँछ तर अत्यधिक बढेकाका लागि भने केही समय लाग्न सक्छ ।

आयुर्वेदिक उपचार हेमोडायलासिस नगरेकाका लागि मात्र गरिन्छ । सस्तो र घरमै बसेर उपचार गर्न सकिन्छ । मासिक रु पाँच हजारको औषधि प्रयोग गरी वैद्यको सल्लाहअनुसार खान नहुने भनिएका खाना वर्जित गरे छिट्टै निको हुँदै जान्छ ।

वैद्य राउतका अनुसार मिर्गौला खराबी प्रत्येकलाई फरक–फरक कारणले हुन्छ । यो कुरा थाहा पाउनका लागि बिरामीको सूक्ष्म तरिकाले अध्ययन गर्नुपर्छ । पिसाब कम लाग्ने, वाकवाकी लाग्ने र हात–गोडा सुन्निनेजस्ता यो रोगका लक्षण हुन् ।

यसकारण तन्नेरीमै गुम्दैछन् मिर्गाैला :

नेपालमा मिर्गाैला रोगको अवस्था कस्तो छ भनेर यकिन तथ्यांक नभए पनि समग्रमै रोगी बढ्दो मात्रामा छन् । वीर अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा. अनिल बराल भन्छन्, ‘मिर्गाैलाको उपचार गर्ने ठाउँ र डायोलोसिस सेन्टर बढ्दा पनि हामीकहाँ आउने बिरामी घटेका छैनन् ।’

भीडभाड धेरै हुने राजधानीको सुन्धारादेखि न्युरोडगेटसम्मका आवाजहरु त्यो बाटो ओहोरदोहोर गरेकाले सुनेको हुनुपर्छ । ध्यान दिएर सुन्नेलाई थाहा होला, त्यहाँ सुनिने प्रायः स्पिकरमा मिर्गाैला फेल भएर सहयोगको याचना गरिएको हुन्छ । रत्नपार्क, रानीपोखरी, स्वयम्भू, पशुपतिनाथ मन्दिर लगायत धेरै मान्छेको आवतजावत हुने ठाउँमा पनि मिर्गाैला रोगी सोही अवस्थामा भेटिन्छन् । सडकपेटीमा जीवनका केही दिन लम्ब्याउन गुहार माग्नेमध्ये धेरैको उमेर ३५ कटेको सुनिँदैन । धेरै राष्ट्रिय दैनिकमा ‘मलाई बचाउनुहोस्’ शीर्षकका पाठकपत्र पढ्ने हो भने पनि युवा उमेरमा मिर्गाैला गुमाएर उपचार अभाव खेपिरहेको दारुणिक कथासहितको याचना देखिन्छ ।

डाक्टहरु भन्छन्– रोगले उमेर, वर्ग र जात छुट्याउँदैन । तर, मिर्गाैला रोगले नेपालमा उमेर छुट्याउन थालेको छ । शिक्षण अस्पतालमा एकतिहाइ बेड मिर्गाैला रोगीले ओगटेका छन् र तीमध्ये अधिकांश युवा उमेरका छन् । शिक्षण अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा. महेश सिग्देलका अनुसार मिर्गाैला रोगबाट युवा अवस्थामै ग्रसित हुनेको संख्या विश्वको तुलनामा नेपालमा बढी छ । उनी भन्छन्, ‘विश्वका अरु देशमा पाको उमेरमा मिर्गाैलाको समस्या लिएर अस्पताल धाउने धेरै हुन्छन् भने नेपालमा युवावस्थामै मिर्गाैला फेल भएर अस्पताल आउनेको संख्या धेरै छ ।’

नेपालमा मिर्गाैला रोगको अवस्था कस्तो छ भनेर यकिन तथ्यांक नभए पनि समग्रमै रोगी बढ्दो मात्रामा छन् । वीर अस्पतालका मिर्गाैला रोग विशेषज्ञ डा. अनिल बराल भन्छन्, ‘मिर्गाैलाको उपचार गर्ने ठाउँ र डायोलोसिस सेन्टर बढ्दा पनि हामीकहाँ आउने बिरामी घटेका छैनन् ।’

मिर्गाैला गुमाउने अर्थात् चरण ५ को अवस्था अस्पताल आइपुग्नेमध्ये धेरै वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा काम गर्न गएका युवा देखिन्छन् ।

