मेकअप लगाएर सुत्ने गर्नु भएको छ ? चाहे त्यो बिर्सेर होस्, बाध्यताले होस् वा थकानले, मेकअप लगाएर सुत्नु पटक्कै राम्रो होइन।

मेकअपको बाक्लो लेअर अनुहारमा लगाउनु राम्रो बानी होइन। लामो समय यस्तो मेकअप छालामा राखिराख्दा छालाले वातावरणबाट पाउने अक्सिजन लगायत अन्य आवश्यक रसायन लिन सक्दैन। जसले छाला चिलाउने, पोल्ने हुन्छ।

जलन गराउँछ

मेकअप लगाएर सुत्न कहिल्यै सुझाव दिइदैन। अझ फाउन्डेसनले सबैभन्दा बढी हानी गर्छ। यो तैलिय हुन्छ र छालामा जोडसंग टासिन्छ। मेकअप सफा नगरि सुत्दा यो छालाको स-साना छिद्र भित्र छिर्छ, जसले छालामा जलन बढाउँछ, डण्डिफोर काला धब्बा आउँछ।

लिपिस्टिक र मास्कारा

मास्कारा नहटाइ सुत्दा यो आँखा भित्र छिर्न सक्छ जसले आँखा चिलाउने हुन्छ। त्यस्तै लिपिस्टिक लगाएर सुत्दा यसले ओठको प्राकृतिक ओस सोस्छ, जसले गर्दा ओठ फुट्ने समस्या सुरु हुन्छ।

छालाले अक्सिजन पाउँदैन

मेकअपको बाक्लो लेअरको कारण छालाले चिल्लो र धुलो जम्मा पार्छ। र मेकअप लगाएरै सुत्दा छालाले स्वास फेर्न पाउँदैन (अर्थात छालाले बाहिरबाट पाउने अक्सिजन पाउन सक्दैन) जसले छाला चाउरी पर्ने समस्या सुरु हुन्छ।

अनुहारमा क्लिजिङ गर्नुहुन्छ?

अनुहार आकर्षक र सुन्दर बनाउने चाहना हुनु सबैको स्वाभाविक गुण हो | जो कोहीलाई पनि अनुहार आकर्षक र सुन्दर बनाउन मन हुन्छ | कतिपयले नजानेर विभिन्न खालका बजारमा पाइने केमिकलयुक्त कस्मेटिक सामान् प्रयोग गर्छन, त्यसैगरी छालामा चमकता ल्याउन अनुहारमा क्लिजिङ पनि गर्छन | तर त्यसो गर्दा हाम्रो छालामा फाइदा मात्र हुँदैन | आउनुहोस् हामी तपाईलाई क्लिजिङ गर्दा हुने फाइदा र बेफाइदाको बारेमा जानकारी गराउछौं | हामीले ब्युटिसियन रमा खनालसंग गरेको केहि कुराकानी प्रस्तुत गरेका छौँ |

अनुहारमा क्लिजिङ गर्दाको फाइदा

छाला चम्किलो हुनु, अनुहारको सबै फोहोर हट्नु, अनुहारको घाउ, खटिरा, दाग, दब्बा हट्नु, अनुहार आकर्षक देख्नु, सफा देख्नु जस्ता फाइदा हुन्छ अनुहारमा क्लिजिङ गर्दा |

अनुहारमा क्लिजिङ गर्दाको बेफाइदा

क्लिजिङ गर्दा प्रयोग गर्ने केमिकलको कारण छालाको रोग देख्नु, छालामा चाउरिपन देखा पर्नु, पिम्पल , दाग, दब्बा देखा पर्नु, अनुहारभरि फोहोर जम्मा हुनु जस्ता बेफाइदा देखा पर्छन |

त्यसगरी मानिसहरु आफ्नो कपाल सुन्दर र आकर्षण बनाउन स्ट्रेट गर्ने गर्छन् | विशेष गरि हिजोआज स्ट्रेट नगर्ने युवतीहरु कम नै भेट्छौं | कतिपयले स्ट्रेट गरिसकेपछि कपालको स्याहार नै गर्दैनन् जसले गर्दा कपालमा विभिन्न समस्याहरु देखा पर्ने गर्दछ |

स्ट्रेट कपाललाई कसरी स्याहार गर्ने ?

