के खुसार्नीको ‘एक्स्पाईरी डेट’ हुन्छ ? अर्थात के अन्य खानेकुरा झै सिमति मिति भित्र खुर्सानीको प्रयोग गरिसक्नुपर्ने हुन्छ ? बोटबाट टिपेपछि कहिलेसम्म खान सकिन्छ खुसार्नी?

पिरो स्वास्थ्यको लागि हानीकारक सोच्नुहुन्छ भने तपाइ सरासर गलत हुनुहुन्छ। खुर्सानीमा पनि पौष्टिक तत्व पाइन्छ र यसले रोग प्रतिरोध क्षमता समेत बढाउँछ (बेसारले झै)। यसले शरीरमा मेटाबोलिजम बढाएर तौल घटाउन समेत मद्धत गर्छ।

खुर्सानीको एक्स्पाईरी डेट हन्छ :

हो, खुसार्नी लगायत जडिबुटीहरु दुध तथा तरकारी झै छिटो बिग्रदैनन्। तर धैरै पुरानो खुसार्नी प्रयोग गर्नु उपयुक्त हुँदैन। सबैभन्दा महत्वपुर्ण कुरा त यसको पिरोपना नष्ट भइसकेको हुन्छ। धेरै पुरानो खुर्सानीको गन्ध परिवर्तन भइसकेको हुन्छ, यसको जैविक संरचना बिग्रिएको हुन्छ। जसको कारण यसबमा पाइने पौष्टिक तत्वहरु नष्ट भइसकेको हुन्छ।

कहिलेसम्म प्रयोग गर्ने ?

सामान्यता एक वर्षसम्म यसको प्रयोग गर्न सकिन्छ। जति फ्रेस खुर्सानी भयो त्यति नै पिरोपना हुन्छ, जति पुरानो त्यति कम।

सुँघेर पत्ता लगाउनुस्

सुँघ्दा कडा अनि गन्ध स्पष्ट छ भने ठिक छ। होइन, गन्ध खासै छैन, अनि यसको रंग पनि फुङ्ग उडेको छ भने सो खुर्सानी खानु उपयुक्त हुँदैन।

स्टोर गर्ने तरिका

खुर्सानीलाई लामो समयको राख्न हावा नपस्ने भाँडोमा बन्द गर्नुस्। खुर्सानी घाममा सुकाएर भाँडोमा बन्द गरेर राख्दा अझै लामो समयसम्म सुरक्षित राख्न सकिन्छ।

फ्रिजमा नराख्नुस्

खुर्सानीलाइ कहिल्यै फ्रिजमा नराख्नुस्। यसले यसको पिरोको गुणमा कमी ल्याउँछ, साथै फ्रिजमा भएका अन्य खानेकुराको गन्ध पनि यसले समात्छ। साथै खुर्सानी हालेर पकाएका खानेकुरा फ्रिजमा नराख्नुस्। चिसोमा खुसार्नीले गर्ने रासायनिक प्रतिक्रियाले अन्य खानेकुराको गुणस्तर बिग्रन्छ।

अन्य जानकारी :

औषधिको रुपमा डल्ले खुसार्नी :

तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।

यो खुर्सानीको नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनुको साथै मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ । विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ थकाइ पनि मेटाउँछ ।

हरियो खुसार्नी खानुस् तनाव कम गर्नुस् :

खुर्सानी हामीले दैनिक जिवनमा प्रयोग गरिन्छ । कोहीलाई कम पिरो मनपर्छ भने कसैलाई धेरै पिरो मनपर्छ । खुसार्नी पिरो स्वाद लिनका लागि मात्र नभई तरकारी खान समेत सकिने खालको पनि हुन्छ । हामीले प्राय भेडे खुर्सानी भनेर चिन्ने खुर्सानी पिरो हुँदैन र यसको तरकारी खाने गरिन्छ । यो खुर्सानी खानुको पनि निकै धेरै फाइदा छन् । यो खुर्सानीमा धेरै नै औषधीय गुण हुन्छ ।