सिन्धुपाल्चोकका कुमार तामाङ दुबईको एक प्लास्टिक कारखानामा काम गर्थे । शिक्षण अस्पतालमा डायोलोसिसका लागि आएका उनले मिर्गाैला फेल भइसकेपछि मात्रै आफूले चाल पाएको बताए । आफ्नो साथी सर्कलमै सबभन्दा स्वस्थ आफू रहेको बताउने उनको केही महिनाअघि खुट्टा सुनिन थाल्यो । ‘केही दिन ठीक होला भन्दै काममै जोतिएँ । पछि कम्पनीले हस्पिटल लग्यो । अस्पतालले मिर्गाैला समस्या आएको बताएपछि कम्पनीले छुट्टी र नेपाल आउने टिकट दिएर पठायो । यहाँ चेक गरेको त मिर्गाैला फेल भइसकेछन्,’ उनले भने ।

वैदेशिक रोजगारीमा रहेकै समयमा मिर्गाैला फेल भएर आएका ८ जना अहिले पनि शिक्षण अस्पतालको बेडमा छन् । वीर अस्पतालमा पनि वैदेशिक रोजगारीमा गएकाहरु मिर्गाैलाको उपचार र परीक्षणका लागि आउनेको संख्या धेरै रहेको डा. बराल बताउँछन् । ‘केमिकल र रबर उद्योगमा काम गरेकाहरुमा मिर्गाैलाको समस्या देखिएको छ । तर, यही कारणले उनीहरुको मिर्गाैला बिग्रेको भन्न मिल्दैन,’ बराल भन्छन्, ‘पानीको मात्रा कम वा केमिकलको असर हुन सक्ने अनुमान गर्न भने सकिन्छ ।’

मिर्गाैला बिग्रिने मुख्य कारण मधुमेह र उच्च रक्तचाप हो । मधुमेह र उच्च रक्तचापका रोगी बढिरहेकाले मिर्गाैला रोगी पनि बढेको वीर अस्पतालका नेफ्रोलोजिस्ट डा. बराल बताउँछन् । ‘यी दुई रोगका कारण किड्नी फेल हुने सम्भावना धेरै हुन्छ,’ उनी भन्छन् । डायबिटिज र उच्च रक्तचापजस्ता रोग कम हुने ग्रामीण भेगका बासिन्दामा पनि एन्टिबायोटिक, पेन किलरजस्ता डाक्टरको सिफारिसबेगर पाइने औषधिको अत्यधिक प्रयोगले पनि किड्नी फेल हुन सक्ने उनले बताए ।

सामान्यतया जाँड, रक्सी, चुरोट, मासु आदि बढी खाने, तनाव लिने र व्यायाम नगर्ने व्यक्तिलाई मिर्गाैलाको समस्या देखा पर्न सक्ने डा बराल बताउँछन् ।

पहिले धेरै जना मिर्गौलाको जटिल समस्या आएपछि मात्रै अस्पताल पुग्ने गरेका थिए । मिर्गौलाको अवस्था थाहा पाउन गाह्रो नभए पनि बेला बेलामा स्वास्थ्य जाँच गर्ने बानी नभएकाले गम्भीर समस्या भएपछि मात्रै हस्पिटलमा पाइला टेक्ने धेरैको साझा बानी छ । तर, पछिल्लो समय भने आफ्नो मिर्गौलाको हालखबर जानिराख्न डाक्टरकहाँ आउने पनि बढेका छन् । ‘विश्व मिर्गाैला दिवस जस्ता सचेतनात्मक कार्यक्रम र आमसञ्चारले दिएको महत्वका कारण मिर्गाैलाको परीक्षण गर्ने बढेका हुन्,’ डा बराल भन्छन् । विशेषगरी कलेज पढ्ने विद्यार्थी दैनिक एक वा दुई जनाका दरले मिर्गाैला चेक गराउन आउने उनले जानकारी दिए ।

के हुन् लक्षण, के हो कारण ?