-रेगुलर टिटमेन्ट गर्ने रे

-गुलर क्यास्ट्रोआयल

-भिटामिन ‘इ’ युक्त

-ओलिभ आयल लाएर मसाज गर्ने

-निमियत भिटामिन ‘इ’ युक्त कस्मेटिक वा घरेलु प्रोडक्टकमा उत्पादन भएका भिटामिन ‘इ’ युक्त कस्मेटिकको प्रयोग गर्ने

-निमित क्यास्ट्रोआयल नामक कस्मेटिक तेल प्रयोग गर्ने |

कपाल झर्ने समस्यालाई कसरी समाधान गर्ने ?
-रेगुलर शुद्ध तोरीको तेल लगाउने

-बास्नादार र कलरफुल तेल कहिले प्रयोग नगर्ने

-नेचुरल तेलको मात्र प्रयोग गर्ने

नुहाईसकेपछी कपाल राम्रोसँग सुकेपछि मात्र बाध्ने, चिसैमा बाध्यो भने चाया पर्ने सम्भावना हुन्छ

-सकेसम्म हेयर कलर, स्ट्रेट, कर्ली कपाल नबनाउने |

यो पनि जान्नुहोस् :

के मेकअप गर्ने महिलाहरु क्षमतावान हुँदैनन् ?

‘मैले सानै उमेरदेखि मेकअप गरिनँ ।’ जब म पहिलोपटक रातो लिपस्टिक लगाएर कार्यालय गएँ, कार्यालयका पुरुष मात्रै होइनन् महिला कर्मचारीले पनि मलाई अर्कै ग्रहको प्राणी जसरी हेर्न थाले । केही दिनसम्म निरन्तर यही चलिरह्यो । त्यसपछि मैले लिपस्टिक लगाउन छाडेँ । आफैँलाई असहज हुने त्यस्तो मेकअपको के फाईदा ?’

भारतको दिल्ली स्थित कन्टेन्ट क्युरेटरमा काम गर्ने प्रतिभा मिश्रको अनुभव हो यो । कार्यालयमा मेकअप गरेर आउने महिलालाई अन्य मान्छेले गर्ने व्यवहार फरक हुन्छ ? स्कटल्याण्डमा गरिएको एक अध्ययनपछि यो प्रश्न निकै गहिरिएर आएको छ ।

अध्ययन अनुसार मेकअप गर्ने महिलाहरु राम्रो व्यवस्थापक हुन सक्छन भनेर धेरै मान्छेहरु शंका गर्छन् । १ सय ६८ जना मान्छेमाथि गरिएको अनुसन्धानमा एउटै व्यक्तिको मेकअप गरिएको र मेकअप नगरिएको तस्वीर देखाएर कुन राम्रो भनेर सोधिएको थियो । अनुसन्धानमा सहभागि धेरैजनाले मेकअप नगरिएको अनुहार रुचाएका थिए ।

मेकअप माहिलाको योग्यताको परिचय हो त ?

एवर्ट विश्वविद्यालयको अुनसन्धानका अनुसार मेकअप गर्ने महिलाहरु आफ्नो कामप्रति गंभिर हुन्छन । तसर्थ उनीहरु कुशल व्यवस्थापक बन्न सक्छन् । भारतको नोएडामा पत्रकारिता गरिरहेकी एक पत्रकारका अुनसार महिलाहरले यस्ता जजमेन्टहरु दैनिक सामना गर्नुपर्छ । ‘मिडिया उद्योगमा मेकअप गर्नेहरुलाई गंभिर समाचार तयार पार्न सक्दैन कि भनेर शंका गरिन्छ । मेकअप गर्ने महिला पत्रकारलाई मनोरञ्जनात्मक समचार तयार पार्न लगाउँछन् ।

एक त मान्छेहरु महिलाहरुको क्षमतामाथि त्यसैपनि शंका गर्छन, अझ त्यसमाथि खास प्रकारका पहिरन लगाउने वा मेकअप गर्ने महिलाहरुलाई सहजै उपलब्ध महिला ठान्छन् ।’ नाम उल्लेख नगर्ने शर्तमा यी पत्रकार अगाडी भन्छिन ‘मेरो एक सहयोगिले मलाई एकपट भनेका थिए, महंगो लुगा लगाउने र मेकअप गर्ने महिलाहरु घरबार बसाउन सक्दैनन् ।’ यस्तो धारणा पुरुषहरुमा मात्रै होइन महिलाहरुमा पनि हुन्छ । मेरो कार्यालयकी महिला प्रमुख सँधै मेरो मेन्टिनेन्स देखेर हैरान हुन्थिन् । किनकी आफु कहिल्यै राम्रोसँग मेकअप गर्दैन थिइन् ।’

ध्यानाकर्षित गर्न मेकअप गर्छन् महिलाहरु ?

