गर्मी सौसममा हामीले जे–जति खाने कुरा खान्छौं, त्यहाँ केही चटपटे चटनी बिना केही नपुगे जस्तो सबैलाई लाग्छनै । दिउँसोको खाना होस् या रातिको खाना होस्, हामीले सलाद र चटनीलाई सामेल गरेकै हुन्छौं ।

किनभने गर्मी मौसममा सबै भन्दा धेरै काँक्रो, पुदिना, काँचो आँप र धनिया पाइन्छन् । यी चिज मध्ये सबैभन्दा बढी पुदिनाको चटनी सबैको नजरमा पर्छ ।

पुदिनाको अचार खाँदा जति मीठो हुन्छ, त्यतिनै स्वास्थ्यको लागि लाभदायी पनि मानिन्छ । यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ ।

अब यसरी बनाउनुहोस् पुदिनाको चटनी :

सामग्रीः

-एक कप पुदिनाको पात

– हरियो खुर्सानी (स्वादअनुसार)

-३–४ चमच दही

-आधा चमच जीरा

-नुन (स्वादअनुसार)

बनाउने विधिः

सबै भन्दा पहिले पुदिनाको पातलाई सफा गरेर धुने । त्यसपछि माथि उल्लेखित सबै चिजलाई पुदिनाको पातसँग मिलाएर मिक्सरमा पिस्ने । यस चटनीमा हामीले दहीको प्रयोग नगरी काँचो आँप तथा केराको प्रयोग पनि गर्न सकिन्छ । यसरी सजिलै पुदिनाको चटपटे अचार (चटनी) तयार पार्न सकिन्छ ।

यस्ता छन् पुदिनाको अचारका फाइदाहरुः

यसरी खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ । साथै शरीरलाई शितलता प्रदान गर्छ । पेट, त्वचा लगाएतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ । त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी छ ।

स्वास्थ्यका लागि अमृत हो पुदिना :

गाउँघरमा पाइने पुदिनामा कैयौं औषधिको गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन बढी फाइदाजनक मानिन्छ ।

जस्तैः

– पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।

– पुदिना, तुलसी, अदुवा र कालीमोर्चालाई मिलाएर पानीमा उमाल्नुहोस् । जुन रस ग्यास्टिक समस्या भएकाले लगातार सेवन गर्दा जरैदेखि समस्या समाधान हुन्छ ।

– पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ ।

– पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।

– ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।

– दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।

– पुदिनाको सेवनले खटाई लाग्ने समस्या पनि निको हुन्छ ।

– यसको सेवनले गर्मीमा लाग्ने लू बाट पनि राहात मिल्न सक्छ ।

– यदि शरीरमा घाउ छ भने त्यहाँ पुदिनाको लेप लगाउँदा छिटो निको हुन्छ ।

– पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै मुहार चम्किलो पनि हुन्छ ।

– यदि सानो बच्चालाई गर्मीका कारण झाडापखाला लागेको छ भने पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुई÷दुई चम्चा खुवाएमा झाडापखाला निको हुन्छ ।

– यसको चटनी (अचार) बनाएर खाएमा पेटको सबै समस्या निको हुन्छ ।

गर्मीमा उपयोगी पुदिना :

पुदिनामा औषधीय गुण हुन्छ र यो स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले अनुहार चम्किलो बनाउन पनि सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ किनभने यसको गुण शीतल हुन्छ । पुदिनालाई गमला तथा क्यारीमा पनि सजिलै हुर्काउन सकिन्छ । सानो ठाउँमा लगाउँदा पनि परिवारको आवश्यकता पूर्ति गर्न सजिलै सकिन्छ ।

कुन कुन समस्यामा काम गर्छ यसले ?

– पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट आराम पाइन्छ ।

– पुदिना, तुलसी, अदुवा र मरिचलाई बराबर मात्रामा मिसाएर पानीमा राम्रोसँग उमालेर त्यसको रस नियमित सेवन गर्दा ग्यास्टि्रकको समस्या जरैदेखि निर्मूल हुन्छ ।

– पुदिनाको पातको धुलोलाई चिनीसँग मिसाएर खाए पेट दुख्ने समस्यामा राहत मिल्छ ।

– पुदिनाको ताजा रस सेवन गर्दा रुघाखोकी निको हुन्छ ।

– ज्वरो आएको बेला पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो ठीक हुन्छ ।

– दाद, एलर्जी भएको ठाउँमा पुदिनाको पात पिसेर लेप लगाउँदा ठीक हुन्छ ।

– यसको सेवनले गर्मीको समयमा तराई क्षेत्रमा लाग्ने लू बाट पनि जोगिन सकिन्छ ।

– शरीरमा घाउ भएमा पुदिनाको पत्ता राम्रो पिसेर लेप बनाई लगाउँदा छिटो निको हुन्छ ।

– पुदिनाको पात पिसेर त्यसको लेप मुहारमा लगाउँदा पनि दाग, धब्बा निको हुनुका साथै अनुहार चम्किलो पनि हुन्छ ।

– साना बालबालिकालाई गर्मीका कारण झाडापखाला लागेमा पुदिनाको पात दूधमा उमालेर दिनमा दुईदेखि तीन पटक दुई/दुई चम्चा खुवाउँदा झाडापखाला निको हुन्छ ।

– पुदिना पिसेर अचार बनाई नियमित खाँदा पेटका धेरै समस्या समाधान हुन्छ ।

-पुदिनाको २०-२५ वटा पात, मिश्री १० ग्राम, सुप १० ग्राम र मरिचको २-३ दाना मिसाएर राम्रोसँग पिस्ने र त्यसको रस निकालेर मनतातो पानीसँग पिउँदा हिक्का छुट्न बन्द हुन्छ ।

-पुदिनाको ताजा पातलाई पिसेर अनुहारमा लगाई बीस मिनेटपछि चिसो पानीले अनुहार धुँदा छालाको गर्मी हट्छ र अनुहारमा निखार आउँछ । यसैगरी पुदिनाको लेपमा कागतीको रस मिलाएर यही प्रक्रिया दोहोर्‍याउँदा अनुहारमा भएका दागधब्बा एवं डन्डीफोर हट्नुका साथै चमक समेत बढ्छ ।

-पुदिनाको ताजा पात मिचेर सुघाउँदा मूच्र्छा हट्छ । पुदिना र सुठोको क्वाथ बनाएर पिउँदा सर्दी लागेर आएको जरो हट्छ ।

-मुखको छाला गएको तथा दाँत दुखेको अवस्थामा पुदिनाको पातलाई पानीमा केही बेर उमालेर उक्त पानी सेलाएपछि त्यसले कुल्ला गर्दा आराम मिल्छ ।

-पुदिनाले सास गन्हाउने समस्यामा लाभदायी हुन्छ तथा यसले मुखको कुनै पनि दुर्गन्ध नाश गर्छ । ताजा पात नपाइएको अवस्थामा त्यसको ठाँड तथा सुकेका पातलाई पनि प्रयोग गर्न सकिन्छ ।

-पुदिनाबाट बनाइएको पिपरमेन्टले उल्टीसमेत रोक्छ । लो ब्लड प्रेसर तथा मुटुको कमजोरी हटाउन पनि यसले सहयोग गर्छ ।

यी बाहेक पनि पुदिनाका थुप्रै फाइदा छन् । आयुर्वेदले पनि पुदिनालाई औषधीय बुटीका रूपमा स्वीकार गरेको छ ।

के के मा प्रयोग हुन्छ :

बजारमा पाइने लगभग सबै प्रकारका टुथ पेष्ट, चुइगम, माउथफ्रेसनर्स, चकलेटहरुमा पुदिनालार्य एक प्रमुख बस्तुको रुपमा मिसाइएको हुन्छ । सासको ताजगीका लागि मात्रै होइन अन्य प्रयोजनमा पनि यसको प्रयोगलाई महत्वपूर्ण रुपमा हेरिएको हुन्छ ।

पुदिनाको प्रयोगले हाम्रो स्वास्थ्यमा के के फाइदा हुन्छ

हाम्रो गाँउघर खेतवारी वरपर सहज रुपमा पाइने पुदिना स्वास्थ्यका लागि असाध्यै उपयोगी बनस्पति हो । यसको सेवन तथा प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरुको सहज समाधान हुन सक्छ ।