मिर्गाैला रोगका अनेक लक्षण छन् । तीमध्ये केही स्पष्ट जानकारी दिन लक्षण डाक्टरहरुले पहिल्याएका छन् । थकाइ र कमजोरीको महसुस हुनु, काममा कम ध्यान जानु, खानामा अरुचि, निदाउन कठिनाइ, राति खुट्टाको मासु गल्नु र फर्किनु, गोडा सुन्निनु, बिहान आँखा वरिपरि सुन्निनु, छाला सुख्खा हुनु र चिलाउनु, राति बढी पिसाब लाग्नु, रक्तअल्पता र महिनावारीमा अनियमितता यसका लक्षण हुन् । उसो त अरु समस्या देखिए पनि मिर्गाैलामा क्षति पुगेको वा नपुगेको परीक्षण गराउने बढेको डाक्टरहरु बताउँछन् । डा सिग्देल भन्छन्, ‘वर्षमा एकचोटि मात्रै भए पनि पिसाबमा प्रोटिन र रगतमा क्रियाटिनिन जाँच गरे मिर्गौलाको स्थितिबारे थाहा पाइन्छ ।’

चिकित्सकहरूका अनुसार मिर्गौलामा समस्या देखिने मुख्यतः दुई कारण छन् । एउटा मृगौला आफैँभित्रको समस्या र अर्को शरीरका अन्य अंगमा लागेका रोगहरूका कारण । मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि मिर्गाैलामा असर गर्न सक्ने सम्भावना रहन्छ । त्यस्तै मिर्गौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मिर्गौला बिगार्न सक्छ । ग्लोमरुलोनेफ्राइटिस, पोलिसिस्टिक किड्नी डिजिज अर्थात् पानीको फोका देखिने रोगले पनि मिर्गौला खराब गर्छ ।

कसरी जोगाउने ?

डाक्टरहरूका अनुसार मिर्गौलालाई सुरक्षित राख्न धेरै सजगता अपनाउनुपर्छ । कम्तीमा वर्षमा एकपटक मिर्गौलाको चेकजाँच गर्नुपर्छ । तौल सन्तुलनमा राख्नु र रक्तचाप नियन्त्रण गर्नु मिर्गौला बचाउने उपाय हुन्् । औषधि प्रयोगमा सावधानी नअपनाउँदा पनि मिर्गौला खराब हुन सक्छ । सामान्य बिरामी हुँदा पनि औषधि प्रयोग गरिहाल्ने बानीले यो रोगको जोखिम बढेको डाक्टरको आशंका छ । स्वच्छ पानी प्रशस्त पिउन, नियमित व्यायाम गर्न, जाँडरक्सी तथा चुरोट, बिँडीबाट टाढा रहने, सन्तुलित आहार गर्ने बानी बसाल्न चिकित्सकहरू सुझाव दिन्छन् । परिवारका कुनै सदस्यलाई पत्थरी, मधुमेहजस्ता रोगको संक्रमण भएमा विशेष सजगता अपनाउनुपर्छ । डा. बरालका अनुसार शरीरको सञ्चालन प्रक्रिया मिर्गाैलाबिना सम्भव नै नहुने भएकाले समस्या देखिनासाथ उपचार खोजिहाल्नुपर्छ ।

फेल भएपछिका उपाय

मिर्गाैलाले दिनभरिमा करिब १ सय ८० लिटर रगत फिल्टर गर्नुपर्छ । तिनमा भएको डेढदेखि दुई लिटर पानी मिर्गाैलाले मूत्रनलीमा पठाउँछ भने बाँकी रगत र पानी शरीरभरि फैलाउँछ । मिर्गाैलाले यसो गर्न नसकेको खण्डमा त्यो बिग्रिएको वा फेल भएको भन्ने बुझिन्छ । मिर्गाैला फेल भइसकेपछि बिरामीसँग तीनवटा विकल्प हुने वीर अस्पतालका डा. बरालले बताए । एउटा विकल्प हेमोडायलाइसिस हो ।

दोस्रो पेरिटोनियल डायलाइसिस र तेस्रो विकल्पचाहिँ प्रत्यारोपण हो । हेमोडायलाइसिस भनेको मिर्गाैलाले गर्ने सारा काम मेसिनद्वारा गराइनु हो । पेरिटोनियल डायलाइसिस बिरामी आफैँले गर्न सक्छन् । तर, यो विधि नेपालमा खासै प्रयोगमा आउन सकेको छैन । प्रत्यारोपण भनेको चाहिँ मान्छेको शरीरमा नयाँ मिर्गौला राख्ने विधि हो । प्रत्यारोपण गर्दा शल्यक्रियामार्फत स्वस्थ मानिसका दुइटामध्ये एउटा मिर्गौला झिकेर बिरामीको शरीरमा हालिन्छ । सरकारी अस्पतालमा त्रिभुवन शिक्षण अस्पताल, वीर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र निजी अस्पतालमा कलेज अफ मेडिकल साइन्सेस भरपुरमा मिर्गौला प्रत्यारोपण गरिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।