नून नहालेको दाल तरकारी खान मुश्किल पर्छ । तर खानाको स्वाद बढाउन बाहेक नुहाउँदा पनि नूनको उपयोग हुन्छ । नुहाउने पानीमा नून हाल्दा अनेकौं रोग भाग्छन् । यसले संक्रमणहरूलाई पनि निको पार्छ ।

ज्वरो आउँदा तपाईं सीधे नून मनतातो पानीमा हालेर नुहाउनुस् । एक बाल्टिन मनतातो पानीमा दुई चम्चा नून, एक चम्चा नरिवल तेल मिसाएर नुहाउनका लागि त्यो पानी प्रयोग गर्नुस् । यसरी नुहाउँदा रुघा र ज्वरो ठीक हुन सहायता पुग्छ ।

मांसपेशीको पीडा पनि नून हालेको पानीले नुहाउँदा ठीक हुन्छ । नूनिलो पानीले नुहाउँदा शरीरमा क्याल्सियमको कमी हुन पाउँदैन र हाड तथा नङ बलिया हुन्छन् ।

नून हालेको पानीले नुहाउँदा छाला चिलाउने समस्या हट्छ । अनि राम्रो निद्रा पनि लाग्छ । अनिद्राको समस्या भएकाहरूले नून हालेको पानीले नुहाउने सल्लाह दिइन्छ ।

नूनपानीको स्नानले शारीरिकका साथै मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो पानीले स्नान गर्दा तपाईं शान्त, खुशी र आराम अनुभव गर्नुहुन्छ । यो राम्रो स्ट्रेस बस्टर हो ।

गोडाहरूमा शरीरको सबभन्दा बढी दबाबा पर्छ । गोडाहरू अधिकांश समय चलायमान हुन्छन् र शरीरलाई सपोर्ट गर्छन् । त्यसैले गोडाका मांसपेशी मुलायम हुन्छन् र जुत्ता चप्पलका कारण फोका उठ्छन् । नूनपानीले नुहाउँदा गोडाको मांसपेशीको पीडाबाट मुक्त भइन्छ र गोडाको दुर्गन्ध हट्छ ।

नूनमा भएका मिनरल र पोषक तत्त्वले छालालाई जवान बनाउँछ । म्याग्नेसियम, क्याल्सियम, ब्रोमाइड, सोडियम जस्ता मिनरलहरू छालाका छिद्रमा प्रवेश गर्छन् र छालाको सतहलाई सफा गरेर स्वस्थ र चम्किलो बनाउँछन् । नूनपानीले नुहाउँदा छालाबाट विषालु तत्त्व बाहिर निस्कन्छन् र छालाको गहिराइबाट सफाइ गर्छन् । नूनपानीले ब्याक्टेरियालाई छालाबाट निकालेर जवान बनाउँछ ।

नियमित रूपमा नूनपानीले नुहाउँदा दाग र चाउरी घट्छन् । छाला नरम हुन्छ र छालाको नमी सन्तुलित रहन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

रक्तअल्पता हुने कारण र यसबाट बच्ने उपायहरु जानिराखाैँ

शरीरमा भिटामिन बी १२, फोलिक एसिड तथा आइरनले रगतको निर्माण गर्दछ । यी तत्व खानाबाट पाइन्छ । खानपान सही नहुदाँ रगत कम हने गर्छ । नेपालकाे जनसंख्यामा रक्तअल्पताको समस्या देखिनु भनेको खानपान सही नहुनु हो ।

शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ । शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ ।

शरीरमा रगतको कमी विभिन्न कारणले हुने गर्दछ ।

शरीरमा रगतको कमी (एनिमिया) हुनुको कारण ?