पाचन प्रक्रिया : पुदिना भोक जगाउने बस्तु हो र साथै पाचन प्रक्रियामा पनि ठूलो भुमिका खेल्छ । जब तपाईँलाई पेटको समस्या हुन्छ, पुदिनाको एक कम चिया खाँदा हल्का भएर आउँछ । किनकी पुदिनामा भएको रसायनले हाम्रो मुखमा हुने ग्रन्थीबाट तथा पाचन क्रियामा प्रयोग हुने इन्जाइम निकाल्न मद्धत गर्छ ।

बान्ता र टाउको दुखाईको समाधान : पुदिनाको प्रयोगले बान्ता र टाउको दुखाईको समस्या समाधान गर्न सक्छ । यसको कडा तथा स्वच्छ बास्नाले बान्ता हुने तथा टाउको दुखाईको समस्या समाधान गर्छ । लामो यात्रामा निस्कदा हुने वाकवाकी, केवल पुदिनाको पात, तेल तथा पुदिना मिसाइएका बस्तु सुघ्नाले ठिक हुन्छ । यति मात्रै होइन पुदिनाको तेल, बाम९ भिक्स० निधार, नाकमा लगाउनाले टाउको दुखाई ठिक हुन्छ ।

स्वासप्रस्वास र खोकी समस्याको समाधान : पुदिनाको बासनाले नाक, घाँटी,स्वास नली तथा फोक्सोको बाटोलाई खोल्ने तथा स्वासप्रस्वासलाई सहज बनाउन मद्धत गर्छ । पुदिनाले स्वासप्रस्वास प्रक्रियाको बाटोलाई सफा गर्ने हुँनाले यी मार्गको जलनबाट हुने खोकीलाई पनि निको गर्छ । त्यसैले दमका विरामीहरुलाई पुदिनाको सेवन गराउने चलन छ ।

स्तनपानमा देखिने समस्याको समाधान : बच्चालाई स्तनपान गराउने कतिपय महिलाहरुको स्तनको निप्पल चर्कने फुट्ने वा थुनेलो हुने समस्या देखा पर्छ । यसको समाधानको लागि पनि पुदिनाको प्रयोग लाभकारी हुन्छ । अध्ययनले के देखाएको छ भने पुदिनाको तेलको नियमति प्रयोगले निप्पलमा देखिने यस्तो समस्या समाधान हुन्छ ।

छाला तथा पिम्पल्स : पुदिनाको रस छाला सफा गर्नका लागि लाभदायी हुन्छ । यसले छालामा हुने संक्रमण घटाउनुका साथै छालालाई भित्रैबाट सफा गरी विमिरा ९ पिम्पल्स० हटाउन मद्धत गर्छ । त्यस्तै लामखुट्टे, मौरी, किराहरुको टोकाइबाट छालामा समस्या भएको बेला पुदिनाको रस लगाउनाले छालालाई सितलता प्रदान गरी सुन्निन समेत कम हुन्छ ।

तौल कम गर्न सहयोग पुरयाउछ : यदि तपाईँ आफ्नो तौल कम गर्ने सोचमा हुनुहुन्छ भने आफ्नो खानामा पुदिना राख्ने गर्नुस । किनकी पुदिनाले पाचन प्रक्रियाका इन्जाइमहरु चाँडो निकाली छिटटो पाचन गराउन मद्धत गर्छ । यसले गर्दा खानामा भएका पौष्टिक तत्व तथा फ्याट संचित हुनुको सट्टा चाँडैनै शक्तिमा परिणत हुन्छ । जसले तपाईँको तौल ठिक राख्न मद्धत गर्छ ।

मुख स्वस्थ बनाउछ : प्राय सबैलाई थाह भएको कुरा हो पुदिनाको एक फाइदा मुखको स्वास्थ्य पनि हो । पुदिनामा भएको किटाणुनासक विशेषताले मुख भित्र हुने किटाणुहरु मारी जिब्रो तथा दाँतका भागहरु समेत सफा बनाउछ । त्यस्तै स्वासलाई समेत सफा र ताजगी राख्न मद्धत गर्छ ।

स्मरणशक्ति बढाउछ : एक अध्ययनले के देखाएको छ भने पुदिना स्मरणशक्ति, दिमागको सतर्कता, सोच्ने शक्ति, बौदिक कार्यसंग सम्वन्धीत छ । पुदिनामा भएको चुईगम चपाइ राख्ने मानिस अरु मानिसमा तुलनामा धेरै होसियार सतर्क र स्मरण शक्ति बढी भएको पाइएको छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।