स्कटल्याण्डमा सार्वजनिक गरिएको नतिजा अनुसार मेकअप गर्ने महिलाहरुलाई अरुको तुलनामा धेरै सम्मान दिइन्छ । यसै विषयमा पत्रकार तथा लेखिका वर्तिका नन्दा भन्छिन ‘तपाईको मेकअपले योग्यता र क्षमताको कुनै प्रतिनिधित्व गर्दैन ।’ तर यता एक बैँकमा कार्यरत कर्मचारी भने यो कुरासँग सहमत छैैनन् । उनी भन्छिन्,–‘मेकअप गर्ने महिलाहरु काममा त्यति धेरै ध्यान दिँदैनन् । लिपपोत गर्ने महिलाहरुको ध्यान त धेरैजसो आफ्नो मेकअपमै रहन्छ, काम कसरी गर्छन ?’

यसको ठिक विपरित धारणा छ, एक निजि कम्पनीमा सिनियर एनालिस्टको काम गर्दै आएका जुगल किशोरको । उनी भन्छन, – ‘कुनै पनि महिलाले मेकअप गरेर कार्यालय आउनु नराम्रो होइन । मेकअपको कामसँग कुनै सम्बन्ध हुँदैन ।’

तर, यही विषयमा युटिभिमा कार्यरत अनुराधाको धारणा भने फरक छ । ‘मेकअप गर्ने या नगर्ने व्यक्तिगत निर्णय हो । तर, उडड्यन र सेवा क्षेत्रमा त अनिवार्य रुपमा मेकअप गर्नुपर्छ । पुरुषहरु पनि त आफूलाई स्मार्ट देखाउने प्रयास गर्छन । यही कुरामा उनीहरुको बयान गरिन्छ भने किन महिलाहरुको मेकअपमाथि प्रश्न उठाउने ?’

उनी अगाडी थप्छिन् ‘कम्पनीहरु आफै पनि महिलाहरुलाई प्रेजेन्टेबल बन्नुपर्छ भनेर भन्छन । यदि मैले कुनै कामको लागि कोही मान्छे छान्नु पर्यो भने भर्खरै सुतेर उठेजस्तोे देखिने मान्छे छान्नुपर्दा मलाई केही शंका त अवश्य हुन्छ ।’ उनी फेरी प्रष्ट पार्छिन प्रेजेन्टेबल बन्नु र मेकअप गर्नुमा फरक छ ।

आफ्नै खुसीका लागि मेकअप गर्छन महिला

एकपटक जेल परिसकेकी वर्तिका नन्दा भन्छिन,–‘महिलाहरु अरुको ध्यानाकर्षित गर्न मेकअप गर्छन भन्नु भ्रम हो । जेलमा कुनै पनि प्रकारको मेकअप सामाग्री लैजान अनुमति हुँदैन । तर, पनि महिलाहरु जेलमा टिका र चुरा लगाउँछन् । तपाईलाई लाग्छ उनीहरु जेलमा कसैको ध्यानाकर्षित गर्न मेकअप गर्छन ? आफैलाई सुन्दर बनाउनु नै खुसी हुने तरिका हो ।’

र अन्तमा प्रतिभा मिश्राको सल्लाह छ । अरुमा रहेका कमजोरी खोजिबस्नु भन्दा आफ्नै सुन्दरताको ख्याल राख्नु धेरै राम्रो हो । ‘कोही मान्छे चिटिक्क परेर, सजिएर कार्यालय आउँदै गरेको देख्दा मलाई खुसी लाग्छ । यस्ता मान्छेहरुलाई म आफै गएर कम्प्लीमेन्ट दिन्छु, ताकि उनीहरुलाई सहज महसुस होस् ।’ प्रतिभाको सिधा जवाफ छ । ‘यदि मैले मेकअप गर्दा कसैको ध्यान विथोलिन्छ भने त्यो उसको समस्या हो ।’

यता नोयडाकी पत्रकार भन्छिन्–‘कहिलेकाहीँ लाग्छ सँधै प्रश्न बोकेर हेर्ने आँखाहरुको सामना गर्नुभन्दा आफैलाई केही परिवर्तन गरु ? तर, फेरी सोच्छु हरेक कुरामा त म एडजस्ट गरिनै रहेकी छु, फेरी मेकअपमा पनि किन गर्ने ?’

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।