विभिन्न कारणले गर्दा शरीरमा रगतको कमी हुने गर्दछ । त्यसमध्ये एनिमिया  विभिन्न कारण हुने गर्दछ । खानपानको कमीकै कारण न्युटि्रसनल एनिमिया हुने गर्छ ।

न्युटि्रसनल एनिमिया सबैभन्दा धेरै पाँच वर्ष मुनीका बालबालिकामा देखिने गर्छ । त्यस्तै, नौ वर्षदेखि पन्ध्र वर्ष उमेर समूहका किशोरकिशोरी तथा गर्भवतीमा देखिने गर्छ ।

न्युट्रिसनल एनिमियाको लक्षण

न्युट्रिसनल एनिमियाको विभिन्न लक्षण हुने गर्छ । चक्कर लाग्ने, थकान महसुस हुने, सास फुल्ने, एकाग्रतामा समस्या, अनुहार सेतो देखिने, बच्चाको व्यक्तित्व विकासमा समस्या , तौल तथा उचाई कम हुने , हालखुट्टा झमझमाउने लगायतका समस्या हुने गर्छ ।

त्यस्तै, गर्भवती महिलाबाट जन्मने शिशु कम तौलको बच्चा जन्मने समस्या हुन्छ ।

शरीरमा रगतको कमी (रक्तअल्पत्रा) भएमा ?

शरीरमा रगतको कमी भएमा हातखुट्टा झमझमाउने, चक्कर लाग्ने, थकान महसुस हुने, एकाग्रता नहुने, अनुहार सेतो हुने, तौल अनुसारको बच्चाको व्यक्तित्व विकास नहुने गर्दछ ।

नेपालमा कुल जनसंख्याको करिब ६० प्रतिशत मानिस रक्तअल्पत्राबाट ग्रसित छ ।

रक्तअल्पत्रा भएको कसरी थाहा पाउने ?

मानिसलाई रक्तअल्पत्रा भए, नभएको विभिन्न तरीकाबाट थाहा पाउन सकिन्छ । यदी कसैलाई माथि उल्लेखित लक्षण देखिएमा

१. कम्पिलिट व्लड काउन्ट तथा पिसिभी जाँच गर्दा हेमोग्लोविनको मात्रा कम भएमा

२. हेमोग्लोविन कम भएमा

३. मायक्रोस्कोपिक जाँचद्धारा पनि हेमोग्लोविन कम भएको थाहा पाउन सकिन्छ ।

के छ उपचार विधी

यदी कसैलाई रक्तअल्पत्रा भएमा आइरन, फोलिक एसिड तथा भिटामिन बी १२ दिइने गरिन्छ । त्यस्तै, हरियो सागसब्जी, लौका, घिरौला, रातो मासु लगायतका आइरनयुक्त खानेकुरा खाने सल्लाह दिइन्छ । त्यस्तै, फलफूल पनि आइरनको मुख्य स्रोत भएका कारण अत्याधिक मात्रामा फलफूल खाने सल्लाह दिइन्छ ।

त्यसबाहेक, अत्याधिक मात्रामा चियाको सेवनले पनि रगतमा आइरनको कमी गर्ने हुँदाँ चिकित्सकहरु सकेसम्म चियाको सेवन नगर्न अनुरोध गरिन्छ ।

त्यस्तै, रक्तअल्पत्रा भएमा जुकाको संक्रमण हुनसक्छ । जुकाले रगत खाने हुदाँ रक्तअल्पत्रा भएका मानिसलाई सबैभन्दा पहिले जुकाको औषधी दिइने गरिन्छ , जुन तीन महिनासम्म खानुपर्छ । यसले शरीरमा रगतलाई पुनः सुचारु गराउँछ । साथै फोलिक एसिड , आइरसन तथा भिटामिन बी १द्द दिने गरिन्छ ।

सरकारी नीति

रक्तअल्पता भएका गर्भवती महिलाहरुलाई सरकारद्धारा आइरन चक्की तथा फोलिक एसिड उपलब्ध गराउने गरिन्छ । जबकी किशोरकिशोरी तथा पाच वर्ष मुनी बालबालिकाहरुको लागि भने सरकारको कुनै निति छैन । त्यसको लागि सरकारले कुनै सप्लिमेन्टको व्यवस्था गरेको छैन ।