यसका केही फाइदाहरूका बारेमा थाहा पाऔ‘
— यो खुर्सानीको प्रयोगले तपाईको शरिरमा रहेको कोलस्टेरोलको मात्रा कमी गर्छ ।

— यसले शारीरिक शक्तिलाई बढाउने गर्छ । यसमा पाइने भिटामिन ए, बि र सी ले शरिरको मजबुतिका लागी काम मद्धत गर्छन् ।

— खुर्सानीमा हुने एक रसायन लायकोपिनले शारीरिक तनाव तथा डिप्रेशनलाई कम गर्नका लागी मद्धत गर्छ ।

( यो खुर्सानीले शरिरको तौल घटाउनका लागी समेत मद्धत गर्छ । शरिरको बोसो तथा कार्बोहाइड्रेडलाई कम गर्नका लागी पनि यसले निकै फाइदा पुर्याउँछ ।

— खुर्सानीको प्रयोगले शरिरको कम्मरको दुखाई, साइटिका, जोर्नीको दुखाईमा समेत राहत दिन्छ । खुर्सानीमा पाइने क्याप्साइसिन नामको रसायनले दुखाई कम गर्ने काम गर्छ ।

— उच्च रक्तचापमा समेत यो खुर्सानी लाभदायक हुन्छ । खानामा यसको अधिक प्रयोगले उच्च रक्तचाप कम गर्न मद्धत गर्छ ।

धेरै वर्ष बाँच्न चाहनुहुन्छ ?

स्वस्थ्य रहनका लागि र आफ्नो दीर्घायुका लागि मानिसले हरेक उपाय अपनाइरहेका हुन्छन् । यसैबीच लामो आयुका लागि रातो खुसार्नीको प्रयोग गर्नु पर्ने तथ्य फेला परेको छ ।

खुर्सानी खानाले आयु लामो हुने कुरा तपाई पत्याउनु हुन्छ कि हुन्न तर एक अनुसन्धानबाट भने रातो खुसानी खाने मानिसको आयु लामो हुने तथ्य फेला परेको छ ।

अमेरिकाको लर्नर कलेज अफ मेडिसिनमा युनिभर्सीटी अफ भर्मन्टका शोधकर्ताहरुले रातो खुर्सानी खाने मानिसको आयू सामान्यभन्दा १३ प्रतिशत लामो हुने निष्कर्ष निकालेका छन् ।

शोधकर्ताका अनुसार रातो खुर्सानी सेवन गर्ने मानिसको शरीर कोलेस्ट्रोलको मात्रा कम हुने गर्दछ भने यसले हृदयघात हुनबाट जोगाउँछ । उनीहरुले राष्ट्रिय स्वास्थ्य तथा पोषण विभागको सहकार्यमा करीब १६ हजार अमेरिकनहरु माझमा २६ वर्ष लगाएर परीक्षण गरेका थिए ।

परीक्षणबाट ४ हजार ९ सय ४६ जना चाडैं उमेरभन्दा चाडै बित्ते भने ११ हजार मानिसहरु (जसले नियमित खोर्सानी खाँदै आइरहेका थिए) बाँचिरहेका छन् ।

अनुसन्धानमा संलग्न मेडिकल विद्यार्थी मुस्ताफा चोपान र मेडिसिनका प्राध्यापक बेन्जामिन लिट्टेनबर्गले लिएको डाटा संकलनबाट यस्तो तथ्य आएको हो ।

उनीहरुका अनुसार रातो खुर्सानी खानेमा युवा उमेरका व्यक्ति, पुरुष, मेक्सिकन(अमेरिकन नागरिकहरु रहने गरेका छन् ।

यो पनि जान्नुहोस् :

गर्मीमा के गर्ने ? के खाने ?

गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ ।

गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिमलगायतका खानेकुरा खाने प्रवृत्ति बढ्दो छ ।

वरपरको वातावरण तथा बदलिँदो जीवनशैलीका कारण घरमा भन्दा बाहिरी खानेकुराको बढ्दो प्रयोगले मानिसलाई निकै आकर्षित गर्ने गरेको छ । पानीपुरी, चटपटे जस्ता खुल्ला स्थानमा बेच्न राखिएका खानेकुरा खाने चलन बालबालिका, युवा र पाका मानिस सबैमा बढ्दो छ ।

शुक्रराज ट्रपिकल अस्पताल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन यस्ता खानेकुरा खाएर प्रभावित भएका बिरामी हरेक दिन अस्पताल आउने गरेको बताउँछन् ।

टेकु अस्पतालमा झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नभएका बिरामी सङ्ख्याको ह्वात्तै बढेको डा पुनले जानकारी दिए । झाडाबान्ताका कारण मानिसको ज्यान पनि जानसक्ने भएकाले खानेकुरा, पानी खाँदा सफा, सुरक्षित र स्वस्थकर मात्र खान उनी सल्लाह दिन्छन् ।

त्यस्तै, गर्मीमा फोहर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने, सुक्खा रुघाखोकी लागेर परिवारका सदस्यमा एकअर्कालाई सरेर समस्या हुने उनी बताउँछन् ।

“अहिले नै गर्मीमा देखिने झाडाबान्ताका बिरामी अस्पताल आउने सङ्ख्यामा पनि वृद्धि हुन थालेको छ”, उनले भने ।

गत वर्ष यही समयमा फ्लुको सङ्क्रमण बढेको भन्दै उनले धुलोधुवाँ, भीडभाडबाट बच्न पनि आग्रह गरे ।

कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ कृष्णप्रसाद पौडेलले गर्मी मौसममा झाडाबान्ता लाग्ने कारण दूषित खानपान तथा पानी भएको बताउँछन् । उनले कान्ति बाल अस्पतालमा झाडापखालाका बिरामीको चाप बढेको जानकारी दिए ।

बाहिर सडकमा राखिएका खानेकुरा बासी, सडेगलेका तथा झिङ्गा भन्किएका फोहर पानी अनि फोहरी हातबाट बनाइएका खानेकुरा खाँदा झाडापखालाले मानिसलाई सताउने गरेको चिकित्सकको भनाइ छ ।

डा पुनका अनुसार खाना राख्ने तथा खाने भाँडा फोहर भएर पनि यो मौसममा रोग लाग्छ । बजारमा काटेर राखिएका फलफूल नधोइ खानु हुँदैन । यसैगरी सागसब्जी तथा सलाद पनि सफा पानीले नपखाली खाएमा झाडाबान्ता र हैजाका सिकार हुने खतरा रहन्छ ।

यो मौसममा झिङ्गा, लामखुट्टे, फट्याङ्ग्र्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।

यसै पनि काठमाडौँ उपत्यका हैजा र झाडाबान्ताको उच्च जोखिमयुक्त ठाउँ हो । उपत्यकामा हैजा र झाडापखाला फैलिनाका पछाडि जनसङ्ख्याको बढ्दो चाप, दूषित खानेपानी, अस्वस्थ किसिमका खानेकुरा, अज्ञानताजस्ता कारण रहेका छन् ।

डा पुन मानिसलाई बजारको वा घरमै पनि स्वस्थ र सफा पानी र खानेकुरा खानुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि बेवास्ता गर्ने गरेको दुःखेसो गर्छन् । उनका अनुसार त्यसबाहेक अस्पतालमा पहाडी सर्पले डसेका बिरामी पनि दिनहुँ अस्पताल आइरहेका छन् ।

पडाडी सर्पले टोक्दा विष नलाग्ने भए पनि कहिलेकाहीँ रक्तश्राव भएर नरोकिने समस्या देखिने र त्यस्ता व्यक्तिले दैनिक वा एक दिन बिराएर रगत परीक्षण गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।