जबकी दक्षिण पूर्वी एसिण (साउथ इष्ट एसिया) मा भने यो राष्ट्रिय कार्यक्रम अन्तर्गत पर्दछ । विदेशमा भने उत्पादनको समयमै खाद्यान्नहरुमा आइरनको मात्रा बढाइने गरिन्छ । फुड फोर्टीफिकेशन गरिन्छ । जसका कारण ती मुलुकका जनताहरुले भरपूर मात्रामा आइरन पाउने गर्छन् ।

तर नेपालमा गर्भवती महिलालाई बाहेक अन्य वर्गका मानिसहरुको लागि यस्ता कार्यक्रम नहुदाँ नेपालमा हरेक सय जनामध्य ६० जनालाई रक्त अल्पत्रा हुने गर्छ ।

त्यसो त आइरन बाहकेे फोलिक एसिड तथा भिटामिन बी १२ को कमीले पनि शरीरमा रक्तअल्पत्रा गराउँछ ।

(भक्तपुरस्थित क्यान्सर अस्पतालमा कल्सल्टेनट हेमाटोलोजिस्ट तथा बोनम्यारो ट्रान्सप्लान्टका रुपमा कार्यरत डा. अजय झासित गरिएको कुराकानीमा आधारित )

यी लक्षणहरुले भन्छ, तपाईंलाई रक्तअल्पताको समस्या छ

कहिले काहीँ हामीलाई थकाई लाग्छ । सास फेर्न अलि गाह्रो भएजस्तै हुन्छ । सास बढ्छ । यस्तो समस्या बेलाबखत हुनसक्छ, जो सामान्य हो ।

तर, असामान्य त्यसबेला हुन्छ, जब यो समस्या रक्तअल्पताले निम्त्याउँछ ।

रक्तअल्पता भएको सामात्यतः हामीले भेउ पाउँदैनौ । तर, हाम्रो शरीरको सामान्य लक्षणबाटै रक्तअल्पता भए वा नभएको थाहा पाउन सकिन्छ । यसका लागि कस्ता लक्षण देखिन्छन् भन्ने कुरा चाहि बुझ्नुपर्छ ।

रक्तअल्पताले खासगरी महिला अझ गर्भवतीलाई बढी समस्यामा पार्छ । रक्तअल्पताकै कारण गर्भको शिशुलाई असर गर्छ । नतिजा, कम तौलको बच्चा जन्मन्छ । अझ डरलाग्दो त के भने, रक्तअल्पताले गर्दा बच्चा जन्माउन गाह्रो हुन्छ । कुनै बेला यस्तो जटिलता पनि आउन सक्छ, जसले आमा र बच्चा दुबैको मृत्यु पनि हुनसक्छ ।

नेपाली महिलामा रक्तअल्पता

रक्तअल्पता नेपाली महिला, किशोरीहरु र बालबालिकालाई देखिने आम समस्या हो । गर्भवतीमा अझ बढी समस्या देखिने गरेको छ । यसले गर्दा बच्चा रोगी बन्ने, कम तौलको जन्मनेलगायतका समस्या हुन्छ । किनकी गर्भवती आमाको शरीरबाटै भू्रणले पोषण, अक्सिजन लिने गर्छ । अझ अर्को डरलाग्दो कुरा के छ भने रक्तअल्पताकै कारण अत्याधिक गर्भवती महिलाका मृत्यु हुने गरेको छ ।

सुदुरपश्चिमका कतिपय गाउँमा अझै पनि गर्भवती महिलालाई धेरै खाना दिनुहँदैन भन्ने अन्धविश्वास छ । जसले गर्दा उनीहरुलाई हरियो सातपात, फलफूल, मासु, दूध आदि त्यति धेरै दिदैनन् । कस्तो भने केरा खाए बच्चा पाठेघरमा टाँसिन्छ, दूध-दही खाए गाईभैंसीको दूध सुक्छ भन्ने जस्ता अन्धविश्वास छन् । जसले गर्दा गर्भवती महिलामा कुपोषण र रक्तअल्पताको समस्या हुने गर्छ ।

नेपालको स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धानअनुसार कुल मातृमृत्युदरमध्ये १० प्रतिशत आमाको रक्तअल्पताकै कारण मृत्यु हुने गर्छ । रक्तअल्पता भएका महिलाहरुलाई रक्तस्राव हुने सम्भावना अत्याधिक हुन्छ । त्यसैले २० प्रतिशत महिला अप्रत्यक्षरुपमा रक्तअल्पताको कारण मर्ने गर्छन् ।

रक्तअल्पताका लक्षण

रक्तअल्पता भएमा हावाबाट लिएको अक्सिजनलाई रगतले शरीरका अन्य ठाउँमा पुर्‍याउँन सक्दैन ।

थोरै हिँड्दा पनि थकाइ लाग्ने, स्वास्वा हुने, चक्कर लागिरहने, मुटु ढुकढुक गर्ने, अल्छि, वाकवाक लाग्ने, खान दिल नबस्ने जस्ता समस्या हुन्छ ।

रक्तअल्पताको समस्या बढ्दै गएमा अनुहार र छालाको रङ फुस्रो देखिन थाल्छ ।

रक्तअल्पता पछि

रक्तअल्पता भएपछि शरीरको रोगसँग लड्ने क्षमता घटेर जान्छ । रोग लागेपछि खाना कम रुच्छ । जसले कुपोषण बढ्दै जानुका साथै रक्तअल्पताले झन् दुख दिने गर्छ ।

रक्तअल्पताको कारणले गर्भवती महिलामा गर्भपतन हुने, पेटको कम तौल भएको शिशु जन्मने, सम्यअघि नै बच्चा जन्मने, बच्चाको उमेरअनुसार मानसिक विकास नहुने सम्भावना बढी हुन्छ ।

रक्तअल्पताबाट बच्न

रक्तअल्पताबाट बच्नका लागि प्रोटिनयुक्त खानाको प्रयोग गर्नुपर्छ । यसका साथै भिटामिन बी, फोलिक एसिड र आइरनयुक्त खानेकुराको प्रयोगलाई पनि बढाउनुपर्छ । मासु, भटमास, विभिन्न प्रकारका दाल, राजमा, बोडी आदिको सेवन गर्दा रक्तअल्पताको समस्यााबाट टाढा रहन सकिन्छ । यस्ता खानेकुरा फलामको भाडामा पकाएर खाने वानीले शरिरले प्रयाप्त मात्रामा फलाम तत्व प्राप्त गर्छ ।

नेपालीले विभिन्न चाडपर्वमा क्वाँटी, चाकू, घि र शखरखण्ड, जौको सातु, कागतीको सर्बतको प्रयोग गर्छन् । त्यस्तै मासको दालको खिचडी र घिउ खाने प्रचलन छ । चाकु र सखरखण्ड फलाम, प्रोटिन र भिटामिन सीको राम्रो स्रोत हो ।

साग, सिस्नो, गिठ्ठा, भ्याकुर, कोदो, फापर, जौ, गहुँ, चामलको ढुटो, भटमास मकै पोषणका राम्रा श्रोत हुन् । यसको प्रयोगले पनि रक्तअल्पताबाट बच्ने निकै राम्रो उपाय हो ।

कणर्णालीमा फल्ने जुनेलो, कोदो, फापर, आलु र अछाममा फल्ने गहुँ र कोदोको प्रयोग गर्दा कुपोषण र रक्तअल्पता हुनबाट बच्न सकिन्छ । जसबाट पाइन्छ फलाम तत्व

लट्टेको सागमा भिटामिन ए र फलाम तत्वको दुवैको मात्रा प्रसस्त हुन्छ । भटमासबाट फोलिक एसिड, आइरत र प्रोटिन प्राप्त गर्न सकिन्छ ।

गर्भवती महिलाहरुलाई फलामतत्वको कमी भएमा फलाम चक्की चक्कीको प्रयोग गर्न सकिन्छ । जुन नेपालका स्वास्थ्यचौकीमा उपलब्ध हुन्छ । तर, यस्तो चक्की खाली पेटमा भने प्रयोग गर्नु हुँदैन । खानामा प्रोटिन र फलामतत्वको मात्रा नबढाई चक्कीले मात्र भने रक्तअल्पताको समस्या समाधान गर्दैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले  थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।